ON AIR

स्मृतीमा एउटा कथा (repeat)

UP NEXT

राष्ट्रिय खबर

ताजा अपडेट :

स्थानिय समाचार

मकवानपुरमा पनि बन्दको प्रभाव

मकवानपुरमा पनि बन्दको प्रभाव

  हेटौडा,१० श्रावन  / नेत्र विक्रम चन्द नेतृत्वको नेकपा माओवादीले आह्वान गरेको नेपाल बन्दको प्रभाव मकवानपुरमा पनि सामान्य परेको छ । हेटौडाका उपत्यका लगायत आसपासका क्षेत्रमा पनि बन्दको ठूलो प्रभाव नपरे पनि सार्वजनिक सवारी साधनहरु अरु दिनको तुलनामा कम चलेका छन् । लामा तथा छोटो दुरीका सवारी साधान भने चलेका छैन । उपत्यका लगायतका प्रमुख शहरमा पसल,स्कूल बन्द भएका छन् । आज विहानै देखि त्यस्त

आज साउने सोमबार, बोलबम यात्रा शुरु

आज साउने सोमबार, बोलबम यात्रा शुरु

साउन,३ हेटौडा— साउन महिनाको पहिलो सोमबार आज हिन्दू धर्माबलम्बी महिलाहरुले भगवान शिवको पूजा आराधना गरी मनाउँदैछन् । साउनको सोमबार शिवको पूजाआजा गर्दा मनोकाक्षा पूरा हुने विश्वासका साथ बिहानैदेखि महिला दिदीबहिनीहरु हेटौडा ४ मा रहेको पशुपतीनाथको मन्दिरमा गएर पूजाआजा गरिरहेका छन् । विशेषगरी महिलाहरुले हरियो रंगका वस्त्र, चुरा र मेहंदी लगाएर भगवान शिवको पूजा तथा आराधना गरी ब्रत बस्ने गर्छन । साउन महिनाको

पाँच जोडी आदर्श दम्पत्तिलाई जिल्ला विकास समिति मकवानपुरले सम्मान ग¥यो

पाँच जोडी आदर्श दम्पत्तिलाई जिल्ला विकास समिति मकवानपुरले सम्मान ग¥यो

हेटौडा,२७ असार  /  सुरक्षित भविष्यको लागि किशोरीमा लगानी भन्ने नारा सहित विश्व जनसंख्या दिवसको अवसरमा जिल्ला विकास समिति मकवानपुरले पाँच जोडी आदर्श दम्पत्तिलाई आज सम्मान गरेको छ । एक वा दुईवटा सन्तान भएर स्थायि बन्ध्याकरण गर्ने जिल्लाका ५ दम्पत्तिलाई आदर्श दम्पत्ति घोषण गरि नगद तथा दोसल्ला ओढाएर प्रमुख जिल्ला अधिकारी डा। मानबहादुर विकले सम्मान गर्नुभएको हो । सम्मानित हुनेहरुमा गाविस सचिव

मकवानपुरमा ‘प्रहरी मेरो साथी’ अभियान सुरु

मकवानपुरमा ‘प्रहरी मेरो साथी’ अभियान सुरु

हेटौडा,२७ असार / नेपाल सरकारले नीति तथा कार्यक्रमभित्र समेटेर सञ्चालन गर्न लागेको प्रहरी मेरो साथी कार्यक्रम मकवानपुरमा पनि शुभारम्भ गरिएको छ । आज एक कार्यक्रमविच मध्य क्षेत्रिय प्रशासन कार्यालयका क्षेत्रिय प्रशासक मुकुन्दराज प्रकाश घिमिरेले प्रहरी मेरो साथीको ब्यानर अनावरण गरि शुभारम्भ गर्नुभएको हो । प्रहरी जनतासम्म पुग्नु तथा जनता पनि प्रहरी सम्म पुगेर गुनासाहरु गर्न सक्न यस कार्यक्रमले

थाहाको समग्र विकासको लागि आफु प्रतिवद्ध : थापा

थाहाको समग्र विकासको लागि आफु प्रतिवद्ध : थापा

 थाहानगर,२६ असार / जनताको गुनासो सुन्न आज मकवानपुरको उत्तरी थाहामा पुग्नु भएका माननिय सांसद गणेश थापाले अबको राजनिति विकासको राजनिति भएको बताउदै सम्पूर्ण दललाई विकासको राजनिति गर्नको लागि आग्रह गर्नुभयो ।  राप्रपा नेपाल थाहा नगर कमिटिले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमको सम्वोधन गर्दै जनताले विकास चाहेकाले आफु भाषण भन्दा पनि काम गरेर देखाउने र  थाहाको समग्र विकासको लागि आफु

मकवानपुरमा ‘प्रहरी मेरो साथी’ कार्यक्रम सञ्चालन हुँदै

मकवानपुरमा ‘प्रहरी मेरो साथी’ कार्यक्रम सञ्चालन हुँदै

हेटौडा ,२६ असार ÷अपराध रोकथाममा प्रहरीको एकल प्रयासमा मात्रै प्रभावकारी नहुने ठहर गर्दै नेपाल सरकारले ‘प्रहरी मेरो साथी’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । आर्थिक वर्ष २०७२÷७३ को बजेटमा ‘प्रहरी मेरो साथी’ कार्यक्रम प्रभावकारी ढंगबाट शुभारम्भ गर्नको लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरले भोलि २७ गते सोमबार वृहत अन्तरक्रिया गर्ने भएको छ ।   मध्यमाञ्चलन क्षेत्रिय प्रशासक

