ON AIR

स्मृतीमा एउटा कथा (repeat)

UP NEXT

राष्ट्रिय खबर

ताजा अपडेट :

स्थानिय समाचार

मकवानपुर जिल्लामा ६ हजार दृष्टिबिहिन

मकवानपुर जिल्लामा ६ हजार दृष्टिबिहिन

हेटौडा,७ कार्तिक / मकवानपुर जिल्लामा करिब ६ हजारको हाराहारीमा दृष्टिबिहिनहरु रहेको बताइएको छ । दृष्टिहिबिहिनहरुको पक्षमा काम गर्दै आइरहेको नेपाल नेत्रहिन संघ पुर्नस्थापना कार्यक्रम मकवानपुरले आइतवार (आज) हेटौंडाको बिभिन्न स्थानमा जनचेतना मुलक कार्यक्रम गर्दै यस्तो जानकारी दिएको हो । सो कार्यक्रमका क्षेत्रीय कार्यक्रम अधिकृत प्रेम महर्जनका अनुसार जिल्लामा हालै गरिएको सर्वेक्षणका क्रममा

डेङ्गुको प्रकार छुट्याउन नमुना सङ्कलन गरिदै

डेङ्गुको प्रकार छुट्याउन नमुना सङ्कलन गरिदै

हेटौडा,७ कार्तिक / चितवनको रत्ननगरमा फैलिएको डेङ्गुको प्रकार छुट्याउन नमुना सङ्कलन गरिएको छ । रत्ननगरबाट ३० वटा नमुना सङ्कलन गरेर परीक्षणका लागि पठाइएको र थप ५० वटा नमुना अहिले सङ्कलन भइरहेको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रण निरीक्षक रामकुमार केसीले जानकारी दिए ।इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोलीले भरतपुर अस्पतालबाट २५ र रत्ननगर बकुलहर अस्पतालबाट २५ वटा नमुना

स्यालको टोकाइबाट घाइते भएका शिक्षक यादवको मृत्यू

स्यालको टोकाइबाट घाइते भएका शिक्षक यादवको मृत्यू

हेटौडा,७ कार्तिक  स्यालको टोकाइबाट घाइते भएका २८ जना मध्ये एक जनाको ज्यान गएको छ । गएको असोज १८ गते स्यालले टोक्दा रौतहटका २८ जना घाइते भएका थिए । घाइते मध्ये रौतहटका शिक्षक वसन्त यादवको उपचारका क्रममा ज्यान गएको हो । गएको असोज १८ गते स्यालको टोकाइबाट घाइते हुनुभएका गरुडा नगरपालिकाका ३२ वर्षे यादवलाई उपचारका लागि काठमाडौं ल्याइएको थियो । आँखा र टाउकामा चोट लागेका शिक्षक यादवको ज्यान गएपछि आइतबार

्क्षमता भएपछि एउटा मात्र मिडियाको मुख ताकेर बस्न पर्दैनः विष्ट

्क्षमता भएपछि एउटा मात्र मिडियाको मुख ताकेर बस्न पर्दैनः विष्ट

कार्तिक, ७ मकवानपुर— पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य तथा वरिष्ठ पत्रकार प्रताप विष्टले क्षमता भएपछि एउटा मात्र मिडियाको मुख ताकेर बस्न नपर्ने बताउनुभयो । पत्रकार महिलाको पेशागत सुरक्षामा नेपाल पत्रकार महासंघको भुमिका विषयक अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि विष्टले महिला पत्रकारको क्षमता नै सबै भन्दा बलियो सुरक्षा कवच भएको बताउनुभयो ।  क्रियाशिल पत्रकार महिला (धधव) मकवानपुरको आयोजनामा

‘हामी कवि र कविता’को ३९ औं शृंखलामा मकवानपुरे कवि न्यौपाने प्रस्तुत हुँदै

‘हामी कवि र कविता’को ३९ औं शृंखलामा मकवानपुरे कवि न्यौपाने प्रस्तुत हुँदै

हेटौडा, २९ असोज  / सर्वनामको आयोजनामा हुने ‘हामी कवि र कविता’को ३९ औं शृंखलामा मकवानपुरे कवि अनिता न्यौपाने प्रस्तुत हुँदै छिन् । लामो समयदेखि साहित्य सिर्जनामा क्रियाशिल न्यौपानेले भोलि कात्र्तिक १ गते सर्वनाम र लूनकरणदास–गंगादेवी चौधरी साहित्य कला मन्दिरको आयोजनामा हुने “हामी कवि र कविता” कार्यक्रममा आफ्ना कविता

अब मौसम सफा हुने

अब मौसम सफा हुने

असोज,३० मकवानपुर—  नेपालमा सामान्य अवस्थाभन्दा बढी समयसम्म सक्रिय मनसुन बाहिरिएको मौसमविदले बताएका छन् । अक्टुबर १२ देखि नै नेपालबाट मनसुन बाहिरिने क्रम सुरु भएको थियो । पश्चिम र मध्य भेगबाट मनसुन बाहिरीसकेको छ । पूर्वी भेगमा बाँकी रहेको मनसुन पनि अब एक(दुई दिनमै बाहिरीने मौसमविद शान्ती कँडेलले जानकारी दिइन् ।   यसपटक नेपालमा जुन १५ अर्थात् असार १ गतेदेखि मनसुन सुरु भएको थियो ।

