ON AIR

प्रभात वाणी

UP NEXT

वाणी बहस

ताजा अपडेट :

राष्ट्रिय समाचार

च्याम्पियन्स लिगको तालिका सार्वनपनक

च्याम्पियन्स लिगको तालिका सार्वनपनक

भदौ १०— आगामी सेप्टेम्बर १३ देखि सुरु हुने युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । तालिकाअनुसार समुह ए मा फ्रान्सको पेरिस सेन्ट जर्मेन, इंग्ल्याण्डको आर्सनल, स्विट्जरल्याण्डको एफ.सी बासेल र बुल्गेरियाको लुदोगोरेट्स परेका छन् । त्यसैगरी समुह बी मा पोर्चुगलको बेनिफीका, इटालीको नापोली, युक्रेनको डाईनामो किभ र टर्कीको बेसिक्तास रेहका छन् भने समूह सी मा स्पेनको

थाहामा सांस्कृतिक कार्यक्रम सँगै घैँटो फुटाई प्रतियोगिताको तयारी अन्तिम चरणमा

थाहामा सांस्कृतिक कार्यक्रम सँगै घैँटो फुटाई प्रतियोगिताको तयारी अन्तिम चरणमा

भदौ,९ मकवानपुर— चर्चित खेलमा परिणत हुदैँ आइरहेको घैँटो फुटाई प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । उत्तरी थाहा नगरपालिकामा विगत २१ वर्ष देखि हुदैँ आइरहेको घैँटो फुटाई प्रतियोगिता थाहा नगरपालिकाको शिखरकोट वजारमा भोलि शुक्रबार हुनेछ  ।  शिखरकोट वजार व्यवस्थापन समितिले गर्दै आइरहेको प्रतियोगितो यस वर्ष देखि शिखर क्वल शिखरकोटले गर्न लागेको प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको शिखरकोट वजार

मानवसेवा आश्रममा आश्रीत सृजना कार्कीले छोरी जन्माईन्

मानवसेवा आश्रममा आश्रीत सृजना कार्कीले छोरी जन्माईन्

भदौ,८ मकवानपुर— मानवसेवा आश्रममा आश्रीत सृजना कार्कीलृ छोरीको जन्म दिनुभएको छ ।  उहाँले हेटौँडा अस्पतालमा छोरीको जन्म दिएकी मानसेवा आश्रमका रामजी अधिकारीले बताउनुभयो । बच्चा र आमाको शारिरिक अवस्था ठिक भएको अधिकारीले बताउनुभयो । दाम्लोमा बाँधिएकी अवस्थामा रहनुभएकी कार्कीको मानवसेवा आश्रमले उद्धार गरि उपचार गरिरहेको छ ।  सिन्धुलीको लदाभिर गाविसबाट २०७० फागुनमा मनोजकुमार खड्कासंग सृजना विवाह

मकवानपुरको सम्रग विकासमा सहयोग गर्नेःरञ्जित रे

मकवानपुरको सम्रग विकासमा सहयोग गर्नेःरञ्जित रे

भदौ,८ मकवानपुर— मकवानपुरकै समग्र विकासमा भारतले सहयोग गर्न तयार रहेको भारतीय राजदुत रञ्जित रेले बताउनु भएको छ । मकवानपुर उद्योग वाणिज्य संघ पश्चिमी क्षेत्र समितिको संयोजकत्वमा भएको स्वागत कार्यक्रमको सम्वोधन गर्दै राजदुत रेले नेपाल र भारतले संयुक्त रुपमा विकासका कार्य अघि बढाएमा दुबै देशलाई फाईदा पुग्ने बताउनु भएको छ । मनहरी बजार नजिकै रहेको चेपांङ बस्तीको समेत अवलोकन गर्नु भएका रेले चेपाङ समुदायको

अनुदान पारदर्शी ढंगबाट वितरण गर्न माग

भदौ,८ मकवानपुर—नयाँ शक्ति पार्टी नेपाल मकवानपुरले भुकम्प पीडितका लागि पुर्न्निर्माण अनुदान यथाशिघ्र पारदर्शी ढंगबाट वितरण गर्न माग गरेको छ । नयाँ शक्तिले २०७२ बैशाख १२ र २९ गते गएको भुकम्पका कारण घरबारविहिन हुन पुगेका पीडितलाई अनुदान वितरणमा ढिलाई भएको भन्दै ध्यानाकर्षण गराएको हो । मंगलबार मकवानपुरका प्रमुख जिल्ला अधिकारी मानबहादुर विकलाई ज्ञापनपत्र बुझाउँदै