राष्ट्रिय वाणिज्य संघको हातमा एमाले कप फुटबलको उपाधि

राष्ट्रिय वाणिज्य संघको हातमा एमाले कप फुटबलको उपाधि

    हेटौँडा,२५ असार ÷नेकपा एमाले निकट नेपाल खेलकुद महासंघ मकवानपुर क्षेत्र नं ३ को आयोजनामा भएको प्रथम पहिलो अन्तर भातृ संगठन स्तरीय एमाले कप फुटबल प्रतियोगिताको उपाधि नेपाल राष्ट्रिय वाणिज्यले हात पारेको छ । आज भुटनदेबी उच्च माविको खेल मैदानमा भएको फाइनल खेलमा संघले अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्षेत्र नं ३ क्षेत्रीय कमिटीलाई ४–१ गोल अन्तरले पराजित गर्दै

हेटौैडा रंगशाला निमार्ण कार्य तिव

हेटौैडा रंगशाला निमार्ण कार्य तिव

हेटौडा,२४ असार /  हेटौैडा रंगशाला निमार्ण कार्य तिव्र गतिमा अघि वढि रहेको छ ।  आगामी २ वर्षमा कम्पाउण्ड वाल र पाराफिड निमार्ण भई सक्ने निमार्ण समितिले दावि गरेको छ । विहिवार हेटौडामा प्रत्रकार सम्मेलनको आयोजना गरि हेटौडा रंगशाला निमार्ण समितिका संयोजक भिमशेन महतले अहिले निमार्णको काम तिव्र गतिमा भइरहेको बताउनु भयो । महतले सो निमार्णको लागि १५ करोट लाग्ने अनुमान रहेको बताउदै जनस्तरबाट

पानीपुरी र चटपटे बिक्री गरेको पैसा हेटौंडाका किशोरीहरुद्धारा बृध्दाश्रमलाई हस्तान्तरण

पानीपुरी र चटपटे बिक्री गरेको पैसा हेटौंडाका किशोरीहरुद्धारा बृध्दाश्रमलाई हस्तान्तरण

हेटौडा,२३ असार  /  हेटौंडाका किशोरीहरुले बृध्दबृध्दाप्रति सेवा र समर्पणको भाब प्रस्तुत गरेर एउटा अनुकरणीय काम गरेका छन । बृध्दबृध्दा राष्ट्रका जिउदा इतिहास हुन उनीहरुलाई माया प्रेम र सहानुभूति हामी सबैले गर्नुपर्दछ ।आज Woman Room Reloaded WWR  हेटौंडा मकवानपुरकी बिपन्नता शर्माले एक समारोहका बिच दिव्य सेवा निकेतन ज्येष्ठ नागरिक आश्रय

जिवीसले सुचना नदिएको भन्दै पत्रकार अधिकारीले आयोगमा मुद्दा दर्ता गरे

जिवीसले सुचना नदिएको भन्दै पत्रकार अधिकारीले आयोगमा मुद्दा दर्ता गरे

हेटौडा,२३ असार / जिल्ला विकास समिति मकवानपुरले पत्रकार गिरिजा अधिकारीले मागेको सूचना सार्वजनिक सरोकारको नभएको भन्दै सूचना नदिने निर्णय गरेको छ । जिल्ला विकास समितिको सो निर्णयपछि पत्रकार अधिकारीले राष्ट्रिय सूचना आयोगमा मुद्धा दर्ता गर्नुभएको छ । पत्रकार गिरिजा अधिकारीले मकवानपुरका खोलानदीमा भइरहेको नदिजन्य बस्तुको उत्खनन्, संकलन र निकासीसँग सम्बन्धीत विषयमा सूचना माग गर्दै जेठ २५ गते

बज्रवाराहीमा नेपाल राष्ट्रिय शिक्षक संगठनको भेला सम्पन्न

थाहानगर,असार /  नेपाल राष्ट्रिय शिक्षक संगठन क्षेत्र नं २ को आयोजनामा ईलाका नं १० र १३ को संयुक्त शिक्षक भेला सुनौला मावि बज्रवाराहीमा विषेश कार्यक्रम सहित सम्पन्न भएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठन क्षेत्र नं २ का अध्यक्ष रुपचन्द्र गोपालीको अध्यक्षतामा भएको कार्यक्रममा ईलाका नं १० र १३ अन्तर्गतका थाहा नगरपालिका तथा टिष्टुङ,चित्लाङ,मार्खु,कुलेखानी,फाखेल र

एक दर्जन कलाकारले कला प्रस्तुत गरे

एक दर्जन कलाकारले कला प्रस्तुत गरे

हेटौंडा, २० असार / हेटौँडामा आयोजित साँङ्गीतिक कार्यक्रम एक दर्जन कलाकारले गित प्रस्तुत गरेका छन् । कार्यक्रममा प्रमेन्द्र महर्जन, कृष्ण गोपाल सिँह, सुनिता शर्मा लुईटेल, बाबु क्षेत्री, राजकुमार रसाईली, सुनिल केशी, कबिराज हुमागाई लगाएतका कलाकारले गित गाएका थिए । कार्यक्रममा सुनिल केशी, प्रलय चौलागाई, मनोज शाही, पुष्प शिवाकोटी, तुलुक लामा, ज्ञानबीर लामा