गोगने स्मार्ट यूथ क्वलका अध्यक्षमा रुपक कालिराज

गोगने स्मार्ट यूथ क्वलका अध्यक्षमा रुपक कालिराज

गोगने , २८ असोज ÷ सामाजिक सेवामा समर्पित भई गठन गरिएको गोगने स्मार्ट यूथ क्वलका अध्यक्षमा रुपक कालिराज चयन हुनु भएको छ । गोगने वडा नं. १ मा वसेको यूवाको भेलाले संञ्चारकर्मी रुपक कालिराजको अध्यक्षतमा २५ सदस्यीय कार्यसमिति चयन गरेको हो ।  कमिटिको उपाध्यक्ष वालकुमार कार्की,कोषध्यक्ष सर्मिला ढकाल ,सचिव कृष्ण गोले,सह सचिव संगीता कालिराज चयन भएका छन । कमिटिको सदस्यहरुमा अक्कल रुम्बा,राजकुमार

मामाघर नेपाल मकवानपुरलाई खसी सहयोग प्राप्त ।।

मामाघर नेपाल मकवानपुरलाई खसी सहयोग प्राप्त ।।

हेटौडा,२१ असोज /  विगत लामो समय देखि हेटौँडालाई सडक बालबालिका मुक्त बनाउने अभियानमा सकृय  मामाघर नेपाल मकवानपुरलाई दशैँका लागि खसी सहयोग प्राप्त भएको छ । थर्ड आई रिकन्डीसन हेटौँडाका सञ्चालक सुनिल गिरी र कृष्ण कोईरालाले विगतका वर्षहरुमा भैैmँ यस वर्ष पनि वडा दशैँको शुभअवसरमा १५ हजार पर्ने ३२ केजीको खसी सहयोग गरेको मामाघरले जनाएको छ । थर्ड आई रिकन्डीसन हेटौँडाका सञ्चालक सुनिल गिरीले  सामाजिक

शुभकामना सँगै टिका जमरा

शुभकामना सँगै टिका जमरा

असोज,२१ मकवानपुर— हेटौडा ६ चौघडामा रहेको प्रज्वल शिक्षा सदन इङिलस् स्कुलले शुभकामना, तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । सार्वजनिक शैक्षिक गुठिद्धारा सञ्चालित प्रज्वल स्कुलले विजय दशमी,दिपावाली र छठ पर्वको अवसरमा आज शुभकामना आदान प्रदान संगै विद्यार्थीलाई टिमा जमरा लगाइदिएर दशै मनाएको हो । विद्यालयको प्रङगणमा आयोजना गरिएको कार्यक्रममा विद्यालयका प्रन्सिपल सुनील सिवाकोटी, शिक्षक, विद्यार्थी तथा

रेडक्रस सोसाईटी उपशाखाकोे चियापन एवम् शुभकामना आदानप्रदान कार्यक्रम

रेडक्रस सोसाईटी उपशाखाकोे चियापन एवम् शुभकामना आदानप्रदान कार्यक्रम

हेटौडा,१९ असोज ÷ नजिकिदै गरेको महान चाड विजयादशमी शुभ दिपावली तथा छठ पर्बको अवसरमा नेपाल रेडक्रस सोसाईटी ८ र ९ नम्बर उप शाखाकोे आयोजनामा चियापन एवम् शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।  नेपाल रेडक्रस सोसाईटी उपशाखाका सभापति लक्ष्मण प्रसाद भण्डारीको सभाध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाल रेडक्रश सोशाईटी मकवानपुरका सभापति सुर्य चन्द्र न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो

महिला उद्यमीको दशैं शुभकामना कार्यक्रम सम्पन्न ।

महिला उद्यमीको दशैं शुभकामना कार्यक्रम सम्पन्न ।

  हेटौडा,१९ असोज ÷  मकवानपुर उद्योग वाणिज्य संघ, महिला उद्यमी विकास समितिको आयोजनामा बडादशैं, नेपाल सम्वत, तिहार तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेकोछ । संघको सभाहलमा भएको कार्यक्रम संघका पूर्व अध्यक्ष उत्तम शर्मा ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष कृष्ण कटुवाल, पूर्व अध्यक्ष दिपक

प्रति एमबी १३ पैसामै

प्रति एमबी १३ पैसामै

मकवानपुर,१९ असोज / मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले चाडपर्वको उपलक्ष्यमा सुलभ दरमा ईन्टरनेट सेवाप्रयोग गर्न सकिने ‘डे डेटा प्याक’ ल्याएको छ । यो सेवा अन्तर्गत एनसेल प्रयोगकर्ताले आज वुधबार बिहान ५ बजेदेखि बेलुका ५ बजेसम्म कर बाहेक १३ पैसा प्रतिएमबीका दरले डेटा सेवा प्रयोग गर्न सक्नेछन् ।  एक सय एमबी दैनिक प्याकका लागि २० रुपैयाँ, पाँच सय एमबीको

श्रीमद् भागवत नवाह एवं शक्ति साधना महाअनुष्ठान हेटौडा ८ कमानेमा आजबाट सुरु

हेटौडा, १५ असोज / असत्य माथि सत्यको विजय स्वरुप मानिने विजया दशमिको अवसर पारेर श्रीमद् भागवत नवाह एवं शक्ति साधना महाअनुष्ठान सुरु भएको छ । हेटौडा ८ कमानेमा आज वाट सुरु भएको महाअनुष्ठान नवरात्र अर्थात असोज २४ गते सम्म संचालन हुने छ । अनुष्ठान लोक कलयाण सेवा प्रतिष्ठान द्धारा संचालित राम जानकी वालिका कन्या गुरुकुल आश्रम चितवन र मनकामना क्षेत्र विकास समिती

