ON AIR

स्मृतीमा एउटा कथा (repeat)

UP NEXT

राष्ट्रिय खबर

ताजा अपडेट :

राष्ट्रिय समाचार

साझाका अत्याधुनिक बस केही दिनमै आइपुग्ने

साउन,१३ काठमाडौ— साझा यातायातले थप ल्याउन लागेका तीस बसको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । काठमाडौँ महानगरपालिकाको १० करोड सेयर लगानीमा साझाले भारतबाट ल्याउन लागेका थप नयाँ तीस बस निर्माण भइसकेको र अबको केही दिनमा बस नेपाल आइसक्ने साझा यातायातका कामु कार्यकारी प्रमुख महेन्द्रराज पाण्डेले जानकारी दिनुभयो । प्रमुख पाण्डेका अनुसार काठमाडौँको सहरी यातायात व्यवस्थित

गाउँ गाउँमा डकर्मी तयार

साउन, १३ मकवानपुर— भुकम्पबाट क्षेति भएका घर निर्माणका लागि मकवानपुरका विभिन्न गाविसमा कालिगढ तयार पारिएको छ । राडो नेपालको सहजीकरण तथा टियरफण्डको  आर्थिक सहयोगमा मकवानपुरका विभिन्न गाविसमा तालिम प्रदान गर्दै भुकम्प प्रतिरोधी घर निर्माणका लागि स्थानीय कालिगढ तयार पारिएको हो । भुकम्पबाट क्षती भएका घर निर्माणमा सघाउ पु¥याउने उद्घेश्यले आफूहरुले मकवानपुरको सुकौरा,

हेटौंडामा मिस नेवा हुने

साउन, १३ मकवानपुर— नेवा साँस्कृतिक पुचःले हेटौंडामा नारायणी अञ्चल स्तरिय मिस नेवा प्रतियोगिता गर्ने भएको छ । पुचले हेटौंडामा पत्रकार सम्मेलन गरेर मिस नेवा गर्न लागिएको पुचःका संयोजक विष्णु गोपाल महर्जनले जानकारी दिनुभयो । श्रावण महिना सम्म रजिष्ट्रेसन खुल्ला गरिएको छ । प्रतिस्पर्धाको फारमको लागि एक हजार र पछि ९ हजार ५ सय गरि कुल १० हजार पाँच सय रुपैया लाग्ने महर्जनले

इपिएस भाषा परीक्षाको नजिता सार्वजनिक

साउन,११ काठमाडौ— इपिएस शाखामार्फत कोरिया जानका लागि लिइएको भाषा परीक्षाको परीक्षाफल सार्वजनिक भएको छ । भाषा परीक्षामा ३ हजार ५ सय १७ जना उत्तीर्ण भएका छन् । कृषितर्फ २ हजार १ सय ४० र उत्पादनमूलकतर्फ १ हजार ३ सय ७७ जना उत्तीर्ण भएका इपिएस कोरिया शाखाका प्रमुख डिल्ली बास्तोलाले बताउनुभयो । भाषा परीक्षामा उत्तीर्ण भएकाको दसैँ अगावै  सिप परीक्षा, स्वास्थ्य परीक्षण र

पहिरोले एकै परिवारका तीनको मृत्यु

साउन,११ मकवानपुर — मकवानपुरको भीमफेदी–५ सोलुभन्ज्याङमा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । आज बिहान करिब ४ बजेतिर माथिबाट खसेको पहिरोले घर पुरिएको हो । भीमफेदी–५ सोलुभन्ज्याङकी मनमाया स्याङतानको घर पहिरोले पुरिँदा छोरी–ज्वाइँ र नातीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मृत्यु हुनेमा मनमायाका ज्वाइँ २५ वर्षीय

जनताको समस्यालाई सम्बोधन गर्ने राजनिति पाटीको आवश्यकता– खनाल

जनताको समस्यालाई सम्बोधन गर्ने राजनिति पाटीको आवश्यकता– खनाल

साउन, १० मकवानपुर— नेपाल सरकारका पूर्व अर्थ सचिव एवम् नयाँ शक्ति नेपालका नेता रामेश्वर खनालले अवको राजनितिक पार्टी व्यवहारमा जनताको समस्यालाई सम्बोधन गर्ने जनमुखि प्रबृत्तिको हुनु पर्ने बताउनुभयो । उहाँले विपि कोइरालाको प्रधानमन्त्रीत्वको पालामा २०१५ देखि २०१७ सालमा भएका विकासको बारेमा खुलेर प्रशंसा समेत गर्नुभयो । विपिको पालामा शुरु भएको शैक्षिक अभियान र त्यस बेला खोलिएका विद्यालयका विद्यार्थी नै

