ON AIR

राष्ट्रिय खबर

UP NEXT

आकाशगंगा खबर

ताजा अपडेट :

स्थानिय समाचार

म्यादी प्रहरी चढेको ट्रिपर दुर्घटना हुँदा चालक सहित ३ को मृत्यु

थाहा नगरपालिकाबाट हेटौडा आउँदै गरेको म्यादी प्रहरी चढेको ट्रिपर चुनियाँमा दुर्घटना  हुँदा ३ जनाको घटनास्थलमा नै ज्यान गएको छ । भिमफेदी गाउँपालिका २ चुनियाँमा ना ३ ख ५९१८ नंको ट्रिपर दुर्घटना भएको हो । दुर्घटनामा चालक सहित २ जना महिला म्यादी प्रहरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मृतकको सनाखत हुन बाँकि रहेको छ । दुर्घटनामा एक जना म्यादी

मकवानपुरको मत गणना साढे १२ बजे शुरु हुने

मकवानपुरको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको मतगणनाको तयारी अन्तिम चरणमा पुगेको छ ।  आज साढे १२ बजे मतगणना  हुने भएको छ । आज बसेको  सबै निर्वाचन क्षेत्रको सर्वदलीय बैठकले मतगणना साढे १२ बजे गर्ने सहमती गरेको हो । सबै मतपेटी मतगणना स्थल मकवानपुर बहुमुखी क्याम्पसमा ल्याइसकिएको प्रमुख निर्वाचन अधिकृतको कार्यालय

जनक माविको बिविध खेलकुद प्रतियोगिता

जनक माविको बिविध खेलकुद प्रतियोगिता

मकवानपुर,८ माघ ÷ जनक माध्यमिक बिध्यालय जनक वालक्लब भिरकोट्को आयोजनामा बिविध खेलकुद प्रतियोगिता सम्पन्न भयको छ ।  छतिवन स्रोत केन्द्र्स्तरिय प्रतियोगितामा अन्तर निमावी  गणित दौड, मावी स्तरिय भाले जुधाइ  प्रतियोगीता भएको थियो ।  जनक मावीको बिध्यालयशिक्षक रमेश दाहालका अनुसार  महेन्द्र मावी छतिवन,जनक मावी भिरकोट तथा माटोकोरी निमावि सहभागी थिए ।  प्रतियोगिताको निमावी स्तरिय गणित दौडमा छात्रा

रोट¥याक्टको बनभोज

हेटौंडा,८ माघ ÷रोट¥याक्ट क्लब अफ मकवानपुरले शनिबार बनभोज कार्यक्रमको आयोजना गरेको छ ।  रोट¥याक्टले बनभोजस“गै क्लबको अर्धबार्षिक साधारणसभा सम्पन्न गरेको हो । हेटौंडामा एक वर्षअघि स्थापना भएको क्लबले पहिलो अर्धबार्षिक साधारणसभा गरेको जनाएको छ ।  क्लबका अध्यक्ष गणेश दर्पण अधिकारीको सभाध्यक्षतामा भएको कार्यक्रममा सचिव सुदीप शिवाकोटीले

सडक विस्तारको क्रममा हेटौडामा आज पनि स्थानीय बासिन्दा र प्रहरी बीच झडप, भोलीबाट अनिश्चित कालिन बन्दको घोषणा

सडक विस्तारको क्रममा हेटौडामा आज पनि स्थानीय बासिन्दा र प्रहरी बीच झडप, भोलीबाट अनिश्चित कालिन बन्दको घोषणा

   मकवानपुर,६ माघ / सडक डिभिजन कार्यालय हेटौडाले पूर्वपश्चिम राजमार्ग अन्तर्गतको हेटौडा बजार क्षेत्रमा सडक विस्तारको क्रममा आज स्थानीय बासिन्दा र प्रहरी बीच झडप भएकोछ । झडपको क्रममा ६ जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको र करीब आधा दर्जन प्रहरी सामान्य घाईते भएको जनाईएकोछ ।

राप्रपा गाउँ कमिटि आग्राको कार्यकर्ता भेला सकियो

राप्रपा गाउँ कमिटि आग्राको कार्यकर्ता भेला सकियो

मकवानपुर,२६ पौष ÷ राप्रपा गाउँ कमिटि आग्राको आयोजनामा कार्यकर्ता भेटघाट तथा विभिन्न विषयगत छलफल कार्यक्रम सम्पन्न भएको छ  । सांसद गणेश थापाको प्रमुख आथित्यता तथा राप्रपा गाउँ कमिटि आग्राको अध्यक्ष केशर थिङको सभाध्यक्षतामा कार्यक्रम भएको हो ।  आग्रा ७ लामिचौरमा भएको उक्त कार्यक्रममा सांसद थापाले आफुले जनताको समस्या बुझेको बताउदै त्यस समस्याको समाधान गर्न आफु तत्पर रहेको बताउनु भयो

