ON AIR

प्रभात वाणी

UP NEXT

वाणी बहस

ताजा अपडेट :

राष्ट्रिय समाचार

बस र ट्रक आपसमा ठोकिँदा तीन जनाको मृत्यु

कार्तिक,४ सिराहा—सिराहामा यात्रुवहाक बस र ट्रक आपसमा ठोकिँदा तीन जनको मृत्यु भएको छ । दुर्घटनामा १३ यात्रु घाइते भएका छन् । गएराति साढे १२ बजे सिरहाको मिर्चैयामा ना ५ ख ४८८९ नम्बरको यात्रुबाहक बस र ना ३ ख ४१३० नम्बरको ट्रक आपसमा ठोकिँएका थिए । मृत्यु हुनेमा बसमा सवार भारत सिक्किमकी ३३ वर्षीय पायल अग्रवाल, ३० वर्षीय विन्दीया गुरुङ्ग र पाँचथर रवी ६ की ३५ वर्षीय ननुका राई

अन्तर्राष्ट्रिय विराट हिन्दू महासम्मेलन हुँदै

अन्तर्राष्ट्रिय विराट हिन्दू महासम्मेलन हुँदै

कार्तिक,४ काठमाडौ— काठमाडौमा अन्तर्राष्ट्रिय विराट हिन्दू महासम्मेलन हुँदै छ । विश्व हिन्दू महासङ्घको आयोजनामा हुन लागेको सम्मेलन काठमाडौ पशुपतिस्थित वनकालीमा हुनेछ । सम्मेलनमा आधुनिक समाजमा वैदिक धर्म विज्ञानको महत्व तथा हिन्दू धर्मका विशेषताका बारेमा कार्यपत्र प्रस्तूत हुनेछ । सम्मेलनमा सहभागी हुन नेपाल, भारतलगायत मुलुकबाट करिब एक हजार प्रतिनिधिहरु काठमाडौमा जम्मा भएका छन् । सम्मेलनले

अस्पतालक कुनामा पर्दाले छोपेर राखिएको विरामीको लियोद्धारा उद्धार

अस्पतालक कुनामा पर्दाले छोपेर राखिएको विरामीको लियोद्धारा उद्धार

कार्तिक,४ मकवानपुर अस्पतालमा आफन्त कोही नहुँदा १५ दिन देखि हेटौडा क्षेत्रिय अस्पातलमा एक बिरामी गुहिएर वस्न वाध्य भएको खबर सुन्यौँ । त्यस वेवारिसे अवस्थामा रहेको विरामी छ भन्ने थाहा पाए पश्चात लियो क्लव अफ हेटौडा भुटनदेवि का सदस्यहरु गई अवलोकन गर्दा विरामीको शरिर भरि नै घाउ र विभिन्न शरिरका भागहरु कुहिरहेको अवस्था थियो ।  हामीले त्यस्तो अवस्थाको विरामी देखे पछि विरामीको आफन्तको वारेमा बुझ्ने

राष्ट्रिय भिटामिन ए, कार्यक्रम आज पनि जारी

कार्तिक,३ मकवानपुर— सरकारले हिजोदेखि मुलुकभर सुरु गरेको राष्ट्रिय भिटामिन ए, कार्यक्रम आज पनि जारी रहने भएको छ  । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कार्यक्रम अन्र्तगत हिजो र आज दुई दिन मुलुकभरका ५ बर्ष मुनिका बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाउन लागेको हो ।  ५ बर्ष मुनिका बालबिालकालाई अनिवार्य रुपमा भिटामिन ए र जुकाको औषधी खुवाउन स्वास्थ्य

प्रचण्डको गोवा भ्रमण सफल भएको निष्कर्ष

कार्तिक,३ काठमाडौ— नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकले केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको गोवा भ्रमण सफल भएको निष्कर्ष निकालेको छ । आज बिहान समितिको कार्यालय सिंहदरबारमा सम्पन्न बैठकले यस्तो निष्कर्ष निकालेको हो । बैठकमा प्रधानमन्त्री तथा केन्द्रका अध्यक्ष दाहालले आफ्नो गोवा भ्रमण र समसामयिक राजनीतिक विषयमा जानकारी गराउनु भएको

प्रधानमन्त्री दाहालले आज संसदमा सम्बोधन गर्नुहुने

प्रधानमन्त्री दाहालले आज संसदमा सम्बोधन गर्नुहुने

कार्तिक,३ काठमाडौ— प्रधानमन्त्री पुष्पकमल दाहलले आज व्यवस्थापिका संसदमा आज सम्बोधन गर्नुहुने भएको छ । भारत भ्रमण, ब्रिक्स–बिम्स्टेक सम्मेलन, संविधान संशोधनलगायत समसामायिक विषयमा संसदमा उठेका विषयमा जवाफ दिन प्रधानमन्त्रीले संस्दमा सम्बोधन गर्न लाग्नुभएको हो ।   आज दिउसो ३ बजे बस्ने बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्न लाग्नुभएको संसद सचिवालयका सह प्रवक्ता सुदर्शन कुँइकेलले जानकारी दिनुभयो ।