अबदेखि खाएर आन्दोलन गर्ने ः डा. केसी

अबदेखि खाएर आन्दोलन गर्ने  ः डा. केसी

साउन,१० काठमाडौ– त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका हाडजोर्नी रोग विशेषज्ञ डा. गोविन्द केसीले सोमबार अनसन तोडे पनि आफ्नो आन्दोलन जारी रहेको बताउनुभएको छ ।  आफूले उपचार गर्दै आएका तीन बिरामीको हातबाट सोमबार जुस पिएर अनसन तोडेका डा. केसीले यो आन्दोलन प्रारम्भिक चरणको मात्रै भएको बताउनुभयो ।  उहाँले भन्नुभयो, ‘सबै नेपालीमा गुणस्तरीय शिक्षा र स्वास्थ्य र्पुयाउनुपर्छ भनेर मैले आन्दोलन

सरकारी कार्यालयमा सूचना माग गर्दै निवेदन दर्ता

साउन, १० मकवानपुर– हेटौंडामा रहेका पाँच वटा सरकारी कार्यालयमा सूचना माग गर्दै निवेदन दर्ता गरिएको छ । जिल्ला स्थित पाँच वटा सरकारी कार्यालयमा विभिन्न प्रकारका सुचनाको माग गर्दै नागरिक र पत्रकारको टोलीले निवेदन दर्ता गराएका हुन् । जिल्ला विकास समितिको कार्यालय , अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय, वन कार्यालय, जिल्ला प्रशासन कार्यालय र आन्तरिक

खेल मैदान निर्माणको लागि ७८ लाख रुपैँया खर्च

साउन,१० मकवानपुर— मकवानपुर जिल्ला खेलकुद विकास समितीले एक वर्षको अवधिमा मकवानपुरमा खेल मैदान निर्माणको लागि ७८ लाख रुपैँया खर्च गरेको जनाएको छ । हेटौँडामा एक वर्षको गतिविधि सार्वजनिक गर्न गरिएको पत्रकार सम्मेलनमा बोल्दै जिल्ला खेलकुद विकास  समिती मकवानपुरका अध्यक्ष माधव तिमल्सीनले यो वर्ष जिल्लाभरमा १६ स्थानमा खेल मैदान निर्माणको लागि ७८ लाख रुपैँया खर्च भएको

गाविस कार्यालयमा तालाबन्दी

साउन १० मकवानपुर— मकवानपुरको हाँडीखोलाका भूकम्प पीडितले गाविस कार्यालयमा तालाबन्दी गरेका छन् । भूकम्पपीडितको लगत संकलनको क्रममा वास्तविक भूकम्प पीडितको नाम छुटेको भन्दै हाँडीखोलाका बासिन्दाले हिजो बिहान गाविस कार्यालयमा तालाबन्दी गरेका हुन् । गुनासो सुन्ने अधिकारी तथा भूकम्प पीडितलाई राज्यले दिने अनुदान सम्झौता सुरु हुने दिन आज बिहानै गाविस कार्यालय पुगेका

नयाँ सरकार संविधानको प्रभावकारी कार्यान्वयनमा दृढ भएर लाग्ने

नयाँ सरकार संविधानको प्रभावकारी कार्यान्वयनमा दृढ भएर लाग्ने

९ साउन, काठमाडौं — नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नयाँ सरकार, संविधानमा असन्तुष्ट रहेका मधेसकेन्द्रित दल, जनजाति लगायत सबै पक्षको सहकार्यका साथ संविधानको प्रभावकारी कार्यान्वयनमा दृढ भएर लाग्ने बताउनुभएको छ । संस्थापक नेता नरबहादुर कर्माचार्यको तेश्रो स्मृति दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित स्मृतिसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सबै असन्तुष्ट पक्षबीच

राष्ट्रपति र देउवाबिच भेटवार्ता

साउन, ९ काठमाडौ— राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरुलाई मिलेर जान आग्रह गर्नुभएको छ । उहाँले कुनै पनि विवादमा नआई जारी राजनितिक गतिरोध अन्त्य गर्न आग्रह गर्नुभएको हो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासंग बिहान आफ्नै निवासमा बोलाए पछिल्लो समय जारी राजनितिक गतिरोधलाई मिलेर समाधान गर्न आग्रह गर्नुभएको सितल निवास स्रोतले जनाएको छ । उहाँहरुबिच प्रधानमन्त्री

सपिङ सेन्टरमा अन्धाधुन्ध गोली प्रहार गरी नौं जनाको हत्या

साउन,८ एजेन्सी— जर्मनीको म्युनिखस्थित एक सपिङ सेन्टरमा आक्रमणकारीले अन्धाधुन्ध गोली चलाएर ९ जनाको हत्या गरेको छ । घटनामा अरु २० जनाभन्दा बढी घाइते भएका छन् । मारिनेमा एक आक्रमणकारी पनि रहेको जर्मनी प्रहरीलाई उधृत गर्दै समाचार संस्थाहरुले जनाएका छन् । आक्रमणमा तीन जनाको संलग्न रहेको र दुई जनाको खोजी भइरहेको स्थानीय अधिकारीले बताएका छन् । म्युनिखको व्यस्त सपिङ

