ON AIR

पुराना लोक भाका

UP NEXT

प्रवचन

ताजा अपडेट :

राष्ट्रिय समाचार

संघसँग भएको सहमतिलाई ट्राफिक प्रहरीले कार्यान्वयन गर्नुपर्ने : अध्यक्ष न्यौपाने

संघसँग भएको सहमतिलाई ट्राफिक प्रहरीले कार्यान्वयन गर्नुपर्ने : अध्यक्ष न्यौपाने

हेटौंडा, ३१ भाद्र । मकवानपुर उद्योग वाणिज्य संघले आज हेटौंडा बजारमा सवारी पार्किङ्ग व्यवस्थित गर्ने विषयमा सरोकारवाला निकाय जिल्ला ट्राफिक प्रहरी कार्यालय तथा हेटौंडा उप–महानगरपालिका सँग छलफल तथा अन्तक्र्रिया गरेको छ । विगतमा मउवासंघको पहलमा हेटौडा उप–महानगरपालिका, ट्राफिक प्रहरी तथा अन्य सरोकारवाला निकायसँग हाल खाली र उपलब्ध भएको स्थानमा नै अर्को विकल्प नभएसम्मका लागि सवारी पार्किङ्ग

प्रधानमन्त्री प्रचण्डलाई गार्ड अफ अनर

प्रधानमन्त्री प्रचण्डलाई गार्ड अफ अनर

भदौ,३१— भारत भ्रमणमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाललाई भारतीय सेनाको एक टुकडीले ‘गार्ड अफ अनर’ अर्पण गरेर सम्मान गरेको छ । भारतीय राष्ट्रपति भवनमा भएको एक विशेष समारोहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको समेत उपस्थित रहेको थियो । प्रधानमन्त्री दाहालले भारतीय सेनाले दिएको ‘गार्ड अफ अनर’को अवलोकन गरेपछि भारतीय समकक्षी मोदीले स्वागत गर्नु भएको थियो । त्यसलगत्तै प्रधानमन्त्री दाहाल

महेन्द्र किरण उच्च माविमा नयाँ शक्ति निकट विद्यार्थी युनियन गठन,अध्यक्षमा गिरी

महेन्द्र किरण उच्च माविमा नयाँ शक्ति निकट विद्यार्थी युनियन गठन,अध्यक्षमा गिरी

  गणेश दुलाल / हेटौडा,३० भाद्र नयाँ शक्ति विद्यार्थी युनियनले आज महेन्द्र किरण उच्च मावि मनहरीमा प्रबिन गिरीको अध्यक्षतामा ९ सदस्यीय कार्यकारी आधार समिती छनौट गरेको छ । भेला आयोजक समिती संयोजक रन्जना गोपालीको सभाध्यक्षता तथा नयाँ शक्ति विद्यार्थी युनियनका केन्द्रिय सचिवालय

प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान

प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान

भदौ,३० काठमाडौ— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चारदिने भ्रमणका लागि भारत पुग्नु भएको छ । उहाँलाई स्वागत गर्न भारतीय विदेश मन्त्री सुष्मा स्वाराज इन्दिरागान्धी अन्तराष्ट्रिय विमानस्थल पुग्नु भएको थियो । विदेशमन्त्री स्वराजसँगै उहाँको स्वागतका लागि भारत स्थित नेपाली नियागका प्रतिनीधिहरु लगायत उच्चपदस्थ अधिकारीहरु विमानस्थल पुग्नुभएको थियो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा

स्थानिय निकायका कर्मचारी प्रति सरकार गम्भीर भएनः नेपाल नगरपालिका कर्मचारी एसोसियसन

भदौ,३० काठमाडौ— नेपाल नगरपालिका कर्मचारी एसोसियसनले स्थानिय निकायमा काम गर्ने कर्मचारीका माग कार्यान्वयन नभए आन्दोलन गर्ने चेतवानी दिएको छ ।  स्थानीय निकायमा काम गर्ने कर्मचारीको हकअधिकारका लागि काम गर्दै आइरहेको एसोसियसनको केन्द्रिय बैठकमा बोल्दै एसोसियसनका अध्यक्ष हिम पौडेलले लामो समय सम्म काम गरेका कर्मचारीहरुको योगदानको उचित मुल्य नभएको खण्डमा आफुहरु सडकमा

मकवानपुर जिल्लालाई आज साक्षरता जिल्ला घोषणा गरिदैं

भदौ,३०मकवानपुर— मकवानपुर जिल्लालाई आज साक्षरता जिल्ला घोषणा गरिदैंछ । प्रमुख अतिथि शिक्षा मन्त्री धनिराम पौडेलले साक्षरता घोषणापत्र पढेर मकवानपुरलाई साक्षर जिल्ला घोषणा गर्ने कार्यक्रम रहेको छ । मकवानपुरमा ९८ दशमलव ९७ प्रतिशत नागरिक साक्षर रहेको जिल्ला शिक्षा कार्यालय मकवानपुरले जनाएको छ । मकवानपुर साक्षर घोषणा हुने ३० औं जिल्ला हो