मैनालीको २७ औँ विवाह वर्षगाँठको अवरमा मामाघर नेपाल मकवानपुरलाई खाद्यान्न सहयोग

मैनालीको २७ औँ विवाह वर्षगाँठको अवरमा मामाघर नेपाल मकवानपुरलाई खाद्यान्न सहयोग

हेटौंडा, २० असार /  हेटौंडा—४ निवासी राजन मैनालीले आफ्नो २७ औँ विवाह वर्षगाँठको अवरमा मामाघर नेपाल मकवानपुरलाई खाद्यान्न सहयोग गर्नुभएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी डा. मानबहादुर बिकको प्रमुख आतिथ्यतामा भएको सहयोग हस्तान्तरण कार्यक्रममा असहाय अनाथ (हाम्रो घर) का अध्यक्ष बालकुमारी डल्लाकोटी, पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष गिरीजा अधिकारी, राप्रपाका क्षत्रीय अध्यक्ष सिताराम

पहिरोका कारण अबरुद्ध हेटौडा(कुलेखानी सडक खण्ड खुल्यो,, फाखेलमा भने सडक अवरुद्ध

पहिरोका कारण अबरुद्ध हेटौडा(कुलेखानी सडक खण्ड खुल्यो,, फाखेलमा भने सडक अवरुद्ध

हेटौंडा, १८ असार / मदन भण्डारी राजमार्गमा पर्ने हेटौडा(कुलेखानी सडक खण्डको सिस्नेरी(३ अमलडाँडामा शुक्रबार पहिरो लडेर अबरुद्ध भएको सडक खुलेको छ । अमलडाँडामा पहिरो गएपछि विकल्पको रुपमा प्रयोग गरिएको फाखेलमा भने सडक अबरुद्ध भएको छ ।  फाखेलको सडक भने शनिबार दिउँसोदेखि अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक बामदेब गौतमले बताउनुभयो । फाखेलको सुकौरा भन्ने स्थानमा सडक अबरुद्ध

एसएलसी २०७२ का सफल विद्यार्थीहरुलाई बधाई तथा विदाई

एसएलसी २०७२ का सफल विद्यार्थीहरुलाई बधाई तथा विदाई

  हेटौंडा, १८ असार / एसएलसीमा सफल विद्यार्थीहरुलाई तासिर इङ्लीस बोर्डिङ् स्कुल हेटौँडा–७ ले बधाई तथा विदाई कार्यक्रम गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मिठ्ठे बहादुर कार्कीको प्रमुख आथित्यतामा भएको कार्यक्रममा संस्थापक संचालक राजन थापा, अभिभावक शिक्षक संघका अध्यक्ष नवराज खतिवडा, पूर्व वडा अध्यक्ष रामशरण गौतम लगायतको आथित्यता रहेको थियो ।  कार्यक्रम विद्यालयका प्रिन्सिपल

निवर्तमान संयोजकलाई विदाइ

हेटौडा,१६ असार÷ जनप्रिय उमावि श्रोत केन्द्र स्तरीय सैक्षिक समन्वय समिती हेटौडा हर्नामाडीले निवर्तमान संयोजक लाई विदाई गरेको छ । आज एक कार्यक्रमको आयोजना गर्दै समितीले निवर्तमान संयोजक शिव दयाल यादव लाई विदाई सगै ३९ वर्ष शिक्षा क्षेत्रमा रहेक कार्यगरेको भन्दै कदर पत्र सहित सम्मान पनि गरेको थियो । सोहि कार्यक्रमका विच गत महिना जनप्रिय श्रोत केन्द अन्तर्गतका

सुचनाको हक सम्वन्धी अन्तरक्रिया

सुचनाको हक सम्वन्धी अन्तरक्रिया

हेटौडा,१६ असार÷ राष्ट्रिय सुचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटाले नेपालमा सूचनाको हक सम्बन्धी ऐन ढिलो ल्याएका कारण बढी भ्रष्टाचार मौलाएको बताउनुभएको छ । नेपाल पत्रकार महाँसंघ मकवानपुर शाखाको आयोजनामा सुचनाको हक सम्बन्धी आज हेटौडामा आयोजित अन्तरक्रिया कार्यक्रमका अबसरमा सुचनाको हक सम्बन्धी कानुन पुर्ण रुपमा कार्यनयन गर्न आयोग तयार रहेको बताउनुभएको छ ।  आम जनताले मागेकै आधारमा

४५ हजार घूस रकम सहित खानेपानी तथा सरसफाई डिभिजन कार्यालय हेटौँडाका इन्जिनियर महर्जन पक्राउ

४५ हजार घूस रकम सहित खानेपानी तथा सरसफाई डिभिजन कार्यालय हेटौँडाका इन्जिनियर महर्जन पक्राउ

हेटौंडा , ७ असार /  विप्लव नेतृत्वको माओवादीले खानेपानी तथा सरसफाई डिभिजन कार्यालय हेटौँडाका इन्जिनियर रमेश महर्जनलाई घूस रकम लिँदै गर्दा पक्राउ गरेको छ ।  कार्यालय परिसरमै ४५ हजार घूस रकम सहित बुधबार २ः३० बजे महर्जन पक्राउ परेका हुन् । मकवानपुरगढी ५ स्थित देवीडाँडा खानेपानी उपभोक्ता समितिका अध्यक्ष भागवत घिमिरे र सचिव गोपाल प्रसाद तिमल्सिनासँग घूस लिँदै गर्दा उनीहरु सहितलाई पक्राउ गरि

३ दिने टोल विकास संस्था गठन तथा परिचालन सम्वन्धी अभिमुखिकरण कार्यक्रम हेटौडामा सम्पन्न

३ दिने टोल विकास संस्था गठन तथा परिचालन सम्वन्धी अभिमुखिकरण कार्यक्रम हेटौडामा सम्पन्न