नारायणी नदीमा बाढी, सतर्क रहन आग्रह

नारायणी नदीमा बाढी, सतर्क रहन आग्रह

साउन,८ नवलपरासी— लगातार परेको पानीसंगै नारायणी नदीमा भीषण बाढी आएको छ । नारायणी नदीमा गएराति गरिएको मापन अनुसार पानीको सतह ७ दशमलब ५६ मिटर पुगेको थियो । अहिले विहान पानीको सतह केही घटेको छ । नारायणी नदीमा पानीको सतह ७ दशमबल ३ मिटर पुगेका चेतावनी लेवल मानिन्छ । चेतावनीको संकेत नाघेसंगै नवलपरासीको गण्डक ब्यारेज र त्यस आसपासका क्षेत्रका स्थानीयलाई सतर्क रहन आग्रह गरिएको नवलपरासीका प्रमुख जिल्ला अधिकारी

हेटौंडामा खेलकुद तथा व्यापार महोत्सव हुने

साउन,८ मकवानपुर—मकवानपुर जिल्लामै पहिलोपटक हेटौंडामा खेलकुद तथा व्यापार महोत्सव हुने भएको छ । सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानले ‘खेलकुदको संरक्षण, प्रबद्र्धन र विकासका लागि खेलकुद महोत्सव’ भन्ने मूल नाराका साथ हेटौंडा खेलकुद तथा व्यापार मेला–२०७३ आयोजना गर्ने भएको हो । आगामी कात्तिक २ गतेदेखि १३ गतेसम्म हेटौंडाको हुप्रचौरमा आयोजना गरिने मेलामा विभिन्न

पुष्पलाल श्रेष्ठको स्मृति दिवस मनाईंदै

पुष्पलाल श्रेष्ठको स्मृति दिवस मनाईंदै

साउन,७ काठमाडौ— नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ३८ औं स्मृति दिवस विभिन्न कार्यक्रम गरि मनाईदैछ । विसं २०३५ साउन ७ गते भारतको नयाँ दिल्लीमा दिवङ्गत हुनुभएका पुष्पलालको ३७ औँ स्मृति दिवसको अवसरमा नेकपा एमालेले आज विभिन्न कार्यक्रम आयोजना गरेको छ । एमालेले पुष्पलाल स्मृति पार्क चम्पादेवीमा विशेष कार्यक्रमको आयोजना गरेको हो । अन्य विभिन्न कम्युनिस्ट पार्टीहरूले समेत उहाँको

शीर्ष तहको बैठक बस्दै, संसदको बैठक दिउँसो २ बजे बोलाइयो

साउन, ७ काठमाडौ— राजनीतिक सहमतिका आधारमा प्याकेजमा सहमति खोज्न प्रमुख दलहरुको बैठक आज पनि बस्दैछ । हिजोको बैठकमा सहमति जुट्न नसकेपछि आज थप छलफल हुन लागेको हो । दिउँसो साढे १२ बजे प्रमुख दलहरुको र्बैठक बोलाइएको छ । संसदको कार्यसूची सम्बन्धी विवाद र नयाँ सरकार निर्माणमा दलहरुबीच कुरा नमिल्दा संसद बैठक समेत अवरुद्ध बनेको छ ।    पहिला अविश्वासको प्रस्तावमा

एक बर्षमा २५ सय कर्मचारीकोे अवकाश

साउन, ६ काठमाडौ— चालु आर्थिक वर्षमा दुई हजार पाँच सय कर्मचारीहरुले अवकाश पाउने भएका छन् । आर्थिक वर्ष ०७३ र ७४ मा ५८ वर्ष उमेर पुगेका २५ सय कर्मचारीहरुले अवकाश पाउन लागेका हुन् । यसैगरी स्वास्थ्य सेवाका पाँच सय जना कर्मचारीहरुले स्वेच्छिक अवकाश लिने निर्णय गरेका छन् । आर्थिक वर्ष २०७३र७४ मा अनिवार्य अवकाश पाउने सम्भावित कर्मचारीहरुको सूची निजामती किताबखानाले

बिपी स्मृती दिवस विभिन्न कार्याक्रम गरि मनाइदै

बिपी स्मृती दिवस विभिन्न कार्याक्रम गरि मनाइदै

साउन,६ काठमाडौ— जननायक विश्वेश्वरप्रसाद कोइरालको ३४ औं स्मृती दिवस आज मुलुकभर विभिन्न कार्याक्रम गरि मनाइदै छ । बिपी स्मृति दिवसका अवसरमा काँग्रेस, भातृ संस्था र बिपी संग्राहालयले मुलुकभर विभिन्न कार्यक्रम गर्ने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गर्नुभएका नेपालका पहिलो जननिर्वा्चित प्रधानमन्त्री कोइरालाको २०३९ साउन