मकवानपुरमा सम्बन्ध बिच्छेद गर्ने क्रम बढ्यो

भदौ,८ मकवानपुर—मकवानपुरमा श्रीमान र श्रीमतीबिच सम्बन्ध बिच्छेद गर्ने क्रम बढेर गएको छ । आव २०७२÷०७३ मा जिल्ला अदालत मकवानपुरमा २ सय २४ जनाले सम्बन्ध बिच्छेदका लागि मुद्धा दर्ता गराएका छन् । यो संख्या अघिल्लो आर्थिक बर्षभन्दा बढी हो । सामान्य कुरामापनि श्रीमान र श्रीमतीबचि कुरा नमिल्दा अदालतसम्म आएर सम्बन्ध टुट्ने गरेको पाइएको छ । मकवानपुर अदालतमा सम्बन्ध बिच्चेदका

अन्तरक्रिया कार्यक्रम समपन्न

भदौ,८ मकवानपुर—मकवानपुरको हेटौडा उप–महानगरपालिका ११ सिमलटारमा आज लागुऔषध दुव्र्यशन तथा महिला हिसां बिषयक अन्तरक्रिया कार्यक्रम समपन्न भएको छ । सामुदायिक प्रहरि सेवा केन्द्र तथा सामुदायिक सेवा केन्द्र थानाभ¥याङ्को संयुक्त आयोजनामा अन्र्त्क्रिया कार्यक्रम समपन्न भएको हो । कार्यक्रमका बिच सिमलटारमा बसोबास गर्ने महिला तथा किशोर, किशोरिहरmलाई लागुऔषध र महिला

‘ज्वाला’ सहित ६ जनालाई सफाइ

भदौ,८ मकवानपुर—जिल्ला प्रहरी कार्यालय मकवानपुरले डाँकाको मुद्धामा पक्राउ गरेका नेकपा माओवादी विप्लव समुहका मकवानपुर प्रमुख बिरबहादुर घलान ‘ज्वाला’ सहित ६ जनालाई जिल्ला अदालत मकवानपुरले सफाई दिएको छ । अतिरिक्त जिल्ला न्यायधिस दयाराम ढकालको एकल इजलाशले ज्वाला सहित सौगात घलान, पूर्ण घलान, सविन लामा र सविन लामालाई सफाइ दिएको हो । प्रहरीले २०७२ साल मंसीर २६ गते ना ४ ख

डाङडुङे टोल विकास संस्थाको अध्यक्षमा पुनः शालिकराम पुडासैनी

भदौ,८ मकवानपुर —डाङडुङे टोल विकास संस्थाको छैठौँ साधारणसभाबाट अध्यक्षमा पुनः शालिकराम पुडासैनी निर्विरोध निर्वाचित हुनुभएको छ । मंगलबार भएको संस्थाको साधारणसभाबाट उपाध्यक्षमा देवकुमार श्रेष्ठ, सचिवमा प्रभावकर पुडासैनी, कोषाध्यक्ष तिर्थकुमारी थामी पाण्डे निर्विरोध चयन भएका छन । त्यसैगरी सदस्यमा हिमु मुक्तान, देवकी पौडेल, इन्दिरा लामिछाने, मञ्जु लम्साल,

सार्कको आठौँ अर्थमन्त्रीस्तरीय बैठकमा भाग लिन उपप्रधानमन्त्री महरा पाकिस्तान प्रस्थान

सार्कको आठौँ अर्थमन्त्रीस्तरीय बैठकमा भाग लिन उपप्रधानमन्त्री महरा पाकिस्तान प्रस्थान

भदौ,८ काठमाडौ— अर्थमन्त्रीस्तरीय बैठकमा भाग लिन उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महरा पाकिस्तान जानुभएको छ । उपप्रधानमन्त्री महरा गएराति साढे ९ बजे त्यसतर्फ प्रस्थान गर्नुभएको उहाँका प्रेस सल्लाहकार त्रिभुवन पौडेलले जानकारी दिनुभयो । उहाँसँग परराष्ट्र मन्त्रालयका सहसचिव मणि भट्टराई र अर्थ मन्त्रालयका सहसचिव बैकुण्ठ अर्याललगायत सहभागी हुनुहुन्छ ।  विहिबार र शुक्रबार पाकिस्तानको

आत्महत्यापूर्व फेसबुकमा जानकारी , मित्रहरुले ‘लाइक’ गरे

भदौ,७ — भारतको हरियाणा राज्यमा पर्ने करनालमा एक युवाले सामाजिक संजालमार्फत सूचना दिएरै आत्महत्या गरेका छन् । अजय नाम गरेका ती युवाले कल्पना चावला मेडिकल कलेजको छतबाट हामफालेर आत्महत्या गर्नुअघि फेसबुकमा लेखेका थिए, ‘बाइ–बाइ लाइफ, बाइ–बाइ फ्रेन्ड्स, म आत्महत्या गर्न गइरहेको छु । त्यसैले सदाका लागि बाइ–बाइ ।’उनको यो पोस्टमाथि साथीहरुले धमाधम लाइक गर्न थाले ।