विश्वविद्यालयबीचको विवाद छिट्टै टुङ्गिन्छ ः शिक्षामन्त्री पौडेल

विश्वविद्यालयबीचको विवाद छिट्टै टुङ्गिन्छ ः शिक्षामन्त्री पौडेल

कार्तिक,१ चितवन— शिक्षामन्त्री धनीराम पौडेलले त्रिभुवन विश्वविद्यालय र कृषि तथा वन विज्ञान विश्वविद्यालयका बीचमा रहेको विवाद छिट्टै टुङ्गिने बताउनुभएको छ । प्रेस सेन्टर चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले आयोगले काम गरिरहेको र छिट्टै प्रतिवेदन आएपछि विवाद टुङ्गोमा पुग्ने बताउनुभयो । विश्वका विभिन्न देशमा एकै ठाउँमा दुई वटा विश्वविद्यालयका कार्यक्रम सञ्चालन भएको भन्दै उहाँले

प्रधानमन्त्री दाहाल आज स्वदेश फर्कदै

कार्तिक,१ मकवानपुर—‘ब्रिक्स बिमस्टेक आउटरिच सम्मेलन’मा सहभागी हुन भारतको गोवा गएका प्रधानमन्त्री पुष्पकमल दाहाल आज स्वदेश फर्कुनुहुने भएको छ । १८ सदस्यीय नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै उहाँ असोज २९ गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । उहाँ आज दिउसो साढे ३ बजे नेपाल एयरलाईन्सबाट काठमाडौं आईपुग्ने उहाँको निजी सचिवालयले जनाएको छ । सम्मेलनका क्रममा

मेकअपले हानी गरिरहेको त छैन ?

मेकअपले हानी गरिरहेको त छैन ?

कार्तिक,१ मकवानपुर— अनुहारमा मेकअप फाउन्डेसनबाट सुरु गरिन्छ । यो त्यस्तो प्रकारको हुन्छ, जुन अनुहारको रंगसँग घुल्न सक्छ । यो लाएपछि अनुहार अपेक्षा भन्दा बढी नै ग्लोइंग देखिन्छ । यसका साथै यो धेरै समय अनुहारमा टिक्छ । यसले अनुहारमा एउटा तह सिर्जना गर्छ । अनुहारमा लामो समय यसलाई राख्ने हो भने उल्टो असर देखिन थाल्छ । छालामा रहेका अक्सिजन लिने साना–साना प्वाल बन्द हुन्छन् । त्यसैगरी यसमा रहेको एडहेसिब नामको

२५ जनाको लागि कर्जा सुरक्षण कोष र घरेलु उद्योग विकास समितिमा जागिर खुल्यो

२५ जनाको लागि कर्जा सुरक्षण कोष र घरेलु उद्योग विकास समितिमा जागिर खुल्यो

असोज,३० मकवानपुर— निक्षेप तथा कर्जा सुरक्षण कोष र घरेलु तथा साना उद्योग विकास समितिले विभिन्न २५ पदका लागि दरखास्त आह्वान गरेका छन् । आज छुट्टा(छुट्टै विज्ञापन प्रकाशित गर्दै दुबैं निकायले पदपूर्तिका लागि आवदेन मागेका छन् ।   निक्षेप तथा कर्जा सुरक्षण कोषले विभिन्न १३ पदमा दरखास्त मागेको हो । प्रवन्धक, नायब प्रवन्धक, अधिकृत, कम्प्युटर अधिकृत, सहायक अधिकृत, प्रधान सहायक, बरिष्ठ कम्प्युटर सहायक

आज विजयादशमी, हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा थापी मनाइँदै

२५ असोज –आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा थापी मनाइँदैछ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज देवी विसर्जनको साइत बिहान ८ बजेर २५ मिनेटमा रहेको छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि भने ८ बजेर ४५ मिनेटको साइत उत्तम रहेको अध्यक्ष एवम् धर्मशास्त्रविद् प्रा डा रामचन्द्र

दशैंमा राष्ट्रपतिको शुभकामना सन्देश

दशैंमा राष्ट्रपतिको शुभकामना सन्देश

२५ असोज, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीहरुको महान् पर्व बडादशैं, तिहार,नेपाल सम्वत् र छठका अवसरमा शुभकामना सन्देश व्यक्त गरेकी छिन् ।  राष्ट्रपतिले मंगलबार दिएको सन्देशमा हाम्रा चाडपर्वहरू अनेकतामा एकता तथा सबै जातजाति र धर्मावलम्बीको साझा फूलबारीका प्रतीकका रुपमा रहेको बताएकी छिन् । नेपालको संविधानमार्फत प्राप्त राजनीतिक, संवैधानिक एवम् सामाजिक उपलब्धिको जगेर्ना