सम्वादका किशोर किशोरी टोल सरसफाईमा सकृय

सम्वादका किशोर किशोरी टोल सरसफाईमा सकृय

हेटौडा,२९ भाद्र मनहरी ७ र ४ मा सञ्चालित सम्वादका किशोर किशोरीले टोल सरसफाई गरी समुदायमा सचेतना फैलाएका छन् । मनहरीको युनिक किशोर सम्वाद केन्द्रले मनहरी ७, घडेरीडाँडा, नयाँ वस्ती र चनौटा टोल सरसफाई गर्नुको साथै टोलका प्रत्येक घरमा फोहोर संकलनको लागि वोरा वा डस्टविन भए नभएको र शौचालय सफा भए नभएको अनुगमन गरेका छन् । उनीहरुले अनुगमनका क्रममा शौचालय प्रयोग पछि सावुन पानीले हात धुने नधुने पनि अनुगमन गरेका छन्

बकर इदको अवसरमा राष्ट्रपति, प्रधानमन्त्री र विभिन्न दलका नेताबाट शुभकामना

भदौ,२८ काठमाडौ— बकर इदको अवसरमा राष्ट्रपति, प्रधानमन्त्री र विभिन्न दलका नेताले  शुभकामना दिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना दिँदै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इस्लाम धर्मावलम्बीको सुख, शान्ति र समृद्धिको कामना गर्नु भएको छ । यस्तैः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इस्लाम धर्मावलम्बीको ठूलो पर्व बकर इद (इद–उल–जोहा) का अवसरमा

इस्लाम धर्मावलम्बीले बकर इद मनाउँदै

भदौ,२८ मकवानपुर— मूस्लिम धर्मावलम्बीको महान् पर्व बकर इद आज धुमधामका साथ मनाइदैछ । यसलाई इदुल अजाह अथवा इदुल जोहा पर्व पनि भनिन्छ । बकर इदका अवसरमा इस्लाम धर्मावलम्बीले पशुको बलि दिने र बलिको तीन भाग लगाई एक भाग गरिबलाई, एक भाग पाहुनालाई र एक भाग आफ्नै परिवारका लागि छुट्याउने चलन  रहेको छ ।   साढे सात तोला सुन वा ५२ तोला चाँदी वा सो बराबरको रकम भएका व्यक्तिले

कक्षा १२ को परीक्षाफल प्रकाशित

कक्षा १२ को परीक्षाफल प्रकाशित

भक्तपुर २७ भदाै – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल सोमबार प्रकाशित गरेको छ । सोमबार सार्वजनिक भएको नतिजामा नियमिततर्फ ४८ दशमलव १७ प्रतिशत पास भएका छन् । नियमिततर्फ सहभागी एक लाख ७५ हजार पाँच सय ९३ जनामध्ये ८४ हजार सय ९३ जना पास भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । त्यस्तै आंशिकतर्फ ३९ दशमलव ५९ प्रतिशत पास भएका छन् । आंशिकतर्फ सहभागी भएका एक लाख २३ हजार एक सय ८१ जना सहभागी भएकोमा

२१ विगहामा लगाईएको गाँजा फडानी

भदौ,२७ मकवानपुर—जिल्ला प्रहरी कार्यालय मकवानपुरले मकवानपुरका पाँच गाविसबाट २१ विगहा क्षेत्रफलमा लगाईएको गाँजा खेती तथा ब्याड फडानी गरेको छ । अबैध गाँजा खेती र ब्याड फडानी गरि नष्ट गरिएका हो ।  जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहत समेतको प्रहरी टोलीले मकवानपुरको आग्रा, काँकडा, राक्सिराङ, कालिकाटार तथा खैराङको विभिन्न वडामा लगाइएको २१ विगहा १५ कट्ठा ८ धुर

प्रधानमन्त्री आज सिरहा जाँदै

प्रधानमन्त्री आज सिरहा जाँदै

भदौ,२७ मकवानपुर— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज सिरहा जानु हुने भएको छ । सिरहामा हुने नेकपा माओवादी केन्द्रको सभालाई सम्बोधन गर्न र आफ्नो निर्वाचन क्षेत्रका नागरिकसँग भेट गर्न प्रधानमन्त्री प्रचण्ड सिरहा जान लाग्नु भएको आयोजक समितिका अध्यक्ष जगत यादवले बताउनुभयो । प्रधानमन्त्री प्रचण्ड मध्यान्न १२ बजे त्यसतर्फ लाग्नुहुने उहाँको निजी सचिवालयले जनाएको छ । भारत भ्रमणमा जानुअघि मधेसको जनमत पनि

रोट¥याक्ट क्लव अफ मकवानपुरद्धारा विपन्न विद्यार्थीलाई पोशाक तथा स्टेशनरी सामग्री प्रदान

रोट¥याक्ट क्लव अफ मकवानपुरद्धारा विपन्न विद्यार्थीलाई पोशाक तथा स्टेशनरी सामग्री प्रदान