“डम्फूको ताल्लैमा ” बोलको गितको भिडियो अब केही दिनमा सार्वजनिक हुन

“डम्फूको ताल्लैमा ” बोलको गितको भिडियो  अब केही दिनमा सार्वजनिक हुन

मकवानपुर, २६ पौष ÷ काठमाडौँको बौद्ध  र त्यस आसपासमा छायाँकन गरिएको “डम्फूको ताल्लैमा ” बोलको गितको भिडियो  अब केही दिनमा सार्वजनिक हुनेभएको  छ । सञ्चारकर्मी एम जी तामाङ र रजनी लामाको स्वरमा रहेको छ ।  भिडियोमा सबिता गुरुङ ,ज्ञानेन्द्र लामा,रविना लामा र गायक एम जि स्वयमले ले प्रमुख भूमिकामा अभिनय गर्नु भएको छ । दिपेन्द्र भट्टले  छायाँकन गर्नुभएको भिडियोमा नृत्य निर्देशन कृष्ण

थाहा दिवशको अवशरमा विभिन्न कार्यक्रम गरि मनाइदै

थाहा दिवशको अवशरमा विभिन्न कार्यक्रम गरि मनाइदै

मकवानपुर,२२ पौष मकवानपुरको थाहानगरमा संचालन भइरहेको मकवानपुर उत्तरी क्षेत्रस्तरीय भलिबल प्रतियोगिताको छनौंट चरणको पाँच खेल सम्पन्न भएको छ । थाहा आन्दोलनका प्रणेता दिवंगत रुपचन्द्र विष्टको ८४ औं जन्मजयन्तीको तथा दोस्रो थाहा दिवसको अवसरमा फरक सोचले प्रतियोगिताको आयोजना गरिएको हो ।  छनौंट चरणको प्रतियोगिता अन्तर्गत पहिलो खेलमा सिर्जनशील युवाक्लबलाई पराजित गर्दै शिखरक्लब विजयी भयो भने पुपु म्हेन्दोले

सरस्वाती निमाविलाई प्रवासीद्धारा टेलिभिजन सहयोग

सरस्वाती निमाविलाई प्रवासीद्धारा टेलिभिजन सहयोग

मकवानपुर , २२ पौष ÷ मकवानपुरको गढि ५ देविडाडाँमा रहेको  सरस्वाती निमावि लाई एक थान टेलिभिजन सहयोग प्राप्त भएको छ ।  रौटहत घरभई हाल अमेरिकामा अध्यानरत इन्सान उप्रेतिले  विद्यालयलाई ३२ इन्चको एक थान टेलिभिजन प्रदान गनर्’ भएको हो ।  बिद्यालय शिक्षालाइ आधुनिकिकरण गर्नुपर्छ भन्ने मान्यताका साथ अडियो भिजल प्रविधिबाट अध्ययन अध्यापन गराउनको लागि आफुले सहयोग गरेको उप्रेतिले बताउनु भयो ।

कार्यकर्ता प्रशिक्षण सम्पन्न

कार्यकर्ता प्रशिक्षण सम्पन्न

आग्रा,२० पौष ÷ नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र आग्रा गाउँ कमिटिको आयोजनामा बुधबार आग्राको सल्लेमा कार्यकर्ता प्रशिक्षण र बनभोज कार्यक्रम सम्पन्न भएको छ ।  माओवादी आग्रा गाउँ कमिटि संयोजक सनम सिं मुक्तानको सभाध्यक्षता एवम् माओवादी केन्द्रको पोलिटव्युरो सदस्य एवं मकवानपुर ईन्चार्ज कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।    कार्यक्रममा

प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना जिल्ला अभिमुखीकरण कार्यक्रम सम्पन्न

मकवानपुर,१४ पौष / प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना जिल्ला अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । जिल्ला कृषि विकास कार्यालय मकवानपुरको आयोजनामा भएको कार्यक्रममा मकवानपुर जिल्लाको लागि प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना अन्र्तगत १ करोट ९६ लाख विनियोजन भएको जिल्ला विकास कार्यालय मकवानपुर प्रमुख निर्मल गदालले बताउनु भयो । जिल्लाका विभिन्न

फाखेल स्वास्थ्य चौकीको नयाँ भवन

फाखेल स्वास्थ्य चौकीको नयाँ भवन

मकवानपुर,१४ पौष / अमेरिकीएर्स नामक अन्तरास्ट्रिय संस्थाको सहयोग बी.एन.एम.टीको प्राबिधिक सहयोगमा तयार भएको फाखेल स्वास्थ्य चौकीको नयाँ भवन एक समारोह बीच फाखेल स्वास्थ्य चौकी ब्यबस्थापन समितिलाइ बिहीवार हस्तान्तरण गरिएको छ । कुल ६९ लाख अनुदान तथा २६ लाख बराबरको सामुदायिक लगानीमा भवन निर्माण गरिएको बी एन एम टीले जनाएको छ । सोही अबसरमा भवन निर्माणका लागि जग्गा दान दिने धनबीर स्याङ्तान, जीतबहादुर

झाडी सफा गरेर दैनिक ७ सय रुपियाँ कमाई

  फाखेल, १३ पुस / युवाहरु जागिर नपाएर विभिन्न खाडी मुलुकलगायतको देश जानेको ताँती छ । तर मकवानपुरको फाखेल गाविस वडा नम्वर ६ मधुवनका युवाहरु झाडी सफा गरेर दैनिक ७ सय रुपियाँ कमाउने गरेका छन् । मंसिरदेखि चैतसम्मकोे समयको सदुपयोग र दैनिक ७ सय रुपियाँ आम्दानी हुन थालेपछि फाखेल मधुवनका युवाहरु दङ छन् । हिमालयन नेचुर प्रालिले वायो इनर्जीसंग सहकार्य गरी झाडी सफा

