ON AIR

स्मृतीमा एउटा कथा (repeat)

UP NEXT

राष्ट्रिय खबर

ताजा अपडेट :

राष्ट्रिय समाचार

एकाविहानै रामेछाप र सोलुखुम्वुको सीमालाई केन्द्रविन्दु बनाएर ५.६ रेक्टरको भूकम्प,मकवानपुरमा ठूलो धक्का महसुुु

एकाविहानै रामेछाप र सोलुखुम्वुको सीमालाई केन्द्रविन्दु बनाएर ५.६ रेक्टरको भूकम्प,मकवानपुरमा ठूलो धक्का महसुुु

मकवानपुर,१३ मंसिर / लामो समयपछि नेपालमा फेरी  भूकम्पको धक्का महसुस भएको छ । बिहान ५ बजेर २० मिनेट जाँदा रामेछाप र सोलुखुम्बुको सीमाक्षेत्रमा केन्द्रबिन्दु भएर ५.६ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । मकवानपुरमा सहित आपसपासका जिल्लामा भूकम्पको धक्का महसुस भएको हो । देशको पुर्वी भागमा पनि भूकम्पको धक्का ठूलै महसुस भएको बताइएको छ

दाह्री ग्याङ मकवानपुरले बृद्ध्बृद्धालाई खाना र खाजा खुवायो ।

दाह्री ग्याङ मकवानपुरले बृद्ध्बृद्धालाई खाना र खाजा खुवायो ।

हेटौंडा, ११ मङ्सिर । दाह्री ग्याङ मकवानपुरले दिव्य सेवा निकेतन बृद्धाश्रममा आश्रीत बृद्धबृद्धालाई दिवा खाजा र बेलुकाको खाना खुवाई सेवा भाव प्रस्तुत गरेको छ । समाज सेवालाई प्रमुख उद्धेश्य लिई शुभारम्भ गरेको यस कार्यको सबैबाट प्रसंशा भएको छ ।  दिव्य सेवा निकेतनमा संस्थाद्वारा आयोजित कार्यक्रममा विभिन्न व्यक्तिहरुले उक्त कार्यको प्रसंशा गरेका थिए । निकेतनका केन्द्रीय अध्यक्ष एबम

मकवानपुरको मनहरीमा आमा प्रोजेक्टको सिलान्यास सम्पन्न

मकवानपुरको मनहरीमा आमा प्रोजेक्टको सिलान्यास सम्पन्न

मनहरी, ११ मसिंर / मकवानपुरको पश्चिमक्षेत्र मनहरीमा अन्ततः एक भव्य समारोहकाविच आमा प्रोजेक्टको सिलान्यास पिसपार्क मनहरीको अध्यक्ष नारायण उप्रेतिको सभापतित्वमा सम्पन्न भएको छ। कार्यक्रममा प्रमृख अतिथि १०७ बर्षकी बृद्धआमा कृष्णकुमारी घिमिरेज्यूलाई सम्मान गरिएको थियो साथे आमाको हस्तकमलले आमा प्रोजेक्टको सिलान्यासले सबैलाई उत्साहित तुल्याएको थियो। एक सुन्दर,सुविधा सम्पन्न एवम्

छ महिना यताकै सुनको मुल्य आज सस्तो छ । जाने हैन त किन्न ?

छ महिना यताकै सुनको मुल्य आज सस्तो छ । जाने हैन त किन्न ?

१० मंसिर, सुनको मूल्य ६ महिनायताकै सस्तो भएको छ । शुक्रबार एकैदिन सुन प्रतितोला ४ रुपैयाँले घटेर ५४ हजार २ सय रुपैयाँमा कायम भएको छ । बिहीबार सुनको मूल्य तोलाको ५४ हजार ६ सय रुपैयाँ थियो । गत जेठको मध्यमा सुनको मूल्य ५४ हजार ५ सयभन्दा तल ओर्लिएको थियो । हिजो बिहीबार मात्रै सुन एकैपटक प्रतितोला ८ सय रुपैयाँले सस्तो भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमै सुन

ईन्द्र बानियाँँ राज्य मन्त्री बन्ने ठुलो सम्भाबना

ईन्द्र बानियाँँ राज्य मन्त्री बन्ने ठुलो सम्भाबना

हेटौँडा,१० मंसिर  मकवानपुर क्षेत्र नम्बर १ का सांसद एवम् नेपाली कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँ राज्य मन्त्री बन्ने करिव निश्चित ,निश्चित नै भईसकेको कांग्रेस श्रोतले जनाएको छ । बानियाँसहित ७ जना कांग्रेसले राज्यमन्त्री बनाउन लागेको हो ।    सत्तारुढ नेपाली कांग्रेसले पार्टीबाट मन्त्रिपरिषदमा थप ७ जना राज्यमन्त्री पठाउने भएको छ । सभापति शेरबहादुर देउवाले नेताहरु