आज विजयादशमी, टीकाको उत्तम साइत ८:४५ बजे

आज विजयादशमी, टीकाको उत्तम साइत ८:४५ बजे

२५ असोज,  । नेपालीहरूको महान सांस्कृतिक पर्व बडादशैंको आज टीकाको दिन हो । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार टीकाको उत्तम साइत बिहान ८ बजेर ४५ मनेटमा परेको छ ।  तर, दिनभरि नै टीका लगाउन साइत हेरिरहनुपर्दैन । असत्यमाथि सत्य र आशुरीशक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाइने विजयादशमीको दिनलार्इ बडादशैंकै सबैभन्दा महत्वपूर्ण दिन मानिन्छ । पञ्चाङ्ग निर्णायक समितिका अनुसार देवी

नेपाली ह्यान्डबल टोली आज बंगलादेशको ढाका जादैँ

असोज,२२ काठमाडौ— आईएचएफ ट्रफीमा सहभागी हुन नेपाली ह्यान्डबल टोली आज बंगलादेशको ढाका प्रस्थान गर्ने भएको छ । पुरुष टोलीले २१ वर्षमुनीको र महिला टोलीले २० वर्षमुनीको उमेरसमूहमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता भोलिदेखि १३  गतेसम्म  सञ्चालन हुने छ । प्रतियोगितामा पुरुषतर्फ सन्दिप खड्का (कप्तान), आशिष अधिकारी (उप कप्तान), तेन्जेन तामाङ, नरेन्द्र बिसी, रेशम केसी, सचित

हाइटीमा म्याथ्यु आँधीका कारण मृत्यु हुनेको संख्या ८ सय पुग्यो

हाइटीमा म्याथ्यु आँधीका कारण मृत्यु हुनेको संख्या ८ सय पुग्यो

असोज,२२ एजेन्सी— हाइटीमा म्याथ्यु आँधीका कारण मृत्यु हुनेको संख्या ८ पुगेको छ । अमेरिकातर्फ गएको म्याथ्यु आँधीले हाइटीमा ठूलो मात्रामा जनधनको क्षेति गरेको छ । मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । आँधीका कारण त्यहाँको जनजीवन अस्तव्यस्त बनेको छ । संयुक्त राष्ट्रसंघले हाइटीमा आँधीले गरेको क्षतिको यकिन विवरण आउन समय लाग्न सक्ने बताएको छ । यसअघि चार सय जनाको मृत्यु भएको भनिएकोमा मृत्यु हुनेको

डा. केसीद्वारा दसैँ अवधिभर अनशन स्थगित

डा. केसीद्वारा दसैँ अवधिभर अनशन स्थगित

असोज,२२ काठमाडौ— प्रध्यापक डाक्टर गोविन्द केसीले दसैँ अवधिभर आफ्नो अनशन स्थगित गर्नुभएको छ  । चिकित्सा शिक्षामा सुधार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तलाई महाअभियोग लगाउनुपर्ने माग राखी त्रिवि शिक्षण अस्पतालमा  अनशन बस्नु भएको थियो । डा. केसीले पत्रकार सम्मेलन गरी दसैँ अवधिभर आफ्नो अनशन स्थगित भएको घोषणा गर्नुभएको हो । विभिन्न माग राख्दै यही असोज १० गते प्राडा केसीले नवौँ आमरण अनशन

एसीडी सम्मेलन आजदेखि सुरु हुँदै

असोज,२२काठमाडौ— ‘एक एसियाः विविध शक्ति’ नारासहित थाइल्याण्डको बैंककमा आज एसियाली सहयोग मञ्च (एसीडी) को दोस्रो सम्मेलन सुरु हुँदैछ । नेपालका तर्फबाट सो सम्मेलनमा भाग लिन परराष्ट्रमन्त्री डा प्रकाशशरण महत थाइल्यान्ड  गएसक्नुभएको छ । आजदेखि  २४ गतेसम्म हुने बैंककमा हुने सम्मेलनमा मन्त्री डा. महतले सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको

आज फूलपाती ः घर घरमा फूलपाती भित्र्याईदै

आज फूलपाती ः घर घरमा फूलपाती भित्र्याईदै

असोज,२२ मकवानपुर— बडा दशैँको आज सातौँ दिन, दुर्गा पक्ष अन्तर्गत फूलपाती, आज घर घरमा शास्त्रीय विधि अनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याईदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँघर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र अन्य नयाँ पालुवा समेत भित्र्याउने गरिन्छ ।नवपत्रिकाको नामले चिनिने

हेटौंडा फर्किए मकवानपुरे टोली

हेटौंडा फर्किए मकवानपुरे टोली

हेटौडा,२१ असोज / दक्षिण कोरियामा गत ३० सेप्टेम्बर देखि अक्टोबर ३ सम्म भएको माफ फेष्टिबलमा नेपालको प्रतिनिधित्व गर्दै गएको टोलीे गृह जिल्ला मकवानपुर फर्किएको छ । माफमा भाग लिन मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपाने, महासचिव महेन्द्र राउत र कार्य समिति सदस्य उज्जल चौलागाई जानु भएको थियो । नेपालले उक्त मेलामा आफ्नो संस्कृति, पर्यटन, हस्तकला लगायतका सामग्री प्रदर्शन गर्नुका साथै मकवानपुरको