टोल विकास संस्था नगर समन्यन समिति हेटौडा उप महानगरपालिकाको आयोजनामा ३ दिने टोल विकास संस्था गठन तथा परिचालन सम्वन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । संस्थाका अध्यक्ष इश्वार ढुङगानाको सभाध्यक्षता तथा हेटौडा उपमहानगरपालिका प्रमुख एवम् कार्यकारी अधिकृत सुदेव कुमार पोखरेलको प्रमुख आतिथ्यतामा भएको थियो ।  २ सय ५० जना सहभागिता रहेका अभिमुखिकरण कार्यक्रममा हेटौडा उप महानगरपालिका कार्यालयका

४ दिने “सकरात्मक सोच अभिवृद्धि सम्बन्धित अनुशिक्षण” कार्यक्रम

हेटौडा,२६ जेठ ÷ मामाघर नेपाल मकवानपुरद्धारा आयोजित ४ दिने “सकरात्मक सोच अभिवृद्धि सम्बन्धित अनुशिक्षण” कार्यक्रम अन्तर्गतको दोस्रोे दिनको कार्यक्रम सम्पन्न भएको छ । मामाघर नेपाल मकवानपुरको अध्यक्ष शालिकराम ढकालको सभाध्यक्षता तथा हेटौडा उपमहा नगरपालिकाका सामाजिक शाखा प्रमुख एवम प्रवक्ता भिम प्र. तिमल्सिनाको प्रमुख आतित्थ्यतामा कार्यक्रममा भएको थियो । उक्त

राप्रपा नेपाल मकवानपुरको अध्यक्षमा न्यौपाने

राप्रपा नेपाल मकवानपुरको अध्यक्षमा न्यौपाने

हेटौडा,२५ जेठ / राप्रपा नेपाल मकवानपुरको अध्यक्षमा रामहरि न्यौपाने निर्विरोध चयन भएका छन् । मङ्गलबार भएको जिल्ला परिषद् बैठकले न्यौपानेलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । परिषद् बैठकले ३८ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको सदस्यमा शिवराम थापा खिलप्रसाद चौलागाईं खड्गबहादुर लामा लगायत रहेका छन् । अध्यक्षमा चयन भएका न्यौपानेले सबैलाई समेट्दै पार्टीको विधान बमोजिम अघि बढ्ने बताए । उनले

विद्यार्थीद्वारा बाटो सरसफाई

विद्यार्थीद्वारा बाटो सरसफाई

हेटौँडा, २३ जेठ ÷४४ औं विश्व वातावरण दिवसको अवसरमा विद्यार्थीहरुले बाटो सरसफाई गरेका छन् हेटोंडा २ स्थित श्रीदेवी निम्न माध्यमिक विद्यालयका विद्यार्थी र शिक्षक मिलेर विद्यालय परिसर लगायत वनस्खण्डी क्षेत्र सरसफाइ गरेका हुन् । विद्यालय अगाडीको बाटोमा रहेको छाडी फडान र बाटो सफा गरिएको विद्यालयका प्रधानाध्यापक नवराज पौडेलले जानकारी दिनुभयो । यसै क्रममा विद्यार्थीलाई जल जंगल तथा वातावरण सफा राख्ने विषयमा

हेटौंडामा वातावरण दिवश सम्पन्न

हेटौंडामा वातावरण दिवश सम्पन्न

हेटौंडा, २३ जेठ /  ‘हाम्रो जीवजन्तु हाम्रो वातावरण र वन, संरक्षण गरौ यसलाई सम्पूर्ण तन मन र धन’ भन्ने मुल नारा सहित हेटौँडामा ४४ औ विश्व वातावरण दिवस मनाईएको छ । आइतबार हेटौँडामा बृहत कार्यक्रमको आयोजना गरि वातावरण दिवस मनार्ईएको हो । टोल विकास संस्था नगर समन्वय समिती हेटौँडा उपमहानगरपालिकाको आयोजनामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथी रहेको मध्यमाञ्चल क्षेत्रीय प्रशासक मुकुन्दराज प्रकाश

ह्ेटौडामा एक हप्ते वनस्पति गुँइठा बनाउने तालिम शुरु ।

हेटौडा,/ २१ जेठ समाज सुधार तथा संरक्षण केन्द्र हेटौडा ८ को आयोजना र जिल्ला विकास समिति मकवानपुरको आर्थिक सहयोगमा एक हप्ते वनस्पति गुँइठा बनाउने तालिम शुरु भएको छ  । जिल्ला विकास समिति मकवानपुरका सामाजिक विकास अधिकृत राम कृष्ण थापाको प्रमुख आतिथ्यता रहेको तालिममा २५ जनाका सहभागिता रहेको छ । समाज सुधार तथा संरक्षण केन्द्र हेटौडा ८ का अध्यक्ष टिका कुमारी वोगटीको

बक्तृत्वकला प्रतियोगितामा बोगटी प्रथम

हेटौडा,/ २१ जेठ वातावरण दिवसमा बिद्यालयमा बक्तृत्वकला ४४ औँ बिश्व वातावरण दिवसका अवसरमा मकवानपुरको गढी ४ मा रहेको बंशगोपाल माबिमा आज(शुक्रबार) बक्तृत्वकला प्रतियोगिता भएको छ । स्वच्छ वातावरण, स्वस्थ जीवन बिषयक प्रतियोगितामा ११ जना बिद्यार्थीको सहभागिता रहेको थियो । प्रतियोगितामा कक्षा १० का देवबहादुर बोगटी प्रथम, कक्षा ८ की सामना फुयाँल दोश्रा, कक्षा ९ का