बालगृहलाई हेटौँडाका सुनचाँदी व्यवसायीद्धारा लत्ताकपडा

बालगृहलाई हेटौँडाका सुनचाँदी व्यवसायीद्धारा लत्ताकपडा

हेटौडा, १५ असोज / मकवापुरको हेटौँडा ५ मा रहेको ग्रामीण जिवनस्तर सुधार मञ्चद्धारा सञ्चालित असहाय बालगृहलाई हेटौँडाका सुनचाँदी व्यवसायीहरुले लत्ताकपडा एवम् खाद्यन्न सहयोग गरेका छन । आउदै गरेको विजया दशमीको अवसरमा आज प्रदान असहाय बालगृहमा आश्रीत वालवालिकाहरुलाई एक एक जोड कपडा तथा खाद्यन्न सहयोग गरेको सुन चाँदि व्यवसायी तथा समाज सेवि राजकुमार रसाइलीले जानकारी दिनु भयो ।   हेटौँडाका

ज्योति मगरले हेटौडेली दर्शकलाई छमछमी नचाइन्

ज्योति मगरले हेटौडेली दर्शकलाई छमछमी नचाइन्

हेटौडा, १५ असोज / सूचना प्रविधिको मेला क्यान इन्फोटेक २०१६ मकवानपुरको आज पाँचौ दिन चर्चित गायिकका ज्योति मगरले हेटौडेली दर्शकलाई छमछमी नचाइन् । ज्योतिको पर्खाइमा वसेका सम्पूर्ण दर्शकलाई पिरतीमा दम छ भन्ने गीत गाए पश्चात  दर्शकको अत्याधुनिक हुटिङ पाइन् ।  पछिल्लो समय विवादमा तानिएकी ज्योति मगर कार्यक्रमको आकर्षण पात्र थिईन् । ज्योतिले तल पनि पिरलो माथि पनि पिरलो, उही मुलाको सिन्की, उही मुलाकोे

भुकम्प पिडित विद्यार्थीहरुको शैक्षिक एवं अन्य सहयोगका लागि वृहत सांस्कृतिक कार्यक्रम

हेटौँडा,१४ असोज / भुकम्प पिडित विद्यार्थीहरुको शैक्षिक एवं अन्य सहयोगको लागी आयोजना गरिएको वृहत सांस्कृतिक कार्यक्रम आज हेटौंडामा सम्पन्न भएको छ । ‘ शिक्षाका लागि संगित ’ भन्ने नाराका साथ हेटौँडा क्षेत्रका सम्पुर्ण लियो क्लबहरु र गोल्डेन स्टार इन्टरटेन्मेन्ट गु्रपको संयुक्त आयोजनामा भएकोे बृहत साँस्कृतिक कार्यक्रमका कार्यक्रम संयोजक किशोर कुमार

वालिका दिवसको अवसरमा फाखेलमा भएको अन्तर मावि स्तरिय छात्राहरुको हाजिरी जवाफ प्रतियोगितामा कालिका मावि प्रथम

हेटौडा,१३ असोज /  छैठौं वालिका दिवसको अवसरमा आज मकवानपुरको फाखेलमा भएको अन्तर मावि स्तरिय छात्राहरुको हाजिरी जवाफ प्रतियोगितामा कालिका मावि फाखेल ३ प्रथम भएको छ । प्लान ईन्टरनेश्नल नेपालको आर्थिक सहयोग र गाउँ वाल संरक्षण समिति फाखेलको आयोजनामा प्रतियोगिता गरिएको हो । प्लान ईन्टरनेश्नल नेपाल मार्खु र फाखेल विकास ईकाई संयोजक बेद बहादुर लामाको प्रमुख आतिथ्यता

दशैको अवसरमा विविध कार्यक्रम गर्दै युवा शक्ति जागरण क्लव

दशैको अवसरमा विविध कार्यक्रम गर्दै युवा शक्ति जागरण क्लव

  हेटौडा,१३ असोज / नेपालीहरुको महान पर्व विजया दशमी, दीपावली तथा छठको पूर्व सन्ध्यामा युवा शक्ति जागरण क्लवले विविध कार्यक्रमको आयोजना हर्ने भएको छ ।   युवा एकता शान्ति र समृद्धिको लागि अपरिहार्यता भन्ने मूल नाराका साथ स्थापना भएको क्लवले लागूऔषध दुव्र्यसनका बिरुद्ध जनचेतनामुलक कार्यक्रमको आयोजना गर्ने भएको हो ।  बिहीबार आज हेटौंडामा पत्रकार सम्मेलन गर्दै क्लवले १५ गते बिंगो कार्यक्रम

नेपाल बिधुत प्राधिकरण क्षेत्रिय कार्यालय हेटौडाले सुचना दिएन

असोज,१२ मकवानपुर—  राष्ट्रिय  सूचना आयोगले सूचना दिनु भनेर आदेश दिदा समेत नेपाल बिधुत प्राधिकरण क्षेत्रिय कार्यालय हेटौडाले पत्रकार हरि हुमागाँईलाई सूचना दिएको छैन । सूचना आयोगको आदेश पत्र दर्ता गरेको सात दिन भित्रमा हुमागाँईलाई सूचना दिनु भनेर दिएको आदेशको आठौ दिन सम्म पनि बिधुत प्राधिकरण क्षेत्रिय कार्यालय हेटौडाका प्रमुख ईन्जिनियर पद्माकान्त झा र सूचना

