ON AIR

सदावहार हिन्दी नेपाली

UP NEXT

National Song - प्रशारण समाप्त

ताजा अपडेट :

स्थानिय समाचार

तीन दिने रेडियो प्राबिधिक सम्बन्धी तालिम सकियो

तीन दिने रेडियो प्राबिधिक सम्बन्धी तालिम सकियो

मकवानपुर , १० जेठ /  रेडियो प्राबिधिक सम्बन्धी तीन दिने तालिम आज हेटौँडामा सम्पन्न भएको छ । सामूदायिक रेडियो प्रसारक संघ (अको¥याब)का ईन्जिनियर रादीप महर्जन, रेडियो सगरमाथाका प्रमुख प्राबिधिक समन्त आचार्यले प्रशिक्षण दिनुभएको थियो ।    हेटौँडा उप महानगरपालिका कार्यालयका प्रमुुख एवम् कार्यकारी अधिकृत सुदेवकुमार

आर्थिक संकटमा परेका छात्रा लाई सांसद थापाको सहयोग ।

 मकवापुर,९ जेठ / आर्थिक अवस्था कमजोर भएकी एक छात्राको लागी राप्रपा नेपालका नेता तथा सांसद गणेश थापाले आर्थिक सहयोग गर्नु भएको छ । आर्थिक अभावले अध्यनमा समस्या भएको थाहा पाए पछि सांसद थापाले मकवानपुरको विकट गाविस कोगटेकि एक विद्यार्थि लाई ३५ हाजार नगद सहयोग गर्नु भएको हो । एसएलसि पछि उच्च शिक्षा हाशिलको लागी मकवानपुर टेक्निकल कलेजमा ल्याब टेक्निसियन अध्यनरत छात्राको

मानव सेवा आश्रमलाई सहयोग

  हेटौडा,९ जेठ / हेटौडामा रहेको मानव सेवा आश्रमलाई सहयोग प्राप्त भएको छ । समाजमा विभिन्न परिस्थितिले लाचार र विवश भइ मागेर समेत खान नसक्ने अशक्त, अनाथ, अपाङ्ग, असहाय एवम् मानसिक सन्तुलन गुमाएर सडकपेटी, मठमन्दिर, पाटीपौवा एवम् सार्वजनिक स्थलमा कष्टकर जीवनयापन गर्न विवश दीनदुःखीलाई सरल, सहज र स्वभाविक जीवनयापन गराउन सहयोग प्राप्त भएको छ ।  उनीहरुको उद्दार, स्याहार,

करेण्ट लागेर एकजनाको मृत्यु

करेण्ट लागेर एकजनाको मृत्यु

हेटौडा,९ जेठ / मकवानपुरको हाँडीखोला–६ मिलडाँडामा करेण्ट लागेर एकजनाको मृत्यु भएको छ । शनिबार राती ११ हजार भोल्टेजको तारमा परेर स्थानीय ७३ वर्षीय शेरबहादुर घलानको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घर जाँदै गरेका घलान बाटो काट्ने क्रममा बाटोमा चुँडिएको विजुलीको तारमा अल्झेर लडेको र करेण्ट लागेर घटनास्थलमै मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी बामदेव गौतमले बताउनुभयो । करेण्ट

मकवानपुरको काँकडाका बिपन्न चेपाङहरुलाई सहयोग

हेटौँडा,७ जेठ  / मकवानपुरको काँकडा गाविस–८ का बिपन्न चेपाङहरुलाई ललितपुर–१४ नख्खिपोटका स्थानीयहरुले सहयोग गरेका छन् । यहाँका ३० बिपन्न परिवारलाई प्रति परिवार ३० केजिका दुई बोरा चामल, दाल, तेल, नुन र कपडा सहयोग गरिएको हो । उनीहरुले काँकडा ८ वापलिङका सितल सिं चेपाङलाई ऋण तिर्न दश हजार रुपैयाँ सहयोग गरेको छ । उनीहरुलाई नख्खिपोटका रोमन सुनुवार, उमेश मोक्तान, जीवन

मन्दिरको संरक्षणको लागि स्थानिय युवाहरु जुर्मरादै

मन्दिरको संरक्षणको लागि स्थानिय युवाहरु जुर्मरादै

हेटौँडा,७ जेठ / उत्तरी मकवानपुरको थाहा नगरपालिका ७ डाडागाउँ अवस्थित रहेको सद्गुरु गोरखनाथ बाबाको मन्दिरको संरक्षणको लागि स्थानिय युवाहरु जुर्मराउन थालेका छन् । निमार्णर्धिन मन्दिरलाई अझ सु—व्यवस्थित पार्ने उद्देश्यले थाहाका यूवाहरुले मन्दिर संरक्षण समिति समेत गठन गरेका छन । मोवाईयल एसोसियसनका सदस्य समेत रहेका गणेश विष्टको अध्यक्षतामा ११ सदस्यीय मन्दिर संरक्षण समिति गठन गरिएको हो । समितिको