राप्रपा नेपाल मकवानपुरको जिल्ला अधिबेशन आगामी जेष्ठ २५ गते

राप्रपा नेपाल मकवानपुरको   जिल्ला अधिबेशन आगामी जेष्ठ २५ गते

राप्रपा नेपाल मकवानपुरको   जिल्ला अधिबेशन आगामी जेष्ठ २५ गते हेटौडा, / २१ जेठ आगामी जेष्ठ २५ गते हुने  जिल्ला अधिबेशनको तयारी स्वरुप राप्रपा नेपाल मकवानपुरले समिति गठन गरेको छ । पार्टि कार्यलयमा आज भएको क्षेत्रिय समिक्षा बैठक तथा जिल्ला अधिवेशन तयारीको लागि भएको भेलाले अधिबेशनको उद्घाटन सत्रलाई भब्यतापुर्बक ब्यबस्थित ढंगबाट आयोजना गर्ने निर्णय गर्दै बिभिन्न ७ उपसमितिहरु गठन गरेको हो । बैठकले

नेपाल तरुण दल मकवानपुर जिल्लाको अधिवेशन असार ३ गते

नेपाल तरुण दल मकवानपुर जिल्लाको अधिवेशन असार ३ गते

हेटौडा,/ २१ जेठ नेपाल तरुण दल मकवानपुर जिल्ला अधिवेशनको मिति सरेको छ । जेठ २५ गतेको लागि तय गरिएको अधिवेशन पूर्णकालीन सदस्य समयमै नआएका कारण क्षेत्र र नगर अधिवेशन सरेपछि जिल्ला अधिवेशनको मिति पनि सरेको हो । दल जिल्ला अध्यक्ष सुनिलकुमार दाहालको अध्यक्षतामा शुक्रबार भएको जिल्ला कमिटीको बैठकले आगामी असार ३ गते हेटौंडाको पल्पसा सभाहलमा जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो । बैठकले जेठ २८ गते नगर र जेठ ३२

एमालेको केन्द्रीय विभागमा मकवानपुरका १२ जना एमाले नेताहरु चयन ।।

एमालेको केन्द्रीय विभागमा मकवानपुरका १२ जना एमाले नेताहरु चयन ।।

हेटौडा, / २१ जेठ    महाधिवेशन सम्पन्न भएको २ वर्षपछि एमालेले विभागका सदस्यहरुको नाम टुङ्गो लागेको छ । आज पत्रकार सम्मेलन मार्फत सार्वजनिक नाममा मकवानपुरका १२ जना रहेका छन् । एमाले विभागहरुको पूर्ण नामावलीमा मकवानपुरका एमाले नेताहरु मध्ये  श्रम तथा रोजगार विभागमा डा रामहरि लामिछाने, पार्टी स्कुल विभागमा रामेश्वर राना, पर्यटन विभागमा जिस्वाँ तुलाधर श्रेष्ठ, उपभोक्त हित विभागमा सुभाषचन्द्र ठकुरी,

लोकगीत प्रतियोगितामा ८ नम्बर वडा प्रथम

लोकगीत प्रतियोगितामा ८ नम्बर वडा प्रथम

हेटौडा,  २१ / जेठ विश्व वातावरण दिवसको अवसरमा आयोजना गरिएको लोकगीत प्रतियोगितामा हेटौंडा उपमहानगरपालिका नम्बर वडा ८   प्रथम भएको छ । हेटौडा उपमहानगरपालिकाका योजना अनुसन्धान तथा वातावरण महाशाखाका प्रवन्धक वि.के मर्हजनको प्रमुख आतिथ्यतामा भएको प्रतियोगितामा सृजना समुह द्धितिय,सृष्टि समुह तृतिय, हेटौडा एकेडेमी र जिएस निकेतम सान्त्वना भएका छन । ४४ औँ विश्व वातावरण दिवस मुल आयोजक समितिको आयोजनामा

फापरबारी वाल क्लवमा थोकर

हेटौडा,१७ जेठ / मकवानपुरको फापरबारीमा गणतन्त्र दिवसका अवसरमा गाविस स्तरिय बालभेला भएको छ । भेलामा बालबालिकालाई बाल अधिकार र किशोरी प्रजनन् स्वास्थ्य सम्बन्धि अभिमुखीकरण प्रदान गरिएको छ । गाउ विकास समिती फापरबारी र गाउँ बाल संरक्षण समिती फापरबारीको संयुक्त आयोजनामा भएको कार्यक्रममा बाल कल्याण समाज मकवानपुरका बालअधिकारकर्मी नकुलप्रसाद चौलागाईंले बालअधिकार

राप्रपा नेपालको थाहानगर अधिवेशन सम्पन्न, अध्यक्षतामा कार्की सर्व सम्मत् निर्वाचित

राप्रपा नेपालको थाहानगर अधिवेशन सम्पन्न, अध्यक्षतामा कार्की सर्व सम्मत् निर्वाचित

थाहानगर,१७ जेठ / राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको थाहानगर अधिवेशन सम्पन्न भएको छ । पार्टीको पहिलो नगर अधिवेशनबाट हरेराम कार्की अध्यक्षतामा सर्व सम्मत् निर्वाचित भएका छन् ।   कार्की थाहानगर तदर्थ समितिका संयोजक समेत थिए । कार्की थाहा नगरस्तरीय नगर राजनीतिक संयन्त्रमा सब भन्दा कान्छा नगर अध्यक्ष हुन् । समितिको उपाध्यक्षमा शंकर महर्जन र कल्पना खड्का,सचिवमा प्रमोद केसी तथा सहसचिवमा नवीन