‘राष्ट्रिय आपूर्ति कम्पनी’ बनाउन सिफारिस समिति गठन

असोज,२० काठमाडौ— सरकारले चालु आर्थिक वर्षको बजेटमा घोषणा गरेको ‘राष्ट्रिय आपूर्ति कम्पनी’ बनाउन सिफारिस समिति गठन गरेको छ । वन तथा भू–संरक्षण मन्त्रालयले टिम्बर कर्पाेरेसन अफ नेपाल लिमिटेडको योजना तथा आपूर्ति विभाग प्रमुख रामचन्द्र भट्टको संयोजकत्वमा सो सिफारिस समिति गठन गरेको हो । वनमन्त्री शङ्कर भण्डारीले मन्त्रिस्तरीय निर्णयबाट बजेट कार्यान्वयनका लागि

अनौठो रोग थाइराइड,यस्ता छन लक्षणहरु डा. दिना श्रेष्ठ

  थाइराइड भनेको एउटा ग्रन्थी हो । यो घाँटीको अघिल्लो भागमा रुद्रघण्टीको तल रहेको हुन्छ । यो ग्रन्थीले थाइरोक्सिन (टी–३) र ट्राइआयोडो थाइरोनीन (टी–४) हर्मोन उत्पादन गर्छ । थाइराइडको खास काम भनेको शरीरको गति नियन्त्रण (मेटाबोलिजम) गर्ने हो । त्यसैले यसलाई शरीरको एक्सिलेटर पनि भन्ने गरिन्छ ।   थाइराइड ग्रन्थीको काममा गडबडी भएमा यसले अनावश्यक हर्मोन बढी

नेकपा माओवादी केन्द्र हर्नामाडीको संयुक्त वडा एकता भेला

असोज,१८ मकवानपुर— नेकपा माओवादी (नेकपा माओवादी केन्द्र) मकवानपुरको हर्नामाडी संयुक्त वडा एकता भेला भएको छ । मंगलबार दशैं, तिहार तथा छठको शुभकामना आदानप्रदान कार्यक्रमका साथमा माओवादीले संयुक्त वडा सम्मेलन आयोजक समिति गठन गरेको हो । भेलाले राजु तिमल्सिनाको संयोजकत्वमा ३५ सदस्यीय सम्मेलन आयोजक समिति गठन गरेको छ । जसको सदस्यहरुमा शिव लुईटेल, मन्जु पण्डित, पुरुषोत्तम

कुखुरा व्यवसायिको शुभकामना आदान प्रदान

कुखुरा व्यवसायिको शुभकामना आदान प्रदान

असोज,१६ मकवानपुर— कुखुरा व्यवसायि संघ मकवानपुरले विजया दशमी लगायतका पर्वहरुको अवसरमा आज हेटौंडामा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम गरेको छ । कार्यक्रमका प्रमुख अतिथि एवम् कुखुरा बजार व्यवस्थापक संघका केन्द्रीय सचिव सुनिल अधिकारीले हरेक नेपालीको भान्छामा हरेक हप्ता १ क्रेट अण्डा र ३ केजी कुखुराको मास’ पु¥याउने लक्ष रहेको बताउनुभयो ।  विशेष अतिथि पत्रकार

९ नम्बर एमालेको चियापान तथा शुभकामना कार्यक्रम

असोज,१६ मकवानपुर— नेकपा एमाले ९ नम्बर वडा कमिटीले नजिकिदै गरेको पर्व विजया दशमी र शुभ दिपावलीको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ ।  नेकपा एमाले केन्द्रीय सदस्य एवम् नारायणी इन्चार्ज केदार न्यौपानेको प्रमुख आतिथ्यतामा कार्यक्रम  भएको हो । कार्यक्रममा प्रमुख अतिथी न्यौपानेले एमालेको नेतृत्वको सरकारले भारत र चाइना दुवैदेश संग ब्यापारिक

क्षमता भन्दा बढी यात्रु बोकेको वस दुर्घटना,३ को मृत्यु

मकवानपुरको हाँडीखोला २ मकरीमा  बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।  मृत्युहुनेमा ४ वर्षका प्रमिस लामिछाने, २५ वर्षका सुर्यबहादुर तामाङ रहेका छन् भने एक जनाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।  गोगानपानी बाट हेटौँडा आउँदै गरेको ना ४ ख ४३०७ नम्बरको बस मकरीमा  दुर्घटना हुदा २५ भन्दा बढी घाइते भएका हुन् ।  बढी यात्रु बोकेको बस भार थाम्न नसकि दुर्घटना

आजदेखि दसैँ सुरु,टिकाको साइत २५ गते विहान पौने नौ बजे

आजदेखि दसैँ  सुरु,टिकाको साइत २५ गते विहान पौने नौ बजे

असोज,१५ मकवानपुर— आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन मनाइन्छ । बडादसैँको पहिलो दिन आज घर घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ ।   आजैदेखि दसैँ घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । आज बिहानै नित्यकर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट

स्थानिय उत्पादनबाट राष्ट्रिय समृद्धि ः स्याङतान

स्थानिय उत्पादनबाट राष्ट्रिय समृद्धि ः स्याङतान

असोज १३, मकवानपुर— नयाँ शक्ति नेपाल ३ नं प्र्रदेश सहसंयोजक सोनाम सिंह स्याङतानले स्थानिय स्तरको उत्पादनमा जोड दिन सके राष्ट्रीय समृद्धिमा अघि बढ्ने बताउनु भएको छ । नयाँ शक्ति नेपाल हाँडीखोला गाविसको भेलालाई सम्बोधन गर्दै प्रम्ख अतिथि स्याङतानले सदस्यको सर्वोच्चता रहने व्यवस्था सहित श्रम र सिपलाई मान्यता दिने नीति रहेको एक मात्र बैकल्पिक राजनैतिक नयाँ शक्ति पार्टी भएको समेत दाबी गर्नुभयो

सुबिसु क्यान इन्फोटेकमा आज हाँस्याकलाकार जीग्री र पाँडेको प्रस्तुती

सुबिसु क्यान इन्फोटेकमा आज हाँस्याकलाकार जीग्री र पाँडेको प्रस्तुती

असोज,१३ मकवानपुर , हेटौँडामा जारी सुबिसु क्यान इन्फोटेक–२०१६ मा आज १३ गते सबैको मन मस्तिकमा रहेका चर्चति हाँस्याकलाकार हाँस्य कलाकार कुमार कट्टेल (जीग्री) र अर्जुन घिमिरे (पाँडे)ले दर्शकलाई हँसाउने भएका छन  । मेलाको तेस्रो दिन सबै र्दशकलाई हँसाउने आयोजकले जानकारी दिएको छ । साथै टिस्टुङ पालुङ गाँउ क्रशेश्वार थानैमा मायाँ प्रिती लाउ का गायक मुक्ति नाथ उप्रेतिले वजोड प्रस्तुती दिनेछन । मकवानपुरको हेटौँडा

शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न

असोज,१२ मकवानपुर— नजिकिदै गरेको महान चाड विजया दशमी एवम् शुभ दिपावलीको अवसरमा मकवानपुर डाडाखर्क ३ मा रहेको आधारभूत विद्यालयले आज शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयको प्राङ्ग्रणमा सांस्कृतिक कार्यक्रम र हाजिरी जवाफ प्रतियोगिता गर्दै शुभकामना आदान प्रदान गरेको हो । सरस्वति आधारभूत विद्यालयका प्रधानाध्यापक लक्ष्मी देवि घिसिङको प्रमुख आतिथ्यता

वुसान उद्योग वाणिज्य संघसंग भेटघाट

असोज,१२ मकवानपुर — दक्षिण कोरियाको दोश्रो ठुलो शहर वुसानमा आयोजना हुन लागेको आप्रवासीहरुको वहुसांस्कृतिक मेला माम्फमा सहभागि हुन मकवानपुरवाट गाएको प्रतिनियिधमण्लले आज वुसान उद्योग वाणिज्य संघसंग  भेटघाट गरेको छ । मकवानपुर उद्योग  वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपाने, महासचिव महेन्द्र राउत तथा कार्यसमिति सदस्य उज्वल चौलागाइले आज वुसान उद्योग वाणिज्य संघका

चैतमा चुनाव हुनेमा शंका नगर्न प्रधानमन्त्रीको आग्रह

असोज,१२ चितवन— प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चैतमा चुनाव हुनेमा शंका नगर्न आग्रह गर्नुभएको छ । संविधान संशोधन दशैं अगाडि नै हुने र चैतमा चुनाव हुने उहाँले बताउनुभयो ।  उहाले संविधान संशोधनमा एमालेले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । प्रेस सेन्टर चितवनले भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार भेटघाटमा प्रधानमन्त्री प्रचण्डले इलाकालाई स्थानीय

सवारी दुर्घटनामा एकको मृत्यु

असोज,११ मकवानपुर— पूर्व—पश्चिम राजमार्गको मनहरी ७ ज्यामीरेमा सोमबार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । बस र ट्रकको ठक्करबाट रिक्सामा सवार मनहरीका काशीराम के.सीको मृत्यु भएको हो । हेटौडाबाट नारागणगढ जादैं गरेको ना ५ ख १८१६ नम्बरको वसले रिक्सालाई ठक्कर दिदा सडकमा लडेका के.सीलाई हेटौडातर्फ आउँदै गरेको ट्रकले किच्दा घटनास्थलमा नै मृत्यु भएको थियो । गम्भिर