टिष्टुङ गाविसमा छलफल तथा अन्तरक्रिया

हेटौँडा,७ जेठ / आर्थिक वर्ष २०७३ सालमा गरिने कार्यक्रमको बारेमा मकवानपुरको टिष्टुङ गाविसमा आज छलफल तथा अन्तरक्रिया कार्यक्रम भएको छ । बाल कल्याण समाज मकवानुरको आयोजना तथा टियरफण्डको आर्थिक सहयोगमा सञ्चालन गरिएको हो । मकवानपुर जिल्लाका अनुगमन कर्ता नवराज थापाले गाविसहरुमा गरिने काम कार्वाहि पारदर्शी तथा प्रभावकारी तरिकाले भएका बताउदै कार्यक्रम वारे सबैलाई प्रष्ट

तेह्रथुमको भ्रमण टोलीको सम्मानमा स्वागत तथा छलफल कार्यक्रम

हेटौँडा,७ जेठ / मकवानपुर उद्योग वाणिज्य संघले सुदूरपूर्वको पहाडी जिल्ला तेह्रथुमको उद्योग वाणिज्य संघको अध्ययन÷अवलोकन भ्रमण टोलीको सम्मानमा स्वागत तथा छलफल कार्यक्रम गरेको छ । तेह्रथुम उद्योग वाणिज्य संघका अध्यक्ष महेन्द्र काफ्लेको नेतृत्वमा १४ सदस्यीय भ्रमण टोली विहीबार हेटौंडा आएको हो । संघका कार्यबाहक अध्यक्ष कृष्ण कटुवालको सभाध्यक्षतामा कार्यक्रम भएको हो ।

धावकहरुलाई हटौँडामा स्वागत

धावकहरुलाई हटौँडामा स्वागत

हेटौँडा,७ जेठ / नेपाल वसोवास संरक्षण समिति मकवानपुर द्धारा शान्ति दौडमा सहभागि धावकहरुलाई हटौँडामा स्वागत गरेका छन । २० सय ५० औँ बुद्ध जयन्तीको अवसरमा वौद्ध नाथ मन्दिरबाट प्रारम्भ गरि हाल हेटौडा आईपुगेका धावक टोलिहरुलाई स्वागत गरेको हो । लोपोन्मुख चेपाङ र बनकरिया विद्यार्थी अध्ययनरत् हा“डीखोला–९ को चेपाङ प्राविका लागि सहयोग जुटाउन सात जना धावक हेटौंडा आइपुगेका हुन । आर्थिक स्थितिका कारण समस्यामा परेको

३ दिनदेखि बालक बेपत्ता

  हेटौँडा,७ जेठ / हेटौंडा उपमहानगरपालिका–११, सिमलटारमा बस्दै आएका बालक ३ दिनदेखि बेपत्ता भएका छन् । १४ वर्षका, रातो वर्ण, अन्दाजी ४ फिट उचाईं भएका पातलो शरीर, कालो रंगको पाइन्ट र रातो रंगको सर्ट र विद्यालय पोशाक लगाएका बालक बेपत्ता भएको हुन् । हेटौंडा उपमहानगरपालिका–११ मा रहेको शंकरज्योति निमाविको कक्षा–६ मा

चट्याङ लागेर हेटौडामा एक महिलाको मृत्यू,तिन जना घाईते

चट्याङ लागेर हेटौडामा एक महिलाको मृत्यू,तिन जना घाईते

हेटौडा, ५ जेठ /  चट्याङ लागेर हेटाँैडामा एक महिलाको मृत्यू भएको छ । हावा हुरी र पानी सँगै मंगलबार वेलुका परेको चट्याङ लागेर हेटौडा उपमहानगरपालिका २२ हटियाका ४४ वर्षिय मंगली माया स्याङतान घट्ना स्थाल मै मृत्यू भएको हो भने ३ जना घाइते भएका थिए । मंगलबार वेलुका माइती घर छतिवानबाट घर आउदै गर्दा बाटोमा चट्याङ लागेर हो । छतिवान गाविसका २८ वर्षिय प्रमिला वाईवा, १८ वर्षिय उषा पाख्रिन र १२ वर्षिय कोपिला

उत्तरी मकवानपुरमा स्कुल वस दुर्घना, दुर्घना२२ जना घाईते ।।

उत्तरी मकवानपुरमा स्कुल वस दुर्घना, दुर्घना२२ जना घाईते ।।

हेटौडा ४ जेठ   उत्तरी मकवानपुरको थाहा नगरमा स्कुल वस दुर्घना हुँदा २२ जना घाईते भएको छन । एक जनाको अवस्था गम्भिर रहेको जनाएको छ । थाहा नगपालिका ८ अवस्थित रहेको हिमालयन इङिलस सेकेन्डरी वोर्डिङ स्कुलको बा २ ख २०२८ नम्बरको वस दुर्घना भएको इलाका प्रहरी कार्यालय पालुङका प्रमुख विरेन्द्र पनेरुले जानकारी दिनु भयो । विद्यार्थी लिन थाहाको खर्तिखोला तर्फ जाँदै गर्दा थाहाको दोवाटो नजिक दुर्घना भएको

पतञ्जलि योग समिति मकवानपुरले हुप्रमा दस हजार मानिस उतार्ने

हेटौडा ४ जेठ पतञ्जलि योग समिति मकवानपुरले हुप्रमा दस हजार मानिस उतार्ने भएको छ । हेटौंडामा हुने बृहत् योगविज्ञान शिविरका लागि दस हजार मानिस हुप्रमा उतार्ने लक्ष्य योग समितिले लिएको हो । हुप्रमा समितिले जेठ ८ गतेदेखि ६ दिन बृहत् योग विज्ञान शिविर गर्न लागेको हो । शिविर हेटौंडामा दोस्रोपटक हुन लागेको हो । यसअघि २०६९ सालमा बृहत् योग विज्ञान शिविर भएको थियो । पतञ्जलि