निर्माण हुन लागेको मिनि स्टेडियमको सर्वेको लागि एक टोली छतिवनमा

मंसिर,६÷मकवानपर /छतिवनको जुरेलीमा निर्माण हुन लागेको मिनि स्टेडियमको सर्वेको लागि एक टोली छतिवन पुगेको छ । राज आचार्य नेतृत्वमा २ इन्जीनियर सहितको टोली हिजो छतिवन पुगेको सांसद गणेश थापाले वताउनु भयो । राप्रपा नेपालका अध्यक्ष कमल थापा उपप्रधान,तथा स्थानीय विकास मन्त्री हुदा मैदान उद्घाटन गर्नु भएको थियो ।“२ इन्जिनियर सहितको टोली राखेपले पठाएको छ” सांसद

कंग्रेस जिल्ला प्रतिनिधिहरुको भेला सम्पन्न , सल्लाहकारमा रिता खनाल

मंसिर,५ मकवानपुर— नेपाली कंग्रेस मकवानपुरको आयोजनमा जिल्ला प्रतिनिधिहरुको भेला सम्पन्न भएको छ । पार्टीको संगठन सुदृढिकरण अभियान अन्तरगत जिल्ला प्रतिनिधिहरुको भेला भएको हो । कार्यक्रममा बोल्दै जिल्ला सभापति इन्द्रबहादुर बानियाँले नेपाली काँग्रेसलाई पहिलो पार्टी बनाउन प्रतिनिधिहरुको भूमिका महत्वपूर्ण रहने भन्दै गाउँ तहमा पार्टी एवं भातृ संगठनको परिचालन र

आई.पि.एम तथा गोठेमल सुधार तालिम सम्पन्न

हेटौडा, ४ मंसिर ÷उत्तरी थाहा नगरपालिकामा सञ्चालित ३ दिने आई.पि.एम तथा गोठेमल सुधार सम्बन्धि तालिम सम्पन्न भएको छ । सी.सि.डि.एनको आयोजना र आई सि सि ओ  कर्पोरेसनको सहआयोजनामा भएको तालिममा थाहा नगरका २१ जनाको सहभागिता रहेको थियो । भुकम्प पछिको कृषिलाई पुनःस्थापना गर्नको लागि जिव.आई.पि.यम. तथा गोठे मल सुधार सम्बन्धि सहभागिहरुलाई प्रशिक्षण गराएको हो ।  जिल्ला कृषि विकास

चुरियामाई माविमा कविता प्रतियोगिता सम्पन्न

हेटौडा, ४ मंसिर ÷प्रगतिशील लेखक संघ मकवानपुरले गाउँ जागर अभियान अन्र्तग हेटौडा –१८ चुरियामाई सिखरपानीमा रहेको चुरियामाई माविमा साहित्यिक कार्यक्रम अन्तरगत कविता प्रतियोगिता सम्पन्न गरेको छ । मकवानपुरका अध्यक्ष पुरुषोत्तम आचार्यको अध्यक्षता तथा संघका केन्द्रीय सदस्य निमेश निखिलको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा

कमानेको सीमा निर्धारण गर्ने बिषयमा राजनीतिक दलहरु धुब्रीकृत

हेटौडा, ४ मंसिर ÷ मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर ८ कमानेको सीमा निर्धारण गर्ने बिषयमा स्थानीय राजनीतिक दलहरु धुब्रीकृत भएका छन् । खासगरी नेकपा माओृवादी केन्द्र र अन्य राजनीतिक दलहरुकाबीचमा सहमति हुन नसकेपछि वडा नम्बर ८को मनकामना टोलको सीमा निर्धारण गर्ने बिषयमा विवाद समेत उत्पन्न भएको हो । आज आयोजना गरिएको सर्वदलीय बैठकलाई नेकपा माओवादी केन्द्रले

नेपाल भारत मैत्री संघ मकवानपुरको विस्तारीत वैठक सम्पन्न

हेटौडा, ४ मंसिर ÷नेपाल  भारत मैत्री संघ जिल्ला शाखा मकवानपुरको दोस्रो विस्तारीत वैठक सम्पन्न भएको छ ।  प्रविण मैनालीको अध्यक्ष र निर्वतमान अध्यक्ष इश्वार मैनालीको आतिथ्यतामा सम्पन्न उक्त वैठकले जिल्ला शाखाको पद विभाजन लगायत महत्वपूर्ण विषयहरुमा निर्णय गरेको छ ।  वैठकले उपाध्यक्षमा राजकुमार जोशि,सचिवमा सुदिप गिरी,कोषध्यक्षमा विष्णु कुमार श्रेष्ठ र सल्लाहकारमा

नेकपा माओवादी केन्द्रको ५ न. वडा भेला सम्पन्न

मकवानपुर, ४ मंसिर ÷ नेकपा (माओवादी केन्द्र) मकवानपुर अन्तरगत ५ न.ं वडाको एकता भेला आज सम्पन्न भएको छ । वडा अध्यक्ष देवी गौतमको अध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्रका जिल्ला इन्चार्ज कुमारी मोक्तान प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा ५ न.ं वडाका इन्चार्ज डा. सम्राट तुम्बाहाङ्फेले वडाको गतिविधिको बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा जिल्ला संयोजक