बसको ठक्करबाट दुई जनाको मृत्यु

भदौ,७ चितवन— चितवनको भरतपुरमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । पोखराबाट वीरगन्ज आउँदै गरेको ना ४ ख ३६९३ नम्बरको बसले विपरित दिशातर्फ जाँदै गरेको ना ३६ प २२६४ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा परी मृत्यु हुनेमा मोटरसाइकल चालक नवलपरासी गैँडाकोट–२ का २९ वर्षीय निराजन न्यौपाने र मोटरसाइकलको पछाडि बस्ने सोही ठाउँका

ख्रीष्टियान महासंघको महाधिवेशन काठमाण्डौँमा यही भदौ २२ र २३ गते

ख्रीष्टियान महासंघको महाधिवेशन काठमाण्डौँमा यही भदौ २२ र २३ गते

भदौ ६ मकवानपुर —  राष्ट्रिय ख्रीष्टियान महासंघ नेपाल आफ्नो तेस्रो महाधिवेशनका लागि तयारीमा जुटेको छ । ख्रीष्टियान महासंघ नेपालले यसै साता ललितपुरमा एक पत्रकार सम्मेलनको आयोजना गरि यही भाद्र २२ र २३ गते राजधानीको वेथ शालोम पुतलीसडक चर्चमा आयोजना हुन लागेको महाधिवेशनको तयारीका वारेमा जानकारी गराएको छ । पत्रकार सम्मेलनमा महासंघका महासचिव सि.वि.गहतराजले आसन्न महाधिवेशनका वारेमा जानकारी गराउनु

रियो ओलम्पिकको औपचारिक समापन

भदौ, ६ — गृष्मकालिन ओलम्पिक खेलकुदको ३१ औं संस्करण ब्राजिलको रियो दि जेनेरियोमा आज सकिएको छ । ऐतिहासिक मराकाना रंगशालामा आयोजित भव्य समारोहका बिच रियो ओलम्पिकको औपचारिक समापन भएको हो । यसपटक ओलम्पिक खेलकुद समापनमा लेटिन अमेरिकी सभ्यता र संस्कृति झल्कने विभिन्न प्रस्तुती राखिएका थिए । ब्राजिलमा बढ्दो आर्थिक संकट, प्राणघातक जिका भाईरसको त्रास, विश्वभर नैं

युरोपेली देश लिथुएनियामा नेपाली कामदारको माग, न्युनतम् तलव १३ सय युरो

युरोपेली देश लिथुएनियामा नेपाली कामदारको माग, न्युनतम् तलव १३ सय युरो

भदौ,५ काठमाडौ— युरोपेली मुलुक लिथुएनियाका विभिन्न उद्योगहरुबाट नेपाली कामदारको माग आएको छ । म्यानपावरमार्फत आएको मागमा व्यक्तिगत श्रम स्वीकृति सम्भव नभएपछि सरकारले लिथुएनियामा संस्थागत रुपमा कामदार पठाउन अनुमति दिने तयारी गरेको छ । लिथुएनियाबाट दक्ष तथा अर्धदक्ष कामदारको माग भएपछि श्रम तथा रोजगार मन्त्रालयले यसलाई खोल्न प्रक्रिया अघि बढाएको हो । केही म्यानपावरहरुले लिथुएनियाबाट निर्माण, औद्योगिक

संविधान संशोधन नभएसम्म स्थानीय चुनाव असम्भवः देउवा

संविधान संशोधन नभएसम्म स्थानीय चुनाव असम्भवः देउवा

भदौ,५ काठमाडौ— आइतबारबाट राजधानीमा सुरु कांग्रेसका जिल्ला सभापतिहरुको भेलालाई सम्बोधन गर्दै सभापति शेरबहादुर देउवाले प्रदेश सीमांकनको समस्या समाधान हुने गरी संविधान संशोधन नभएसम्म स्थानीय तहको निर्वाचन गर्न सम्भव नरहेको बताउनुभएको छ । देउवाले स्थानीय तहको सीमांकनका विषयमा लचिलो भएर सुझाव दिन केन्द्रीय सदस्य र जिल्ला सभापतिहरुलाई आग्रह गर्नुभयो । सभापति देउवाले संविधान संशोधनकालागि मधेसवादी र अन्य

नागरिक अभियानको प्रभातफेरी

नागरिक अभियानको प्रभातफेरी

भदौ,४ मकवानपुर— राष्ट्रिय सूचना दिवसको अवसरमा सूचनाको हक नागरिक अभियानले हेटौँडामा प्रभातफेरीको आयोजना गरेको छ । आज विहान भएको प्रभातफेरी हेटौँडाको मेन रोडबाट सुरु भएर उद्योग वाणिज्य संघ चौँक, कांग्रेस चौक, संगम चौक, पारिजातपथ, स्कुलरोड हुँदै सिमा चौकमा पुगेर कोणसभामा परिणत भएको थियो ।  कोणसभामा बोल्दै अभियानका संयोजक कुमार अधिकारीले सूचनाको हक हरेक नेपाली नागरिकको मौलिक अधिकार भएकोले सरकारी तथा गैर

