ON AIR

पुराना लोक भाका

UP NEXT

प्रवचन

ताजा अपडेट :

स्थानिय समाचार

स्मृति पिस पार्क पोखरी भित्र जडित पानीको फोहरा एवम् महादेव शंकरको मुर्तिको एक कार्यक्रम विच अनावार गरियो ।।

हेटौंडा,वैशाख २०   व्रहाकुमारी राजयोग सेवा केन्द्र हेटौडा द्धारा सञ्चालित पूष्पलाल स्मृति पिस पार्क पोखरी भित्र जडित पानीको फोहरा एवम् महादेव शंकरको मुर्तिको एक कार्यक्रम विच अनावार गरिएको छ  । प्रमुख जिल्ला अधिकारीको मान बहादुर विश्वकर्मले पानीको फोहरा एवम् महादेव शंकरको मुर्तिको अनावरण गर्नु भएको हो । व्रहाकुमारी राज सेवा केन्द्र हेटौडाका अध्यक्ष

नेपाल उत्पीडित जातीय मुक्ति समाज मनहरी गाउँ कमिटीको अधिवेसनबाट कृष्णवहादुर खातीको अध्यक्षतामा नयाँ कमिटी गठन

हेटौंडा,वैशाख २० नेकपा एमाले निकट नेपाल उत्पीडित जातीय मुक्ति समाज मनहरी गाउँ कमिटीको अधिवेसन तथा प्रशिक्षणात्मक कार्यक्रम सोमबार सम्पन्न भएको छ । अधिवेसनले कृष्णवहादुर खातीको अध्यक्षतामा नयाँ कमिटी गठन गरेको छ । उपाध्यक्षमा चमेली परियार, सचिवमा कवराज सापकोटा, कोषाध्यक्षमा कृष्णवहादुर घताने र सहसचिवमा रञ्जिता परियार सर्वसम्मत रुपमा चयन भएकी छन् । सदस्यहरुमा

उत्तरी मकवानपुरका अभिभावकहरुलाई वाल उत्प्रेरणा अनुकुल स्याहार सिकाउँदै, सिकाइको माध्ययम हाजिरिजवाफ ।।

हेटौंडा,वैशाख २०   उत्तरी मकवानपुरका पाँच वटा गाउँ विकास समितिका अभिभावकहरु बिचमा गाविस स्तरीय हाजिरीजवाफ प्रतियोगिता भएको छ । आर्थिक वर्ष २०७२/७३ र त्यस अघि प्रारम्भिक वालविकास अभिभावक शिक्षा कार्यक्रम संचालन गरिएका क्षेत्रका अभिभावकहरुलाई समेटिएर हाजिरि जवाफ प्रतियोगिता राखिएको हो । प्लान इन्टरनेशनलको आर्थिक सहयोग तथा सामुदायिक विकास संस्था सिडिओ

नेपाली कांगे्रसको क्षेत्रिय भेला सम्पन्न

हेटौंडा,वैशाख २० नेपाली कांगे्रसको क्षेत्रिय भेला कुलेखानीमा सम्पन्न भएको छ । भेलाले जेठको २५ गते भित्रमा क्षेत्रिय कार्यकर्ता प्रशिक्षण हुने भएको छ । नेपाली कांग्रेसको १३ औ महाधिवेशन बाट क्षेत्रिय सभापतिमा यतिराज सापकोट चयन हुने भएको छ । साथै भेलाबाटा क्षेत्रिय समितिमा विभिन्न पदमा पदाधिकारी थप गरि १९ सदस्यीय कार्य समिति समेत निर्माण गरिएको छ । थपमा उपसभापति

नेपाल राष्ट्रिय दलित समाज कल्याण सघं जिल्ला शाखा धादिङको दोस्रो जिल्ला अधिबेशन सम्पन्न

हेटौंडा,वैशाख २० नेपाल राष्ट्रिय दलित समाज कल्याण सघं जिल्ला शाखा धादिङको दोस्रो जिल्ला अधिबेशन आइतबार सम्पन्न भएको छ  । नेपाल  राष्ट्रिय दलित समाज कल्याण सघ जिल्ला कार्यसमिति धादिङका अध्यक्ष यता वहादुर सुनारको अध्यक्ष्यतामा सन्चालित कार्यक्रममा नेपाल  राष्ट्रिय दलित समाज कल्याण सघका केन्द्रिय सदस्य यदु मगराती को प्रमुख आतिथ्य रहेको थियो । अधिवेशनले वेग