अन्तराष्ट्रिय पर्यटन दिवस , विभिन्न कार्यक्रम गरी मनाइदैँ

अन्तराष्ट्रिय पर्यटन दिवस , विभिन्न कार्यक्रम गरी मनाइदैँ

असोज,११ काठमाडौ— आज सेप्टेम्बर २७ अर्थात अन्तराष्ट्रिय पर्यटन दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदैँ छ । ‘सबैका लागि पर्यटनः पहुँचयोग्य विश्वब्यापी पर्यटनको प्रवर्धन’ भन्ने नारासहित यो दिवश मनाउन लागिएको हो । सन् १९९७ को संयुक्त राष्ट्र संघीय अवधारणा बनेपछि सन् १९८० देखि सेप्टेम्बर २७ का दिन विश्वभर विविध कार्यक्रम गरी विश्व पर्यटन दिवस मनाइँदै आएको छ

नेपालमा पहिलो पटक विश्व स्कुल दूध दिवस मनाइदैं

नेपालमा पहिलो पटक विश्व स्कुल दूध दिवस मनाइदैं

असोज,११ काठमाडौ— नेपालमा पहिलोपटक विश्व स्कुल दूध दिवस मनाइदैँ छ । विश्वमा भने सन् २००० देखि यो दिवस मनाउन थालिएको हो । आज र भोली मनाइने दिवशको पहिलो दिन आज एसोसिएसनबाट प्रकाशित डेरी दर्पण २०७३ विमोचन र दुग्ध पदार्थ तथा उपकरणको प्रदर्शनी गरिने बताइएको छ । काठमाडौँस्थित बानेश्वर ब्याक्वेटमा हुने उक्त कार्यक्रममा दुग्ध व्यवसायी, किसान, दाना व्यवसायी लगायतका विभिन्न स्टल रहने आयोजकले जनाएको छ । यसैबिच विश्व

हेटौडामा सूचना प्रविधिको मेला सुरु

हेटौडामा सूचना प्रविधिको मेला सुरु

हेटौडा, ९ असोज ÷ सूचना प्रविधिको मेला क्यान इन्फोटेक २०१६ मकवानपुरको हेटौडामा आजबाट सुरु भएको छ । फेडेरशन अफ कम्प्युटर एशोसियसन नेपाल (क्यान), मकवानपुरको आयोजनामा शुरु भएको मेलाको उद्घाटन नेपाल सरकार सुचना तथा सञ्चार मन्त्रालयका सचिव दिनेश कुमार थपलियाले आज सोमवार गर्नु भयो । उहाँले ‘प्रविधिको विकासबिना मुलुकको विकास हुन नसक्ने बताउनु भयो । सुचना प्रविधिले नकारात्मक कुराहरुलाई पनि भित्राएको बताउँदै

नयाँ नोट साट्न आजदेखि पाइने

नयाँ नोट साट्न आजदेखि पाइने

असोज,१० मकवानपुर— दसैँका लागि बैंक तथा वित्तीय संस्थाले आज देखि नयाँ नोट सर्वसाधरणलाई उपलब्ध गराउने भएका छन् ।  नेपाल राष्ट्र  बैंकले हिजोदेखि बैंक तथा वित्तीय संस्थालाई नयाँ नोट उपलब्ध गराउन सुरुगरेपछि सर्वसाधारणलाई सहज तरिकाले नयाँ नोट साट्ने व्यवस्था मिलाउन यस पटक बेलैमा नोट उपलब्ध गराउन थालिएको  हो ।  राष्ट्र बैंकले भने सर्वसाधरणका लागि असोज १६ गतेदेखि मात्र नयाँ नोट साट्नेछ । थापाथलिस्थित

छक्का पन्जाकी निर्देशक दिपाश्री निरौला हेटौँडामा

छक्का पन्जाकी निर्देशक दिपाश्री निरौला हेटौँडामा

हेटौंडा ०९ आश्विन / चलचित्र छक्का पन्जाकी निर्देशक दिपाश्री निरौला तथा नायक/ निर्माता दीपकराज गिरी हेटौँडेली दर्शकको प्रतिक्रिया बुझ्न हेटौँडामा आएका छन् । आज हेटौँडा आएका दिपक–दिपा जोडीले हेटौँडाको ओम्याक्स, ओम तथा नारायणी मलमा रहेको एनएस सिनेमा हलमा पुगेर दर्शकको प्रतिक्रिया बुझेका हुन् । दर्शकको उत्साहजनक प्रतिक्रिया पाएपछि खुसी भएका दिपकले सञ्चारकर्मीहरुसँगको कुराकानीमा चलचित्र छक्का

संघले मनहरीमा सिटीईभीटीको सहकार्यमा निशुल्क तालिम शुरु गर्यो

संघले मनहरीमा सिटीईभीटीको सहकार्यमा निशुल्क तालिम शुरु गर्यो

हेटौडा,८ असोज /  मकवानपुर उद्योग वाणिज्य संघ, पश्चिमी क्षेत्र समितिको आयोजनामा आजबाट मनहरीमा हाउस वायरिङ तथा जुत्ता बनाउने तालिम शुरु गरेको छ । ३ महिने तालिम नेपाल भारत मैत्री बहुप्राविधिक संस्था, सिटीईभीटी हेटौंडाको सहयोगमा आयोजना गरिएको हो । मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष कृष्ण कुमार गुप्ता अग्रवालको प्रमुख आतिथ्यतामा शुरु भएको कार्यक्रममा  बहुप्राविधिक संस्थाका प्रमुख विनोद