जिल्ला प्रशासन कार्यालय सँग छलफल हुन नसकेपछि पुनः आन्दोलनमा जाने विद्युतीय रिक्सा व्यवसायीको चेतावनी

जिल्ला प्रशासन कार्यालय सँग   छलफल हुन नसकेपछि पुनः आन्दोलनमा जाने  विद्युतीय रिक्सा व्यवसायीको  चेतावनी

हेटौडा ४ जेठ विद्युतीय रिक्सा व्यवसायीले राजमार्गमा चल्न लगाएको प्रतिवन्धका बारे जिल्ला प्रशासन कार्यालयमा छलफल हुन नसकेपछि पुनः आन्दोलनमा जाने बताएका छन् । प्रमुख जिल्ला अधिकारी डा. मानबहादुर बीकले विद्युतीय रिक्साका विषयमा हेटौंडा उपमहानगरपालिकाले हेर्ने भन्दै उतै गएर समस्या राख्न निर्देशन दिए पछि रिक्सा व्यवसायीले निष्कर्ष निस्किएको गुनासो गरेका छन् । हेटौटा उपमहानगरपालिकाका कार्यकारी

रातोमाटे प्रहरी चेकपोष्टबाट सुन सहित १ जना पक्राउ

रातोमाटे  प्रहरी चेकपोष्टबाट सुन सहित १ जना पक्राउ

हेटौडा ४ जेठ मकवानपुर हेटौडा उपमहानगरपालिका १७ रातोमाटे स्थित प्रहरी चेकपोष्टबाट सुन सहित १ जना पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पशुपतिनगर, मकवानपुरबाट खटिएको प्रहरी टोलीले काठमाण्डौबाट कलैया तर्फ जांदै गरेको ना ५ ख ४९७० नं.को यात्रुबाहक बस चेकरजाँच गर्ने क्रममा प्रो।  हगरेके उक्त बसमा यात्रा गरी आएका बारा कलैया न.पा.वडा नं.६ बस्ने वर्ष ३३ को हिरालाल लो को साथबाट लुकाई छिपाई ल्याएको अवैध सुन १ सय

मिस एसएलसी क्विन हेटौंडा २०१६ सञ्चालन

हेटौडा / ४ जेठ आकर्षण व्युटि पार्लरको आयोजनामा एसएलसी परीक्षा दिएर बसेका किशोरीहरुको क्षमता अभिबृद्धि गर्ने उद्धेश्यले मिस एसएलसी क्विन हेटौंडा २०१६ सञ्चालन भएको छ । मँगलबार पत्रकार सम्मेलनको आयोजना गरी यही जेष्ठ २ गतेदेखि हेटौंडामा मिस एसएलसी क्विन हेटौंडा २०१६ सञ्चालन भएको जानकारी गराएको हो । कार्यक्रमबारे जानकारी दिँदै आयोजक आकर्षण व्युटि पार्लरकी प्रोपाईटर

प्रा.वि स्तरिय गायन तथा नृत्य प्रतियोगितामा सुन्दरी देवि मावि प्रथम

प्रा.वि स्तरिय गायन तथा नृत्य प्रतियोगितामा सुन्दरी देवि मावि प्रथम

  हेटौंडा /  २ जेठ मकवानपुरको आग्रामा भएको प्रा.वि स्तरिय गायन तथा नृत्य प्रतियोगितामा सुन्दरी देवि मावि प्रथम भएको छ । गाउँ बाल संरक्षण समिति आग्राको आयोजना तथा आग्रा गाविसको आर्थिक सहयोग र ईन्द्रायणी माध्यमिक विद्यालयको व्यवस्थापनमा भएको प्रतियोगितामा काला गणेश प्रा.वि. द्धितिय र सरस्वति माध्यमिक विद्यालय तृतिय भएको छ ।  आग्रा गाविसका ९ वटा विद्यालयको सहभागिता रहेको प्रतियोगितामा

लायन्स क्लवद्वारा निःशुल्क स्वास्थ्य शिविरको आयोजना हुने

  हेटौंडा / जेठ २  लायन्स क्लव अफ हेटौडा भुटन देविको आयोजनामा निशुल्क स्वास्थ्य शिविर हुने भएको छ । पाठेघर (आँङ) खस्ने समस्या भएका विरामि हरुको लागी लक्षित गरी आगामि जेठ १५ गते हटिया गैरी गाँउमा शिविर संचालन हुने भएको हो । हेटौडा अस्पतालमा आज भएको छलफलमा विगतका दिनमा भएको शिवीर, जिल्ला जनस्वास्थ्य  शाखाले सुचिकृत गरेका तथा अन्य पाठेघर सम्विन्धि समस्या भएका

उद्यमशिलताका लागि महिला शसक्तिकरण विषयक तालिम

उद्यमशिलताका लागि महिला शसक्तिकरण विषयक तालिम

  हेटौडा, १ जेठ हेटौँडा लेडी जेसिजको आयोजनामा उद्यमशिलताका लागि महिला शसक्तिकरण विषयक एक दिने तालिम आज हेटौँडामा भएको छ । ६५ जना महिलाहरुको सहभागिता रहेको तालिममा नेपाल जेसिजका पूर्व राष्ट्रिय अध्यक्ष डाक्टर दिपक शाक्यले प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका कार्यकारी अधिकृत सुदेव पोख्रेल,जिल्ला विकास समिति मकवानपुरका योजना अधिकृत किसन न्यौपानले तालिममा सिकेका