अविश्वासको प्रस्ताव पारित गराउने कांग्रेसको निर्णय

साउन, ६ काठमाडौ— नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध संसद्मा दर्ता भएको अविश्वासको प्रस्ताव पारित गराउने निर्णय गरेको छ  । बिहान बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव पारित भएपछिमात्र बजेट प्रस्तावमा छलफल गर्ने निर्णय गरेको हो । यस्तै बिहीबारको संसद् बैठकमा सबै सांसदलाई अनिवार्य उपस्थित हुन पनि निर्देशन दिएको

व्यवस्थापिका संसद बैठक बस्दै

व्यवस्थापिका संसद बैठक बस्दै

साउन, ६ काठमाडौ— प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संसदमा पेश भएको अविश्वासको प्रस्तावलगायत विभिन्न विधेयकमाथिको छलफलको कार्यतालिका सहित व्यवस्थापिका संसद बैठक आजका लागि बोलाइएको छ । यसअघि सत्ता साझेदार नेकपा माओवादी केन्द्रले सरकारालाई दिएको समर्थन फिर्ता लिइ प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको थियो । उक्त प्रस्ताव दर्ता भएसँगै करिब ४ दिनदेखि स्थगित बैठक आजका लागि

डाक्टर केसीका माग तत्काल पूरा गर्न सरकारलाई निर्देशन

डाक्टर  केसीका माग तत्काल पूरा गर्न सरकारलाई निर्देशन

साउन,३ काठमाडौ— व्यवस्थापिका संसदको सामाजिक न्याय तथा मानव अधिकार समितिले अनसनरत डाक्टर गोविन्द केसीका माग तत्काल पूरा गर्न सरकारलाई निर्देशन दिएको छ । त्रिवी शिक्षण अस्पतालमा पुगेर डाक्टर केसीको स्वास्थ्य अवस्था बुझेपछि समितिले सरकारलाई डाक्टर केसीका माग तत्कालै सम्बोधन गर्न निर्देशन दिएको हो । यसअघि गरेका सहमति पनि कार्यान्वयन नभएको र नयाँ माग पनि जायज रहेकाले उहाँका मागमा गम्भीर हुन, प्रधानमन्त्री,

प्रधानमन्त्री विरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने संघीय गठबन्धनको निर्णय

प्रधानमन्त्री विरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने संघीय गठबन्धनको निर्णय

साउन,३ काठमाडौ– संविधानप्रति असन्तुष्टि जनाउँदै आन्दोलनरत संघीय गठबन्धनले आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरेको छ । आज बसेको गठबन्धनको बैठकले साउन भरका लागि अन्तरक्रियात्मक आन्दोलनका कार्यक्रम तय गरिएको हो । यस्तै बैठकले प्रधानमन्त्री विरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय पनि गरेको छ । बैठकमा नेताहरुले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा

शशांकको स्वास्थ्यमा क्रमिक सुधार

शशांकको स्वास्थ्यमा क्रमिक सुधार

साउन,२ काठमाडौ– नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला बुधवार अस्पतालबाट डिस्चार्ज हुनुहुनेभएको छ । कोइरालाको चावहिलस्थित ओम अस्पतालमा उपचार भइरहेको छ । र,चौध दिनको एन्टीबायोटिक्स्को कोर्स पुरा हुनासाथ उहालाई डिस्जार्च गरिने उपचारमा संलग्न डा. लव जोशीले बताउनुभयो । निमोनियाका कारण डा. कोइरालाको स्वास्थ्यमा गम्भीर समस्या आएपछि करिब दुई साता अघि  ओम अस्पतालान भर्ना गरिएको थियो

सत्तारुढ दलहरुको बैठक बस्दै

साउन, २ काठमाडौ– प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दलहरुको बैठक बोलाउनुभएको छ । बेलुकी ६ बजे बालुवाटारमा बैठक बस्ने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । माओवादीले समर्थन फिर्ता लिएपनि अरु सत्तारुढ दलले अविश्वास प्रस्तावको सामना गर्ने निर्णय गरिसकेका छन्

प्रधानमन्त्री ओलीले संविधानविदसँग परामर्श गर्दै

साउन, २ काठमाडौ – प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानविदहरुसँग परामर्श गर्दै हुनुहुन्छ । संसदमा कांग्रेस र माओवादीका तर्फबाट अविश्वासको प्रस्ताव दर्ता भएपछि आफ्नो भावी कदमबारे उहाँले संविधानविदहरुसँग परामर्श गर्न लाग्नुभएको हो । संविधानको संक्रमणकालिन व्यवस्थामा अर्को सरकार गठनबारे स्पष्ट व्यवस्था नभएकाले अविश्वास प्रस्ताव पारित भएपछि के गर्ने भन्नेबारे

भूकम्पपीडितलाई ट्याक्सी वितरण गर्ने

भूकम्पपीडितलाई  ट्याक्सी वितरण गर्ने

साउन,१ काठमाडौ–सरकारले भूकम्पपीडितहरुलाई लक्षित गर्दै काठमाडौंमा १५ सय नयाँ ट्याक्सी वितरण गर्ने निर्णय गरेको छ । भुकम्पपीडितहरुलाई स्वरोजगार बनाउन सरकारले २०७२ जेठमा नै ट्याक्सीको दर्ता खुलाउने निर्णय गरेको थियो । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले यसवर्ष भुकम्पपीडितहरुका लागि लक्षित गर्दै नयाँ १५ सय वटा ट्याक्सी दर्ता गराउने निर्णय गरेको छ । यसका लागि पीडितहरुले आवदेन दर्ता गर्न