संविधान कार्यान्वयनमा सबै एक भएर लाग्नुपर्छः थापा

मकवानपुर, ४ मंसिर ÷ राप्रपा नेपालका अध्यक्ष कमल थापाले मधेस केन्द्रीत दलहरुले उठाएको जायज मागहरुलाई संवोधन गर्दै मधेस समस्यालाई समधान गरि स्थानीय, प्रादेशिक तथा राष्ट्रिय निर्वाचन गर्नुपर्ने बताउनु भयो । मिडिया नेपाल मकवानपुरले आज हेटौँडामा गरेको साक्षताकार कार्यक्रममा बोल्दै थापाले संविधान कार्यन्वयनमा सबै एक भएर लाग्नुपर्ने बताउनु भयो । थापाले मकवानपुरको

भिमफेदीमा कार दुर्घटना, दुईजनाको मृत्यु

मंसिर,४ मकवानपुर— मकवानपरको भिमफेदी कुलेखानी सडकखण्ड अन्र्तगत भिमफेदी –२ जुरीखेतमा कार दुर्घटना  भएको छ । काठमाडौंबाट हेटौँडातर्फ आउँदै गरेको बा ३ च ९२८९ नम्बरको टोएटा कार दुर्घटना भएको हो । दुर्घटनामा एक महिला र एक पुरुषको मृत्यु भएको छ । मृतकको सनाखत हुन बाँकि रहेको इलाका प्रहरी कार्यालय भिमफेदीका प्रहरी प्रमुख वासुदेव थापाले जानकारी दिनुभएको छ । घाइते तिन जनाको

नेपाल टेलिकमको मोबाइल सेवा आज साँझदेखि भोलि बिहानसम्म अवरुद्ध हुने

नेपाल टेलिकमको मोबाइल सेवा आज साँझदेखि भोलि बिहानसम्म अवरुद्ध हुने

मंसिर,३ मकवानपुर— नेपाल टेलिकमको मोबाइल सेवा आज साँझदेखि भोलि बिहानसम्म अवरुद्ध हुने सक्ने नेपाल टेलिकमले जनाएको छ । नेपाल टेलिकमले कम्पनीको जिएसएम पोष्टपेड मोबाईल सेवालाई कन्भर्जेन्ट रियल टाइम विलिङ सिस्टममा माइग्रेसन गरिने भएकाले आज रातिदेखि भोलि बिहानसम्म अवरुद्ध हुनसक्ने टेलिकमको भनाई छ । कम्पनीका वायरलेस सेवा अन्तर्गतका जिएसएम तथा सि डि एम सेवाका भ्वाइस, डाटा, एसएमएस, वाईम्याक्स र रिजार्ज सेवा

राष्ट्रिय खेलकुद तथा व्यापार महोत्सव–२०७३ सुरु

राष्ट्रिय खेलकुद तथा व्यापार महोत्सव–२०७३ सुरु

हेटौडा, २ मंसिर ÷ मकवानपुरको हेटौँडामा आज (बिहीबार)बाट राष्ट्रिय खेलकुद तथा व्यापार महोत्सव–२०७३ सुरु भएको छ । सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनामा भएको महोत्सवको उद्घाटन मध्यमाञ्चल क्षेत्रीय प्रशासक विनोद केसीले गर्नु भएको हो ।  महोत्सवकोे उद्घाटन गर्दै केसीले मकवानपुर जिल्ला अर्थात हेटौँडा पर्यटकीय र अरु विकासको तुलनामा हेर्ने हो भने असाध्यै राम्रो रहेको बताउँदै यस महोत्सवले

लचिलो भएर अघि बढ्न एमालेलाई पौडेलको आग्रह

लचिलो भएर अघि बढ्न एमालेलाई पौडेलको आग्रह

मंसिर,२ मकवानपुर— नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले असन्तुष्ट पक्षका मागबारे लचिलो भएअघि बढ्न नेकपा एमालेलाई आग्रह गर्नुभएको छ । नेपाली काँग्रेस मकवानपुरले विहिबार हेटौडामा गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता पौडेलले संविधान कार्यान्वयनका लागि पनि असन्तुष्ट पक्षमा माग सम्बोधन गर्नुपर्ने बताउनुभयो ।    संविधान जारी गर्ने प्रमूख तीन दलले कार्यान्वयनका लागि

हिमचुलीको तेस्रो वार्षिक साधारण सभा सम्पन्न

हिमचुलीको तेस्रो वार्षिक साधारण सभा सम्पन्न

पालुङ,२८ कार्तिक / उत्तरी मकवानपुरमा रहेको हिमचुली सामुदायिक बन उपभोक्ता सकितिको तेस्रो वार्षिक साधारण सभा  भएको छ । थाहा नगरपालिका ५ को चुच्चे ढुङ्गा युवा समूहको हलमा भएको सभामा पालुङ ईलाका बन कार्यलयका प्रमुख कालु पाख्रिनको प्रमुख आतिथ्यता रहेको थियो । सभाका प्रमुख अतिथि तथा पालुङ ईलाका बन कार्यलयका प्रमुख पाख्रिनले सबै उपभोक्तालाई समितिको नियम अनुसार चल्नमा आग्रह गर्नु भएको छ । अहिले