नगरकपको उपाधि ७ नम्बर वडालाई

    हेटौडा, १ जेठ \ नगरकप फुटबल प्रतियोगिता–२०७३ को उपाधि हेटौँडा ७ नम्बर वडाले जितेको छ । मकवानपुर जिल्ला खेलकुद विकास समिति र हेटौँडा उपमहानगरपालिका कार्यालयको आयोजनामा भएको प्रतियोगिताको उपाधि दावेदारको रुपमा लिइएको १० नम्बर वडालाई १–० गोल अन्तरले निरास पार्दै ७ नम्बरले यस बर्षको नगर कपको उपाधिमा नाम लेखाएको हो । ७ नम्बरको जितमा सन्दिप पौडेल

ट्राफिक सप्ताह २०७३ समापन

ट्राफिक सप्ताह २०७३ समापन

  हेटौडा, १ जेठ मकवानपुरमा एक हप्त सम्म सञ्चालन भएको ट्राफिक सप्ताह २०७३ आज समापन भएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी मान बहादुर विश्वकर्मको प्रमुख आतिथ्यता तथा नेपाल रेडक्रस सोसाइटी मकवानपुर शाखाका अध्यक्ष सुर्य चन्द्र न्यौपानेको सभाध्यक्षतामा आज एक कार्यक्रमका विच सप्ताहको समापन गरीएको हो । समापन कार्यक्रमका प्रमुख अतिथि समेत रहेका वि.कले ट्राफिक सप्ताहले , सप्ताह मात्रै नभएर

नेपाल प्रगतिशील प्राध्यापक संगठनको अध्यक्षमा सिलवाल चयन

  हेटौडा, १ जेठ नेपाल प्रगतिशील प्राध्यापक संगठन जिल्ला समन्वय समिति मकवानपुरको पहिलो जिल्ला अधिवेशन आज सम्पन्न भएको छ । प्राध्यापन पेशामा आवद्ध प्रगतिशील प्राध्यापकहरुको पेशागत सुरक्षा र प्राज्ञिक उन्नयनका लागि सम्पन्न अधिवेशनले मकवानपुर बहुमुखी क्याम्पसका यम बहादुर  सिलवालको अध्यक्षतामा ११ सदसीय नयाँ कार्यसमिति समेत चयन गरेको छ । उपाध्यक्षमा

अखिल नेपाल महिला संघ क्रान्तिकारीको नगरकमिटीको अध्यक्षमा कमला ब्लोन

    हेटौडा, १ जेठ अखिल नेपाल महिला संघ –क्रान्तिकारी नगर समितिको चौथो उपमहानगर सम्मेलन आज सम्पन्न भएको छ ।  सम्मेलनले कमला ब्लोनको अध्यक्षतामा २९ सदस्यीय नगरकमिटी निर्माण गरिएको छ । कमिटीको उपाध्यक्षमा सरिता तिमल्सिना, सचिवमा सोभा घिमिरे, कोषाध्यक्ष उषा राई, सहसचिवमा निर्मला पौडेल र बाँकी सदस्यहरु रहेका छन् ।  संगठनका केन्द्रीय सदस्य लक्ष्मी

मकवानपुरमा लगत संकलन कार्य अन्तिम चरणमा,

मकवानपुरमा लगत संकलन कार्य अन्तिम चरणमा,

      हेटौडा, १ जेठ भूकम्पबाट प्रभावित भएकाहरुको लगत संकलन कार्य मकवानपुरमा अन्तिम चरणमा पुगेको छ । मकवानपुरका दुई नगरपालिका र ३३ गाविसको लगत संकलनको काम पूरा भएको हो । मकवानपुरको मनहरी गाविसको वडा नम्बर ६ र फापरवारीको वडा नम्बर २ मा लगत संकलन कार्य बाँकी रहेको छ । मकवानपुरमा लगत संकलन भएका मध्ये हालसम्म तथ्याङ्क विभागको सर्वरमा ८९ हजार ६१४ भूकम्प प्रभावित घरधनीको लगत संकलन भएको

उत्तरी थाहा नगरपालिकामा १ दिने होलिष्टिक हेल्थ सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न

  हेटौडा, १ जेठ मकवानपुर उत्तरी थाहा नगरपालिकामा १ दिने होलिष्टिक हेल्थ सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ  । होलिष्टिक हेल्थ प्राईबेट लिमिटेडको आयोजना तथा पिस नेपाल मकवानपुर र थाहा कला केन्द्र्रको समन्वयमा भएको कार्यक्रममा खानपानमा ध्यान दिनपर्ने कुराको वारेमा प्रशिक्षण गराएको थियो । खानपानमा सुधार गर्नाले स्वास्थ्यमा राम्रो प्रभाव कसरी