प्रेस सेन्टर नेपाल प्रदेश नम्बर दुईको उपाध्यक्ष पदमा खनाल निर्वाचित

प्रेस सेन्टर नेपाल प्रदेश नम्बर दुईको उपाध्यक्ष पदमा खनाल निर्वाचित

असोज ११ मकवानपुर÷ बिगत १५ बर्षदेखि पत्रकारिता क्षेत्रमा कृयाशिल कृष्णउदास खनाल नेकपा माओवादी केन्द्र निकटको प्रेस सेन्टर नेपालको प्रदेश नम्बर दुईको उपाध्यक्ष पदमा निर्वाचित हुनुभएको छ । सोमवार जनकपुरमा सम्पन्न भएको दुई नम्बर प्रदेशको पत्रकारहको  भेलाले खनाललाई तीन बर्षका लागि उपाध्यक्ष पदमा निर्वाचित गरेको हो ।  नेपाल पत्रकार महासंघ पर्सा शाखाका सचिव समेत रहनुभएका खनाल बारा

हेटौडा बजार अनुमनमा म्याद सकिएका खाद्य पदार्थ भेटियो

हेटौडा बजार अनुमनमा  म्याद सकिएका खाद्य पदार्थ भेटियो

हेटौंडा ०९ आश्विन / जिल्ला प्रशासन कार्यालय, क्षेत्रीय खाद्य तथा गुण नियन्त्रण कार्यालय र उपभोक्ता मञ्चको संयुक्त टोलीले आज हेटौंडा बजारका होटलहरुको भान्सा अनुगमन गरेको छ । अनुगमनका क्रममा म्याद सकिएका खाद्य पदार्थ, फोहोर लगायतका कमी कमजोरी भेटिएको थियो । अनुगमन टोलीले म्याद गुज्रिएका खाद्य पदार्थलाई आफैसंग लगेका थिए भने भान्सा घरलाई एक पटकका लागि सफा गर्न सचेत गराएको छ । हेटौंडा बजारमा रहेका

नेकपा(माओवादी केन्द्र) हेटौडा–१८ को एकता भेला सम्पन्न

नेकपा(माओवादी केन्द्र)  हेटौडा–१८ को एकता भेला सम्पन्न

हेटौडा, ९ असोज / नेकपा (माओवादी केन्द्र) हेटौडा उपमहानगरपालिका वडा नं. १८ को  एकता भेला सम्पन्न भएको छ । शनिवार भएको भेला कार्यक्रमको अध्यक्षता चुरियामाई संयुक्त वडा इन्चार्ज लिला बहादुर घलानले गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि पार्टीका केन्द्रीय सदस्य एवं उपमहानगरपालिका इन्चार्ज प्रकाश पाण्डे (प्रलोक) रहनुभएको थियो । अतिथिहरुमा पार्टी केन्द्रीय सदस्य एवम् उपमहानगरपालिका संयोजक

एलिना र देवन्त थाहा आइडल बने

हेटौडा, ९ असोज / एलिना राना र देवन्त गोपाली थाहा आइडल बन्न सफल भएका छन् । थाहा उद्योग वाणिज्य संघको आयोजनामा भएको दोस्रो थाहा महोत्सवमा थाहा आइडलको आयोजना गरिएको थियो ।  थाहा आइडल अन्तर्गत गायन तर्फ गोपाली र नृत्यतर्फ राना आइडल भएका हुन् । थाहा आइडल अन्र्तगत गायनतर्फ बिनिता गोपाली द्धितिय , सुशाल थोकर तृतीय र आयुष गोपाली सान्त्वना हुन सफल भएका छन्

आकाशगंगा ८८.५ मेगाहर्जका स्टेसन म्यानेजर ढोडारी सम्मानित

आकाशगंगा ८८.५ मेगाहर्जका स्टेसन म्यानेजर ढोडारी सम्मानित

हेटौडा,८ असोज / मकवानपुर जिल्लामा रहेर पत्रकारिता क्षेत्रमा क्रियाशिल पत्रकार मनोज ढोडारीलाई सम्मान गरिएको छ । मकवानपुरको हेटौडा ११ नवलपुरमा सञ्चालित वागेश्वरी महिला बचत तथा ऋण सहकारी संस्थाले आज शनिबार ८ औं वार्षिक साधारणसभाको अवसरमा उहाँलाई सम्मान गरेको हो  पत्रकारिताको माध्यमबाट सहकारीको विकास र प्रवद्र्धनमा समाचार सम्प्रेषण गरी सहयोग पु¥याएको भन्दै ढोडारीलाई सम्मान—पत्रले

बालअधिकार तथा किशोरी अधिकार सम्बन्धी २ दिने तालिम

बालअधिकार तथा किशोरी अधिकार सम्बन्धी २ दिने तालिम

हेटौडा,७ असोज / छतिवन गाविसका ३१ वटा विद्यालयका शिक्षकहरुलाई बालअधिकार तथा किशोरी अधिकार सम्बन्धी २ दिने तालिम दिइएको छ ।  जिल्ला शिक्षा कार्यालय मकवानपुरको सहकार्य एवम् सिविन नेपालद्धारा सञ्चालित बाल हेल्पलाइन नेपाल हेटौडाको आयोजनामा तालिम सम्पन्न भएको हो । तालिम गाउँ संरक्षण समितिका सदस्य कुमार राज स्याङ्वोको सभाध्यक्षता एवम् जिल्ला शिक्षा कार्यालयका श्रोत ब्यक्ति ललन चौधरीकोे प्रमुख आतिथ्यमा