योजना तर्जुमा र प्रस्तावना लेखन सम्बन्धी तालिम शुरु

हेटौडा,७ असोज / बसामाडीका महिलाहरुलाई लक्षित गरी सहभागिता मूलक योजना तर्जुमा र प्रस्तावना लेखन सम्बन्धी दुईदिने तालिम आजबाट बसामाडीमा सुरु भएको छ । स्थानीय निकायबाट विनियोजन हुने बजेट, बजेट विनियोजन हुने प्रक्रिया र प्रस्तावना तयार पार्ने तरिका तथा पेश गर्नुपर्ने निकायबारे जानकारी गराउन मकवानपुर महिला समूहले कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रम मार्फत त्यहाँका

संघका एशोसियस्टलाई अभिमुखीकरण

संघका एशोसियस्टलाई अभिमुखीकरण

हेटौडा,७ असोज /  मकवानपुर उद्योग वाणिज्य संघ र बाल कल्याण समाजको संयुक्त आयोजनमा हेटौडामा आज एकदिने बालश्रम न्युनिकरण सम्बन्धी अन्तक्र्रिया गरेकोछ । संघको वस्तुगतसंघ अन्तर्गतको अटो मोबाईल एशोसियसन र अटो मेकानिक्सका पदाधिकारी तथा सदस्यहरुका लागि अभिमुखीकरण तथा अन्तत्र्रिmया गरेको हो । नेपाल सरकारको बालश्रम मुक्त गराउने अभियानलाई समेत सघाउ पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

लियो क्वल अफ भुटन देविको आयोजनामा सरसफाई

लियो क्वल अफ भुटन देविको आयोजनामा सरसफाई

असोज,७ मकवानपुर— लियो क्वल अफ भुटन देवि हेटौडाको आयोजनामा आज भुटनदेवि मन्दिर परिसर सरसफाई गरेको छ  । गोल्डेन स्टार इन्टरटेन्मेन्ट गु्रप र हेटौँडाका क्षेत्र नं २ का सम्पुर्ण लियो क्लबहरुको संयुक्त आयोजनामा यही असोज १४ गते हेटौँडामा ‘ शिक्षाका लागि संगित ’ भन्ने नाराका साथ बृहत साँस्कृतिक कार्यक्रमको पूर्व सन्ध्यामा आज भुटनदेवि मन्दिर परिसर सरसफाई गरेको हो । धार्मिक एवं ऐतिहासिक महत्व वोकेको उक्त

नयाँ शक्ति निकट युवाको २ ंनम्बर गठन

नयाँ शक्ति निकट युवाको २ ंनम्बर गठन

असोज ३, मकवानपुर / नयाँ शक्ति निकट युवा संगठन राष्ट्रिय युवा अभियान हेटौंडा उपमहानगरपालिका २ नं वडा गठन गरिएको छ । आज भएको युवा भेलाले असिम थापाको अध्यक्षतामा १५ सदस्यिय राष्ट्रिय युवा अभियान गठन गरिएको हो । नवगठित अभियानको उपाध्यक्ष हिमाल सिंह ठकुरी, सचिव ुसुशुान ठकुरी, कोषाध्यक्ष योगेश घिमिरे र सह सचिव साजन बर्तौला रहेका छन । सदस्यहरु अनुप बर्तौला, सुर्य धिताल, अनुज बर्तौला लगायत रहेका छन्

राष्ट्रिय पर्वका रुपमा संविधान दिवस मनाइँदै

असोज,३ मकवानपुर— संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको आज एक वर्ष पूरा भएको छ । नेपाली जनताले आफूले चुनेका प्रतिनिधिमार्फत संविधान प्राप्त गर्ने सात दशक लामो चाहनाले २०७२ असोज ३ गते मूर्तरुप पाएको थियो । सरकारले संविधान जारी भएको एक वर्ष पुगेको अवसरमा आज बिहान सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरेको छ । समारोहमा राष्ट्रपति, प्रधानमन्त्री,

विमा सचेतना कार्यक्रम सम्पन्न

विमा सचेतना कार्यक्रम सम्पन्न

असोज,२ मकवानपुर—  मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा विमा सचेतना कार्यक्रम सम्पन्न भएको छ । संघका अध्यक्ष राजकुमार न्यौपानेको सभापतित्वमा कार्यक्रम भएको हो । कार्यक्रममा विभिन्न प्राकृतिक, भौतिक कारणबाट व्यवसायिक प्रतिष्ठानमा पर्न सक्ने जोखिमबाट व्यवसायीलाई विमा मार्फत सुरक्षित गराउन सचेतना कार्यक्रम गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष न्यौपानेले मकवानपुरका व्यवसायीहरुले