गोल्डकप व्यस्थित गर्न उपसमिति गठन

गोल्डकप व्यस्थित गर्न उपसमिति गठन

हेटौंडा,९पौष / हेटौंडामा यहि पुष १४ बाट सञ्चालन हुने अन्तराष्ट्रिय आमन्त्रण हेटौंडा गोल्डकपलाई व्यवस्थित ढंगबाट सञ्चालनका लागि सुक्रबार बिभिन्न उपसिमिति गठन गरिएको छ ।         भूकम्पमा परि निधन भएका खेल पत्रकार सुमन भोम्जनको स्मृतीमा गठित सुमन भोम्जन स्मृती खेलकुद प्रतिष्ठानको बैठकले प्रतियोगितालाई व्यवस्थित ढंगबाट सञ्चालनको लागि प्रतिष्ठानका अध्यक्ष भेष खड्गि मुल संयोजक रहेको

नेकपा माओवादी केन्द्र मकवानपुरको राजनीतिक बैचारिक प्रशिक्षण कार्यक्रम

नेकपा माओवादी केन्द्र मकवानपुरको राजनीतिक बैचारिक प्रशिक्षण कार्यक्रम

मकवानपुर, ९ पौष / नेकपा माओवादी केन्द्र मकवानपुर ४ नम्वर क्षेत्रीय कमिटिको आयोजनामा  राजनीतिक बैचारिक प्रशिक्षण कार्यक्रम जिल्ला पार्टी कार्यलयमा सम्पन्न भएको छ ।  गाउँ, नगर, घरघर जाउँ,माओवादी केन्द्रलाई विजयी बनाउँ भन्ने मूल नाराका साथ कार्यक्रम भएको माओवादी केन्द्रका हेटौंडा उपमहानगरपालिका पार्टी कमिटि संयोजक कमानसिंह पाख्रिन ‘पृथक’ ले जानकारी दिए । ४ नम्वर क्षेत्रीय संयोजक प्रदिप

ट्युमर पिडित माइलीमायाको उपचारमा सांसद थापाको पहल

ट्युमर पिडित माइलीमायाको उपचारमा सांसद थापाको  पहल

हेटौँडा, ९ पुस । अनुहारमा पलाएको ट्युमरको उपचार गर्न नसक्दा विगत ११ वर्षदेखि गोठमा बस्न बाध्य बनेकी माईलीमाया हिम्डुङलाई भेट्न सांसद गणेश थापा हाडिँखोला पुग्नु भएको छ ।    हाँडिखोला गाविस वडा नं ४ की ५१ वर्षीय माइलीमाया डिम्डुङको उपचारका लागि आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएका थापा डिम्डुङलाई भेट्न उनकै घर पुग्नु भएको हो । ‘म निकै भाबुक बनेको थिँए’ – थापाले भन्नु भयो

थानाभर्‍याङ्ग टोल विकास संस्थाको अध्यक्ष पण्डित

 मकवानपुर, ५ पौष  / हेटौडाका तल्लो थानाभर्‍याङ्ग टोल विकास संस्था गठन गरेको छ । हेटौंडा उपमहानगर पालिकाका प्रतिनिधि हेम प्रसाद पौडेलको आतिथ्यता तथा बोज बहादुर पण्डितको अध्यक्षतामा भएको भेलाले पुनः बोज बहादुर पन्डितको अध्यक्षतामा तल्लो थानार्भयाङ्ग टोल विकास संस्था गठन गरेको निर्वाचन समितिका देब कुमार श्रेष्ठ , होम प्रसाद न्यौपानेलेजानकारी दिनु भयो ।

न्यौपानेको नेतृत्वमा व्यवसायीहरु बैंकक जाने

न्यौपानेको नेतृत्वमा व्यवसायीहरु बैंकक जाने

मकवानपुर,पौष २ । मकवानपुरउद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपानेको नेतृत्वमा मकवानपुरका पेयपदार्थ बिक्रेताहरुको टोली थाईल्याण्ड जाने भएकोछ । मकवानपुरमा रही बरुण वेभरेजद्धारा उत्पादित सामग्रीहरु सन्तोष जनक रुपमा बिक्री वितरण गरेकोले ती व्यवसायीहरुलाई आगामी दिनमा समेत उत्साहजनक रुपमा काम गर्न प्रोत्साहन गर्ने उद्देश्यका साथ क्रिजेश सप्लायर्स र सुरेन सप्लायर्सको प्रायोजनमा

गोगने गाविस पूर्ण खोपयुक्त घोषणा गरिने

गोगने गाविस पूर्ण खोपयुक्त घोषणा गरिने

गोगने,२१ मंसिर ÷मकवानपुरको गोगने गाविसलाई भोलि बुधवार एक कार्यक्रमका विच पूर्ण खोपयुक्त गाविस घोषणा गरिने भएको छ ।  गाविसमा रहेका बालवालिकाहरुलाई सवै प्रकारको खोप दिइसकेकाले पूर्ण खोपयुक्त गाविस घोषणा गर्न लागिएको हो ।   गोगने गाउँ विकास समतिले साँस्कृतिक कार्यक्रम समेत आयोजना गरि गाविसलाई पूर्ण खोपयुक्त गाविस घोषणा गर्न लागिएको सामाजिक परिचालक कमल लामाले जानकारी दिनुभयो