घर दैलो वाट एम्वुलेन्सको सेवा पाउने भएपछि नामटार गाविसका स्थानीय खुशी

हेटौंडा,वैशाख २० आफ्नै घर दैलो वाट एम्वुलेन्सको सेवा पाउने भएपछि मकवानपुर नामटार गाविसका स्थानीय खुशी भएका छन् । राट्रिय प्रजातन्त्र पार्टिका नेता तथा साँसद गणेश थापाकोे पहलमा गाँउमा एम्वुलेन्स आउने भए पनि स्थानीय खुसि भएका हुन । आज भए कार्यक्रमका विच साँसद थापाले आफ्नै पहलमा केहि दिन भित्रै एम्वुलेन ल्याइदिने घोषण गर्दै गर्दा स्थानियले जोडदार ताली सहित खुशी

स्थानिय शान्ति समिति मकवानपुरद्वारा दसवर्षे सशस्त्र संघर्षको समयका १६ पिडित ब्यक्तिको उजुरी दर्ता ।।

हेटौंडा,वैशाख १७ ÷ स्थानिय शान्ति समिति मकवानपुरले दस वर्षे सशस्त्र संघर्षका समयमा भएका पिडित ब्यक्तिको उजुरी संकलन गरिरहेको छ । सरकारले गठन गरेको बेपत्ता छानबिन आयोग र सत्यनिरुपण तथा मेलमिलाप आयोगले जिल्लामा रहेको स्थानिय शान्ति समिति मार्फत उजुरी संकलन गरिरहदा आज सम्म १६ पिडित ब्यक्तिको उजुरी दर्ता गराएको स्थानिय शान्ति समिति मकवानपुरले जनाएको छ । जस मध्य ५ वटा

क्षत्रीय स्तरको आधारभुत अग्नि नियन्त्रण तालिम सकियो

क्षत्रीय स्तरको आधारभुत अग्नि नियन्त्रण तालिम सकियो

हेटौंडा,वैशाख १७ ÷ गर्मी मौसममा आगलागीका घटनाहरु धेरै हुने गरेको अवस्थालाई मध्यनजर गर्दै हेटौँडा उपमहानगरपालिकाले सञ्चालिन गरिएको पाँचदिने क्षत्रीय स्तरको आधारभुत अग्नि नियन्त्रण तालिम आज समापन भएको छ । अग्नि नियन्त्रण सम्बन्धी नयाँ प्रविधिको ज्ञान, वारुणयन्त्रका कर्मचारीहरूको क्षमता अभिवृद्धि साथै आगलागीबाट धनजनको क्षति कम गराउन सघाउ पु¥याउने उद्देश्यका साथ नारायणी र जनकपुर अञ्चलका नौ वटा

३ नम्बर क्षत्रिय अधिवेशन भोली हुने

३ नम्बर क्षत्रिय अधिवेशन भोली हुने

    हेटौंडा,वैशाख १७ ÷ राट्रिय प्रजातन्त्र पार्टि नेपाल हेटौंडाको नगर युवक संगठन,राट्रिय प्रजातान्त्रिक महिला संगठन र ३ नम्वर क्षत्रिय अधिवेशन भोली हुने भएको छ । राप्रपा नेपालले आज पत्रकास सम्मेलनको आयोजना गरी अधिवेशनको तयारी पुरा भएको जनाएको छ । भोली हुने अधिवेशनले तिन वटै संगठनमा नयाँ नेतृत्व चयन गर्ने जनाईएको छ । क्षत्रिय अधिवेसनले महिला संगठन तथा ३ नंम्वर क्षत्रिय अध्यक्षको चयन

नेपाल सडक मजदुर ट्रेड यूनियन मध्यमाञ्चल क्षेत्रीय कमिटीको पाँचौ अधिवेशन सम्पन्न ।।