हेटौडा, २६ भाद्र ÷रोट¥याक्ट क्लव अफ मकवानपुरले हेटौँडा–४ कर्रामा रहेको आमसाई स्कूलका ६ जना विपन्न विद्यार्थीलाई पोशाक तथा स्टेशनरी सामग्री सहयोग गरेको छ । रोट¥याक्ट क्लवका उपाध्यक्ष मनिषमान श्रेष्ठको जन्मदिनको अवसरमा विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहयोग गरिएको हो । क्लवका अध्यक्ष गणेशदर्पण अधिकारी, उपाध्यक्ष मनिषमान श्रेष्ठ, उनको आमाबाबु महेन्द्रमान श्रेष्ठ र सरिद्धी श्रेष्ठले

हेटौडाको १२ को वडा कमिटि पुर्नगठन,अध्यक्षमा औतार सि गोले चयन

हेटौडा,२४ भाद्र / नयाँ शक्ति नेपाल मकवानपुरको आज हेटौडा उपमहानगरपालिका वडा नं. १२ को वडा कमिटि पुर्नगठन भएको छ । औतार सि गोलेको अध्यक्षतामा ३७ सदस्यीय समिति गठन भएको हो । समितिको सदस्यहरुमा दिनेश चौँलागाई,सागर बल,सिताराम सिंन्तान,कुमारी बल, शिव डोटेल,कमल भोमञ्जन,तारा देवि गोले,सुन माया दोङ,अनिल लामा लगायत रहेका छन् ।   आज भएको भेलाले दिनेश चौँलागाईलको

रोट¥याक्ट क्लव अफ मकवानपुरको प्राथमिक उपचार सम्बन्धी अनुशिक्षण

रोट¥याक्ट क्लव अफ मकवानपुरको प्राथमिक उपचार सम्बन्धी अनुशिक्षण

हेटौडा,२४ भाद्र ।  रोट¥याक्ट क्लव अफ मकवानपुरले प्राथमिक उपचार दिवसको सन्दर्भमा मकवानपुरको विभिन्न विद्यालयका बिद्यार्थीहरुका लागि प्राथमिक उपचार सम्बन्धी अनुशिक्षण कार्यक्रमको आयोजना गरेको छ । शुक्रबार हेटौँडा–२९ मा एक कार्यक्रमको आयोजना गरी हाँडीखोला, मनहरी र बसामाडीका ६ वटा बिद्याललयका बिद्यार्थीलाई अनुशिक्षण दिएको हो । ग्रामीण भेगका मानिसमा अझै पनि विभिन्न घाउ, चोटपटक लाग्दा गलत विधिबाट

क्रिश्चियनले मागे समानुपातिक प्रतिनिधित्व र राज्यकोषबाट बजेट, एनजीओको धर्म प्रचारमा रोक नलगाउन महासंघको चेताव

क्रिश्चियनले मागे समानुपातिक प्रतिनिधित्व र राज्यकोषबाट बजेट, एनजीओको धर्म प्रचारमा रोक नलगाउन महासंघको चेताव

हेटौंडा, २० असार / नेपालका क्रिश्चियन धर्मावलम्बीहरुको राष्ट्रिय भेलाले राज्यका सबै निकायमा क्रिश्चियन समुदायको समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेको छ । सरकारले मधेसी मोर्चाको मागबमोजिम संविधान शंसोधन प्रस्ताव तयार गर्नै लागेका भेला राष्ट्रिय ख्रिष्टियन महासंघले क्रिश्चियनहरुको समानुपातिक प्रतिनिधित्व संविधान र कानुनमै सुनिश्चित हुनुपर्ने माग राखेको हो । काठमाडौंमा

नयाँ शक्ति बिद्यार्थी युनियन द्धारा नेपाल टप उप्रेतिलाई सम्मान

नयाँ शक्ति बिद्यार्थी युनियन द्धारा नेपाल टप उप्रेतिलाई सम्मान

नयाँ शक्ति बिद्यार्थी युनियन आधार समिती मकवानपुर बहुमुखी क्याम्पसले BBM Programme मा नेपाल टप गर्न सफल भएका सविन उप्रेतिलाई सम्मान गरेको छ । मकवानपुर बहुमुखि क्याम्पस हेटौडा  अध्ययनरत उप्रेतिलाई अझ अध्ययन गर्नको लागि हौसल्ला मिलोस भन्ने उद्देश्य स्वरुप एक कार्यक्रमको आयोजना गरि सम्मान गरेको नयाँ शक्ति निकट विद्यार्थी संगठनका केन्द्रिय सदस्य गिरिजा अधिकारी जानकारी दिनु भयो । कार्यक्रममा नयाँ शक्ति पाटी नेपाल

प्रधानमन्त्रीले आज देशबासीको नाममा सम्बोधन गर्ने

भदौ,२३ काठमाडौ— प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार देशबासीको नाममा सम्बोधन गर्ने हुनुभएको छ । बिहान ११ बजे बस्ने संसद बैठकमा उहाँले सम्बोधन गर्ने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । प्रधानमन्त्रीले आफ्नो सम्बोधनमा सरकारको काम, आसन्न भारत भ्रमण, संविधान संशोधन, स्थानीय निकायको चुनाव लगायतका विषयमा जानकारी गराउने तयारी गर्नुभएको छ । सम्बोधनअघि उहाँले