थाहाका पाख्रिन विगत २३ दिनदेखि बेपत्ता

थाहाका पाख्रिन विगत २३ दिनदेखि बेपत्ता

थाहा नगर, १७ जेठ / उत्तरी मकवानपुरको थाहा नगरपालिका वडा नं. ६ निवासी ४० वर्षीय भीमसेन पाख्रिन विगत २३ दिनदेखि बेपत्ता हुनु भएको छ । आफन्त, छरछिमेकमा खोजी गर्दा कतै पनि पाख्रिन नभेटिएपछि उहाँको श्रीमतीले खोजी कार्यमा सहयोग गरिदिन सबैमा आग्रह गर्नु भएको छ  । पाख्रिन पुसदेखि शिवम् सिमेन्ट कारखानामा कार्यरत् रहेका थिए । गत २५ वैशाख पछि काममा नगएको भन्ने खबर पाएपछि उनका परिवारले उनको खोजी शुरु गरेको थियो

५२ जनाद्धारा रत्तदान

५२ जनाद्धारा रत्तदान

हेटौडा,१७ जेठ / हाम्रो जिवजन्तु , हाम्रो वातावरण र वन संरक्षण गरौँ लगाई सम्पूर्ण तन,मन र धन भन्ने मुलको नारा साथ विश्व वातवरण दिवशको अवसरमा आज सोमवार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । विभिन्न कार्यक्रम गरि भव्यता एवं उल्लासपुर्ण तरिकावाट मनाउने कार्यक्रम अन्तरगत आज पहिलो दिन टोल विकास नगर समन्वय समिति हेटौडाको आयोजनामा गरिएको कार्यक्रममा ५२ जनाले रत्तदान गरेका थिए । जसमा १४ जना महिला र ३८ जना पुरुष

वनडढेलो नियन्त्रण गर्ने सामाग्री वितरण

वनडढेलो नियन्त्रण गर्ने सामाग्री वितरण

हेटौडा, १६ जेठ ÷ जिल्ला वन कार्यालय, मकवानपुरले वनडढेलो नियन्त्रण गर्ने सामाग्री वितरण गरेको छ । जिल्लाका ४ वटा सामुदायिक वन समूहहरुलाई उक्त सामाग्री उपलव्ध गराएको हो । हेटौडा ६ चौघडामा रहेको रानी सामुदायिक वन, हेटौडा ८ मा रहेको चित्रेपानी सामुदायिक वन, हर्नामाडीमा रहेको ज्योति सामुदायिक वन र चुरियामाईमा रहेको जरुङशक्ति सामुदायिक वन समूहलाई उक्त सामाग्री हस्तान्तरण गरिएको सहायक वन अधिकृत

अष्ट्रेलियन नागरिकद्धारा सुकुम्बासीलाई खाद्यन्न सहयोग

अष्ट्रेलियन नागरिकद्धारा सुकुम्बासीलाई खाद्यन्न सहयोग

हेटौडा, १६ जेठ ÷ अष्ट्रेलियन नागरिकले हेटौंडा–११ झोलुङ्गे पुल मुनीका सुकुम्बासीलाई खाद्यन्न उपलब्ध गराएका छन् । उनीहरुले ३६ सुकुम्बासी परिवारलाई खाद्यन्न उपलब्ध गराएको हो । ५ अष्टे«लियन नागरिकले केही समयअघि जिल्ला वनले उनीहरुको झुपडीमा आगो लगाएपछि दैनिक जीवनयापनमा कठिनाई भोग्दै आएका सुकुम्बासीलाई चामल, दाल,नुन र तेल सहयोग गरेका हुन् ।  पीडितलाई ३० कोजीको ३६ बोरा चालम,प्रतिपीडित ३

वातावरण दिवशमा हेटौडामा सप्ताहव्यापी कार्यक्रम

वातावरण दिवशमा हेटौडामा सप्ताहव्यापी कार्यक्रम

हेटौडा, १६ जेठ ÷ हाम्रो जिवजन्तु , हाम्रो वातावरण र वन संरक्षण गरौँ लगाई सम्पूर्ण तन,मन र धन भन्ने मुलको नारा साथ विश्व वातवरण दिवशको अवसरमा हेटौँडामा सप्ताह व्यापी कार्यक्रम गर्ने भएको छ । विश्व वातावरण दिवश मुल आयोजक समितिको आयोजनामा भोलि १७ गते देखि २३ गते सम्म विविध कार्यक्रमको आयोजना गरि मनाउन लागेको विश्व वातावरण दिवश मुल आयोजक समितिका संयोजक इश्वार ढुंगानाले जानकारी दिनु भयो ।  विगत १३ वर्ष

निशुल्क स्वास्थ्य शिविरमा ९० जनाले सेवा लिए

निशुल्क स्वास्थ्य शिविरमा ९० जनाले सेवा लिए

हेटौडा,१५ जेठ ÷ मकवानपुरको हेटौडा २० हटियामा सञ्चालन भएको पाठेघर तथा हाइड्रोसिलको १ दिने निशुल्क स्वास्थ्य शिविरमा ९० जनाले सेवा लिएका छन् ।  पाठेघर (आँङ) खस्ने समस्या भएका विरामीहरुको लागी लक्षित गरी लायन्स क्लव अफ हेटौडा भुटन देविले आज हेटौडाको हटिया गैरी गाँउमा संचालन गरेको हो ।   विगतका दिनमा भएको शिवीर, जिल्ला जनस्वास्थ्य शाखाले सुचिकृत गरेका तथा अन्य पाठेघर सम्विन्धि समस्या