  हेटौंडा,वैशाख १७ ÷ डिभिजन सडक कार्यालयमा कार्यरत मजदुरहरुको संगठन नेपाल सडक मजदुर ट्रेड यूनियन मध्यमाञ्चल क्षेत्रीय कमिटीको पाँचौ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट अध्यक्षमा पुनः ललितपुर जिल्लाका महेन्द्र श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । शुक्रबार भएको अधिवेशनबाट श्रेष्ठको अध्यक्षतामा ९ सदस्य कार्य समिति चयन गरेको होे । जसमा उपाध्यक्षमा हेटौँडाका

केशबलाल श्रेष्ठ स्मृति जिल्लास्तरीय भबिलबल प्रतियोगिता–२०७३ को सेमिफाइनल समिकरण पूरा

हेटौंडा-  १५ केशबलाल श्रेष्ठ स्मृति जिल्लास्तरीय भबिलबल प्रतियोगिता–२०७३ को सेमिफाइनल समिकरण पूरा भएको छ । हेटौंडा–४ स्थित लोकतान्त्रिक मैदान (हुप्रचौर)मा बुधबार लिगचरणको खेल समाप्त भएसँगै अन्तिम चारमा प्रवेश गर्ने टोलीको टुंगो लागेको हो । प्रतियोगितामा सहभागी आठ टोलीलाई दुई समूहमा विभाजन गरेर लिगकम नकाउट आधारमा प्रतियोगिता सञ्चालन गरिएको थियो ।

भुकम्प प्रभावित मकवानपुर जिल्लाका १२ हजार वालवालिकाहरुलाई गर्मी समयको कपडा वितरण

हेटौंडा १५    बैशाख १२ को भुकम्पले प्रभावित १४ जिल्ला मध्ये मकवानपुर जिल्लाका १२ हजार वालवालिकाहरुलाई गर्मी समयको कपडा वितरण भएको छ । हेटौ.डा उपमहानरपालिका बाहेक जिल्ला भरिका भुकम्प प्रभावित ५ देखि १८ वर्ष सम्मका वालवालिकाहरुलाई कपडा वितरण गरिएको हो । युनिसेफको आर्थिक सहयोग तथा ग्रामिण महिला स्वावलम्बन संस्था र महिला तथा वालवालिका कार्यालय मकवानपुरको

तीन दिने सहकारी संस्थाका समूह र सहकारीका सदस्यहरुको लागि अनुशिक्षण कार्यक्रम संचालन

हेटौंडा - १५ महिला तथा वाल वालिका कार्यालय मकवानपुरको आयोजनामा तीन दिने सहकारी संस्थाका समूह र सहकारीका सदस्यहरुको लागि अनुशिक्षण कार्यक्रम संचालन भएको छ । मंगलबारबाट शुरुभएको कार्यक्रममा थाहा नगरपालिका १ साविक पालुङ गाविसको लाली गुराँस महिला बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडका सदस्यहरुलाई अनुशिक्षण गरिएको हो । सहभागीहरुलाई संस्थाको बारेमा जानकारी संगै

भूकम्पले घर भत्काएको एक वर्षपछि नयाँ घर

हेटौंडा १५ मकवानपुरको टिस्टुङ–६ की ७६ वर्षीया ठूलीमाया स्याङ्तान भूकम्पले घर भत्काएको एक वर्षपछि नयाँ घरमा प्रवेश गरेकी छन् । अन्तर्रा्ष्ट्रिय गैर सरकारी संस्थाहरु टिएर फण्ड र राडो नेपालले रु ४ लाख ५० हजार खर्च गरेर उनका लागि नयाँ घर निर्माण गरिदिएका हुन् । टिएर फण्ड र राडो नेपालले पहिलो पटक मकवानपुरमा नमूना घर निर्माण गरी भूकम्पपीडितलाई हस्तान्तरण गरेका हुन् ।