काठमाडौको मातातीर्थमा गोली चल्यो

भदौ,२३ काठमाडौ— काठमाडौको मातातीर्थमा गोली चलेको छ । प्र्रहरीलाई लक्षित गर्दै चार जनाको समुहले दुई राउण्ड  गोली चलाएपछि प्रहरीले जवाफी कारबाही गरेको हो ।  चन्द्रगिरी नगरपालीकाको गौथली चोकबाटमा ना १ ज ३९४८ नम्बरको शंकाष्पद अवस्थाको टाटासुमोलाई पिछा गरिरहेको प्रहरीमाथि च्यानडाँडा जंगल नजिक पुगेपछि आक्रमण भएको थियो । आक्रमणकारी चार जना रहेको र उनीहरु भागेको थानकोट

प्योर लभ प्रशिक्षण सम्पन्न

प्योर लभ प्रशिक्षण सम्पन्न

  निबुवाटार,२२ भदौ  /  मकवानपुरको निबुवाटार गाविस अवस्थित बाराही माध्यमिक विद्यालयमा आज बुधबार प्योर लभ सम्बन्धी प्रसिक्षण सम्पन्न भएको छ । सिद्धान्त अनुसन्धान् महाविद्यालय संघ नेपाल ९ऋब्च्ए ल्भउब०ि  का सदस्यहरु सानोकान्छा घलान, एक्का बहादूर घिसीङ्ग र रुपा लामाको संयोजकत्वमा प्रशिक्षण सञ्चालन भएको हो ।      यस संघले युुवावर्गमा अहिले आइरहेको विचलनमा सुधार ल्याउने उद्देश्यले

चट्याङ लागेर आमा छोराको मृत्यु

भदौ,२२ सिराहा— चट्याङ लागेर सिरहामा आमा छोराको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढीमाई– २ भवानीपुरका ४० वर्षीया जुर्मी सदा र उहाँको १२ वर्षीय छोरा सुरज सदा रहेको प्रहरीले जनाएको छ । चट्याङले सुरज सदाको घटनास्थलमै मृत्यु भएको र जुर्मी उपचारका लागि लहान लैजाने क्रममा बाटोमा मृत्यु भएको इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिनुभयो

निकुञ्ज आसपासका होटलमा कडा निगरानी

भदौ,२२ चितवन— चितवन राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्र आसपासका क्षेत्रमामा दुर्लभ वन्यजन्तु असुरक्षित हुन थालेपछि निकुञ्जले कडा निगरानी थालेको छ । मुख्यगरी जिल्लाको पश्चिम मेघौलीको एक होटलका कर्मचारीको लापर्बाहीका कारण करेन्ट लागेर दुर्लभ एक सिङ्गे गैँडा मरेपछि निकुञ्जले होटलमा कडा निगरानी थालेको हो । निकुञ्ज आसपास पश्चिम क्षेत्रमा सुविधायुक्त दर्जनौँ होटल

संविधान कार्यान्वयनकालागि जुट्न निजामति प्रशासनलाई सरकारको आग्रह

भदौ,२२ काठमाडौ— सरकारले संविधान कार्यान्वयनकालागि जुट्न निजामति प्रशासनलाई आग्रह गरेको छ । केन्द्रीकृत र एकात्मक रुपमा रहेको निजामती सेवालाई संविधानको भावना अनुसार बिकेन्द्रीतकृत र संघात्मक रुपमा ढाल्नकालागि कर्मचारीको सहयोग आवश्यक पर्ने प्रष्ट पारेको हो । निजामती सेवा दिवसको अबसरमा सामान्य प्रशासन मन्त्रालयले काठमाडौमा गरेको कार्यक्रमलाई संवोधन गर्दै

सुनको भाउ तोलामा एकैदिन ६ सय रुपैयाँले बढ्यो

सुनको भाउ तोलामा एकैदिन ६ सय रुपैयाँले बढ्यो

भदौ,२२ काठमाडौ— स्थानीय बजारमा बुधबार एकैदिन सुनको भाउ तोलामा ६ सय रुपैयाँ महंगिएको छ ।  मंगलबार एक सय रुपैयाँले घटेको सुनको भाउ बुधबार ६ सय रुपैयाँले बढेको हो । बुधबार छापावाल सुन प्रतितोला ५९ हजार १ सय, तेजावी सुन ५८ हजार ८ सय ५० र चाँदी तोलाको ८ सय ९० रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ

उत्कृष्ट निजामाती सेवा पुरस्कार अर्थ सचिव सुवेदीलाई प्रदान

भदौ,२२ काठमाडौ— यस वर्षको उत्कृष्ट निजामती सेवा पुरस्कार अर्थ सचिव सचिव शान्तराज सुवेदीलाई प्रदान गरिएको छ । १३ औं निजामती सेवा दिवसको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुवेदीलाई उत्कृष्ट निजामती सेवा पुरस्कार प्रदान गर्नुभएको हो । मुख्य सचिव डा.सोमलाल सुवेदीको सयोजत्वका गठित पाँच सदस्यीय पुरस्कार छनौट समितिले सचिव