५५ जनाले रक्तदान गरे

५५ जनाले रक्तदान गरे

थाहा नगर, १६ मंसिर ÷  पालुङ जेसिजको आयोजनामा भएकोे रक्तदान कार्यक्रममा ५५ जनाले रक्तदान गरेका छन् । “रक्तदान, जिवनदान”भन्ने मुल नाराको साथ उत्तरी मकवानपुरको थाहा नगरपालिकामा भएको रक्तदानमा ५१ जना पुरुष र ४ जना महिला सहित ५५ जनाले रक्तदान गरेका हुन् । ‘रगतको अभावमा कोही कसैले ज्यान गुमाउन नपरोस् भन्ने अभिप्रायले उक्त कार्यक्रम आयोजना गरिएको वर्ष २०१६ का अध्यक्ष शिवकुमार खत्रीले

सामुदायिक रेडियो,रेडियो निकास ९३.४ मेगाहर्ज आजबाट चौंथो बर्षमा प्रवेश ।।

सामुदायिक रेडियो,रेडियो निकास ९३.४ मेगाहर्ज आजबाट चौंथो बर्षमा प्रवेश ।।

मकवानपुर,१४मंसिर ÷ मकवानपुरको हेटौंडाबाट प्रसारण भइरहेको सामुदायिक रेडियो,रेडियो निकास ९३.४ मेगाहर्ज आजबाट तेश्रो बर्ष पूरा गरी चौंथो बर्षमा प्रवेश गरेको छ । २०७० साल मंसिर १४ गतेबाट प्रसारण भएको रेडियो आजबाट प्रसारणको सफलता पूर्वक चौंथो बर्षमा प्रवेश गरेको हो । तेश्रो बार्षिकोत्सवको अवसरमा रेडियोले एक महिने बिभिन्न जनचेतना मुलक सहितका कार्यक्रम गर्ने भएको छ ।  बार्षिकोत्सवका अवसरमा यस बर्ष

मकवानपुरका ८८ पत्रकारको सामुहिक दुर्घटना बीमा

मकवानपुरका ८८ पत्रकारको सामुहिक दुर्घटना बीमा

मंसिर १३ नेपाल पत्रकार महासंघको मकवानपुर शाखामा आबद्ध ८८ जना साधरण सदस्यहरुको सामुहिक दुर्घटना बीमा गरिएको छ ।महासंघ मकवानपुर शाखाको कार्य समिति बैठकको निर्णय अनुसार प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लि. हेटौँडा शाखासँग १२ मंसीरमा जनही एक लाख रुपैयाँको कुल ८८ लाख रुपैयाँ बीमा रकम रहने गरी बिमा सम्झौता गरिएको हो । अन्य थप हुने सदस्यहरुको पनि बिमा गरिने महासंघले जनाएको छ ।

मेलामा हेटौंडेली झुम्दै....

मेलामा हेटौंडेली झुम्दै....

हेटौँडा,  मंसिर सुमन भोम्जन स्मृती खेलकुद प्रतिष्ठान र ओद्योगिक शान्ति नेपालकको संयुक्त आयोजनामा हेटौँडा–१० टिसिएन स्थित भुटनदेवी पार्कमा जारी राष्ट्रिय खेलकुद तथा वृहत व्यापार महोत्सव–२०७३ को ११ औँ दिन आईतबार महोत्सव हेर्न आउने दर्शकको भिँड राम्रो रहेको थियो । महोत्सवमा लोकप्रिय गायक रोज मोत्तान, चर्चित ब्याण्ड ‘देव राना’ ब्याण्ड, श्रुती सिंह,गायक रमेश श्रेष्ठ ‘मेलोडी’, स्थानीय गायक

हेटौँडामा विपि विचार गोष्ठि तथा चियापान कार्यक्रम

हेटौँडामा विपि विचार गोष्ठि तथा चियापान कार्यक्रम

हेटौँडा, १२ मंसिर /  आजको नेपाली कांग्रेसले अविलम्ब गरेको प्रजातन्त्र विगतमा काँग्रेसले अविलम्ब गरेको प्रजातन्त्रमा आकाश जमिनको अन्तर भएको पुर्व सांसद तथा नेपाली काग्रेसका वरिष्ठ नेता पुरुषोत्तम दाहालले बताउनु भयो ।  निर्वाचन,पाटि गठन, स्वतन्त्रता लगायत मुलभुत कुराहरुलाई विर्सिएर गइरहेको प्रति दुख व्यक्क्त गर्दै विपिको आर्दशलाई मनन् गर्दै जान आग्रह गर्नु भयो । वीपी विर्मश समाज