सिटौला समूह चुनाव लड्ने, पौडेल सहमतिको पक्षमा

सिटौला समूह चुनाव लड्ने, पौडेल सहमतिको पक्षमा

२८ कात्तिक, । पोखरामा चलिरहेको नेपाल तरुण दलको महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास भइरहेको नेताहरुले बताएका छन् । कांग्रेसको युवा संगठनका रुपमा रहेको तरुण दलको महाधिवेशनमा बन्दसत्र आज पोखरा सभागृहमा हुँदैछ । तर, नेतादेखि महाधिवेशन प्रतिनिधिसम्म नेतृत्वको बहसमा सक्रिय देखिएका छन् । महाधिवेशन उद्घाटन गर्न पोखरा पुगेका कांग्रेस पार्टी सभापति शेरहादुर देउवा त्यहीँ छन् र भेटघाटमा व्यस्त

एसियन र बर्जर पेन्टस्मा तोडफोडको प्रयास

एसियन  र बर्जर पेन्टस्मा तोडफोडको प्रयास

हेटौँडा,२८ कात्तिक बन्दको समयमा उद्योग सञ्चालन गरेको भन्दै आज विप्लव नेतृत्वको नेकपा माओवादीले हेटौँडामा रहेको बर्जर र एसियन पेन्टस्मा तोडफोडको प्रयास गरेका छन् । उनीहरुले ढुङ्गा तथा केहि खाली बोटल प्रहार गरेको औद्योगिक सुरक्षा बलले जनाएको छ । तोडफोडको  प्रयास भएपछि औद्योगिक सुरक्षा बलको टोलीलाई उक्त उद्योगहरुमा सुरक्षाको लागि राखिएको औद्योगिक सुरक्षा बल हेटौँडा औद्योगिक क्षेत्रका प्रहरी

क्रान्तिकारी माओवादीले ‘देशव्यापी विरोध प्रदर्शन’ गर्ने

कार्तिक,२६ काठमाडौ— नेकपा (क्रान्तिकारी माओवादी)ले राष्ट्रियता, जनतन्त्र र जनजीविकालगायतका विषयलाई लिएर यही मङ्सिर १० गते देशव्यापी विरोध प्रदर्शन गर्ने भएको छ । माओवादीको कात्तिक २४ र २५ गते बसेको केन्द्रीय सचिवालयको बैठकले विभिन्न घटकमा छरिएर रहेका क्रान्तिकारी कम्युनिस्टलाई एकताबद्ध तुल्याउन, नयाँ ढङ्गले क्रान्तिकारी कम्युनिस्ट पार्टीको निर्माण गर्न र

जनतालाई प्रत्याभूति हुने खालको सेवा प्रदान गर्न कर्मचारीलाई निर्देशन

कार्तिक,२६ मोरङ— प्रधानमन्त्री पुष्पकमल दाहालले जनतालाई प्रत्याभूति हुने खालको सेवा प्रदान गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ । मोरङ जिल्लास्थित क्षेत्रीय र जिल्ला कार्यालयका प्रमुखलाई आज बिहान विराटनगरमा उहाँले विकास निर्माणका योजनालाई राम्रोसँग परिणाममुखी ढङ्गले सम्पन्न गर्न निदेर्शन दिनुभयो । प्रधानमन्त्री दाहालले विकास निर्माणका योजनालाई समयमै सम्पन्न

बेलुकाको खाना चाँडै खानुपर्ने ८ कारण

बेलुकाको खाना चाँडै खानुपर्ने ८ कारण

१. तौल नियन्त्रणमा रहन्छ ः यदि तपाईं तौल नियन्त्रणमा राख्न चाहनुहुन्छ भने बेलुकीको खाना चाँडै खानुहोस् । खाना खाएपछि केहीक्षण हिड्नुहोस् । जतिसुकै बढी खाना खानुहोस् यस्तो तरिका अपनाउँने हो भने तौल बढ्दैन ।   २. छाति पोल्दैन ः अधिकांश मानिसको खाना खाएपछि सिधै बेडमा जाने बानी हुन्छ । यसो गर्नाले स्वास्थ्य खराब हुन सक्छ र छाति पोल्ने समस्या आउन सक्छ । चाँडै खाना खानुहुन्छ भने यो समस्या आउँदैंन

मकवानपुरको चित्लाङमा प्राविधिक विश्वविद्यालय स्थापनामा हुने

कार्तिक,२५ मकवानपुर— शिक्षा मन्त्रालयले एसियाली विकास बैंकको सहयोगमा विश्वस्तरको कक्षा सञ्चालन हुनेगरी प्राविधिक विश्वविद्यालय स्थापनाको तयारी गरेको छ । राष्ट्रिय इन्जिनियरिङ तथा प्रविधि प्रतिष्ठानका नाममा स्थापना हुने सो विश्वविद्यालयको पूर्वाधार र दिगो वित्तीय व्यवस्थापनका लागि आउँदो मङ्सिर १ देखि ३ गतेसम्म तीनदिने राष्ट्रिय कार्यशाला आयोजना हुने भएको छ ।