डा. केसीको समर्थनमा प्रदर्शन

डा. केसीको समर्थनमा प्रदर्शन

साउन,१ काठमाडौ– आमरण अनसनमा बसेका प्रा. डा गोविन्द केसीको समर्थनमा शनिबार राजधानीमा प्रदर्शन भएको छ । माइतीघरबाट सुरु भएको जुलुसमा चिकित्सा शिक्षाका विद्यार्थीहरुको जुलस बानेश्वरमा पुगेर सकिएको थियो । जुलुसमा सहभागीहरुले डा. केसीको मास्क लगाएका थिए भने हातमा विभिन्न नारा लेखिएको प्ले कार्ड बोकेका थिए । प्रदर्शनका क्रममा प्रतिकात्मक रुपमा सडकमै सुतेका ‘विरामी’को उपचार गरिएको थियो

संविधानको धारा २९८ अनुसार नयाँ सरकार बन्छ

संविधानको धारा २९८ अनुसार नयाँ सरकार बन्छ

साउन,१ काठमाडौ– संविधानविद् तथा कानुन व्यवसायीहरुले अविश्वासको प्रस्ताव पास भए नयाँ सरकार गठनका लागि प्रधानमन्त्रीले राजीनामा दिनै नपर्ने बताएका छन् । केही कानुन व्यवसायी तथा प्रधानमन्त्री केपी शर्मा ओली स्वंयमले वर्तमान सरकार हटेपनि नयाँ सरकार बन्न नसक्ने तर्क गरेपछि नेपाली कांग्रेस र माओवादीका शीर्ष नेताहरुले शनिबार संविधानविद् र कानुन व्यवसायीसँग छलफल गरेका हुन् । सिंहदरवारमा भएको छलफलमा

आर्थिक वर्ष २०७३÷०७४ को मौद्रिक नीति सार्वजनिक

आर्थिक वर्ष २०७३÷०७४ को मौद्रिक नीति सार्वजनिक

असार, ३० काठमाडौ– नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०७३र०७४ को मौद्रिक नीति सार्वजनिक गरेको छ । विहीबार राजधानीमा आयोजित एक कार्यक्रममा राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवी नेपालले मौद्रिक नीति सार्वजनिक गर्नुभएको हो । आगामी आर्थिक वर्षको बजेटको आकार ठूलो भएकाले मुद्रास्फीति उच्च हुने भन्दै राष्ट्र बैंकले नियन्त्रणका लागि केही संकुचित मौद्रिक नीति ल्याएको छ । उत्पादनशील कर्जा विस्तारका लागि कृषि

सरकार काम चलाउ भएकोले महत्वपूर्ण निर्णय गर्न नमिल्ने

सरकार काम चलाउ भएकोले महत्वपूर्ण निर्णय गर्न नमिल्ने

असार, ३० काठमाडौं – नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई महत्वपूर्ण निर्णय नगर्न कांग्रेस र माओवादी केन्द्रले ध्यानाकर्षण गराएका छन् । नेपाली कांग्रेस र माओवादी केन्द्रले बिहीबार संयुक्त विज्ञप्ती निकालेर सरकारलाई महत्वपूर्ण निर्णय नगर्न भनेको हो । विज्ञप्तीमा भनिएको छ, ‘वर्तमान सरकारले दैनिक काम काजका सामान्य

सरकार परिवर्तनमा विदेशी चलखेल ः प्रधानमन्त्री ओली

सरकार परिवर्तनमा विदेशी चलखेल ः प्रधानमन्त्री ओली

असार, ३० काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिर्वतनमा विदेशी चलखेल भएको आरोप लगाउनुभएको छ ।  रक्षा मन्त्रालयले आज राजधानीमा गरेको राष्ट्रिय सुरक्षा नीति गोष्ठीमा उहाँले कुनै पार्टीले सरकार छा्ड्दैमा हर्ष बढाई र भोजको आयोजना गर्नुले सरकार परिर्वतनमा विदेशी इशारा भएको स्पष्ट पार्नुभएको छ ।  देश भित्र बिदेशी खेलकुद हुनु बिडम्बना भएको प्रधानमन्त्री ओलीले आन्तरिक विचारबाटै सरकार परिवर्तन