हेटौँडामा शास्त्रीय संगित तथा साहित्यक साँझको आयोजना गर्ने

हेटौँडामा शास्त्रीय संगित तथा साहित्यक साँझको आयोजना गर्ने

  हेटौडा, १४ जेठ ÷ शास्त्रीय संगितको जगेर्ना गर्ने उदेश्यले स्थापित भएको ‘नेपाली संगित संरक्षण तथा प्रबद्र्धन समुह’ले हेटौँडामा शास्त्रीय संगित तथा साहित्यक साँझको आयोजना गर्ने भएको छ । सस्थाले शुक्रबार हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरि कार्यक्रमको बारेमा जानकारी गराएको हो । सस्थाका अध्यक्ष उत्तम रिमालले नेपाली शास्त्रीय संगितको जगर्नेनाको लागि साँझको आयोजना गर्न लागिएको बताए ।

द्वन्द पीडितको भूमिका विषयक अन्तरिक्रया

द्वन्द पीडितको भूमिका विषयक अन्तरिक्रया

  हेटौडा, १४ जेठ / मकवानपुरका द्वन्द पीडितहरुले आफुहरुलाई पैसा नभई न्याय चाहिएको बताएका छन् । हेटौँडामा स्थानीय शान्ति समितिले आज गरेको न्यायका लागि द्वन्द पीडितको भूमिका विषयक अन्तरिक्रयामा सहभागी द्वन्द पीडितहरुले रगतको मुल्य पैसामा साट्न नसकिने बताएका हुन् । राज्यले उजुरी लिएपनि कारबाही नगरेको भन्दै उनीहरुले देखाउनको लागि मात्र अहिले उजुरी लिईरुहेको आशंका ब्यक्त गरेका छन् । छतिवनकी खोप कुमारी

घुम्ती स्वास्थ्य क्लिनिक संचालन

घुम्ती स्वास्थ्य क्लिनिक संचालन

हेटौडा १४ जेठ / युवा सेवा समाज मकवानपुरले युनिलिभर लिमिटेडको लाइफब्वायसँगको सहकार्यमा मकवानपुरको हटियाको राजदेवीमा घुम्ती स्वास्थ्य क्लिनिक संचालन गरेको छ ।शनिबार स्थानीय समाज सिर्जनशील संस्था हटियाको व्यवस्थापनमा हटिया राजदेवीमा संचालित क्लिनिकमा ५१ जना विरामीहरुले स्वास्थ्य परीक्षण गराएका थिए ।  परीक्षण गराएका मध्ये ३७ जना महिला र १४ जना पूरुष विरामीहरु रहेको युवा सेवा समाजका अध्यक्ष

किसानद्वारा भ्याक्सीन लगाउन शुरु

किसानद्वारा भ्याक्सीन लगाउन शुरु

हेटौडा १४ जेठ ÷/ हेटौडा २२ हटियामा रहेको किसान दुग्ध उत्पादक सहकारी संस्थाले पशुहरुमा लाग्ने भ्याकुते र चरचरे रोग विरुद्वको भ्याक्सीन लगाउन शुरु गरेको छ । बढी ज्वरो आउनु, घ्यार घ्यार गर्नु, ¥याल काट्नु, मासु सुनिनु यी रोगका लक्ष्ण भएको पशु प्राविधिक उत्तमलाल दासले जानकारी गराउनु भयो ।  प्रत्येक ६÷ ६ महिनामा यो रोग विरुद्वको भ्याक्सीन लगाउने गरिएको संस्थाका अध्यक्ष बद्री भण्डारीले बताए

पत्रकार आफ्नो पेशा प्रति तथष्ठ हुनुपर्ने : पोखरेल

पत्रकार आफ्नो पेशा प्रति तथष्ठ हुनुपर्ने : पोखरेल

  हेटौँडा,१४ जेठ / पत्रकार आफ्नो पेशा प्रति तथष्ठ हुनुपर्ने राष्ट्रिय सूचना आयोगका आयुक्त एवम् प्रेस युनियनका निवर्तमान अध्यक्ष किरण पोखरेलले बताउनु भयो । आज प्रेस युनियन मकवानपुरले युनियनको रजत वर्षका अवसरमा हेटौंडामा आयोजना गरेको कार्यक्रममा उहाँले पत्रकार कोहि कसैको प्याओ नभई समाजका निम्ति काम गर्नु पर्ने बतनाउदै एक असल प्रत्रकार वन्न सबैमा आग्रह समेत गर्नु भएको छ । प्रेस युनियन

भूकम्पबाट पूर्ण क्षति भएको वसन्त प्राविको नवनिर्मित भवन जेठ २३ गते उद्घाटन गरिने

भूकम्पबाट पूर्ण क्षति भएको वसन्त प्राविको नवनिर्मित भवन जेठ २३ गते उद्घाटन गरिने

  थाहानगर ,१४ जेठ /  गत वैशाख १२ गतेको भूकम्पबाट पूर्ण क्षति भएको भवन मकवानपुरको उत्तर थाहा नगर फुर्केवसन्त स्थित वसन्त प्राविको नयाँ भवन निर्माण सम्पन्न भएको छ ।  लायन्स क्लब अफ काठमाडौं, बिशाल बजार व्यापार संघ, दरबार मार्ग लाइन्स क्लब, बालाजु लाइन्स क्लब, बालाजु युथ लियो, लाइन्स क्लब काठमाडौं पीस आई र लाइन्स क्लब मलेसियन बाइनावारुको संयुक्त सहयोगमा विद्यालय भवन निर्माण सम्पन्न भएको निर्माण