हेटौंडामा एक हप्ते रेडियो उद्घोषण तथा पत्रकारिता तालिम शुरु ।

हेटौंडा - १५   रेडियो आकाश गंगा ८८.५ मेगाहर्जको आयोजनामा वुधबार देखि मकवानपुरको सदरमुकाममा एक हप्ते रेडियो उद्घोषण तथा पत्रकारिता तालिम शुरु भएको छ । निहारिका मिडिया प्रालि द्वारा सञ्चालित रेडियो आकाश गंगा मार्फत एक हप्ताका लागि रेडियो स्टेसनको भवनमा तालिम सञ्चालन गरिएको हो । तालिममा ब्यक्तित्व विकाश,नेतृत्व बिकास सम्बनधी प्रशिक्षण दिईने निहारिका मिडिया

हेटौडामा जिल्ला स्तरिय भलिवल प्रतियोगिता आजबाट शुरु, विजेतालाई ४० हजार

हेटौडामा जिल्ला स्तरिय भलिवल प्रतियोगिता आजबाट शुरु, विजेतालाई ४० हजार

हेटौडा,१३ वैशाख  / नेपाली राष्ट्रिय भलिवलका प्रमुख प्रशिक्षक तथा पूर्व राष्ट्रिय भलिवल खेलाडी स्वर्गिय केशबलाल श्रेष्ठको गत बैशाख १२ गते गएको विनाशकारी भुकम्पमा परि ज्यान गएको पहिलो वार्षिक पूण्य तिथीको अवसरमा हेटौँडामा जिल्ला स्तरीय भलिवन प्रतियोगिताको सुरुवात भएको छ । स्वार्गिय श्रेष्ठकै स्मृतिमा स्थापना गरिएको केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय

आर्थिक समृद्धिका लागि अन्तरक्रृयाःलामिछाने

आर्थिक समृद्धिका लागि अन्तरक्रृयाःलामिछाने

  नयाँ शक्ति नेपाल अन्तरीम जिल्ला परिषद् मकवानपुरको आयोजनामा वैशाख १५ गते नेपालमा आर्थिक समृद्धिका आधारहरु विषयकमा वृहत अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने जनाएको छ । आज पत्रकार सम्मेलनको आयोजनामा सबैलाई बताउदै आर्थिक समृद्धी , शुसाशन र समुन्नत समाजवाद निर्माणका लागी नयाँ विचार सहित नयाँ शक्ति निर्माणमा जुट्नका लागी एकता वद्ध तरिकाले लागि परिरहेको जिल्ला संयोजक प्रल्हाद लामीछानेले जानकारी

मकवानपुरको लच्कामा दुर्घटना, दुर्घटनामा ४६ जना घाइते

मकवानपुरको लच्कामा दुर्घटना, दुर्घटनामा ४६ जना घाइते

  हेटौडा,१३ वैशाख /  पुर्व पस्चिम राजमार्ग अन्तर्गत मकवानपुरको लच्का भन्ने स्थानमा भएको सवारी दुर्घटनामा ४६  जना घाइते भएका छन् । काँकडभित्ताबाट काठमाण्डांै आउँदै गरेको बा३ख९८०८ बस र बिपरित दिशाबाट आउँदै गरेको ना ५ ख ५७२८ नम्बर मिनी बसको बिचमा हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको बा ९ छ ८०३७ जिप छिर्दा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । ४६ जना 

दोस्रो थाहा महोत्सव २०७३ भदौको अन्तिममा हुने ÷ महोत्सव अझ बढी व्यवस्थित र प्रभावकारी हुने अध्यक्ष खत्रीको भनाई

दोस्रो थाहा महोत्सव २०७३ भदौको अन्तिममा हुने ÷ महोत्सव अझ बढी व्यवस्थित र प्रभावकारी हुने अध्यक्ष खत्रीको भनाई

हेटौडा,१३ वैशाख / हालै गठित थाहानगर उद्योग वाणिज्य संघले आगामी भदौ अन्तिम साता दोस्रो थाहा महोत्सव २०७३ आयोजना गर्ने भएको छ । सोमबार बसेको संघको बैठकले भदौ ३० गतेदेखि असोज ८ गतेसम्म दोस्रो थाहा महोत्सवको आयोजना गर्ने निर्णय गरिएको महासचिव सुरेन्द्रमान प्रधानले जानकारी दिनुभयो । महोत्सवको तयारीका लागि आवश्यक स्टेरिङ कमिटी तथा उपसमितिहरु अर्को बैठकले