वृद्धा आश्रमलाई लियोद्धारा खाद्यान्न तथा फलफुल सहयोग

हेटौडा,७ असोज / मकवानपुरको हेटौडा चौकीटोलमा रहेको ॐ वृद्धा आश्रममा आश्रित असहाय बृद्धबृद्धाहरुलाई खाद्यान्न तथा फलफुल सहयोग गरिएको छ । हेटौडा वजार लियो क्लवको संयोजकत्वमा चामल, दाल,आलु, तेल र फलफुल सहयोग गरेका हुन् ।  जिल्लाका सम्पूर्ण लियो क्लवहरु तथा गोल्डेन स्टार इन्टरटेन्मेन्ट गु्रपको संयुक्त आयोजनामा ‘ शिक्षाका लागि संगित ’ भन्ने नाराका साथ हुन

नयाँ शक्ति विद्यार्थी युनियन मकवानपुर बहुमुखी क्याम्पस +2 आधार समितीको प्रथम सम्मेलन सम्पन्न

नयाँ शक्ति विद्यार्थी युनियन मकवानपुर बहुमुखी क्याम्पस  +2 आधार समितीको  प्रथम सम्मेलन सम्पन्न

  हेटौंडा / ५ भदौ  नयाँ शक्ति विद्यार्थी युनियन +2 आधार समिती मकवानपुर बहुमुखी क्याम्पस को प्रथम सम्मेलन सम्पन्न भएको छ। आज भएको सम्मेलनले यनिस अधिकारीको नेतृत्वमा ५१ सदस्य समिती गठन गरेको हो । त्यस्तै उपाध्यक्ष भगवती पुडासैनी , शोनी लामा र गणेश श्रेष्ठ सचिव मदन कुमार शाह सह सचीव प्रिती लामा, मन्दिप गिरि, राकेश खत्री कोषाध्यक्ष अमीर दाहाल चयन भएका छन । साथै सम्मेलनले मदन कुमार साह लाई मधेश बिभाग संयोजक

विद्युत प्राधिकारण हेटौडा वितरण केन्द्रका कार्यालय सहयोगी ३२ हजार घुस सहित रंगेहात पक्राउ

विद्युत प्राधिकारण हेटौडा वितरण केन्द्रका कार्यालय सहयोगी ३२ हजार घुस सहित रंगेहात पक्राउ

असोज ४, हेटौंडा / अख्तियार दुरुपयोग अनुसन्धान क्षेत्रिय कार्यालय हेटौडाले विद्युत प्राधिकारण हेटौडा वितरण केन्द्रका एक कर्मचारी घुस रकम सहित प्रकाउ गरेको छ । अख्तियारको क्षेत्रिय कार्यालयबाट गएको टोलीले आज दिउँसो ३२ हजार रुपैँया घुस लिदै गर्दा धनबहादुर विकलाई नगद सहित पक्राउ गरेको हो । उनलाई विद्युत प्राधिकरण नजिगै चिया पसलबाट घुस सहित पक्राउ गरिएको हो । उनी सहित रकम मिलाउन सहयोग गरेका

माले परित्याग गरि नयाँ शक्तिमा

असोज ४, हेटौंडा ÷ नेकपा मालेका जिल्लाका प्रभावशालि नेता लगायत २५ कार्यकर्ता नयाँ शक्ति पार्टीमा प्रवेश गरेका छन् । माले जिल्ला सदस्यद्वय तिर्थराज सुवेदी र मंगल सिंह मुक्तान लगायतका कार्यकर्ता नयाँ शक्तिमा प्रवेश गरेका हुन् । नयाँ शक्ति नेपाल ३ नं प्र्रदेश सहसंयोजक सोनाम सिंह स्याडतानले वहाँहरुलाई सदस्यता प्रदान गर्नुभएको हो । नयाँ शक्ति नेपालका जिल्ला

नेपाललाई असफल राज्य घोषित गर्ने खेल ः दाहाल

हेटौडा,४ असोज /ने पाललाई असफल राज्य घोषित गरेर बहुराष्ट्रिय सेना उतार्ने तयारी रहेको राष्ट्रिय जागरण अभियान नेपालका कार्य संयोजक भरत दाहालले बताउनुभएको छ । आज हेटौंडामा भएको अभियानको भेलामा दाहालले भारत अहिले संघियता र पहिचानको लाइनबाट राष्ट्र टुक्राउने खेलमा लागिरहेको दाबी समेत गर्नुभयो । कार्यक्रममा नेकपा मालेका भिमसेन महत, राप्रपाका सिताराम बर्तौला,

होटल एशोसियटस्लाई अभिमुखीकरण

होटल एशोसियटस्लाई अभिमुखीकरण

हेटौडा,४ असोज  / मकवानपुर उद्योग वाणिज्य संघ र बाल कल्याण समाजको संयुक्त आयोजनमा हेटौडामा आज एकदिने बालश्रम न्युनिकरण सम्बन्धी अन्तक्र्रिया गरेकोछ । संघको वस्तुगतसंघ अन्तर्गतको मकवानपुर होटल एशोसियसन पदाधिकारी तथा सदस्यहरुका लागि अभिमुखीकरण तथा अन्तत्र्रिmया गरेको हो । नेपाल सरकारको बालश्रम मुक्त गराउने अभियानलाई समेत सघाउ पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो

रगत अभावलाई सहयोग स्वरुप रत्तदान

रगत अभावलाई सहयोग स्वरुप रत्तदान

 भाद, ४ हेटौडा  /  रगतको बढ्दो अभावलाई परीपुर्ति गर्न हेटौडामा भएको वृहत रत्तदान कार्यक्रममा २९ जनाले रत्तदान गरेका छन । नेपाल मानव धर्म सेवा समितिको आयोजनामा भएको रक्तदानमा ४ महिला सहित २९ जनाले दान गरेका थिए । रत्तदान कार्यक्रममा हेटौडाका सेवा समितिका पदाधिकारी, स्थानिय  वासी र व्यापारीहरुले  रक्तदान गरेका थिए । ‘रत्तदान जिवन दान आत्मा ज्ञान, अति महान सेवा गर्ने हाम्रो अभियान’

संविधान दिवसमा खुल्ला दौड प्रतियोगिता, प्रतियोगितामा गुरुङ प्रथम

संविधान दिवसमा खुल्ला दौड प्रतियोगिता, प्रतियोगितामा गुरुङ प्रथम

हेटौडा,४ असोज ÷ संविधान दिवस २०७३ को अवसरमा आज हेटौडामा भएको खुल्ला दौड प्रतियोगितामा भुपेन्द्र गुरुङ प्रथम भएका छन । ‘स्वास्थ्यका लागि खेलकुद,राष्ट्रको लागि खेलकुद’ भन्ने मुल नाराको साथ आयोजना गरेको प्रतियोगितामा गुरुङ प्रथम भए स“गै नगद २ हजार सहित प्रमाण–प्रत्र प्राप्त गरेका छन  । हेटौडाको वन विज्ञान अध्यायन संस्थानको गेट देखि मकवानपुरको उद्योग वाणिज्य सम्म २ किलोमिटर दौड

एकताको साधारण भेला

असोज ३, मकवानपुर /  एकता टोल विकास संस्था हेटौंडा २ को १६ औं साधारण सभा सम्पन्न भएको छ । सभामा कोषाध्यक्ष नर्वदा अधिकारीले आर्थिक प्रतिवेदन र सह सचिव कल्पना घिमिरेले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । असार मसान्त सम्म कुल ३४ लाख ३५ हजार ७ सय ५ का तिर्न बाँकी बचत तथा असुल गर्न बाकी ऋणको विवरण रहेको र १३ लाख १५ हजार ७ सय ५५ रुपैयाको आय तथा व्यव विवरण प्रस्तुत

प्रेस सोसाईटीको संयोजकमा ढोडारी

प्रेस सोसाईटीको संयोजकमा ढोडारी

असोज ३, मकवानपुर /  नेपाल प्रेस सोसाईटीको जिल्ला परिषद् संयोजका मनोज ढोडारी चयन भएका छन् । सोमबार सोसाइटीको प्रथम जिल्ला भेलाको बन्द सत्रले ढोडारी सहित १९ सदस्यिय जिल्ला परिषद् सर्वसम्मत चयन गरेको को । नव गठित परिषद्को सहसंयोजकद्वय केशव समर्पण र जि न्यौपाने रहेका छन् । त्यस्तै सदस्यहरु बलराम पुडासैनी, केदार ढकाल, शुशिला राई, विन्दबासिनि कंसाकार, नवराज वाइवा, सि एम रिमाल, अनन्त ढकाल, सलिना ढुंगेल,

समृद्ध महिलामा कृष्ण कुमारी

समृद्ध महिलामा कृष्ण कुमारी

    असोज ३, हेटौंडा ÷ नयाँ शक्ति पार्टी निकट समृद्ध महिला संगठनको हेटौंडा उपमहानगरपालिका १ नम्बरमा वडा भेला सम्पन्न भएको छ । भेलाले कृष्ण कुमारी सिडतानको अध्यक्षतामा २१ सदस्यिय समृद्ध महिला संगठन १ नम्बर वडा कमिटि गठन गरेको छ । नवगठित संगठनको उपाध्यक्ष पुनम बिक, सचिव गिता दाहाल, कोषाध्यक्ष रिना श्रेष्ठ र सदस्यहरु अनिता राना, भगवति रुम्बा, सन्जु मुक्तान, लक्ष्मी लामा लगायत रहेका छन्

युवा संघ कर्रा टोल कमिटीको अध्यक्षमा डंगोल

युवा संघ कर्रा टोल कमिटीको अध्यक्षमा डंगोल

हेटौडा,१ असोज / युवा संघ नेपाल ४ नम्बर वडा कमिटीको आयोजनामा २५ सदस्यीय कर्रा टोल कमिटी गठन भएको छ । रचिन डंगोलको अध्यक्षतामा कमिटी गठन भएको हो । कमिटीको उपाध्यक्षमा विशेष लामिछाने , सचिवमा संजिव देउला , सहसचिव सबिता कोइराला , कोषाध्यक्ष सुमित्रा न्यौपाने लगायत गरी २५ सदस्यीय कर्रा टोल कमिटी गठन भएको हो । कार्यक्रममा