संसद बैठक स्थगित

संसद बैठक स्थगित

कार्तिक,२५ काठमाडौ—व्यवस्थापिका संसद बैठक भोली बस्ने भएको छ । आजका लागि डाकिएको संसद बैठक किरात समुदायको फाल्गुनानन्द जयन्ती पर्व परेकाले किराती समुदायका साँसदहरुको आग्रहमा स्थगित भएको संसद सचिवालयका सहप्रवक्ता सुर्दशन कुइकेलले जानकारी दिनुभयो । भोली ११ बजेका लागि बोलाइएको बैठकमा निलम्बीत अख्तियार प्रमुख लोक मानसिंह कार्की विरुद्धको महाअभियोग प्रस्तावमाथि  छलफल हुने भएको  छ । महाअभियोग

आज विश्व विज्ञान दिवस

कार्तिक,२५ मकवानपुर—“विज्ञान केन्द्र र विज्ञान संग्राहलयको उत्सव मनाऔं”भन्ने नारा का साथ आज विश्व विज्ञान दिवस मनाइदैँ छ । दिवसको अवसरमा विज्ञान शिक्षा, अनुसन्धान र विकासलाई जनस्तरसम्म र्पुयाउनुपर्नेमा जोड दिइएको छ । कृषिप्रधान देशमा अझै पनि खाद्यान्न आयात बढिरहेको अवस्थामा उत्पादन बढाउने गरी खेतीमा वैज्ञानिकीकरण आवश्यक रहेको  छ । अहिले पनि धेरै वैज्ञानिक

किराँतका गुरु फाल्गुनानन्द लिङ्गदेनको आज जन्मजयन्ती

कार्तिक,२५ मकवानपुर— आज किराँतहरुका गुरु फाल्गुनानन्द लिङ्गदेनको जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइदैँ  छ । फाल्गुनानन्दलाई नेपालका वहुचर्चित गुरु, सत्य वक्ता र साधु मानिन्छ । उहाँले दिनुभएका दिब्यज्ञान अनि परमसत्य वचनहरुले आज पनि मानव जिवनको विभिन्न कालखण्डहरुमा सत्यमार्ग देखाउने गरेको छ । सामाजिक अभियन्ता अनि सामाजिक, अध्यात्मिक चिन्तनका गुरु

प्रधानमन्त्रीले आज विभिन्न जलविद्युत आयोजनाहरुको निरिक्षण गर्दै

कार्तिक,२३ काठमाडौ— प्रधानमन्त्री पुष्पकमल दाहालले आज विभिन्न जलविद्युत आयोजनाहरुको स्थलगत निरिक्षण गर्दै हुनुहुन्छ । प्रधानमन्त्री दाहालले निर्माणाधीन ४ सय ५६ मेघावाटको तामाकोशी जलविद्युत् आयोजना, तेह्रथुम बसन्तपुरदेखि नेपालको उत्तरी नाका जोड्ने १ सय ६२ किलोमिटर लामो उत्तर–दक्षिण कोशी लोकमार्ग र संखुवासभाको सडक निरीक्षण र सरकारी कार्यालयका प्रमूखहरुलाई

छठ पर्व धुमधामका मनाइदैँ

छठ पर्व धुमधामका मनाइदैँ

कात्तिक २१, मकवानपुर / आज छठ पर्व मिथिला क्षेत्रमा धुमधामका साथ मनाइदैँ छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइन्छ ।  सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शुक्रबारदेखि सुरु भएको हो ।  सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम

आज यमपञ्चकको दोस्रो दिन कुकुर तिहार

आज यमपञ्चकको दोस्रो दिन कुकुर तिहार

कातिक १३, मकवानपुर / नेपालीको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन आज घर घरमा सुरक्षा गर्ने कुकुरलाई पूजाआजा गरी मीठा मीठा खानेकुरा खान दिएर मनाइयो । कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छाडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको धार्मीक विश्वास रहेको छ । आज बिहानै अरुणोदयकालमा

यमपञ्चक सुरु, आज काग तिहार

यमपञ्चक सुरु, आज काग तिहार

कार्तिक,१२ मकवानपुर— नेपालीहरुको दोस्रो ठूलो चाड तिहार आजबाट शुरु भएको छ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म यमराज पनि आफ्ना दैनिक काम स्थगित गरी बहिनी यमुनाकहाँ अतिथिका रुपमा बसेर भाइटीका ग्रहण गर्ने भएकाले यस पर्वलाई यमपञ्चक पनि भन्ने गरिन्छ । यमपञ्चकको पहिलो दिन आज कागको पूजा गरी मीठो मीठो खान दिएर काग तिहार मनाइँदैछ । वैदिक मान्यताअनुसार कागलाई सन्देशवाहकका रुपमा मान्ने गरिन्छ ।