जिल्ला स्तरिय भलिबल प्रतियोगिताको उपाधि शसक्त यूवा समुह आग्रालाई ।।

जिल्ला स्तरिय भलिबल प्रतियोगिताको उपाधि शसक्त यूवा समुह आग्रालाई ।।

    रुपक कालिराज,वैशाख ११/  खेलकुद विकासको निम्ति कालीदेविको प्रयास, डाडाबाँस आन्तरिक पर्यटन विकासको अभ्यास भन्ने मुल नाराको साथ सञ्चालित जिल्ला स्तरिय भलिबल प्रतियोगिताको उपाधि शसक्त यूवा समुह आग्राले जितेको छ । मकवानपुरको आग्रामा भएको फाइनलमा शसक्त यूवा समुह आग्राले कुण्डल देवि सहकारी संस्थालाई ३ः१ को सेटमा पराजित गर्दै शसक्त यूवा समुह आग्राले उपाधि हात पारेको हो । प्रतिस्पर्धात्मक खेलमा

नयाँ शक्ति नेपाल हेटौंडा ४ नं वडा भेला सम्पन्न

नयाँ शक्ति नेपाल हेटौंडा ४ नं वडा भेला सम्पन्न

नयाँ शक्ति नेपाल हेटौंडा ४ नं वडा भेला सम्पन्न वैशाख ११ नयाँ शक्ति नेपाल हेटौंडा ४ नं वडा भेला सम्पन्न भएको छ । भेलाले प्रेम नारायण गौतमको संयोजकत्वमा १२ सदस्यिय अन्तरिम वडा परिषद् गठन गरेको छ । नव गठित परिषद्को सदस्यहरु ढलक बहादुर केसि, रामकुमार विष्ट, लक्ष्मि थापा, रमेश न्यौपाने, सुमीत्रा कोइराला, चन्द्रकुमारी भट्टराई, चन्द्र बहादुर घिसिङ, मनिता राना, लक्ष्मीमाया घलान, बद्री नारायण गुप्ता, सिमा

सरकारले घर बनाउन दिने भनेको रकम ७ दिन भित्रमा वितरण गर्ने गृहमन्त्री शक्ति बहादुर बस्नेतको प्रतिवद्धता ।।

सरकारले घर बनाउन दिने भनेको रकम ७ दिन भित्रमा वितरण गर्ने गृहमन्त्री शक्ति बहादुर बस्नेतको प्रतिवद्धता ।।

  पालुङ,वैशाख ११ / एकीकृत नेकपा माओवादीका नेता तथा गृहमन्त्री शक्ति बहादुर बस्नेतले भूकम्पपछिको पुनःनिर्माणको महाअभियान १२ वैशाखबाटै शुरु हुने बताएका छन् । मकवानपुरको थाहानगरमा ११ वैशाखमा भएको कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले भूकम्प पीडितहरुले संकलित तथ्याङ्कको आधारमा प्रकृया पूरा गरी ७ दिन भित्रमा सरकोले घर बनाउन दिने भनेको रकम पहिलो किस्तामा वितरण गर्ने प्रतिबद्धता व्यक्त गरे ।

पालुङ जेसिसको पिकनिक कार्यक्रम

  रुपक कालिराज/ वैशाख ११÷ पालुङ जेसिसको आयोजनामा आज नयाँवर्षको शुभकामना आदान प्रदान तथा वनभोज कार्यक्रम सम्पन्न भएको छ । वर्ष २०१६ को अध्यक्ष शिभकुमार खत्रीको उपस्थितमा भएको कार्यक्रममा अध्यध्य खत्रीले यूवा यूवाहरुलाई समाजलाई परिवर्तन गर्नको लागि एकतावद्ध भएर लाग्नु पर्ने भन्दै सबैलाई नयाँ वर्ष २०७३ शुभकामना दिनु भएको थियो । साथै उहाँले विकासका लागी आफु