थाहा नगरपालिकमा १ दिने प्राथमि उपचार सम्बन्धि तालिम

थाहा नगरपालिकमा १ दिने प्राथमि उपचार सम्बन्धि तालिम

  हेटौडा, १ जेठ टिचिङ हस्पिटल काठमाण्डौको आयोजनामा थाहाको विकास घरमा १ दिने प्राथमि उपचार सम्बन्धि तालिम आज सम्पन्न भएको छ । थाहा १ देखि १० वडा सम्मको ४५ जनाको सहभागिता रहेको तालिममा इमरनेन्सी फिजिसियन रमेश कुमार महर्जन र अहेब चिनिया लामाले सहजीकरण गर्नुभएको थियो

तिन माओवादी बिच एकता

    हेटौडा, १  जेठ मकवानपुरको हाँडिखोला गाविस ७ नम्वर वडा कमिटीका तिन माओवादी बिच एकता भएको छ । बैंद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र विप्लव नेतृत्वको नेकपा माओवादी वडा कमिटीले संस्थापन पक्ष एकिकृत माओवादी संग एकता गरेका हुन् ।  आज भएको वडा भेलाले वडा कमिटी बिच एकता गर्ने निर्णय गरेको एकिकृत नेकपा माओवादीका नेता धु्रर्व खड्काले जानकारी

छतिवनमा बैज्ञानिक बन ब्यबस्थापन अन्तरक्रिया

छतिवनमा बैज्ञानिक बन ब्यबस्थापन अन्तरक्रिया

छतिवन,१ जेठ /  जिल्ला बन कार्यालय मकवानपुरको आयोजनामा बैज्ञानिक बन ब्यबस्थापन सम्बन्धी अन्तरक्रिया गर्दै दिगो बन ब्यबस्थापन कार्यक्रम गरिएको छ । चुरे खोला र पानीको सतह सुक्दै गएको समुदायलाई सुचित गराँउदै छतिवन गाबिस वडा नं।४को हात्तिचरन सामुदायिक बन उपभोक्ता समुहमा बैज्ञानिक बन ब्यबस्थापन सम्बन्धी अन्तरक्रिया गरिएको हो । बन ब्यब्स्थापनमा समुदायलाई प्रत्यक्ष सम्लग्न गराउने उद्देश्यले यो

नेपाल प्रगतिशील प्राध्यापक संगठनको अधिवेसन सम्पन्न

नेपाल प्रगतिशील प्राध्यापक संगठनको अधिवेसन सम्पन्न

हटौडा,१ जेठ /  नेपाल प्रगतिशील प्राध्यापक संगठन जिल्ला समन्वय समिति मकवानपुरको पहिलो जिल्ला अधिवेशन आज सम्पन्न भएको छ । प्राध्यापन पेशामा आवद्ध प्रगतिशील प्राध्यापकहरुको पेशागत सुरक्षा र प्राज्ञिक उन्नयनका लागि सम्पन्न अधिवेशनले मकवानपुर बहुमुखी क्याम्पसका यम बहादुर  सिलवालको अध्यक्षतामा ११ सदसीय नयाँ कार्यसमिति समेत चयन गरेको छ । उपाध्यक्षमा  हेटौंडा क्याम्पसका देवीराम लामा, सचिवमा

मकवानपुरमा नागरिकता लिनेभन्दा राहदानी बनाउनेको सङ्ख्या दोब्बर

मकवानपुरमा नागरिकता लिनेभन्दा राहदानी बनाउनेको सङ्ख्या दोब्बर

मकवानपुर, ३१ वैशाख ÷  मकवानपुरमा नागरिकता लिनेभन्दा राहदानी बनाउनेको सङ्ख्या दोब्बर बढी पाइएको छ ।  आर्थिक वर्ष २०७२ देखि २०७३ वैशाख मसान्त सम्ममा नागरिकता लिनेको सङंख्या ८  हजार ५ सय १७ जनाले नागरिकता बनाएकामा राहदानी लिनेको सङ्ख्या त्यसको दोब्बर १४ हजार ३ सय २५ जना रहेका छन् । अध्ययन र रोजगारीका लागि विदेश जाने क्रम बढेसँगै राहदानी बनाउने बढेका हुन् । दु्रत सेवामा र्फत राहदानी बनाउनेको

जो सँग सूचना उहि शक्तिमान:प्रजिअ बिक

जो सँग सूचना उहि शक्तिमान:प्रजिअ बिक

हेटौडा, ३० बैशाख /  हेटौंडा उपमहानगरपालिका कार्यालयमा रहेको नगर सुचना केन्द्रको विधिवत उद्घाटन गरिएको छ । सुचनामा नागरिकहरुको पहुँच अभिबृद्धि गर्ने उद्देश्यले स्थापना गरिएको नगर सुचना केन्द्रका आज प्रमुख जिल्ला अधिकारी डा। मानबहादुर विश्वकर्माले उद्घाटन गर्नुभएको हो । उद्घाटन पश्चात सुचना कक्ष र श्रब्यदृश्य सहितको नागरिक बडापत्रको समेत अवलोकन गर्दै प्रजिअ विकले जो सँग सुचना रहन्छ उही शक्तिवान हुने