प्रधानमन्त्री आज स्वदेश फर्किँदै

प्रधानमन्त्री आज स्वदेश फर्किँदै

असोज,२ काठमाडौ— भारतको चार दिने औपचारिक भ्रमणमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल आज स्वदेश फर्किँदै हुनुहुन्छ । नेपाल वायु सेवा निगमको जहाजमार्फत प्रधानमन्त्री दाहालसहितको नेपाली प्रतिनिधि मण्डल दिउँसो साढे १ बजे काठमाडौं आइपुग्ने कार्यक्रम रहेको परराष्ट्र श्रोतले जनाएको छ । १ सय २५ सदस्यीय टोलीसहित भदौ ३० गते नयाँ दिल्ली पुग्नु भएका दाहालले त्यहाँ रहँदा भारतीय राष्ट्रपति प्रणव मुखर्जी, भारतीय

चार लायन्स क्लवले गरे रक्तदान कार्यक्रम

चार लायन्स क्लवले गरे रक्तदान कार्यक्रम

असोज, १ मकवानपुर— हेटौडामा रहेका चार वटा लायन्सक्लवले संयूक्तरुपमा रक्तदान कार्यक्रमको आयोजना गरेका छन् । हेटौडा बजार लायन्स क्लव, लायन्स क्लव अफ हेटौडा बजार ग्रिन सिटी, लायन्स क्लव अफ हेटौंडा ग्रेटर सिटी र लायन्स क्लव अफ हेटौडा इन्टेलेक्च्यूअलको संयूक्त आयोजनामा रक्क्तदान कार्यक्रम सम्पन्न भएको हो । राजदेव वानियाको संयोजकत्वमा हेटौडाको बुद्धचोकमा भएको कार्यक्रममा ५४ जनाले रक्क्तदान गरेका थिए ।

नेपाल महिला संघको अध्यक्ष पदमा उमा रेग्मी विजयी

नेपाल महिला संघको अध्यक्ष पदमा उमा रेग्मी विजयी

असोज,१काठमाडौ— नेपाली काँग्रेसको भगिनी संस्था नेपाल महिला संघको तेस्रो महाधिवेशनमा उमा रेग्मी अध्यक्ष पदमा विजयी हुनुभएको छ । रेग्मी निकटतम प्रतिद्वन्द्वी मीना पाण्डेलाई २ सय २ मत अन्तरले पराजित गर्दै विजयी हुनुभएको हो । हिजो मध्याह्नदेखि सुरु भएको मतदान गएराती सकिएको थियो । यस्तै महासचिवमा धना खतिवडा विजयी हुनुभएको छ । कोषाध्यक्षमा जानकी सिंह विजयी हुनुभएको छ  ।  तस्विरः नेपालवाणी

आजदेखि सोह्रश्राद्ध सुरु

हेटौडा,१ असोज – हिन्दु परम्पराअनुसार आजदेखि सोह्रश्राद्ध सुरु भएको छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म कायम रहने पितृपक्षमा आफ्ना दिवंगत पितृको तिथीमा तर्पण, सिदा दान तथा पिण्डदान गरिन्छ ।   सोह्रवटा तिथीमा पितृप्रति श्रदासाथ पितृकार्य गरिने हुनाले नेपाली समाजमा सोह्रश्रादको नामले परिचित रहेको छ । पितृहरुलाई हरेक वर्ष संझनास्वरुप

महिला पत्रकार सम्मानित

महिला पत्रकार सम्मानित

  हेटौडा,३१ भाद्र / सञ्चारिका समूहले राजधानी र मोफसलमा कार्यरत चार महिला पत्रकारलाई पुरस्कृत तथा सम्मान गरेको छ । समूहको २०औँ वार्षिक साधारणसभाका अवसरमा बुधबार आयोजित कार्यक्रममा महिला पत्रकारलाई पुरस्कार प्रदान गरिएको हो । ‘सञ्चारिका समानता पुरस्कार–२०७२’ बाट नागरिक दैनिकमा कार्यरत पत्रकार भाषा शर्मा पुरस्कृत हुनुभएको छ । पुरस्कारको राशि रु १५ हजार रहेको छ

नवनिर्वाचित प्रेस चौतारी नेपाल मकवानपुरको पहिलो बैठक

नवनिर्वाचित प्रेस चौतारी नेपाल मकवानपुरको पहिलो बैठक

हेटौडा,३१ भाद्र  / प्रेस चौतारी नेपाल मकवानपुरको छैटौं जिल्ला अधिवेशन पश्चात नवगठित कार्यसमितिको पहिलो बैठकको हेटौडामा सम्पन्न भएको छ । नवनिर्वाचित अध्यक्ष दाहालको अध्यक्षतामा भएको बैठकमा निवर्तमान कार्यसमितिका सम्पूर्ण पदाधिकारीलाई चौतारीलाई मजबुद बनाउन पु¥याएको योगदानको उल्लेख्यनिय कदर गर्दै धन्यवाद समेत प्रकट गरेको छ ।  सो वैठकमा एमाले अध्यक्ष मुनु सिग्देल, प्रेस चौतारी नेपालका