चलचित्र छ्क्का पञ्जा भाद्र २४ गते देश भर एकै साथ प्रदशन हुने , प्रसार प्रचारलाई तिव्रता

चलचित्र छ्क्का पञ्जा भाद्र २४ गते देश भर एकै साथ प्रदशन हुने ,  प्रसार प्रचारलाई तिव्रता

भदौ ,२० /हेटौंडा भाद्र २४ गते देश भर एकै साथ प्रदशन हुने चर्चित हास्य कलाकार दिपकराज गिरी र दिपाश्री निरौलाले निर्देशक गरेको नेपाली चलचित्र छ्क्का पञ्जाको प्रसार प्रचारलाई तिव्रता दिएको छ । प्रसार प्रचारलाई तिव्रता दिन आज हेटौडामा प्रत्रकार सम्मेलनको आयोजना गरि फिल्मकर्मी तथा सञ्चारकर्मी माझ चर्चित हास्य कलाकार तथा निर्माता दिपाश्री निरौलाले  फिल्म बारे जानकारी गराउनु भएको थियो ।

मकवानपुरमा १२ हजार भुकम्प पीडितसँग अनुदान सम्झौता ।।

भदौ ,२० / हेटौंडा भूकम्प अति प्रभावित जिल्लाहरु मध्येको मकवानपुर जिल्लामा १२ हजार भुकम्प पीडितसँग अनुदान सम्झौता भएको छ । भूकम्प पीडितहरुको निजी आवास निर्माणका लागि प्रदान गरिने अनुदान सम्झौता भुकम्प प्रभावित ललितपुर बाहेकका ११ जिल्ला मध्ये मकवानपुरमा अन्य जिल्लाको अनुपातमा कम लाभग्राहीसँग सम्झौता भएको हो । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका अनुसार

भुकम्प पिडित विद्यार्थीहरुको सहयोगको लागि साँस्कृितक कार्यक्रम हुने

भदौ,१८ मकवानपुर— भुकम्प पिडित विद्यार्थीहरुको शैक्षिक एवं अन्य सहयोगको लागि गोल्डेन स्टार इन्टरटेन्मेन्ट गु्रप र हेटौँडाका क्षेत्र नं २ का सम्पुर्ण लियो क्लबहरुको संयुक्त आयोजनामा यही असोज १४ गते हेटौँडामा ‘ शिक्षाका लागि संगित ’ भन्ने नाराका साथ बृहत साँस्कृतिक कार्यक्रम हुने भएको छ ।  हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गर्दै बृहत साँस्कृतिक कार्यक्रम

काँग्रेसका सभापति देउवा आज स्वदेश फर्कदै

काँग्रेसका सभापति देउवा आज स्वदेश फर्कदै

भदौ,१८  स्वास्थ्य उपचारका लागि सिंगापुर गएका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा आज स्वदेश फर्कनु हुने भएको छ । पूर्वप्रधानमन्त्री देउवा आज थाई एयरलाइन्सको उडानबाट मध्यान्न साढे १२ बजे फर्कने काँग्रेस कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । पेटको पाचनसम्बन्धी समस्याबाट पीडित उहाँ स्वास्थ्योपचारका सिलसिलामा यही भदौ १० गते सिङ्गापुर जानुभएको थियो

राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा तीजको शुभकामना व्यक्त

राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा तीजको शुभकामना व्यक्त

भदौ,१८ काठमाडौ— राष्ट्रपति विद्यादेवी भण्डारीले हरितालिका तीज पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, हर्षोल्लास, आपसी एकता र पारिवारिक सद्भाव कायम होस् भन्दै हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । तीजमा नेपाली नारीहरूले आफ्नो सौभाग्य र समृद्धिका लागि ब्रत बस्ने, गीतमार्फत आफ्ना पीडा एवम् वेदना पोख्दै नाचगान तथा रमाइलो गर्ने र आकर्षक कपडामा सजिएर भगवान्

आज तीजको दरखाने दिन

भदौ,१८ मकवनानपुर— नेपाली महिलाहरुको महान चार्ड तीज आजदेखि सुरु भएको छ । आज विभिन्न मिठामिठा परिकार दरका रुपमा रातीसम्म खाने, तीज गीतहरु गाएर, बजाएर रमाइलो गर्ने गरिन्छ । तीजको दिन भोलि महिलाहरु दिनैभरि ब्रत बस्ने भएकाले भोक नलागोस् भनेर अघिल्लो दिन आज रातीसम्म नै मिठा मिठा परिकार खाने चलन छ । टाढा टाढा रहेका चेलीहरु आज माइतीघरमा भेला भएर वा आफ्नै घरमा खीर, ढकनी, घिउ, दही,

ताप्लेजुङ पहिरोले घर बगाउदा ३ को मृत्यू

भदौ, १८ ताप्लेजुङ— गएरातिदेखि परेको अविरल वर्षाका कारण ताप्लेजुङमा पहिरोले घर बगाउँदा ३ जनाको मृत्यू भएको छ । जिल्लाको ताप्लेजुङ नगरपालिका २ मा टीका मगरको घर पहिरोले पुर्दा उनकी श्रीमती र दुर्ई छोराहरुको मृत्यू भएको हो । पहिरोले पुरेर टिकाकी २८ वर्षकी श्रीमती विमला मगर र छोराहरु १० वर्षका मनोज र ८ वर्षका ललितको मृत्यू भएको ताप्लेजुङ्गका प्रहरी नायव उपरिक्षक रामबहादुर