जनचेतनाको लागी विद्यालयमा प्रहरी पुग्दै

जनचेतनाको लागी विद्यालयमा प्रहरी पुग्दै

मकवानपुर्२९ बैशाख / ट्राफिक सप्ताह २०७३ अन्तर गत बुधबार विद्यार्थीहरुलाई जेव्रा क्रसिङबाट वाटो पार गर्ने तरिकाबारे जनचेतना प्रदान गरेको छ । ट्राफिक नियमको जानकारी नभएको कारणले र्दुघटनामा वृद्धि हुदै गइरहेको र यसलाई नियन्त्रण गर्ने उद्देश्यले प्रहरी द्धारा ट्राफिक सप्ताह २०७३ को कार्यक्रमको आयोजना गरिएको हो । स्थनिय निजि तथा सरकारी विधालयहरुमा गई जनचेतना मुलक कक्षा संचालन गरिरहेको छ । जिल्ला प्रहरी

विवादका विच ६ नं. टोल विकासको निर्वाचन सम्पन्न,अध्यक्षमा दुलाल निर्वाचित

विवादका विच ६ नं. टोल विकासको निर्वाचन सम्पन्न,अध्यक्षमा दुलाल निर्वाचित

हेटौडा २९ बैशाख / टोल विकास संस्था नगर समन्वय समिति हेटौडा ६ को अध्यक्षमा गणेशबहादुर दुलाल निर्वाचित भएका छन । दुलालले ३४ मत र वहाका निकटतम प्रतिद्वन्दी कृष्णप्रसाद दाहालले ४ मत प्राप्त गर्नु भएको थियो । यसैगरी सचिवमा गोमा लामिछानेले ३३ मत प्राप्त गरी विजयी हुनु भएको छ भने वहाको निकटतम प्रतिद्वन्दी शोभा घिमिरे सिहले ५ मत प्राप्त गर्नु भएको निर्वाचन समितिका संयोजक हिमप्रसाद पौडेलले जानकारी दिनु भयो

हेटौडाको धनेस्वर मन्दिरमा वैशाख माहात्म्य

    हेटौडा २९ बैशाख / हेटौडा २० हटिया असोक वाटिका चोकमा रहेको धनेस्वर मन्दिरमा वैशाख माहात्म्य सम्पन्न भएको छ । धनेस्वर महादेव मन्दिर ब्यवस्थापन समितीको आयोजनामा भएको महात्म्यमा पण्डित सिताराम भट्टराइले कथा वाचन गर्न्ु भऐका थियो । कार्तिक महात्म्य ,माघ माहात्म्य र वैसाख माहात्म मध्य अति उत्तम मानिएको एक दिने वैशाख महात्य सगै २०० जना भन्दा वढि वटुवा लाई

विधार्थीको आखाँ परीक्षण

विधार्थीको आखाँ परीक्षण

    हेटौडा २९ बैशाख /  हेटौडा सामुदायिक आखाँ हस्पिटलले यहाको एक विद्यालमा अध्ययनरत विधार्थीहरुको आखाँ जाँच गरेको छ । हेटौडा ६ चौघडामा रहेको वंशगोपाल उच्च माविमा नर्सरी देखि कक्षा १० सम्म अध्ययनरत करीव ७ सय विधार्थीहरुको आखाँ जाँच गरिएको विद्यालयका प्राचार्य रमेशप्रसाद लामिछानेले बताउनु भयो ।  सुशिलकुमार सिह, शर्मिला पहीजु, रमा मगर, ईन्दिरा चौधरी, अनिता गोदार र अचला शर्माले आखाँ परीक्षण गर्नु

सालक सम्वन्धि अन्तरक्रिया

सालक सम्वन्धि अन्तरक्रिया

     हेटौडा, २७ बैशाख /   लोपोन्मुख एवम संरक्षित सूचीमा रहेको सालकको महत्वको वारेमा यहाको एक विद्यालमा सालक सम्वन्धि अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।  हेटौडा,६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको आयोजना र तराई भू–परिधि कार्यक्रम कोहलपुरको सहयोगमा हेटौडा २० राजदेवीमा रहेको राजदेवी माध्यमिक विद्यालयमा कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीहरुलाई सालक सम्वन्धि

मकवानपुरमा पनि विद्यालय अनुगमन तथा निरिक्षण

मकवानपुरमा पनि  विद्यालय अनुगमन तथा निरिक्षण

मकवानपुर,२७ बैशाख /  मकवानपुरको उत्तरी क्षेत्रमा रहेका बिद्यालयहरुमा जिल्ला शिक्षा कार्यालय मकवानपुरको एक टोलीबाट अनुगमन तथा निरिक्षण गरिएको छ । मकवानपुरका जिल्ला शिक्षा अधिकारी अम्बिकाप्रसाद आचार्यको नेतृत्वमा सहायक जिल्ला शिक्षा अधिकारीहरु खेमनन्द भुषाल, प्रेम के।सी।, प्राबिधिकहरु सञ्जिव पुडासैनी र अमर श्रेष्ठको टोलीले बिद्यालयहरुको आर्थिक, भौतिक र शैक्षिक अनुगमन तथा निरीक्षण गरिएको हो । यही बैशाख

श्रम र पूँजीबीचको अन्तर्विरोध हल गरिने

  बैशाख २७, हेटौंडा ÷ नेपाल समाजवादी ट्रेड युनियन महासंघका केन्द्रीय अध्यक्ष लालध्वज नेम्वाङले श्रम र पुँजी विचको अन्तरविरोध हल गर्न यो महासंघको जन्म भएको बताउनुभएको छ । आज हेटौंडामा गरिएको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष नेम्वाङले पुरानै कार्यशैली र पुरानै ढाँचाको संगठनको संरचना मजदुरहरुलाई स्विकार्य नहुने जिकिर गर्नुभयो । मजदुर शोषण र दमनमा