कुश्माण्ड सरोबर त्रिबेणीधामको अध्यक्षमा पुनःन्यौपाने

कुश्माण्ड सरोबर त्रिबेणीधामको अध्यक्षमा पुनःन्यौपाने

हेटौडा,१ असोज / कुश्माण्ड सरोबर त्रिबेणीधाममा पुनः ईश्वरीप्रसाद न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । शनिबार भएको सातौँ  साधारणसभाले न्यौपानेको अध्यक्षतामा १९ सदस्यीय नयाँ समिति चयन गरेको हो । समितिका उपाध्यक्ष ३ जनामा तिलकप्रसाद दुलाल, कुमार पौडेल र मेनका दुलाललाई चयन गरिएको छ भने सचिबमा ताराप्रसाद

जनमोर्चाको केन्द्रिीय सदस्य चेपाङ सहित १ सय ५० नयाँ शक्तिमा प्रवेश

जनमोर्चाको केन्द्रिीय सदस्य चेपाङ सहित १ सय ५० नयाँ शक्तिमा प्रवेश

हेटौडा,१ असोज जनमोर्चा नेपालका केन्द्रीय सदस्य एवम् मकवानपुर जिल्ला कमिटिका बरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र चेपाङ सहित १ सय ५० जना नयाँ शक्ति पार्टीमा प्रवेश गरेका छन् । जनमोर्चाले लिएको सिद्धान्त जनहित अनुसार नभएको र पार्टीलाई एकल ढंगले चलाउन खोजिएको भन्दै जिल्ला सचिव देबेन्द्र खड्का, जिल्ला कोषाध्यक्ष शंकरबहादुर अधिकारी नयाँ शक्तिमा प्रवेश गरेका हुन् । आज हेटौंडामा भएको नयाँ शक्ति पार्टी मकवानपुरको

अन्तराष्ट्रिय चित्रकला कार्यशाला मकवानपुरको हर्नामाडीमा सुरु

अन्तराष्ट्रिय चित्रकला कार्यशाला मकवानपुरको हर्नामाडीमा सुरु

हेटौडा,१ असोज ÷ हर्नामाडी कला प्रतिष्ठानको आयोजनामा आज शनिबार देखि गुम्बाडाँडामा अन्तराष्ट्रिय चित्रकला कार्यशाला सुरु भएको हो । मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी डाक्टर मानबहादुर वि.के को प्रमुख आतिथ्यता तथा हर्नामाडी कला प्रतिष्ठानका अध्यक्ष हर्क रम्तेलको सभाध्यक्षतामा आज एक कार्यक्रमको आयोजना गरि शुरु गरिएको हो ।    कार्यशालाको एक कार्यक्रमका बिच प्रमुख जिल्ला

बाबा विश्वकर्माको पूजाआजा गरी आज विश्वकर्मा पर्व मनाईदै

बाबा विश्वकर्माको पूजाआजा गरी आज विश्वकर्मा पर्व मनाईदै

हेटौडा,१ असोज / आश्विन संक्रान्तिका दिन आज बाबा विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा पर्व मनाईदै छ । द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रका बीचमा ‘भेद द्वारका’ बनाइ लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रका बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा बसेको नेपाल

पुनमको अध्यक्षतामा नयाँ शक्तिको समृद्ध महिला

पुनमको अध्यक्षतामा नयाँ शक्तिको समृद्ध महिला

हेटौंडा, २६ भदौ । नयाँ शक्ति पार्टी नेपाल निकट महिला संगठनको अध्यक्षमा पुनम भट्टराई चयन भएकी छिन् । यस अघि अन्तरिम जिल्ला परिषद्को संयोजक रहेकी भट्टराईको अध्यक्षतामा जिल्ला भेलाले ५१ सदस्यीय समृद्ध महिला संगठन जिल्ला परिषद् मकवानपुर गठन गरेको हो । पुर्नगठित परिषदको उपाध्यक्षमा सम्पुर्णा पौडेल, सचिव कल्पना ठकुरी, सह सचिव शान्ति लो, कोषाध्यक्ष सानु लामा रहेका छन् । त्यसैगरि सदस्यहरुमा आशा दोड,

चौघडा साकोसको साधारणसभा सम्पन्न

चौघडा साकोसको साधारणसभा सम्पन्न

हेटौडा, २६ भाद्र ÷ चौघडा बचत तथा ऋण सहकारी संस्था लिमिटेड, चौघडाको आठौं बार्षिक साधारणसभा बंशगोपाल उमाविको सभाहलमा सम्पन्न भएको छ । हेटौंडा उपमहानगरपालिकाको शहरी विकास अनुसन्धान तथा वातावरण महाशाखा प्रबन्धक वि.के.महर्जनको प्रमुख आतिथ्यतामा भएको सभामा कृषि वनविज्ञान विश्व विद्यालयका सहायक डिन डा.बलराम भट्ट, हेटौंडा वडा नं ६ सचिव केशब बोहरा, संजीवनी साकोस उपाध्यक्ष दानबहादुर थापा, हेटौंडा साकोस

खैरो हेरोईन सहित २ जना पक्राउ

खैरो हेरोईन सहित २ जना पक्राउ

हेटौडा, २६ भाद्र ÷मकवानपुर प्रहरीले लागु औषध खैरो हेरोईन सहित २ जना पक्राउ गरेको छ । हेटौँडा १७ स्थित सडक खण्डमा बिरगंजबाट हेटौडा तर्फ आउदै गरेको बा.३८ प २७७२ नंम्बरको मोटरसाईकल चेकरजाँच गर्ने क्रममा बिरगंज१४ बस्ने बर्ष १६ का ईर्साद हुसेन पर्सा बैरीया बिर्ता २ बस्ने बर्ष १७ का अभिजित यादवको साथबाट लागु औषध खैरो हेरोईन १० ग्राम एकसय मिलिग्राम बरामद गरेको मकवानपुर प्रहरी प्रवक्ता बामदेव गौतमले