हाइभोल्टेजले ज्यान लियो

भदौ,४ मकवानपुर— हेटौंडा–२२ अंगारेमा शुक्रबार करेन्ट लागेर एक बृद्धाको मृत्यु भएको छ । नेपाल विद्युत प्राधिकरणको प्रसारण लाईनबाट हाई भोल्टेज प्रसारण हुँदा स्थानीय ७२ बर्षिया नरकुमारी श्रेष्ठको मृत्यु भएको हो ।  उच्च विद्युत प्रवाहका कारण राईस कुकरमा आगो बलेको देखेर भित्र प्रवेश गर्दै गर्दा विद्युत प्रवाह भई उनको मृत्यु भएको हो  । आगलागीका कारण नरकुमारीका

उपप्रधानमन्त्री निधिले आज राष्ट्रपति मुखर्जीसँग भेटवार्ता गर्ने

भदौ,३ —प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका विषेश दूतका रुपमा भारत जानु भएका उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले आजबाट उच्चस्तरिय भेटवार्ता गर्नहुने भएको छ । आज साँझ ६ बजे भारतका राष्ट्रपति प्रणव मुखर्जीसँग राष्ट्रपति  भवनमा भेटवार्ता गर्ने तय भएको नेपाली दूतावासले जनाएको छ ।   भेटमा राष्ट्रपति विद्यादेवी भण्डारीले पठाउनु भएको

सांस्कृतिक उत्सव ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै

सांस्कृतिक उत्सव ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै

भदौ,३ मकवानपुर— भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । आजका दिन एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिङ्गारी आ–आफ्ना इलाकामा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ । यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि

उपप्रधान तथा गृहमन्त्री निधि आज भारत जाँदै

उपप्रधान तथा गृहमन्त्री निधि आज भारत जाँदै

भदौ,२ काठमाडौ— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विशेष दूतका रुपमा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले आजदेखि भारतको तीनदिने औपचारिक भ्रमण गर्नुहुने भएको छ । प्रचण्डको नेतृत्वमा सरकार गठनसँगै विकसित नयाँ घटनाक्रमबारे छिमेकी मुलुकलाई जानकारी गराउन उहाँ भारत जान लाग्नुभएको हो । आज दिउँसो दिल्ली पुग्ने निधि भोली र पर्सी राजनीतिक भेटघाटमा व्यस्त रहनुहुनेछ । उहाँले भारतीय प्रधानमन्त्री

आज ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा मनाईदै

आज ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा मनाईदै

भदौ,२ मकवानपुर— प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने ऋषितर्पणी, रक्षाबन्धन एवम् जनै पूर्णिमा आज मनाइँदैछ । आजकै दिन तागाधारीहरुले आफ्नो जनै (यज्ञोपवित) फेर्छन् । आजै मन्त्रिएको जनै फेर्ने गरिएकाले नै श्रावण शुक्ल पूर्णिमालाई जनैपूर्णिमा पनि भनिन्छ । वैदिक गुरु परम्पराअनुसार यज्ञोपवित अर्थात् जनैलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागोसमेत भनिन्छ । जनैका दुई शिखामध्ये एउटा शिखामा रहने तीन

प्रचण्डले पहिलो महिनाको तलव धुर्मुस सुन्तली फाउन्डेसनलाई दिने

प्रचण्डले पहिलो महिनाको तलव धुर्मुस सुन्तली फाउन्डेसनलाई दिने

भदौ,१ काठमाडौ— प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पहिलो महिनाको तलब धर्मुस सुन्तली फाउण्डेसनलाई सहयोग गर्नु हुने भएको छ ।    बुधबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका धुर्मुस सुन्तलीसहितको टोलीलाई उहाले आफ्नो एक महिनाको पारिश्रमिक उपलव्ध गराउने बताउनुभएको हो ।    भेटमा प्रधानमन्त्री प्रचण्डले धुर्मुस सुन्तलीले निर्माण गरिरहेको एकिकृत

नेवि संघमा नेतृत्व चयनका लागि आज मतदान, अध्यक्षमा सातजना उम्मेद्वार

भदौ,१ काठमाडौ— नेपाल विद्यार्थी संघको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदैछ । नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा बिहान ७ बजेदेखि सुरु गर्ने भनिएको मतदानमा केही ढिला भएको छ । महाधिवेशन उद्घाटनको ११ दिनपछि नेतृत्व चयनका लागि निर्वाचन हुन लागेको हो । निर्वाचनका लागि मतदाताबाट चुनिने १ सय २९ पदका लागि ६ सय ८५ जनाको उम्मेदवारी परेको छ । कूल १ सय ५१ सदस्यीय