प्रहरी हवल्दार तथा जवानहरूका लागि अपराध अनुसन्धान तथा नियन्त्रण तालिम

प्रहरी हवल्दार तथा जवानहरूका लागि अपराध अनुसन्धान तथा नियन्त्रण तालिम

रुकप कालिराज मकवानपुर,१३ मंसिर ÷ प्रहरी हवल्दार तथा जवानहरूका लागि अपराध अनुसन्धान तथा नियन्त्रण विशेष अनुशिक्षण तालिम आजबाट मकवानपुरमा सुरु भएको छ । नेपाल प्रहरीको प्रहरी अनुशिक्षण विकास कार्ययोजना २०७३ अन्र्तगतको घुम्ती प्रशिक्षण अनुशिक्षण अन्तर्गत मकवानपुरमा आज आइतबार देखि कार्यक्रम सुरु भएको हो । स्थानीय तहमा शान्तिसुरक्षा एवं अनुसन्धान लगायतका धेरैजसो काम हवल्दार र

यी हुन मकवानपुरका नयाँ सिडिओ

यी हुन मकवानपुरका नयाँ सिडिओ

मंसिर, हेटौंडा । मकवानपुर सरूवा भई आएका नयाँ प्रमुख जिल्ला अधिकारी ९सिडिओ० ले विहिबार पदभार ग्रहण गरेका छन् । नयाँ सिडिओ नारायण प्रसाद शर्मा दुवाडीले पदभार ग्रहण गरेका हुन् ।   मकवानपुरका प्रजिअ डा।मानबहादुर विक अध्ययन विदामा गएपछि प्रशासनमा हरिप्रसाद पन्तले निमित्त प्रजिअको रूपमा काम गरिरहेका थिए । रिक्त प्रजिअमा गृहमन्त्रालयले दुवाडिलाई पठाएको थियो ।  पदभार ग्रहण गर्नु अघि

टिस्टुङमा स्वास्थ्य चौकी हस्तान्तरण

टिस्टुङमा स्वास्थ्य चौकी हस्तान्तरण

टिस्टुङ, मकवानपुर विराट नेपाल मेडिकल ट्रस्ट(विएनएमटी)ले अमेरिकियर्स सस्थाको सहयोगमा मकवानपुरको उत्तरी टिस्टुङमा निर्माण भएको स्वास्थ्य

साहारा ग्यासलाई कारबाही नभएकोमा आश्चार्य ब्यक्त

साहारा ग्यासलाई कारबाही नभएकोमा आश्चार्य ब्यक्त

हेटौँडा,६ मंसिर गत कात्तिक १० गते हेटौँडामा रहेको नापी कार्यालयमा भएको आगलागीको घटनामा दोषि रहेको भएपनि साहारा ग्यास बिरुद्ध स्थानीय प्रशासन मौन रहनु आश्चार्यजनक रहको भन्दै मकवानपुरमा क्रियाशिल राजनीतिक दलका युवा संघठनहरुले प्रेस विज्ञप्ति जारी गरेका छन् ।  आज एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल तरुण दल मकवानपुरका अध्यक्ष इश्वर पाठक, युवा संघ मकवानपुरका अध्यक्ष सन्तोष

आग्रा थाहामा नगाभ्न पनि आन्दोलन

आग्रा थाहामा नगाभ्न पनि आन्दोलन

आग्रा,४ मंसिर / राज्य पुर्नसंरचना गर्दा मकवानपुरको आग्रा गाउँ विकास समितिलाई छिमेकी थाहा नगरपालिकामा गाभ्न प्रस्ताव गरेको विरोधमा आग्राको डाँडाबासमा आज शनिवार नाराजुलुस गरेका छन ।  आज मकवानपुरको आग्रामा बर्थिङ सेन्टर उद्घाटन गर्न गएका सांसद तथा सरकारी र गैर सरकारी संस्थाका प्रतिनिधिहरुलाई आग्रा,गोगने डाडार्खकका संघर्ष समितिले अवरोध गरेका हुन ।  मोरियामा प्लान इन्टरनेशनलको

पालुङ जेसिजको सप्ताहब्यापी कार्यक्रम सम्पन्न,

पालुङ जेसिजको सप्ताहब्यापी कार्यक्रम सम्पन्न,

थाहानगर ४ मंसिर ÷ शिप मुलक तालिम आजको आवश्यक रहेको एक कार्यक्रममा सहभागीहरुले औल्याएका छन । पालुङ जेसिजद्धारा आयोजित शासन व्याक्तिको होइन विधिको हुनु पर्छ भन्ने मुल नाराको साथ सम्पन्न सप्ताहब्यापी कार्यक्रम जेसीज सप्ताह २०१६ समापन समारोहमा बक्ताहरुले सो कुरा उल्लेख गरेका हुन ।  कार्यक्रममा प्रमुख अतिथि थाहा नगरपालिकाका कार्याकारी अधिकृत भिम परियारले पछिल्लो समय यूवाहरु कुलत तथा दुव्र्यासनीको

मकवानपुरमा ६३ जनामा डेंगुको संक्रमण

मकवानपुरमा ६३ जनामा डेंगुको संक्रमण

हेटौंडा,३० कार्तिक / मकवानपुरमा पनि ६३ जनामा डेंगुको संक्रमण देखिएको छ । तीमध्ये २३ जनाले जनस्वास्थ्य कार्यालयको प्रयोगशालामा रगत परीक्षण गराएको जिल्ला जनस्वास्थ्य कार्यालयका अधिकृत शशिकान्त सिंहले बताए । ३२ जनाले मकवानपुर सहकारी अस्पतालमा रगत परीक्षण गर्दा डेंगुको संक्रमण भेटिएको उनले जानकारी दिए । संगम प्याथोलोजी र हेडम्बा प्याथोलोजीमा तीन÷तीनजना र एडभान्स प्याथोलोजी सेन्टरमा रगत