भारतीय राष्ट्रपति नेपाल आउँदो सार्वजनिक विदा

कार्तिक,११ काठमाडौ—सरकारले भारतका राष्ट्रपति प्रणव मुखर्जी नेपाल भ्रमणमा आउने दिन   सार्वजनिक विदा दिने भएको छ । आज बसेको मन्त्रिपरिषदको नियमित बैठकले चीन र भारतका राष्ट्रपति नेपाल भ्रमणमा आउने दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो । भारतीय राष्ट्रपति मुखर्जी भाइटिकाको भोलिपल्ट यहाी कार्तिक १७ गते नेपालको भ्रमणमा आउँदैहुनुहुन्छ । तर चिनका राष्ट्रपति को भने

मकवानपुर उद्योग वाणिज्य संघको शुभकामना

मकवानपुर उद्योग वाणिज्य संघको शुभकामना

कार्तिक,११ मकवानपुर— मकवानपुर उद्योग वाणिज्य संघले आज संघको सभाहलमा नेपालीहरुको दोश्रो ठूलो चाड तिहार, नेपाल सम्बत तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम गरेको छ । विगतमा जस्तै दशै र तिहारको बीच समयमा शुभकामना आदान प्रदान गर्दै आएको परम्परालाई निरन्तरता दिने क्रममा संघले कार्यक्रम गरेको संघका अध्यक्ष राजकुमार न्यौपानेले बताउनु भएको थियो । विभिन्न सरकारी कार्यालयका प्रमुख तथा

युएईका राजदूतद्वारा प्रधानमन्त्रीलाई उर्जा सम्मेलनको निम्तो

युएईका राजदूतद्वारा प्रधानमन्त्रीलाई उर्जा सम्मेलनको निम्तो

कार्तिक ११, काठमाडौं —नेपालका लागि युएईका राजदूत सैद हाम्दन अल नक्वीले सन् २०१७ जनवरी १६ मा युएईमा हुने वल्र्ड फ्युचर इनर्जी समिटका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई निमन्त्रणा गर्नु भएको छ । राजदूत नक्वीले उर्जा सम्मेलनबाट नेपालले प्रशस्त लाभ लिन सक्ने भन्दै त्यसका लागि नेपाललाई पहिलोपटक निमन्त्रणा गरेको बताउनुभयो । प्रधानमन्त्रीले निमन्त्रणाका लागि हार्दिक धन्यवाद दिँदै सम्मेलनमा

किवी खेतीबारे छलफल

किवी खेतीबारे छलफल

कार्तिक १० मकवानपुर— मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा किवी खेतीको विषयमा छलफल कार्यक्रम आयोजना गरेकोछ । ओभीओपी कार्यक्रम अन्तर्गत मकवानपुरको उत्तरी क्षेत्रमा भईरहेको किवी खेतीको विषयमा छलफल कार्यक्रम गरिएको हो । संघका अध्यक्ष राजकुमार न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा वाईका नेपाल कार्यालयका प्रबद्र्धनकर्ता ताकेसी हाण्डा, सुसुमु निसिको समेत सहभगिता रहेको थियो । नेपाल उद्योग वाणिज्य

पचहत्तरै जिल्लामा कम्तिमा एउटा सरकारी कलेज खोल्ने तयारी गर्दैछु, ‘प्रधानमन्त्री’

पचहत्तरै जिल्लामा कम्तिमा एउटा सरकारी कलेज खोल्ने तयारी गर्दैछु, ‘प्रधानमन्त्री’

कार्तिक १० काठमाडौं —प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशका ७५ वटै जिल्लामा कम्तिमा एउटा सरकारी कलेज खोल्ने गरी सरकारले तयारी गरिरहेको बताउनु भएको छ । मंगलबार कञ्चनपुरको पूनर्बासमा कृषि क्याम्पस स्थापनाका लागि प्रधानमन्त्रीसँग ज्ञापन पत्र पेश गर्न आएको सर्वदलीय, सर्वपक्षीय प्रतिनिधि मण्डलसँगको भेटमा प्रधानमन्त्रीले भन्नुभयो, ‘अघिल्लोपटक प्रधानमन्त्री हुँदा मेरो नेतृत्वमा देशका

कोरियाली माटो विज्ञसँग संघले छलफल गर्यो

कोरियाली माटो विज्ञसँग संघले छलफल गर्यो

कार्तिक ९, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा दक्षिण कोरियाका माटो विज्ञ लि बोङ्ग शूसँग व्यवसायिक कृषिको विषयमा छलफल गरेकोछ । दक्षिण कोरियाका पूर्वराष्ट्रपतिका कृषि सल्लाहकार समेत रहेका शू किम्हे माईग्रेन्ट हाउसका अध्यक्ष यज्ञराज सुवेदी, एशियन फोरम काठमाडाका सिद्धि बराल, सपोर्ट नेपाल फाउण्डेशन, द. कोरियाका रमेश सुवेदीको संयुक्त पहल तथा संघको निमन्त्रणामा उनी मकवानपुर आएका हुन् ।