मामाघर नेपाललाई ल्यापटप सहयोग

मामाघर नेपाललाई ल्यापटप सहयोग

साउन,३२ मकवानपुर— मामाघर नेपाललाई ल्यपटप सहयोग गरिएको छ । हेटौंडालाई सडक बालबालिका मुक्त क्षेत्र बनाउने अभियानमा सकृय मामाघर नेपाललाई हेटौंडा ४ स्कुल रोड स्थित द क्रिटिभ ग्रुपका संचालक पवन प्रधानले ल्याप्टप सहयोग गर्नुभएको हो । भान्जाहरुको रचनात्मक गतिविधीहरुलाई थप प्रोत्साहन गर्न उहाँले ल्याप्टप सहयोग गर्नुभएको हो । ल्याप्टपको मुल्य ४० हजार रहेको जनाईएको छ । साथै उहाले १ पटकको दिवाखाजा समेत उपलब्ध

नेदरल्यान्डस्माथि नेपालको रोमाञ्चक जित

साउन,३२ — आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसीपमा नेपालले नेदरल्यान्डस्माथि जित हात पारेको छ । नेदरल्याण्ड्सको एम्सटेल्भिनमा गएराति सम्पन्न दोस्रो खेलमा नेपालले घरेलु टोलीमाथि १९ रनको महत्वपूर्ण जित हात पारेको हो । ८ टिम समावेश च्याम्पियनसिपमा नेपालको यो तेस्रो जित हो । वैशाखमा कीर्तिपुरमा भएका दुवै खेलमा नेपालले नामिबियालाई हराएको थियो । नेपालले

उपप्रधानमन्त्री महरा भेटवार्तामा व्यस्त

साउन,३२ — प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष दूतका रुपमा चीन पुग्नुभएका उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा आज विभिन्न भेटवार्तामा व्यस्त रहनुहुने भएको छ । आज उहाँले चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ  चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण तथा दुई पक्षीय हितका विभिन्न विषयमा छलफल गर्न चीन पुग्नुभएका महराले दुईदेश बिचको

नेपाललाइ आजको खेल जित्नैपर्ने दबाब

साउन,३१ काठमाडौ— विश्व क्रिकेट लिग च्याम्पियनसिप लिगअन्तर्गत चौथो चरणको दोस्रो खेलमा नेपालले घरेलु टोली नेदरल्यान्डसँग आज खेल्दैछ । नेदरल्यान्डको आमस्ट्रडममा हुने सो प्रतियोगितामा नेपालले विजय लक्ष्यका साथ नेदरल्यान्डको सामना गर्ने भएको छ । शनिबार भएको पहिलो खेलमा भने नेपाल नेदरल्यान्डसँग सात विकेटको विशाल अन्तरले पराजित भएको थियो । त्यसअघि नेपाल र नेदरल्यान्ड

विमान दुर्घटनामा तीन दम्पतीको ज्यान गयो

साउन,३१ — अमेरिकाको अलाबामामा विमान दुर्घटना हुँदा ६ जनाकोे ज्यान गएको छ । विमान दुर्घटनामा ज्यान गुमाउने तीन दम्पती रहेको अमेरिकी सञ्चारमाध्यमलाई उदृत गर्दै बिबिसीले जनाएको छ । फ्लोरिडामा भएको डेन्टल सम्मेलनबाट फर्किंदै गर्दा उनीहरु दुर्घटनामा परेका हुन् । विमान टुस्कालोसा विमानस्थलको धावनमार्ग नजिकै दुर्घटना भएको अमेरिकी अधिकारीले बताएका छन् । विमान

भोलिदेखि सरकारी अनुगमन टोली बजारमा

भोलिदेखि सरकारी अनुगमन टोली बजारमा

साउन,३१ काठमाडौ— आपूर्ति मन्त्रालयको नेतृत्वमा मंगलबारदेखि विशेष बजार अनुगमन सुरु हुने भएको छ । बजारमा अस्वाभाविक रुपमा भइरहेको मूल्यवृद्धि र मिसावटविरुद्ध सरकारले विशेष अनुगमन सुरु गर्न लागेको हो । यसअन्तरगत विशेष गरी दैनिक उपभोग्य वस्तुका ठूला विक्रेतादेखि खुद्रा विक्रेताहरुकोमा सरकारी अनुगमन टोली पुग्नेछ । मुख्य रुपमा बजारमा भइरहेको कालोबजारी, अद्याद्य वस्तुको विक्री वितरण, अस्वाभाविक

नेविसंघको नेतृत्व चयनका लागि मंगलबार मतदान हुने

साउन,३० काठमाडौ— नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको नयाँ नेतृत्व चयनका लागि मंगलबार मतदान हुने भएको छ । ११ औं महाधिवेशनका लागि गयराति प्रतिनिधिको टुंगो लागेपछि साउन ३२ गतेका लागि निर्वाचनको मिति तय गरिएको हो । निर्वाचनका लागि तीन हजार ७ सय ६० महाधिवेशन प्रतिनिधिको नामावली प्रकाशन गरिएको छ । महाधिवेशनमा प्रतिनिधि विवाद भएपछि बन्दसत्रनै नभइ चुनाव