बिरेन्द्रनगर टोल विकास संस्थाको तेस्रो साधारणसभा सम्पन्न,अध्यक्षमा सपना कँडेल निर्वाचित

बिरेन्द्रनगर टोल विकास संस्थाको तेस्रो साधारणसभा सम्पन्न,अध्यक्षमा सपना कँडेल निर्वाचित

हेटौडा, २९ कार्तिक ÷ हेटौँडा उपमहानगरपालिका ४ अवस्थित रहेको बिरेन्द्रनगर टोल विकास संस्थाको अध्यक्षमा सपना कँडेल निर्वाचित हुनभएको छ । संस्थाको तेस्रो वार्षिक साधारण सभाले कडेँलको अध्यक्षतमा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । कडेँल शक्ति एफएमकी स्टेशन म्यानेजर पनि हुन । समितिको उपाध्यक्षमा केसव बहादुर क्षेष्ठ,सचिव केसवराज वाँनिया,कोषाध्यक्ष राधिका आर्चाय चयन भएका छन ।  समितिको

पालुङ जेसिजको सप्ताहव्यापी कार्यक्रम मंसिर १ गतेबाट हुने

पालुङ जेसिजको सप्ताहव्यापी कार्यक्रम मंसिर १ गतेबाट हुने

 थाहानगर,२८ कार्तिक / पालुङ जेसिजले मंसिर १ गतेबाट जेसिज सप्ताहव्यापी कार्यक्रम गर्ने भएको छ । “शासन व्यक्तिको होइन, विधिको हुनुपछ” भन्ने मुल नाराको साथ आयोजना गरिएको सप्ताहव्यापी कार्यक्रम १ गते देखि ४ गते सम्म हुनेछ । एक भेलाको आयोजना गरि पालुङ जेसिजले यस्तो निर्णय गरेको वर्ष २०१६ का अध्यक्ष शिवकुमार खत्रीले जानकारी दिनु भयो ।  जेसिजका अध्यक्ष शिवकुमार खत्रीलको अध्यक्षतामा

जिल्ला वचत तथा ऋण सहकारी संस्था मकवानपुरको अध्यक्षमा पूनः सिन्तान

जिल्ला वचत तथा ऋण सहकारी संस्था मकवानपुरको अध्यक्षमा पूनः सिन्तान

हेटौडा,२८ कार्तिक ÷ जिल्ला वचत तथा ऋण सहकारी संस्था मकवानपुरको १० औँ साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष राधा सिन्तानको सभाध्यक्ष तथा जिल्ला सहकारी संघका अध्यक्ष तथा  राष्ट्रिय सहकारी संघका सञ्चालक वद्रि प्रसाद लम्सालको प्रमुख आथित्यतामा भएको हो । प्रमुख अथिति समेत रहेका लम्सालले प्रतिस्पर्धाले गर्दा सहकारी अभियान डरलाग्दो र विकृतिको अवस्थामा पुगेको बताउनु भयो । शेयर सदस्य

नेपाल निजामती कर्मचारी संगठन मकवानपुरका अध्यक्षमा सहदेव आचार्य

नेपाल निजामती कर्मचारी संगठन मकवानपुरका अध्यक्षमा सहदेव आचार्य

हेटौडा, २७ कात्तिक । नेपाल निजामती कर्मचारी संगठन मकवानपुरको १० औँ जिल्ला अधिवेशन सम्पन्न भएको छ । आधिकारीक ट्रेड युनियनका केन्द्रीय अध्यक्ष पुण्यप्रसाद ढकालको प्रमुख आतिथ्यता तथा नेपाल निजामती कर्मचारी संगठन मकवानपुरका अध्यक्ष विष्णु अर्यालको सभाध्यक्षतामा कार्यक्रम भएको हो ।   जिविस सभाहलमा सम्पन्न भएको जिल्ला अधिवेशनले नेपाल निजामती कर्मचारी संगठन मकवानपुरका अध्यक्षमा सहदेव आचार्यलाई चयन

हेटौंडामा बन्दको प्रभाब

हेटौंडामा बन्दको प्रभाब

हेटौंडा,२८ कार्तिक / नेत्र विक्रम चन्द नेतृत्वको नेकपा माओवादीले आज आईतबार आह्वान गरेको नेपाल बन्दका कारण मकवानपुरको हेटौंडामा पनि बन्दको प्रभाब परेको छ । महंगी मुल्यबृद्धि ,र भ्रष्टाचारको विरोध एंव खाध्य सम्प्रभुत्ता कायम राख्न मन्दै विप्लब माओवादिले आज आव्हान गरेको नेपाल बन्दलाई मधेश जनता पार्टीले पनि समर्थन गर्ने भएको छ ।

मकवानपुरको सेवाप्रदायक संस्था र सेवाग्राहीका वीच सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

रुपक कालिराज मकवानपुर,२६ कार्तिक  जिल्ला विकास समिति मकवानपुरको सेवाप्रदायक संस्था र सेवाग्राहीका वीच सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्राविधिक कार्यालयका प्रमुख जिल्ला इन्जिनियर सोम नाथ तिमल्सिनाको सभाध्यक्षता तथा निमित्त प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तको प्रमुख आतिथ्यतामा भएकोे कार्यक्रममा इपा पञ्चकन्य