भुकम्पले चर्किएको घर भत्किँदा बालकको मृत्यु

भदौ,१७ धादिङ— धादिङमा घर भत्किँदा एक बालकको पुरिएर मृत्यु भएको छ । भूकम्पले चर्किएको घर वर्षाका कारण भत्किँदा गजुरी गाविसका वडा नम्बर ५ चाँद भन्ज्याङमा गएराति पुरिएर ६ वर्षीय बालक रामबहादुर चेपाङको मृत्यु भएको हो । भूकम्पले चर्किएको घर अविरल वर्षापछि भत्किएको प्रहरीले जनाएको छ । घरमा बसेका परिवारका अन्य सदस्यहरु भने भागेर ज्यान जोगाउन सफल भएका छन्

म्याग्दीमा बाढीले ११ वटा घर बगायो

भदौ,१७ म्याग्दी— म्याग्दीको बेग–६ मा बाढीले ११ वटा घर बगाएको छ । बेनी–जोमसोम सडकखण्ड नजिकै रहेको बेगखोला बस्तीमा खहरेखोलामा आएको बाढीले ११ वटा घर बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अविरल परेको बर्षाका कारण बाढीले बेगखोलामै रहेको बेनी–जोमसोम सडकमा बनाइएको बेलिब्रिज र झोलुङ्गेपुलसमेत बगाएको घटनास्थल पुग्नुभएका जिल्ला प्रहरी कार्यालयका प्रहरी

महिला उद्यमीले मनाए तीज

महिला उद्यमीले मनाए तीज

 भदौ,१६ मकवानपुर— मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा संघमा आवद्ध महिला उद्यमीहरु ले तीज मनाएका छन् । सांसद महालक्ष्मी डिना उपाध्यायको प्रमुख आतिथ्यता रहेको कार्यक्रम संघका अध्यक्ष राजकुमार न्यौपानेको अध्यक्षतामा तीज कार्यक्रम मनाइएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि उपाध्यायले तीजले महिलाहरुले भोगेका पीडा, कष्टलाई बाहिर ल्याउने हुनाले यस्ता चाडपर्वले महिलाहरुको हितमा काम गर्ने

केशवलाल स्मृती जिल्ला स्तरिय भलिबल प्रतियोगिता हुने

केशवलाल स्मृती जिल्ला स्तरिय भलिबल प्रतियोगिता हुने

भदौ,१६ मकवानपुर— हटिया स्पोर्टस एकेडेमीको आयोजनामा यही असोज ५ गतेदेखि ८ गतेसम्म हेटौँडामा दोस्रो केशवलाल श्रेष्ठ स्मृती जिल्ला स्तरिय भलिबल प्रतियोगिता हुने भएको छ ।  गत वर्ष बैशाक १२ गते आएको विनाशकारी भुकम्पमा परि ज्यान गुमाएका राष्ट्रिय भलिबल प्रशिक्षकको स्मृतीमा दोस्रो जिल्ला स्तरिय भलिबल प्रतियोगिताको आयोजना गर्न लागिएको हो । जिल्लाबाट क्षेत्रीय छनौट खेल खेलिसकेका खेलाडीहरु मात्र सहभागी हुन

आज मोती जयन्ती साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदै

आज मोती जयन्ती साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदै

भदौ,१६ मकवानपुर— राष्ट्रिय विभूति, नेपाली साहित्यको माध्यमिककालमा शृङ्गारधाराका प्रवर्तक मोतीराम भट्टको १ सय ५० औँ जन्मजयन्ती मुलुकभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ । विसं १९२३ साल भाद्र कृष्ण कुशे औँसीका दिन जन्मेर विसं १९५३ साल भाद्र कृष्ण कुशे औँसीकै दिन ३० वर्षको अल्पायुमै परलोक भएका भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि गहन योगदान पु¥याउनुभएको थियो । नेपाली साहित्यको

मन्त्रिपरिषद बैठक बस्दै

भदौ,१६ काठमाडौ— आज मन्त्रिपरिषद बैठक बस्ने भएको छ । सरकारका काम कारबाहिरका विषयमा छलफल गर्न नियमित बैठक बस्न लागेको हो । प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा दिउँसो ३ बजे बस्ने आजको बैठकमा विभिन्न मन्त्रालयका एजेण्डामाथि छलफल हुने छन् । त्यस्तै बैठकमा पुनःनिर्माणमा भएका कामका बारेमा पनि छलफल हुने भएको छ । बैठकमा विभिन्न स्थानमा भैरहेका संरचनामा निर्माणको कामका