भाइटीकाको साइत ११ बजेर ५२ मिनेटमा

भाइटीकाको साइत ११ बजेर ५२ मिनेटमा

कार्तिक,९मकवानपुर— नेपाल पञ्चाङ्ग निर्णायक समितिले यसवर्षको भाइटीकाको उत्तम साइत यही कात्तिक १६ गते मङ्गलबार मध्याह्न ११ बजेर ५२ मिनेट जुृरेको छ ।  समितिको बैठकले सो निर्णय गरेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले  जानकारी दिनुभयो ।  कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म यमपञ्चक अर्थात् तिहार पर्व मनाइन्छ । यस वर्ष कात्तिक १२ गते शुक्रबार कागतिहार, १३ गते शनिबार कुकुरतिहार,

नेपाल समाजबादी ई अटो सफारी संघको अध्यक्षमा थापा चयन

नेपाल समाजबादी ई अटो सफारी संघको अध्यक्षमा थापा चयन

कार्तिक, ८ हेटौंडा । नेपाल समाजबादी ई अटो सफारी संघको प्रथम राष्ट्रिय भेला आज सोमवार हेटौडामा सम्पन्न भएको छ  । नेपाल समाजवादी ट्रेड युनियन महासंघको केन्द्रिय संयोजक लालध्वज नेम्वाङको प्रमुख आतिथ्यता तथा नेपाल समाजवादि ई अटो सफारी राष्ट्रिय भेला आयोजक समिति मकवानपुरका अध्यक्ष सुदेव थापाको सभाध्यक्ष्यतामा भएको कार्यक्रममा नयां शक्ति नेपाल ३ नं प्रदेश सह–संयोजक सोनाम सिं स्याङतान , मजदुर

औद्यौगिक सुरक्षा विषयक अन्तरक्रिया सम्पन्न

औद्यौगिक सुरक्षा विषयक अन्तरक्रिया सम्पन्न

कार्तिक, ८ हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको आयोजना तथा मध्यमाञ्चल क्षेत्रीय प्रशासन कार्यालयको संयोजकत्वमा औद्योगिक सुरक्षा तथा लगानी मैत्री वातावरण विषयक अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । संघका अध्यक्ष राजकुमार न्यौपानेको सभाध्यक्षता तथा क्षेत्रीय प्रशासक विनोद केसीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । मकवानपुरका निमित्त प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले

श्रेष्ठले बाजी मारे

श्रेष्ठले बाजी मारे

काठमाडौं, कात्तिक ८ - अखिल नेपाल फुटबल संघ (एन्फा)को सोमबार भएको निर्वाचनमा नरेन्द्र श्रेष्ठ विजयी भएको छन्। श्रेष्ठले निकटतम प्रतिद्वन्द्वी कर्माछिरिङ शेर्पालाई ५ मतले पछि पादै विजयी भए। निर्वाचनमा श्रेष्ठले ३६ मत पाए भने शेर्पाले ३१ मत प्राप्त गरेको थिए। त्यस्तै उपाध्यक्षमा मणी कुँवर विजयी भएको छन्। कुँवरले

उपत्यकामा समन्वयात्मक रुपमा काम गर्नुहोस्, ‘प्रधानमन्त्री’

उपत्यकामा समन्वयात्मक रुपमा काम गर्नुहोस्, ‘प्रधानमन्त्री’

कार्तिक ८, काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौं, ललितपुर र भक्तपुरको विकास एवं प्रशासन सञ्चालनमा एकीकृत र समन्वयात्मक काम गर्न निर्देशन दिनुभएको छ । सोमबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भौतिक योजना तथा निर्माण, स्थानीय विकास, उर्जा, खानेपानी, अर्थ, गृह लगायतका मन्त्रालयका सचिव र सम्वद्ध अधिकारीहरुको संयुक्त बैठलाई निर्देशन दिँदै

प्रधानमन्त्रीसँग नेपालका लागि भियतनामी राजदूतको भेट

प्रधानमन्त्रीसँग नेपालका लागि भियतनामी राजदूतको भेट

कार्तिक,८ काठमाडौ— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपालका लागि भियतनामी राजदूत टोनसिङ थान्हले शिष्टाचार भेट गर्नुभएको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा नेपाल र भियतनामबीचको आपसी सम्बन्ध र द्वीपक्षीय हितका विषयमा कुराकानी भएको थियो । भेटमा प्रधानमन्त्रीले नेपाल र भियतनामबीच लामो र मैत्रीपूर्ण सम्बन्ध रहेको बताउनुभयो । प्रधानमन्त्रीले पछिल्लो समय नेपाल र भियतनामबीचको

नेपाल सम्वत् हाम्रो मौलिक पहिचान हो, ‘प्रधानमन्त्री’

नेपाल सम्वत् हाम्रो मौलिक पहिचान हो, ‘प्रधानमन्त्री’

 कार्तिक,८ काठमाडौ— प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल सम्वत् नेपालको गर्व र मौलिक पहिचान भएको बताउनु भएको छ । नेपाल सम्वत् ११३७ राष्ट्रिय समारोह आयोजक समितिका प्रतिनिधिहरुसँग सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्रीले उक्त कुरा बताउनु भएको हो । भेटमा प्रधानमन्त्रीले भन्नुभयो, ‘नेपाल सम्वत् हाम्रो मौलिक पहिचान हो, हाम्रो गर्व हो, यसलाई नेपालको मौलिक पहिचान सहित स्थापित गर्न सरकार गम्भीर