सूचना ७ दिनभित्र उपलब्ध गराउन आदेश

सूचना ७ दिनभित्र उपलब्ध गराउन आदेश

असार,हेटौडा– राष्ट्रिय सूचना आयोगले जिल्ला विकास समिति मकवानपुरका स्थानीय विकास अधिकारीलाई पत्रकार गिरिजा अधिकारीले मागेको सम्पूर्ण सूचना ७ दिनभित्र निशुल्क उपलब्ध गराउन आदेश दिएको छ ।  जिल्लामा संचालनमा रहेका क्रशर उद्योग, नदिखोलाबाट उत्खनन र संकलन भएको नदिजन्य पदार्थ त्यसको निकासी र त्यसबापत जिल्ला विकास समितिमा जम्मा हुन आएको राजस्वलगायतका सम्पूर्ण सूचना दिन आयोगको पूर्ण बैठकले आदेश जारी गरेको

अन्तरक्रिया सम्पन्न

अन्तरक्रिया सम्पन्न

असार, हेटौडा– श्रम तथा रोजगार मन्त्रालय र श्रम कार्यालय, मकवानपुरको संयुक्त आयोजनामा आद्योगिक क्षेत्रमा जनशक्तिको विद्यमान अवस्था र आवश्यकता विषयक अन्तरक्रिया हेटौंडामा सम्पन्न भएकोछ । मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल सरकार, श्रम तथा रोजगार मन्त्रालयका उपसचिव जीवनकुमार राईले मकवानपुर लगायत आद्योगिक क्षेत्रहरुका लागि मन्त्रालयले

चौघडा र चुच्चेखोला बजार अनुगमन

चौघडा र चुच्चेखोला बजार अनुगमन

असार, हेटौडा– जिल्लाका सरोकारवाला निकायहरूको टोलीले हेटौंडा–६ मा बजार अनुगमन गरेको छ । जिल्ला अनुगमन समितिको टोलीले हेटौंडा–६ चौघडा र चुच्चेखोलामा अनुगमन गरेको हो । टोलीले किराना, होटल, कपडा, ग्रिल, फार्मेसी लगायतमा दर्ता र गुणस्तरबारे अनुगमन गरेको थियो । अनुगमनका क्रममा देखिएका त्रुटी सुधार्न र दर्ता नभएकालाई दर्ता प्रक्रियामा आउन सचेत गराएको छ । घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख पुष्कर

एमाले संसदीय दलको बैठक बस्दै

एमाले संसदीय दलको बैठक बस्दै

असार, ३० काठमाडौ – संसद बैठकमा पार्टीको भूमिका र पछिल्लो राजनीतिक परिस्थिति बारे छलफल गर्न नेकपा एमाले संसदीय दलको बैठक बस्दैछ । संसद् भवन नयाँवानेश्वरमा अपरान्ह ३ बजे बस्ने बैठकमा नेपाली कांंग्रेस र नेकपा माओवादी केन्द्रले राखेको अविश्वासको प्रस्तावको सामना गर्ने बारे छलफल हुने बताइएको छ । सांसदहरुलाई पछिल्लो घटनाक्रम बारे जानकारी गराइने र शुक्रबारको संसद बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे छलफल

विविध कार्यक्रम गरी भानु जयन्ती मनाइयो

विविध कार्यक्रम गरी भानु जयन्ती मनाइयो

असार, २९– आदिकवि भानुभक्त आचार्यको २ सय ३ औं जन्मजयन्ती आज देश–विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ ।  नेपाली भाषा साहित्यका आदिकवि भानुभक्त अचार्यको योगदानको स्मरण गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानको परिसरमा रहेको उहाको पूर्णकदको शालिकमा आज माल्यार्पण गरिएको छ । भानु प्रतिष्ठानद्वारा आयोजित उक्त कार्यक्रममा नेपाली भाषा र साहित्यको क्षेत्रमा विशिष्ट योगदान र्पुयाएवापत प्राडा बासुदेव

एमालेको प्रस्ताव कांग्रेसद्धारा अस्वीकार

एमालेको प्रस्ताव कांग्रेसद्धारा अस्वीकार

असार, २९ काठमाडौ– नयाँ सरकारको नेतृत्व गर्न एमालेले गरेको प्रस्ताव नेपाली कांग्रेसले अस्वीकार गरेको छ । माओवादी केन्द्रले केपी शर्मा ओलीलाई दिएको समर्थन फिर्ता लिएपछि एमालेले कांग्रेसलाई सरकारको नेतृत्व गर्न आग्रह गरेको थियो । तर एमालेले ढिला गरी प्रस्ताव ल्याएको भन्दै कांग्रेसले त्यसलाई अस्वीकार गरेको हो । कांग्रेस केन्द्रीय समितिको बैठकपछि सभापति शेरबहादुर देउवाले एमालेले ढिला गरी प्रस्ताव

प्रधानमन्त्रीलाई राजीनामा दिन माओवादीको तीन घण्टे अल्टिमेटम

प्रधानमन्त्रीलाई राजीनामा दिन माओवादीको तीन घण्टे अल्टिमेटम

असार, २९ काठमाडौं– नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन तीन घण्टे अल्टिमेटम दिएको छ । प्रमुख दलका प्रमुख सचेतकहरुको बैठकमा कांग्रेस र माओवादीका नेताहरुले सरकार अल्पमतमा परेको भन्दै प्रधानमन्त्रीलाई राजीनामा दिन सुझाब दिएका थिए । माओवादी प्रमुख सचेतक हितराज पाण्डेले प्रधानमन्त्रीलाई राजीनामा दिन तीन घण्टा अर्थात दिउँसो ३ बजेम्मको समय दिएको बताउनुभयो । तीन बजेसम्म