एमाले स्थायी कमिटी बैठक बस्दै

साउन,३० काठमाडौ— नेकपा एमालेको स्थायी कमिटीको बैठक आज बस्दैछ । नयाँ सरकार गठनपछिको स्थिति, पार्टीको भूमिका, पार्टीका प्रदेश कमिटी विस्तार, जनपरिचालनलगायतका विषयमा बैठक हुन लागेको एमाले केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो । अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको पनि बैठकमा समीक्षा हुने बताइएको छ । बैठक पार्टीको केन्द्रीय कार्यालय

नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसबीच आज छलफल हुने

साउन,२४ काठमाडौ—मन्त्रिपरिषद विस्तार लगायतका विषयमा सत्ता साझेदार नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसबीच आज छलफल हुने भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा अपराह्न ४ बजेपछि हुने छलफलमा मन्त्रिपरिषद विस्तार, मधेसी मोर्चासहितको संघीय गठबन्धनका माग र सरकारका प्राथमिकताका विषयलाई अघि बढाउनेबारे छलफल हुने बताइएको छ ।दुवै पा

हेटौँडामा दोश्रो अन्तराष्ट्रिय हेटौँडा गोल्डकप फुटबल प्रतियोगिता हुने

हेटौँडामा दोश्रो अन्तराष्ट्रिय हेटौँडा गोल्डकप फुटबल प्रतियोगिता हुने

साउन,२३ मकवानपुर— हेटौँडामा दोश्रो अन्तराष्ट्रिय हेटौँडा गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानको  आयोजनामा आउँदो पुस १४ गतेबाट २३ गतेसम्म प्रतियोगिता हुने भएको हो । प्रतिष्ठानका अध्यक्ष भेष खड्गीले यो वर्ष प्रतियोगितामा १० वटा टोलीकोे सहभागिता रहने बताउनु भयो ।  प्रतियोगितामा डिफेन्डीङ च्याम्पियन मनाङ मस्र्याङदी सहित नेपाल आर्मी, नेपाल पुलिस, शसस्त्र पुलिसको

नेविसंघको ११औँ महाधिवेशन आजबाट

साउन,२३ काठमाडौ — नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको ११ आँै महाधिवेशन आज सुरु हुँदैछ । तीनसम्म चल्ने महाधिवेशनको नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंको भृकुटीमण्डपमा भव्य समारोहबीच दिउँसो १ बजे दीप प्रजवलन गरी उद्घघाटन गर्ने कार्यक्रम रहेको छ ।  उद्घाटन सत्रलाई पार्टी सभापति देउवासहित वरिष्ठ नेता

ओलम्पिकमा आज गौरिकाको धमाका

ओलम्पिकमा आज गौरिकाको धमाका

साउन,२३ — ब्राजिलको रियो दि जेनेरियोमा सुरु भएको ओलम्पिकमा आज नेपालकी पौडी खेलाडी गौरिका सिंहले प्रतिस्पर्धा गर्दैछिन् । गौरिकाले महिला सय मिटर ब्याकस्ट्रोकमा प्रतिस्पर्धा गर्न लागेकी हुन् । उनले नेपाली समय अनुसार राती पौने ९ बजे प्रतिष्पर्धा गर्नेछिन् । गौरिकाले अघिल्लो वर्ष सम्पन्न दक्षिण एशियाली खेलकुद सागमा पौडीतर्फ एक रजत तथा तीन वटा कास्य पदक जितेकी थिइन् । रियो ओलम्पिकमा सहभागी १० हजार ५ सय

सर्वोच्च अदालतका नव नियुक्त न्यायाधीशको शपथ ग्रहण

सर्वोच्च अदालतका नव नियुक्त न्यायाधीशको शपथ ग्रहण

 साउन,१७ काठमाडौ— प्रधानन्यायाधीश सुशीला कार्कीले सर्बाेच्च अदालतकाका नव नियुक्त ११ न्यायाधीशलाई पद तथा गोपनीयताको सपथ गराउनु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा आज राष्ट्रपति भवन शीतलनिवासमा प्रधानन्याायधीश कार्कीले सपथ गराउनु भएको हो । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख ओनसरी घर्ती र कानुनमन्त्री अग्नी खरेलको पनि सहभागिता थियो

सहमति नजुटेपछि अब प्रधानमन्त्रीको निर्वाचन बहुमतीय प्रक्रियाबाट हुने

साउन,१७ काठमाडौ— राष्ट्रपति विद्यादेवि भण्डारीले राजनितिक सहमतिका आधारमा प्रधानमन्त्रीको निर्वाचनका लागि दिएको सात दिनको समयमा सहमति नजुटेपछि अब प्रधानमन्त्रीको निर्वाचन बहुमतीय प्रक्रियाबाट हुने भएको छ । राष्ट्रपति भण्डारीले अब बहुमतका आधारमा नयाँ प्रधानमन्त्री चयन गर्न आह्वान गर्नु  भएको छ । राष्ट्रपति कार्यालयबाट संसद सचिवालयमा आज पठाइएको पत्रमा संविधानको