लियो क्लब अफ हेटौँडा भुटनदेविले वृहत देउसी भैलो कार्यक्रम गर्ने

लियो क्लब अफ हेटौँडा भुटनदेविले वृहत देउसी भैलो कार्यक्रम गर्ने

हेटौडा,७ कार्तिक / युथ फर पिस , पिस फर नेशन भन्ने नाराका साथ वृहत देउसी भैलो कार्यक्रम हुने भएको छ । हिन्दुहरुको महान पर्व शुभ दिपावली २०७३ को अवसरमा लियो क्लब अफ हेटौँडा भुटनदेविको आयोजनामा देउसी भैलो कार्यक्रम हुन लागेको हो । मनोरञ्जन सँगै समाज रुपान्तरणको लागी युवा सोचमा सकारात्मक विकास गर्नको लागी पे्ररणात्मक प्रस्तुती पनि राखिएको लियो क्लब अफ हेटौँडा भुटनदेविका जनसम्पर्क अधिकृत रुपक कालिराजले

डाक्टर शर्माद्धारा आगामी वर्ष उत्कृष्ट तीनमा पर्ने गरी काम गर्न कर्मचारीलाई निर्देशन

डाक्टर शर्माद्धारा आगामी वर्ष उत्कृष्ट तीनमा पर्ने गरी काम गर्न कर्मचारीलाई निर्देशन

हेटौडा,७ कार्तिक ÷ जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले हालसम्म सञ्चालन गरेको कामको समीक्षा गर्दै डाक्टर सर्वेश शर्माले आगामी वर्ष उत्कृष्ट तीनमा पर्ने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ । आज हेटौंडामा आयोजित फोकल पर्सन तथा एनजिओ हरुको  बैठकमा सम्बोधन गर्दै उहाँले कार्यसम्पादनका हिसाबले हाल सातौं पोजिसनमा रहेको मकवानपुर आगामी वर्ष टप तीनमा आउनुपर्छ भन्नुभयो ।. केही गाविस मात्र

पहिलो महिला सागरमाथा आरोही जुन्को तावेईको निधन

पहिलो महिला सागरमाथा आरोही जुन्को तावेईको निधन

कार्तिक,७ मकवानपुर— पहिलो महिला सागरमाथा आरोही जुन्को तावेईको ७७ वर्षको उमेरमा निधन भएको छ । जापानको साइटामा क्यान्सर सेन्टरमा उपचारका क्रममा तावेईको निधन भएको जापान माउन्टेनरिङ एसोसिएसनले जनाएको छ । जापानी टेलिभिजन एनएचकेले पनि तावेईको निधन भएको खबर लेखेको छ । तावेईलाई चार वर्षअघि क्यान्सर भएको पत्ता लागेको थियो । जापानको फुकुसिमामा जन्मनुभएकी तावेईले सन् १९७५ मा सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा

सहभागीबिच नै कुटाकुट

सहभागीबिच नै कुटाकुट

काठमाडौंको कमलादीमा आज भएको विराट हिन्दु सम्मेलनका सहभागीबिच नै कुटाकुट भएको छ । विश्व हिन्दु महासंघको आयोजनामा प्रज्ञाभवनमा भएको सम्मेलनको बन्दसत्रमा भावी अध्यक्षको नाम सार्वजनिक गरिएसँगै कुटाकुट भएको हो । आयोजक पक्षले निर्वाचनको प्रकृया बिनानै भरत केशर सिंहलाई महासंघको अध्यक्ष घोषणा गरेपछि विवाद हुँदा कुटाकुट भएको हो । सम्मेलनको कार्यतालिका अनुसार चुनाव भोलि शनिबार हुनुपर्ने भए पनि

यसरी बढ्छ स्मरण शक्ति

    –    विहान हिँडडुल गर्ने –    शारीरिक व्यायाम गर्ने –    समयमै सुत्ने र उठ्ने –    मानसिक तनाव नलिने –    मनोरन्जन गर्ने –    एकोहोरो काम नगर्ने –    धूमपान तथा मद्यपान नगर्ने –    एकै पटक धेरै नखाने –    राति अबेरसम्म नपढ्ने –    बिहान पढ्ने –    जंकफुड सेवन

शिक्षाबारे अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

कार्तिक,५ काठमाडौ— दिगो विकासका लागि शिक्षामा रुपान्तरणको बहस चलाउनका लागि शिक्षाबारे अन्तर्राष्ट्रिय सम्मेलन आज सुरु हुँदैछ । शिक्षा मन्त्रालय, युनेस्को र अस्ट्रेलियाको मर्डख विश्वविद्यालयको सहकार्यमा काठमाडौ विश्वविद्यालयको स्कुल अफ एजुकेसन अन्तर्गतको रुपान्तरणमुखि शिक्षा अध्ययन केन्द्रले सम्मेलन आयोजना गरेको हो ।आज सुरु हुने सम्मेलन ७ गतेसम्म काभ्रेको