नेपालबाट दिल्ली जाँदै गरेको बस दुर्घटना, पाँचको मृत्यु

नेपालबाट दिल्ली जाँदै गरेको बस दुर्घटना, पाँचको मृत्यु

असार, २८ नेपालबाट भारतको नयाँ दिल्लीतर्फ जाँदै गरेको यात्रु बस उत्तरप्रदेशको बहराइच जिल्लामा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा ३० जना घाइते भएका छन् । गएराति ट्रकसँग ठोक्किएर बस दुर्घटना भएको भारतीय समाचार एजेन्सी एएनआईले जनाएको छ । दुर्घटनास्थल बाँकेको नेपालगञ्जबाट ६० किलोमिटर टाढा पर्दछ । दुर्घटनाग्रस्त बस नेपालको कुन ठाउँबाट छुटेको हो भन्ने खुलेको छैन

मध्यमाञ्चल क्षेत्रिय प्रशासन कार्यालयका क्षेत्रिय प्रशासक घिमिरेलाई विदाई

मध्यमाञ्चल क्षेत्रिय प्रशासन कार्यालयका क्षेत्रिय प्रशासक घिमिरेलाई विदाई

हेटौडा,२७ असार/  अफिसर्स क्लब मकवानपुरले मध्यमाञ्चल क्षेत्रिय प्रशासन कार्यालयका क्षेत्रिय प्रशासक मुकुन्दराज प्रकाश घिमिरेलाई एक कार्यक्रम विच विदाई गरेको छ । ५८ वर्षे उमेर हदका कारण सेवा सेवा निबृत्त भएका प्रशासक घिमिरेलाई प्रहरी नायब महानिरीक्षक पशुपति उपाध्याय, प्रमुख जिल्ला अधिकारी डा मानबहादुर विक, अख्तियार प्रमुख डुल्लु बस्नेत, स्थानिय विकास अधिकारी लक्ष्मण विक्रम थापा, प्रहरी

नयाँ शक्ति निर्वाचन आयोगमा दर्ता

नयाँ शक्ति निर्वाचन आयोगमा दर्ता

काठमाडौं, २६ असार –  डाक्टर बाबुराम भट्टराई संयोजक रहेको नयाँ शक्ति नेपाल निर्वाचन आयोगमा दलका रुपमा दर्ता भएको छ । भृकुटीमण्डपमा भेला भएर नयाँ शक्ति नेपालका नेता तथा कार्यकर्ता दल दर्ताका लागि बहादुर भवनमा रहेको निर्वाचन कार्यालयमा पुगेका थिए । नयाँ शक्ति नेपालले गएको जेठ ३० गते काठमाडौंको दशरथ रंगशालामा कार्यक्रम गरेर दल घोषणा गरेको थियो । संविधान निर्माण लगत्तै एकीकृत नेकपा माओवादी त्याग गरेका

चीनलाई दुई जोडी गैंडा उपहार

चीनलाई दुई जोडी गैंडा उपहार

असार,२६ काठमाडौं । सरकारले चीनलाई दुई जोडी गैंडा दिने निर्णय गरेको छ । मन्त्रिपरिषदको आइतबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले चीनलाई २ वटा भाले र २ वटा पोथी गैंडा उपहारस्वरुप दिने निर्णय गरेको हो । सूचना तथा संचारमन्त्री शेरधन राईले अध्ययन अनुसन्धान र शिक्षा प्रबर्द्धनका लागि चीनलाई दुई जोडी गैंडा दिने निर्णय गरेको जानकारी दिनुभयो । यस्तै,मन्त्रिपरिषद् बैठकले पूर्वमन्त्री एवं पूर्व

राजनीतिक सहमतिमा स्थानीय निकायको निर्वाचन हुन्छः उपप्रधानमन्त्री थापा

राजनीतिक सहमतिमा स्थानीय निकायको निर्वाचन  हुन्छः उपप्रधानमन्त्री थापा

असार,२६ चितवन – उपप्रधान तथा स्थानीय विकासमन्त्री कमल थापाले राजनीतिक दलहरुको सहमतिमा स्थानीय निकायको निर्वाचन हुने बताउनुभएको छ । मिडिया नेपालले आज चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री थापाले  अहिलेकै अवस्थामा निर्वाचन गर्ने वा राज्यको पुनःसंरचना गरेर निर्वाचन गर्ने दुवै विकल्पका लागि सरकार खुल्ला रहेको बताउनुभयो । संविधानको धारा ३०३ मा राज्यको पुनःसंरचना नभएसम्मका लागि