ग्रामिण महिला सेवा केन्द्र मकवानपुरको १५ औँ साधारण सम्पन्न

हेटौडा,२५ कार्तिक / ग्रामिण महिला सेवा केन्द्र मकवानपुरको १५ औँ साधारण सभा तथा ७औँ अधिवेसन आज(बिहिबार) हेटौडामा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष शर्मिला श्रेष्ठको अध्यक्षता तथा महिला तथा वालवलालिका कार्यालय मकवानपुरका अध्यक्ष शोभा शाहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संस्थाका सचिव उर्मिला पुडासैनीले आर्थिक

बिन्दाबासिनी टोल बिकास संस्थाको अधिवेशन सम्पन्न

हेटौडा,२४ कात्तिक / हेटौडा–१ चौकीटोलमा रहेको बिन्दाबासिनी टोल बिकास संस्थाको १६ औँ अधिवेशन बुधबार सम्पन्न भएको छ । संस्थाकी अध्यक्ष बेगम बरालको अध्यक्षता तथा हेटौडा उपमहानगरपालिका समाज कल्याण शाखा प्रमुख भीम प्रसाद पौडेलको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा संस्थाकी कोषाध्यक्ष शान्ती कार्कीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको हो । कुल ९१ बचत

संघले मैनालीको स्वागत गर्यो, माघ १४ बाट मनहरी महोत्सव हुने

संघले मैनालीको स्वागत गर्यो, माघ १४ बाट मनहरी महोत्सव हुने

हेटौंडा २२ । मकवानपुर उद्योग वाणिज्य संघले आज जिल्लाका स्थानीय विकास अधिकारी नारायणप्रसाद मैनालीलाई एक कार्यक्रमका बीच स्वागत गरेकोछ । मकवानपुरका स्थानीय विकास अधिकारी लक्ष्मण विक्रम थापाको सरुवापछि मैनाली मकवानपुरका स्थानीय विकास अधिकारीका रुपमा एक साता अघि आएका हुन् । जिल्लामा आउने नयाँ कार्यालय प्रमुखहरुलाई स्वागत गर्ने परम्परा अनुसार स्थानीय विकास अधिकारीलाई स्वागत गरेको हो । संघका

गोगने स्मार्ट यूथ क्लवद्धारा भुकम्प पिडित विद्यार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान

गोगने स्मार्ट यूथ क्लवद्धारा भुकम्प पिडित विद्यार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान

हेटौडा ÷ नवगठित गोगने स्मार्ट यूथ क्लवले भुकम्प पिडित विद्यार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान गरेको छ ।  मकवानपुरको गोगने गाविस वडा नं.१ मा रहेको क्वलले ४ जना भुकम्प पिडिति विद्यार्थीहरुलाई एक वर्ष भरि पुग्ने कापी, कलम, सिसिकलम, स्कुल व्याक,ज्यामिति वक्स लगायतका शैक्षिक सामाग्री प्रदान गरिएको क्लवका अध्यक्ष रुपक कालिराजले जानकारी दिनु भयो ।    यस शैक्षिक सामाग्रीले भुकम्प

एकादशीका दिनमा लाग्ने प्रशिद्ध धार्मिक त्रिखण्डी मेला कात्तिक २५ गते

हेटौंडा, २१ कात्तिक / हरिबोधनी (ठूलो) एकादशीका दिनमा लाग्ने यसक्षेत्रकै प्रशिद्ध धार्मिक त्रिखण्डी मेला यही आउँदो कात्तिक २५ गते विहीबार लाग्ने भएको छ । मेलाका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको मन्दिर सेवक लक्ष्मण दाहालले जानकारी दिए । हेटौंडा र आसपासका गाविस तथा उत्तरी क्षेत्रका गाविसदेखि भक्तजनहरुको उल्लेखनिय उपस्थिती हुने त्रिखण्डी मेलामा यसवर्ष पनि

वस्तीपुर जेसीजको सप्ताह कार्तिक २४ देखि सुरु

वस्तीपुर जेसीजको  सप्ताह कार्तिक २४ देखि सुरु

कात्तिक २१,हेटौँडा वस्तीपुर जेसीजको वर्ष २०१६को जेसीज सप्ताह कार्यक्रमहरु कात्तिक २४ गते देखि कात्तिक २७ गते सम्म हुने भएको छ । आइतबार हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गर्दै वस्तीपुर जेसीजले जनाएको हो । कार्यक्रममा बोल्दै वस्तीपुर जेसीजका अध्यक्ष जेसी विनोद कुमार वर्तौलाले विगतका वर्षहरुका सप्ताह कार्यक्रमहरुभन्दा यस वर्षको कार्यक्रमहरु अझ बढी उपलब्धिमुलक रहेको बताए । सप्ताहव्यापी