मकवानपुरमा आदिवासी दिवस भव्यताका साथ मनाइने

साउन,१६ मकवानपुर—आदिवासी दिवसका मकवानपुरमा बिबिध कार्यक्रम गरि मनाईने भएको छ । नेपाल आदिवासी जनजाती महासंघ, मकवानपुरको आज बसेको बैठकले २२ औँ विश्व आदिवासी दिवस भव्यताका साथ मनाउने निर्णय गरेको हो । महासंघका मकवानपुर अध्यक्ष तिर्थबहादुर थापा मगरको अध्यक्षतामा बसेको बैठकले यसपटकको दिवसलाई फरक ढंगले मनाउँने निर्णय गरेको छ ।   र्यालीसहित साँस्कृतिक कार्यक्रम, बिचार

एक वर्षमा १० थानभरुवाबन्दुक बरामद

एक वर्षमा १० थानभरुवाबन्दुक बरामद

साउन, १६ मकवानवुर— मकवानपुर प्रहरीले आर्थिक वर्ष २०७२÷०७३ मा१० थानबन्दुक बरामद गरेको छ  जिल्लाप्रहरी कार्यालय मकवानपुरले आजपत्रकार सम्मेलनको आयोजनागरि एक वर्षमा १० थानभरुवाबन्दुक बरामद गरेको जनाएको  हो । प्रहरीले एक बर्षमा ४ सय ग्रामबारुद र ६ सय ५० ग्राम छर्रा बरामद गरेको छ । अटोमेटिक पेस्तोल ३ थान र त्यसको गोली ९ राउण्ड, होम मेड पेस्तोल १ थान र यसको गोली १० राउण्ड, ९ एमएमको पेस्तोको खोका १ थान, एयरगनमा

११ न्यायाधीशको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन

साउन,१५ काठमाडौ— सर्वोच्च अदालतका प्रस्तावित सबै ११ जना न्यायाधीशको नाम संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेको छ । बुधबार र बिहीबार सुनुवाइ गरेकोे समितिले आइतबार प्रस्तावित सबैको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो । न्यायपरिषद्ले गएको फागुन १८ गते सर्वोच्चका लागि  सातजना पुनरावेदन अदालतका मुख्य न्यायाधीश र चार जना वकिल समूहबाट सिफारिस गरेको थियो । वकिल समूहबाट

सवारी दुर्घटनामा ९ जनाको मृत्युु

सवारी दुर्घटनामा ९ जनाको मृत्युु

साउन १६ मकवानपुर— पूर्व—पश्चिम राजमार्ग अन्तरर्गत मकवानपुरको मनहरी—३ रमनटारमा आज विहान भएको  सवारी दुर्घटनामा ९ जनाको मृत्युु भएको छ भने ३१ जना घाइते भएका छन् । काँकडभिट्टाबाट काठमाडौं जाँदै गरेको ना५च ४०६४ नम्बरको बस र काठमाडौंबाट गाईघाट जाँदै गरेको ना५ख ५०५५ नम्बरको बस एक आपसमा ठक्कर खाँदा ९ जनाको मृत्यु भएको हो । मृत्युु हुनेमा उदयपुरको त्रियुगा नगरपालिका– १० का मणिरत्न चौधरी, विनोद चौधरी,

राष्ट्रिय सहमतिको सरकार बन्ने सम्भावना न्यून

राष्ट्रिय सहमतिको सरकार बन्ने सम्भावना न्यून

साउन,१५ काठमाडौ— नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नयाँ सरकार राष्ट्रिय सहमतिको बन्ने सम्भावना न्यून रहेको बताउनुभएको छ । गोरखा समाज सेवा केन्द्र काठमाडौँको ११ औँ साधारणसभा एवम् आठौँ अधिवेशनलाई काठमाडौमा संवोधन गर्दै नेता श्रेष्ठले संविधान निर्माणमा एकता भएजस्तै कार्यान्वयनमा एकताको खाँचो रहेको उल्लेख गर्नुभयो । नेता श्रेष्ठले संविधान कार्यान्वयन, सङ्घीय, प्रान्तीय, स्थानीय तहको

ग्याँस सिलिण्डरमा लुकाई ल्याएको लागुऔषधसहित दुईजना पक्राउ

ग्याँस सिलिण्डरमा लुकाई ल्याएको लागुऔषधसहित दुईजना पक्राउ

साउन,१५ मकवानपुर— मकवानपुर प्रहरीले ग्याँस सिलिण्डरमा लुकाई ल्याएको लागुऔषधसहित दुईजनालाई शुक्रबार पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पशुपतिनगरले रातोमाटेमा चेकजाँचका क्रममा सिलिण्डरमा लागुऔषध लुकाई ल्याउने दुईजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मकवानपुर पालुङका ३२ बर्षिय सुरजसिंह ठकुरी र नारायणथानकी २१ बर्षिया सुनिता शर्मा रहेका छन् । बीरगंजबाट  काठमाण्डौ जान आउँदै गरेको ना१ज २८९२