यादवको नाम सर्वसम्मतीले पारित

काठमाडौं, २४– प्रमुख निर्वाचन आयुक्तका लागि प्रस्तावित डा. अयोधीप्रसाद यादवको नाम संसदीय सुनुवाइ विशेष समितिले सर्वसम्मतीले पारित गरेको छ । संवैधानिक परिषद्ले गत मंसिर २२ गते प्रमुख निर्वाचन आयुक्तका लागि सिफारिस गरेको थियो । आज विहान बसेको संसदीय सुनुवाइ विशेष समितिको बैठकले यादवको नाम सर्वसम्मतिबाट पारित गरेको हो । समितिले यादवको नाम पारित गरेसँगै नियुक्तका लागि

फ्रान्स युरोकप फुटबल प्रतियोगिताको फाइनलमा

फ्रान्स युरोकप फुटबल प्रतियोगिताको फाइनलमा

असार, २४–जर्मनीलाई हराउँदै आयोजक फ्रान्स युरोकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । गएराति मार्सेमा भएको सेमिफाइनलमा घरेलु टोली फ्रान्सले विश्वविजेता जर्मनीलाई २–० ले हरायो । खेलमा फ्रान्सलाई विजयी गराउन दुबै गोल एन्टोनियो ग्रेजम्यानले गर्नुभयो । यो हारले विश्वविजेता जर्मनीलाई भने धक्का लागेको छ । गएरातिको जितसँगै आयोजक फ्रान्सले पोर्चुगल विरुद्धको उपाधि भिडन्त तय गरेको छ । फाइनल खेल

शशांकलाई सामान्य वार्डमा सारियो

शशांकलाई सामान्य वार्डमा सारियो

काठमाडौं, असार २३ – ओम अस्पतालमा उपचार गराइरहनुभएका नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालालाई भेन्टिलेटरबाट निकालेर सामान्य वार्डमा सारिएको छ ।  कोइरालाको स्वास्थ्यमा सुधार भएपछि सामान्य वार्डमा सारिएको उपचारमा संलग्न डाक्टर हरि किशोर श्रेष्ठले जानकारी दिनुभयो । भेन्टिलेटरबाट निकालिएसँगै उहाको स्वास्थ्य अवस्था खतरामुक्त भएको छ । कोइरालको शरिरमा रक्तचाप, अक्सिजनको मात्रा र पिसाब सामान्य

स्वास्थ्य मन्त्रालयका ५२ कर्मचारी बर्खास्त

स्वास्थ्य मन्त्रालयका ५२ कर्मचारी बर्खास्त

२३ असार, काठमाडौं – अनुशासन उल्लंघन गरेको अभियोगमा स्वास्थ्य मन्त्रालयले आर्थिक वर्ष ०७२ र ७३ मा ५२ जना कर्मचारीहरुलाई बर्खास्त गरेको छ । मन्त्रालयले उनीहरुलाई भविष्यमा सरकारी सेवाका लागि समेत अयोग्य ठहर हुनेगरी सेवाबाट बर्खास्त गरेको हो । मन्त्रालयले उनीहरुलाई नेपाल स्वास्थ्य सेवा ऐन २०५३ को दफा ७२ (ख) को उपदफा १ अनुसार कारबाही गरेको हो ।बर्खास्तमा परेकाहरुमध्ये अधिकांश स्टाफ नर्स रहेका छन् ।

माओवादी केन्द्रको महाधिवेशन तय

माओवादी केन्द्रको महाधिवेशन तय

२३ असार, काठमाडौं – नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन पुस २३ गते देखि काठमाडौंमा हुने भएको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टी पोलिटव्यूरो बैठकले महाधिवेशनको मिति तय गरेको हो । रामबहादुर थापा नेतृत्वको क्रान्तिकारी नेकपा माओवादी, मणि थापा नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी, मातृका यादव नेतृत्वको नेकपा माओवादी लगायत दस कम्युनिष्ट घटकहरुबीच पार्टी एकता भएपछि

भूमिको सहि उपयोगबाट मात्र व्यवस्थित भूमिसुधार सम्भव ः प्रधानमन्त्री

भूमिको सहि उपयोगबाट मात्र व्यवस्थित भूमिसुधार सम्भव ः प्रधानमन्त्री

काठमाडौं, असार २३ – प्रधानमन्त्री केपी शर्मा ओलीले भूमिको सहि उपयोगबाट मात्र व्यवस्थित भूमिसुधार सम्भव हुने बताउनुएको छ । बिहीबार काठमाडौंमा भूमि व्यवस्थापनमा देखिएका चुनौति र समाधान बिषयक गोष्ठिको उद्घाटन गर्दै उहाले भूमिलाई व्यवस्थित गर्न सरकारले आवश्यक गृहकार्य गरिरहेको भन्दै आर्थिक उन्नतीको लागि कृषिको आधुनीकीकरण जरुरी रहेको बताउनुभयो । आधुनिक भूमि सुधारसहितको भूःउपयोग नीति आवश्यक रहेकोमा