अधिकृतबिहीन हुँदा नगरपालिकाको कामकाज ठप्प

अधिकृतबिहीन हुँदा नगरपालिकाको कामकाज ठप्प

  हेटौंडा÷घरपरिवार चलाउने अभिभावक नहँुदा जस्तो समस्या हुन्छ, त्यस्तै समस्या अहिले उत्तरी मकवानपुरको थाहा नगरपालिकामा कार्यरत् कर्मचारीमा भएको छ ।  कार्यालय प्रमुखविहिन कार्यालयमा कार्यरत् कर्मचारीले सेवाग्राहीलाई भ्याइ नभ्याइ सेवा दिनमा व्यस्त छन् । डेढ महिना बढीदेखि कार्यकारी अधिकृतबिहीन हुँदा नगरपालिकाका कामकाज ठप्प भएका हुन् । समान्यबाहेक महत्वपूर्ण कामकाज प्रभावित भएपछि

अध्यक्ष न्यौपाने अमेरिका प्रस्थान

अध्यक्ष न्यौपाने अमेरिका प्रस्थान

हेटौंडा, २६ बैशाख / मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपाने अमेरिका प्रस्थान गरेका छन् । अमेरिकाको ईण्डियाना राज्यमा अवस्थित एक बहुराष्ट्रिय कम्पनीको निमन्त्रणामा अमेरिका प्रस्थान गर्नु भएको संघले जनाएको छ । अमेरिका प्रस्थान संघले एक कार्यक्रमको आयोजना गरी अध्यक्ष न्यौपानेको विदाई गरेको छ । विदाई कार्यक्रममा संघका उपाध्यक्ष कृष्णकुमार गुप्ता अग्रवाल, महासचिव महेन्द्र राउत, कोषाध्यक्ष

ट्राफिक सप्ताह २०७३ मकवानपुरमा शुरु,

ट्राफिक सप्ताह २०७३ मकवानपुरमा शुरु,

    हेटौंडा, २६ बैशाख  / ट्राफिक सप्ताह २०७३ को आज एक समारोहका बिच मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्थले उद्घाटन गरेका छन् ।  सप्ताहको आज पहिलो दिन बिभिन्न ट्राफिक जनचेतना मुलक पर्चा पम्ल्पेट, प्ले कार्ड सहित रेडक्रस सोसाइटीको कार्यालय चाइना टाउनबाट ¥याली निकाली शहर परिक्रमा गरी बुद्धचोकमा आई रेडक्रसका जन्म दाता हेनरी ड्यूनाको फोटोमा माल्यार्पण गरि सम्पन्न भयो ।  बिश्व

किसानको लागि अन्तरक्रिया

किसानको लागि अन्तरक्रिया

    हेटौंडा, २६ बैशाख  र “नेपाली किसानहरुको समस्या र कृषि क्रान्ति” विषयक अन्तरक्रिया आज हेटौडामा सम्पन्न भएको छ । अखिल नेपाल किसान महासंघ ९क्रान्तिकारी०, जिल्ला समिति मकवानपुरले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा किसानहरुले अहिले सम्म भोग्दै आएको राष्ट्रिय तथा स्थानीय समस्याहरुको बारेमा छलफल गरिएको थियो । महासंघको केन्द्रीय महाधिवेशनको पूर्वसन्ध्यामा किसानको समस्याको बारेमा तथा

चेपाङ बालवालिकालाई सहयोग

हेटौंडा, २६ बैशाख र नेपाल घुम्न आएका जर्मनी नागरिकहरुले भूकम्प पीडित चेपाङ बालवालिकालाई विद्यालय पोशाक सहयोग गरेको छ । आज राक्सिराङ–८ निगुरेटारमा दुई सय ५० जना चेपाङ बालवालिकालाई विद्याल पोशाक बितरण गरिएको हो । चेपाङ बालवालिकालाई पोशाक बितरण गर्दै जर्मन नागरिक एभलिनले चेपाङ बालवालिकालाई सहयोग गर्न पाउँदा खुशी लागेको बताउनुभयो । दुई हप्ता नेपाल घुम्न आएका दश जना

उत्तरी मकवानपुर थाहा नगरपालिकाको तेश्रो स्थापना दिवस आज

हेटौंडा २५ उत्तरी मकवानपुर थाहा नगरपालिकाको तेश्रो स्थापना दिवस आज मनाइएको छ । नगरपालिकाको कार्यालयमा एक समारोहका साथमा स्थापना दिवसलाई केक काटेर मनाइएको हो । २०७१ बैशाख २५ गतेबाट नगरको रुपमा स्थापित थाहा नगरपालिकाले आज २०७३ बैशाख २५ गते तेश्रो स्थापना दिवस मनाएको हो । दिवसकै अवसरमा थाहा नगरपालिकामा नगर सुचना केन्द्रको पनि उद्घाटन गरिएको छ । नगरपालिकाको स्थापना