आज बाबुको मुख हेर्ने पर्व मनाइदै

भदौ,१६ मकवानपुर—आज भाद्र कृष्ण औँसी, बाबुको मुख हेर्ने पर्वका रुपमा आफ्ना बुबालाई विशेष सम्मान गरी मनाइँदैछ । आफ्ना पिताप्रति आदर सम्मान तथा मिठो खाना तथा राम्रो लगाउन दिएर मुख हेरी तथा दिवङ्गत पितालाई तर्पण, सिदादान र श्राद्ध गरेर बाबुको मुख हेर्ने पर्व मनाइँदैछ । दिवंगत पिताका नाममा उपत्यकाको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वरमा गई तर्पण, सिदादान र श्राद्ध गरेमा पितृ

तीजलाई साँस्कृतिक महत्वको पर्व बनाउनु पर्छ

तीजलाई साँस्कृतिक महत्वको पर्व बनाउनु पर्छ

भदौ,१२ मकवानपुर—तीजलाई सभ्य र मर्यादित बनाउन  महिला पत्रकारहरुको भुमिका महत्वपूर्ण हुनेमा सहभागिहरुले जोड दिएका छन् । क्रियाशील पत्रकार महिला मकवानपुर शाखाले सन्डेक्लब अन्तर्गत तीजको साँस्कृतिक पक्ष र महिला पत्रकारको भूमिका विषयमा आइतबार गरेको  अन्तरक्रियामा सहभागिले यस्तो बताएका हुन् ।     अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख प्रमुख आतिथी तथा क्रियाशील पत्रकार महिला(wwj) कि

बारपाकलाई विश्वकै आकर्षक पर्यटकीय केन्द्र बनाउन पहल गर्ने

बारपाकलाई विश्वकै आकर्षक पर्यटकीय केन्द्र बनाउन पहल गर्ने

भदौ,१२ काठमाडौ— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ०७२ सालको भूकम्पको केन्द्रविन्दु बनेको गोरखाको बारपाकलाई विश्वकै आकर्षक पर्यटन केन्द्र बनाउन आफूले पहलगर्ने बताउनुभएको  छ । बारपाकका भूकम्प प्रभावितहरुको प्रतिनिधि मण्डलसँग आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा भेट्दै प्रधानमन्त्री प्रचण्डले ऐतिहासिक गाउँ बारपाकको एकीकृत योजनाका साथ पुर्न्निर्माण र नवनिर्माण गर्नुपर्ने बताउनुभयो ।

पूर्व मन्त्री गोरेबहादुर खपाङ्गीको निधन

पूर्व मन्त्री गोरेबहादुर खपाङ्गीको निधन

भदौ,१२ काठमाडौ— पूर्व मन्त्री एवं जनजाति अगुवा गोरेबहादुर खपाङ्गीको निधन भएको छ । खपाङ्गीको उपचारको क्रममा राजधानीको न्यूरो अस्पतालमा निधन भएको हो । पिसावमा समस्या देखिएपछि खपाङ्गीलाई हिजो अस्पताल लगिएको थियो । खपाङ्गीको राती १० बजेर २२ मिनेटमा निधन भएको गोरेबहादुर फाउन्डेसनका भावेश भूमारीले जानकारी दिनुभयो । खपाङ्गी तत्कालीन राजा ज्ञानेन्द्र शाहको शासनको समयमा २०५९ साल भदौ २२ गते ८ महिनासम्म महिला

बजार अनुगमन सम्बन्धि छलफल तथा अन्तक्र्रिया कार्यक्रम सम्पन्न

बजार अनुगमन सम्बन्धि छलफल तथा अन्तक्र्रिया कार्यक्रम सम्पन्न

  भाद्र ११, हेटौंडा / मकवानपुर उद्योग वाणिज्य संघले बजार अनुगमन सम्बन्धि छलफल तथा अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेको छ । संघका अध्यक्ष राजकुमार न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विष्णुकुमार महतले व्यवसायीले लेवल नलागेका, म्याद सकिएका वस्तु विक्री नगर्ने हो भने प्रशासनले अनुगमन नै गर्नु नपर्ने धारणा व्यक्त गर्नु भयो । कार्यक्रममा घरेलु

त्रिशुलीमा ट्रक खस्यो

भदौ,११ चितवन— नारायणगढ–मुग्लिङ सडकखण्डअन्तर्गतको जलविरे भन्ने ठाउँमा ट्रक दुर्घटना भएको छ । ट्रक नजिकैको त्रिशुली नदीमा खसेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै चितवन प्रहरीले जनाएको छ ।  प्रहरीका अनुसार ट्रक त्रिशुली नदिमा खसेको छ र ३ जनालाई उद्धार गरि उपचारका लागि भरतपुर पठाइएको छ । ट्रकमा कतिजना सवार थिए भन्ने खुल्न सकेको छैन । अहिले घटनास्थलमा प्रहरी परिचालित

घैंटो फुटाइ प्रतियोगिताको पुरस्कार आग्रा युवा क्लवको हातमा

घैंटो फुटाइ प्रतियोगिताको पुरस्कार आग्रा युवा क्लवको हातमा

 भदौ,११ मकवानपुर— चर्चित खेलमा परिणत हुदैँ आइरहेको घैँटो फुटाई प्रतियोगिताको तिन वटै पुरस्कारमा आग्रा युवा क्लवले हात पारेको छ । विगत २१ वर्ष देखि उत्तरी मकवानपुरको थाहा नगरपालिकामा हुदैँ आइरहेको प्रतियोगिता यस बर्ष पनि थाहानगरको शिखरकोट बजारमा शुक्रबार सम्पन्न भएको हो । २५ फिट ,२० फिट र १८ फिट माथि उचाईमा रहेको घैँटो फुटाउदँै आग्रा युवा क्लवले उपाधि छ । विजेता आग्राले नेकपा माओवादी केन्द्रका दलित

३ दिने उद्घोषण तथा व्यक्तित्व विकास तालिम सम्पन्न .