प्रेस चौतारी मकवानपुरको छैठौं जिल्ला अधिवेशन सम्पन्न,अध्यक्षमा प्रकाश दाहाल चयन

प्रेस चौतारी मकवानपुरको छैठौं जिल्ला अधिवेशन सम्पन्न,अध्यक्षमा प्रकाश दाहाल चयन

रुपक कालिराज २५ भदौ, हेटौंडा । प्रेस चौतारी मकवानपुरको छैठौं जिल्ला अधिवेशन हेटौडामा शनिवार सम्पन्न भएको छ । अधिवेशनले विभिन्न प्रतिवेदनहरू पारित गर्नुका साथै तीन वर्षको लागि नयाँ कार्यसमिति चयन  गरेको छ । नयाँ कार्यसमितिको अध्यक्षमा प्रकाश दाहाल, उपाध्यक्षमा रामशरण दुलाल, सचिवमा दिपेन्द्र रोक्का, सह—सचिवमा पुष्पराज अधिकारी, कोषध्यक्षमा अम्रिता नेपाल र सदस्यहरुमा रुपक कालिराज,

मामाघरमा संरक्षित भान्जाहरुलाई शैक्षिक सामाग्री

मामाघरमा संरक्षित भान्जाहरुलाई शैक्षिक सामाग्री

हेटौडा,२३ भाद्र ÷  लियो क्लव अफ भुटनदेविले मामाघरमा संरक्षित भान्जाहरुलाई शैक्षिक सामाग्री प्रदान गरेको छ । आज राष्ट्रिय शिक्षा तथा विश्व साक्षरता दिवस अवसर पारि क्वलले भान्जाहरुलाई कापी,कलम सिशाकलम,ज्यामिति वक्स, कलर पेन्सिल, इलेजर ,कटर वक्स लगायत सामाग्री वितरण गरिएको कार्यक्रमका संयोजक पंकज यादवले जानकारी दिनु भयो ।  मामाघरमा भान्जाहरुको शैक्षिक क्षेत्रमा केहि सुधार तथा सामाजिक

रोट¥याक्ट क्लव अफ मकवानपुरको रक्तदान कार्यक्रममा २६ जनाले रक्तदान गरे

रोट¥याक्ट क्लव अफ मकवानपुरको रक्तदान कार्यक्रममा २६ जनाले रक्तदान गरे

हेटौडा,२१ भाद्र /रोट¥याक्ट क्लव अफ मकवानपुरले हेटौँडा–६ चौघडामा गरेको रक्तदान कार्यक्रममा २६ जनाले रक्तादान गरेका छन् । पछिल्लो समय मकवानपुरमा रगतको अभाव भएको जानकारी आएपश्चात त्यसलाई मध्यनजर गर्दै आयोजना गरिएको रक्तदानमा २६ जनाले रक्तदान गरेका हुन् । रोट¥याक्टको मातृशाखा रोटरी क्लव अफ मकवानपुरका बर्ष २०१७÷१८ का लागि निर्वाचित अध्यक्ष पुरनबहादुर जोशीको प्रमुख आतिथ्यतामा भएको रक्तदान

उद्योग वाणिज्य संघको स्वागत कार्यक्रम

उद्योग वाणिज्य संघको स्वागत कार्यक्रम

श्रावण २८ । मकवानपुर उद्योग वाणिज्य संघले आज त्रियुगा उद्योग वाणिज्य संघको अध्ययन अवलोकन टोलीलाई स्वागत कार्यक्रम आयोजना गरेकोछ । नेपालका विभिन्न पर्यटकीय स्थलको भ्रमण र जिल्लाहरुका उद्योग वाणिज्य संघहरुसँग त्रियुगा उद्योग वाणिज्य संघले कसरी सहकार्य गरी अघि बढ्न सक्छ ? भन्ने उद्देश्यले भ्रमणको आयोजना गरिएको त्रियुगा उद्योग वाणिज्य संघका

चुरेलाई वातावरण क्षेत्र घोषणा गरेकोमा विरोध

 साउन,१६ मकवानपुर— सरकारले चुरे क्षेत्रलाई वातावरण संरक्षण ऐन २०५३ बमोजिम वातावरण क्षेत्र घोषणा गरेकोमा सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरले विरोध गरेको जनाएको छ । वन ऐन २०४९ को उल्लघन हुने गरी सरकारले संचालन गरेको राष्ट्रपति चुरे मधेश तराई संरक्षण विकास समिति गठन बारेमा महासंघले शुरु देखिनै विरोध गर्दै आएको थियो । स्थानीय उपभोक्ताहरुले परापूर्वकाल देखि नै

एक हजार उजुरी फर्छ्र्यौट

साउन,१३ मकवानपुर— अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाले आव ०७२।०७३ मा २ हजार ८३ उजुरी परेको जनाएको छ । गत आर्थिक वर्षको ७५५ उजुरी समेटेर २ हजारको उजुरी परेको र त्यसमध्ये एकहजार २७ उजुरीको फर्छ्यौट गरिएको आयोगका प्रमुख डुल्लुराज बस्नेतले जानकारी दिनुभयो ।   कुल २ हजार ८३ उजुरी परेको मध्ये हेटौंडा कार्यालयले १ हजार २७ र बर्दीबास कार्यालयले ३ सय ८३