उत्तरी मकवानपुरको पालुङमा एकल कविता वाचन कार्यक्रम सम्पन्न

हेटौंडा २४  उत्तरी मकवानपुरको पालुङमा एकल कविता वाचन कार्यक्रम सम्पन्न भएको छ ।  नेपाली भाषा,साहित्यका क्षेत्रमा बिगत लामो समयदेखि क्रियाशील पालुङ साहित्य परिषद्ले आज भब्य रूपमा स्थानीय लोक गायक तथा कवि सालिकराम बर्तौलाको एकल कविता वाचन कार्यक्रम आयोजना गरेको हो ।  थाहा नगरपालीका वडा न ६ स्थित बाहुनगाँउको सामुदायिक भवनमा सञ्चालित उक्त कार्यक्रममा राष्ट्रिय

प्रथम पत्रकारिता दिवसको अवसरमा आज हेटौँडामा सरकारी कार्यालयका सुचना अधिकारी र सञ्चारकर्मीहरु बीच अन्तरक्रिया

प्रथम पत्रकारिता दिवसको अवसरमा आज हेटौँडामा सरकारी कार्यालयका सुचना अधिकारी र सञ्चारकर्मीहरु बीच अन्तरक्रिया

हेटौंडा २४  प्रथम पत्रकारिता दिवसको अवसरमा आज हेटौँडामा सरकारी कार्यालयका सुचना अधिकारी र सञ्चारकर्मीहरु बीच अन्तरक्रिया कार्यक्रम भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरको आयोजनामा भएको कार्यक्रममा सहभागी सञ्चारकर्मी तथा सुचना अधिकारीहरुले सुचना लिँदा दिँदाका भोगाई,समस्या र अभ्यासबारे अनुभवन आदनप्रदान गरेका थिए ।  कार्यक्रमा नेपाल पत्रकार महासंघ मकवानपुरका कार्य समिति सदस्य सुरेश

नगरको सबैभन्दा ठुलो पुरस्कार राशिको नगर कप फुटवल प्रतियोगिता हेटोडामा सुरु

नगरको सबैभन्दा ठुलो पुरस्कार राशिको नगर कप फुटवल प्रतियोगिता  हेटोडामा सुरु

हेटौंडा २४  नगरको सबैभन्दा ठुलो पुरस्कार राशिको नगर कप फुटवल प्रतियोगिता आजवाट हेटोडामा सुरु भएको छ । हेटौँडा उपमहानगरपालिका तथा जिल्ला खेलकुद विकास समिती मकवानपुरको संयुक्त आयोजनामा आज वाट स’रु भएको प्रतियोगीताको विजेताले १ लाख नगद प्राप्त गर्नाे छ । प्रतियोगितामा उपविजेताले ५० हजार नगद प्राप्त गर्ने जिल्ला खेलकुद विकास समिती मकवानपुुरले जनाएको छ । प्रतियोगिता अन्तर्गत आज भएको उद्धघाटन खेलमा १

खोलाले बगाउँदा तीन जनाको ज्यान गयो

खोलाले बगाउँदा तीन जनाको ज्यान गयो

  मकवानपुर,  २२ बैशाख /  मकवानपुरको भैँसेमा खोलाले बगाएर बुधबार तीनजनाको ज्यान गएको छ । दिउँसोको समयमा भैँसे–४ स्थित ज्यामिरे खोलामा आएको बाढीले स्थानीय लक्ष्मण स्याङ्तानकी श्रीमती २८ वर्षीया बिमला स्याङ्तान र अर्का स्थानीय जनक मोक्तानकी १४ वर्षीया अनिसा मोक्तानको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुकार प्रवक्ता डिएसपी बामदेव गौतमले जानकारी दिए खोला छेउमा गाईबाख्रा चराइरहेका उनीहरुलाई

लेखापालन सम्वन्धी तालिम हेटौँडामा संचालन

लेखापालन सम्वन्धी तालिम हेटौँडामा संचालन

हेटौंडा, २२ बैशाख /  सहकारी संस्थामा लेखा व्यवस्थापनलाई अझै व्यवस्थित र प्रभावकारी वनाउन सहकारीका लेखापाल तथा व्यवस्थापक कर्मचारीहरुका लागि ६ दिने लेखापालन सम्वन्धी तालिम संचालन गरिएको छ । हेटौँडामा आज बुधबारबाट शुरु भएको तालिममा २० जना हेटौडा उपमाहनगरपालिकाको विभिन्न शहकारी संस्थाका लेखापाल तथा व्यवस्थापक कर्मचारीहरुको सहभागिता रहेको छ । तालिममा सहकारीका गौसर भौचर, वास्लात, चारखाता, भौचर, लाभांश,

वजारमा आउदै “आइसक्रिम चुस्स चुस्स ”

वजारमा आउदै “आइसक्रिम चुस्स चुस्स ”

हेटौंडा,वैशाख २०   रुपक कालिराज,हेटौडा लम्जुङ जिल्लाको घले गाउँमा जन्मनु भएका लोक गायक हरि विशीकोे नयाँ लोक दोहोरी गिती एल्वम केहि दिनमा वजारमा आउदैछ । लम्जुङ जिल्लाको घले गाउँ वडा नं. ३ मा जन्मनु भएका र हाल कामको शिलशिलामा लामो समयदेखि मलेशियामा काम गर्दै आउनु भएका लोक गायक र चर्चित गायीका ज्योती मगरको समेत स्वर रहेको चुस्स चुस्स आइसक्रिम लोक दोहरी एल्वम वजारमा ल्याउन लागेका हुन् । सुवास