२५३ औँ साहित्य सन्ध्या सम्पन्न, अग्रज कवि चौलागाई सम्मानित

२५३ औँ साहित्य सन्ध्या सम्पन्न, अग्रज कवि  चौलागाई सम्मानित

१३ कातिक, हेटौडा /  १०८ औँ महाकवि देवकोटा जयन्ती विशेषका रुपमा साहित्य सङ्गम मकवानपुरले आफ्नो २५३ औँ साहित्य सन्ध्या  शनिवार साहित्य सङगम मकवानपुरको सभाहलमा सम्पन्न भएको छ । सङ्गम अध्यक्ष सुवास खनालको अध्यक्षता र मातृभूमी पत्रिकाका सम्पादक ,प्रकाशक देवराज खरेलको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा अप्सरा तिमल्सिना, अनिता न्यौपाने , सानुबाबु खनाल , सानुभाई विश्वकर्मा , रमेश विवश बन्जारा ,गणेश कुमार

हेटौंडा २२ मा सहिद स्मृति प्रतिक्षालय उद्घाटन

कातिक १३,हेटौंडा / नेकपा (माओवादी  केन्द्र) हेटौंडा उपमहानगरपालिका अन्तर्गत वडा नम्बर २२ मा शुभ दीपावलीको अवसरमा चियापन तथा सहिद बद्री र कृष्ण स्मृति प्रतिक्षालय उद्घाटन  भएको छ । शनिबार भएको कार्यक्रममा सहिद बद्री सञ्जेलको पत्नी सीता सञ्जेल र सहिद कृष्ण अर्यालको पत्नी कविता अर्याललाई नगदसहित सम्मानसमेत गरिएको छ । माओवादी पोलिट्ब्यूरो सदस्य तथा मकवानपुर

विद्यालयलाई डेस्कटप कम्प्यूटर सहयोग

विद्यालयलाई डेस्कटप कम्प्यूटर सहयोग

हेटौंडा १२ कार्तिक / बैदेशिक रोजगारीको लागि साइप्रसमा रहेका नेपालीहरुको समूह र ग्रामिण समाज केन्द्र काभ्रेको संयुक्त सहयोगमा पूर्वि मकवानपुरको एक विद्यालयलाई कम्प्यूटर सहयोग गरेका छन् । जनता उच्च माध्यमिक विद्यालय फापरबारीलाई ५ थान डेस्कटप कम्प्यूटर, शैक्षिक सामग्री विद्यालयका प्राचार्य बसन्तराई तथा व्यवस्थापान समितिलाई समुहकी अन्जु वाइवाले हस्तान्तरण गरेकी हुन् । सहयोग सँगै विपन्न

मकवानपुरको हैटौंडास्थित नापी कार्यालयमा आगालागी, आगालागीमा परि ४०जना घाईते

मकवानपुरको हैटौंडास्थित नापी कार्यालयमा आगालागी, आगालागीमा परि ४०जना घाईते

मकवानपुर, १० कार्तिक / मकवानपुरको हेटौडा– ५ कान्तिराजपथमा रहेको नापी कार्यालयको भवनमा बुधबार दिउँसो भएको आगलागी ४० जना घाइते भएका छन् । नापी कार्यालयमा आगो लागेपछि दुई तीन तला माथिबाट हामफाल्दा घाइते हुनेको संख्या ४० पुगेको छ । घाइते मध्ये २० जनालाई हेटौडा अस्पतालमा, १४ जनालाई अर्थोपेडिक अस्पतालमा, ५ जनाको चुरेहिल अस्पतालमा र गम्भीर घाइते एक जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको मकवानपुरका

औद्योगिक सुरक्षा विषयक अन्तक्र्रिया

औद्योगिक सुरक्षा विषयक अन्तक्र्रिया

 हेटौंडा  ८ कार्तिक। मकवानपुर उद्योग वाणिज्य संघको आयोजना तथा मध्यमाञ्चल क्षेत्रीय प्रशासन कार्यालयको संयोजकत्वमा औद्योगिक सुरक्षा तथा लगानी मैत्री वातावरण विषयक अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएकोछ ।

लोकमानको विषयमा सत्ता साझेदारीसँग छलफल भएको थिएन -मन्त्री जोशी

लोकमानको विषयमा सत्ता साझेदारीसँग छलफल भएको थिएन -मन्त्री जोशी

हेटौँडा,७ कार्तिक नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा उद्योग मन्त्री नविन्द्रराज  जोशीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिहं कार्कीबारे जनचाहना अनुसार कांग्रेस अघि बढ्ने बताएका छन् ।  महाअभियोग लगाउने विषयमा माओवादी केन्द्रले आफुहरुसँग कुनैपनि छलफलनै नगरेको बताएका छन् । प्रधानमन्त्री  र उनका मन्त्रीले आफुहरुलाई कुनैपनि

कांग्रेसको गण बनाउन मेरो भरपुर प्रयास रहनेछ-सांसद बानियाँ

कांग्रेसको गण बनाउन मेरो भरपुर प्रयास रहनेछ-सांसद बानियाँ

कात्तिक ७ ,हेटौँडा नेपाली कांग्रेस कमकवानपुर क्षेत्र न.१ का निर्वाचित सांसद तथा पाटी सभापति इन्द्र बानियाँले मेरो प्रयास मकवानपुर जिल्लालाई विकास गर्दै कांग्रेसको गण बनाउन भरपुर प्रयास रहने बताएका छन् । इतिहासमा नै मकवानपुर जिल्लामा अहिलेसम्म कांग्रेस विजयी गर्ने नसक्दा पनि