थाहाको त्रिवेणी शंखमूलमा झोलुङ्गेपुलको निर्माण कार्य अन्तिम चरणमा

थाहाको त्रिवेणी शंखमूलमा झोलुङ्गेपुलको निर्माण कार्य अन्तिम चरणमा

थाहानगर,१४ जेठ /  उत्तरी मकवानपुरको थाहा नगरपालिका ७ घट्टे चौर त्रिवेणी शंखमूलमा निमार्णधिन झोलुङ्गेपुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । निमार्णधिन झोलुङ्गे पुलको निर्माण कार्य ९५ प्रतिशत भन्दा बढि पुरा भएको निर्माण उपभोक्ता समितिको दावि छ  ।  ६२ लाख ५६ हजार ४ सय ८७ रुपैयाँमा निर्माण भईरहेको पुलको लम्बाई १ सय १४ मिटर रहेको छ ।   थाहाको पालुङ र दामन जोड्ने पुल प्रति

विदेश पठाउने भन्दै रु ७९ लाख ठग्ने पक्राउ

विदेश पठाउने भन्दै रु ७९ लाख ठग्ने पक्राउ

हेटौँडा,१४ जेठ / गैरकानुनी रुपमा कन्सल्टेन्सी खोली रोजगारीका लागी विदेश पठाउने भन्दै ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्रेको छ । पक्राउ पर्नेमा मकवानपुर, नामाटार गाविस घर भई हाल सतुङ्गल बस्न रञ्जीत कँडेल रेहको महानगरीय अपराध महाशाखाले जनाएको छ । कँडेललगायत अन्य व्यक्तिहरुले फ्लाई युरो र युरो एन्ड सी लिङ्क एजुकेसन नामको कन्सल्टेन्सी खोलेर जर्मनी पठाउँछु भन्दै १३ जना व्यक्तिसँग ७९ लाख ३० हजार

एकहप्ते योग विज्ञान शिविर सम्पन्न

एकहप्ते योग विज्ञान शिविर सम्पन्न

  हेटौँडा,१४ जेठ / पतञ्जलि योग जिल्ला समिति मकवानपुरको आयोजनामा हुप्रचौरमा भएको एकहप्ते योग विज्ञान शिविर बिहीबार औपचारिक समापन भएको छ । जेठ ८ गते शुरु शिविर बिहीवार विहान औपचारिक कार्यक्रमसहित समापन गरिएको हो । हेटौंडामा दोस्रोपटक भएको योगविज्ञान शिविरमा मौसमको प्रतिकूल अवस्थामा पनि बिहीबारसम्म करिब ७ हजार साधकसाधिकाले योगको प्रशिक्षण लिएका थिए । शिविरमा बिहीवार उल्लेख्य साधकसाधिकाको

लागुऔषध कोरेक्स सहित पक्राउ

लागुऔषध कोरेक्स सहित पक्राउ

हेटौँडा,१४ जेठ / जिल्ला प्रहरी कार्यालय मकवानपुरले लागु औषध कोरेक्स सहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले हेटौँडा १७ मा रहेको प्रहरी चेक पोष्टबाट जाँच गर्ने क्रममा उदयपुर कटारीबाट काठमाण्डौ तर्फ जांदै गरेको ना ५ ख ५७६२ नं.को यात्रुबाहक बसमा यात्रा गरी आएका ललितपुर उपमहानगरपालिका १५ बालकुमारी बस्ने वर्ष ४० को बिजेन्द्र तामाङले लुकाई छिपाई ल्याएको लागुऔषध कोरेक्सका ६८ बोत्तल फेला पारी निजलाई

एक दिने अनुशिक्षण

हेटौँडा,१४ जेठ /  लैङ्गिक समानता तथा लैङ्गिक उत्तरदायी बजेटको विषयमा हेटौडामा एक दिने अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ । स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको आयोजनामा हेटौँडामा भएको कार्यक्रममा एक दर्जन पत्रकार तथा स्थानीय महिला अधिकारकर्मीहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा राममाया लामिछाने तथा लक्ष्मी श्रेष्ठले प्रशिक्षण प्रदान गरेका थिए ।

सरिखेतमा छात्रावास शिलान्यास

सरिखेतमा छात्रावास शिलान्यास

हेटौँडा,१४ जेठ / मकवानपुरको सरिखेत २, पलासेमा रहेको सूर्योदय माविमा निर्माण गरिने छात्रावास आज शिलान्यास गरिएको छ । टाढा टाढा देखिका विद्यार्थी विद्यालय आउनका समस्या भइरहेको अवस्थामा छात्राहरुका लागि आवश्यक छात्रावास निर्माण गर्न लागिएको हो । बीस लाख रुपिया लाग्ने अनुमान गरिएको छात्रावास ग्लोबल एजुकेशन फर अल फाउन्डेशन दक्षिण कोरियाले निर्माण गर्ने भएको हो । छात्रावासको शिलान्यास फाउन्डेशन

पशुधन बीमा मकवानपुरमा प्रभावकारी हुन सकेन

पशुधन बीमा मकवानपुरमा प्रभावकारी हुन सकेन

मकवानपुर, १४  जेठ /  गाईभैंसी, बाख्रा, हाँस–कुखुरा रोग ब्याधी वा दुर्घटनाबाट मर्दा घाटा नलागोस् भनेर सरकारले किसानलाई व्यवस्था गरेको पशुधन बीमा मकवानपुरमा प्रभावकारी हुन सकेको छैन । कार्यक्रम सुरु भएको तीन वर्षको बीचमा २०७२÷७३ को दोस्रो चौमासिक सम्म जम्मा एक हजार ४५ वटा पशुको मात्र विमा भएको जिल्ला पशु सेवा कार्यालको तथ्याङ्क छ । तीमध्ये बाख्रा दुई सय ८५,गाई पाँचसय ९२,भैँसी एकसय १० र बंगुर १० वटाको विमा