३ दिने उद्घोषण तथा व्यक्तित्व विकास तालिम सम्पन्न .

भाद्र १०, हेटौंडा / मकवानपुर उद्योग वाणिज्य संघ महिला उद्यमी विकास समितिको आयोजनामा भएको  ३ दिने उद्घोषण तालिमका सहभागिहरुलाई कार्यक्रमका प्रमुख अतिथि तथा मउवासंघका अध्यक्ष राजकुमार न्यौपानेले प्रमाण पत्र वितरण गर्नु भएको छ । गत श्रावण २३ देखि २५ गतेसम्म सञ्चालित उद्घोषण तालिममा महिला उद्यमी लगायत २५ जनाको सहभागिता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि न्यौपानेले तालिमले महिला

प्राथमिक उपचार तथा खोज उद्धार सम्बन्धी तालिम सम्पन्न

प्राथमिक उपचार तथा खोज उद्धार सम्बन्धी तालिम सम्पन्न

भदौ,१० मकवानपुर— प्राथमिक उपचार तथा खोज उद्धार सम्बन्धी पाँच दिने तालिम मकवानपुरको पालुङ्गमा सम्पन्न भएको छ ।  तालिम टियर फण्डको आर्थिक सहयोगमा सामुदायिक उर्जा तथा पर्यावरण बिकास मञ्च मकवानपुरले आयोजना गरेको हो । कार्यक्रममा वडा स्तरीय बिपद् व्यबस्थापन समितिका पदाधिकारी, महिला स्वास्थ्य स्वयम् सेविका, राजनितिक दलका प्रतिनिधी, शिक्षक, स्थानीय संघसंस्थाका प्रतिनिधी लगाएतको सहभागिता रहेको थियो ।

बालबालिका बेचबिखन एवं सुरक्षा विषयक पत्रकारिता तालिम शुरु

बालबालिका बेचबिखन एवं सुरक्षा विषयक  पत्रकारिता तालिम शुरु

भदौ,१० मकवानपुर— शुक्रबारदेखि हेटौँडामा २ दिने पत्रकारिता तालिम शुरु भएको छ । नेपाल पत्रकार महासंघ मकवानपुरको आयोजनामा बालवालिका बेचबिखन तथा बालवालिकाको सुरक्षा सम्बन्धि दुई दिने समाचार लेखन तालिम शुरु भएको हो ।  बाल कल्याण समाज मकवानपुरको सहजिकरणमा भएको तालिममा बोल्दै महिला तथा बालबालिका कार्यालय मकवानपुरकी महिला विकास अधिकृत शोभा शाहले मकवानपुर जिल्ला महिला एवं बालबालिका बेचबिखनको

वारि जमुना पारि जमुना का गायक खेमराज गुरुङको निधन

वारि जमुना पारि जमुना का गायक खेमराज गुरुङको निधन

भदौ,१०— ‘वारि जमुना पारि जमुना, जमुनाको फेदैमा मनकामना’ गीतका गायक खेमराज गुरुङको विहीबार निधन भएको छ । कलेजोको खराबी र कमलपित्तबाट पीडित गुरुङको विहीबार साँझ करिब ६ बजे चाबहिलस्थित मेडिकेयर हस्पिटलमा निधन भएको हो । उनलाई ११ दिनदेखि सोही अस्पतालको सघन उपचार कक्षमा राखेर विशेष उपचार गरिएको स्व. गुरुङका भतिजा रत्न गुरुङले जानकारी दिए । गुरुङका आमा र दिदी बेलायतमा भएका कारण उनीहरू आएपछिमात्र अन्त्येष्टि

रौतहटबाट पोखरा जाँदै गरेको बस त्रिशुली नदीमा खस्दा २० जनाको मृत्यु, १७ घाइते

भदौ,१० मकवानपुर— रौतहटबाट पोखरा जाँदै गरेको बस त्रिशुली नदीमा खस्दा २० जनाको मृत्यु भएको छ । १७ जना घाइते भएका छन् । घाइतेमध्ये अधिकांशको अवस्था गंभिर रहेको प्रहरीले जनाएको छ । घाइतेहरुलाई उपचारका लागि भरतपुर अस्पताल लगिएको छ । मृतकको खनाखत हुन सकेको छैन । गौरबाट ३८ यात्रु बोकेर पोखराका लागि छुटेको ग १ ख ३७०९ नम्बरको बस मुग्लिन नारायणगढ सडकखण्ड अन्र्तगत जलवीरे नजिक आज