डा. गोविन्द केसीको अगुवाईमा काठमाडौमा प्रदर्शन

साउन,१५ काठमाडौ— भ्रष्टाचार अन्त्य गर्दै स्वास्थ्य क्षेत्र सुधारको अभियानमा लाग्नु भएका डाक्टर गोविन्द केसीको अगुवाईमा शनिबरा काठमाडौंमा प्रदर्शन भएको छ । अभियान चलाउँदै आएका युवाहरुको आह्वानमा प्रदर्शन भएको हो । हजारौंको सहभागितामा माइतीघरबाट ¥याली सुरु भएको हो ।  ‘डाक्टर केसीसँगै हिँडौं, भ्रष्टाचार बिरुद्ध उत्रौं’ भन्ने आह्वानका साथ भएको प्रदर्शनमा युवा,

न्यायाधीश नियुक्ति प्रक्रिया आइतबार टुङ्गो लाग्ने

साउन, १५ काठमाडौ— सर्वोच्च अदालतका प्रस्तावित ११ न्यायाधीशको नियुक्ति प्रक्रिया आइतबार टुङ्गिने भएको छ। व्यवस्थापिका–संसद, संसदीय सुनुवाइ विशेष समितिको आइतबार बिहान हुने बैठकले प्रस्तावित न्यायाधीशको उपयुक्तता वा अनुपयुक्तताबारे निर्णय गर्नेछ ।  गएको बुधबार र बिहीबार समितिले प्रस्तावित न्यायाधीशको सुनुवाइ पूरा गरे पनि निर्णय भने गरेको थिएन । शुक्रबार

फाखेलका ३ सय ७६ भूकम्प पिडितले गरे अनुदान सम्झौता

साउन,१५ मकवानपुर—पहिलो चरणको अनुदान सम्झौता कार्यक्रम अन्तर्गत फाखेलमा ३ सय ७६ भूकम्प पिडितले अनुदान सम्झौता गरेका छन् । २०७२ बैशाख १२ गतेको महा विनासकारी भूकम्प र त्यसपछिको पराकम्पबाट पूर्ण रुपमा क्षति भएका अनुदान लाभग्राही सूचिमा नाम निस्केका ९ सय २३ मध्य ३ सय ७६ भूकम्प पिडितले आज सम्म सम्झौता गरेका हुन् । मौसमका कारण हिलो, चिप्लो, जग्गा नामसारीको समस्या लगायतका

नेविसंघको असन्तुष्ट पक्षले आजदेखि आमरण अनशन सुरु गर्ने

साउन १५ काठमाडौ— महाधिवेशन प्रतिनिधि र जिल्ला नेतृत्व विधिवतरुपमा छनोट नगरिएको विरोधमा संघर्षरत नेविसंघको असन्तुष्ट पक्षले आजदेखि आमरण अनशन सुरु गर्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा यसअघि रिले अनशन बस्दै आएकाहरुले आमरण अनशन सुरु गर्न लागेका हुन् ।नेविसंघको महाधिवेशन प्रतिनिधि र जिल्ला नेतृत्वहरु नेताहरुको भागबन्डाको आधारमा छनोट गरिएको भन्दै

प्रचण्डले छलफल गर्दै

साउन,१५ काठमाडौ— नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजदेखि सहमतीय सरकारको तयारी थाल्नुहुने भएको छ । बहुमतीय सरकार नै बन्ने लगभग पक्का भइसकेको अवस्थामा माओवादी केन्द्रका अध्यक्ष्य प्रचण्डले आजदेखि नेपाली कांग्रेस र मधेसी मोर्चासँग संयुक्त बैठकको तयारी गर्नुभएको हो । प्रचण्डले आजै नेकपा एमालेका नेताहरुसँग पनि छलफलको तयारी गर्नु भएको उहाँको

आज साउन पन्ध्र खिर खाने दिने

आज साउन पन्ध्र खिर खाने दिने

साउन १५ मकवानपुर— आज साउन पन्ध्र खिर खाने दिने परिवारका सदस्य, इष्टमित्र, आफन्तसँग बसेर खिर खाई यो पर्व मनाउने गरिन्छ । असार साउनमा धान रोपाईंको काम सकेर खुशीयाली स्वरुप खिर खाने चलन रहेको छ । चामल,दुध,चिनी , नरीवल छोकडा, मरिच लगायतका गरम मसला राखी खिर तयार पारिन्छ । खिर स्वास्थ्यको लागि पनि फाइदाजनक रहेको छ ।  १५ असारमा दही चिउरा र साउन १५मा खिर खाने चलन छ