थाहाको १ मा काँग्रेसको वडा कमिटी विस्तार

  वैशाख,११ थाहा नगरपालिका वडा नं। १ मा नेपाली काँग्रेसको २५ सदस्यीय वडा  कमिटी विस्तार भएको छ । शनिवार बसेको काँग्रेस वडा भेलाले २५ सदस्यीय कार्यसमिति विस्तार गरेको हो । वडा अधिवेशनबाट चुनिएका विश्वमान श्रेष्ठको सभापतित्वमा विस्तार गरिएकोको वडा कमिटीमा उपसभापतिमा चमेली वल र सानोकान्छा तामाङ रहेका छन् र त्यसै गरि सचिवमा सुन्केश्वर प्रधान, कोषाध्यक्षमा

मकवानपुर किड्समा बिदाई कार्यक्रम

    हेटौडा,वैशाख ११ / हेटौंडा ४ मा रहेको मकवानपुर किड्स मन्टेश्वरीमा आज बिदाई कार्यक्रम गरिएको छ । मन्टेश्वरीमा नर्सरी पास गरेका दश जना बालबालिकालाई विद्यालय शिक्षामा प्रवेशको शुभकामना दिदै बिदाई गरिएको हो । बिदाई कार्यक्रममा मन्टेश्वरीका विद्यार्थी, अभिभावक, शिक्षिका लगायतको उपस्थिती रहेको थियो । हेटौंडामा विगत ४ वर्षदेखी सञ्चालित मन्टेश्वरीको सेवा

मकवानपुरको आग्रामा मकवानपुर जिल्ला स्तरीय भलिबल प्रतियोगिता सुरु

मकवानपुरको आग्रामा मकवानपुर जिल्ला स्तरीय भलिबल प्रतियोगिता सुरु

मकवानपुर, ८ बैसाख । कालीदेवि युवा समुहको आयोजना तथा कालीदेवी बहुउद्देसीय सहकारी संस्थाको समन्वयमा मकवानपुरको आग्रामा मकवानपुर जिल्ला स्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ ।   आग्रा गाविसको कार्यलय सहायक चन्द्र बहादुर थिङले प्रतियोगिताको उद्घाटन गर्नु भएको थियो । बुधबार भएको खेलमा बागेश्वरी युवा क्लबले हिमाली डाँफे युवा क्लवलाई र

मकवानपुर रिकभरिड्ड समूहको शाखा विस्तार

मकवानपुर रिकभरिड्ड समूहको शाखा विस्तार

हेटौडा, वैशाख ८  / लागुपदार्थ तथा मादकपदार्थ उपचार को पुर्नस्थापनाको कार्य गर्दै आइरहेको मकवानपुर रिकभरिड्ड समूहले बुधबार हेटौँडा–९ सिमेन्टरोडमा शाखा विस्तार गरेको छ । बुधबार मध्यमाञ्चल उद्योग वाणिज्य संघका अध्यक्ष अरुणराज सुमार्गीले कार्यालयको उद्घाटन गर्नु भएको हो ।  सुमार्गीले समाजका युवाहरु समुन्नत भएमा प्रहरीको आवश्यकता नपर्नेमा जोड दिनु भएको थियो । लागू पदार्थ सेवन गर्ने व्यक्तिहरु

महिलाहरुको क्षमता अभिवृद्विका लागि अन्तरक्रिया

हेटौडा, वैशाख ८  / समूहमा आवद्व महिलाहरुको क्षमता अभिवृद्वि गर्ने उद्वेश्यले आज रानी सामुदायिक वन उपभोक्ता समूहमा एक दिवसीय अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । गोष्ठीमा बैठक बस्ने तरीका, आम्दानी खर्चको विवरण राख्ने विधि र अभिलेख लगायतका विषयहरुमा जानकारी गराईएको थियो । गोष्ठीमा सामुदायिक वन उपभोक्ता महासंघका सचिवालय सदस्य साधुराम चौलागाई, रामहरी चौलागाई,

कारागार व्यवस्थापन सुचना प्रणाली कार्यान्वयन तथा वेरुजु संपरिक्षण सम्बन्धि दुई दिने क्षेत्रीय गोष्ठि हेटौँडा

हेटौँडा ७ कारागार व्यवस्थापन सुचना प्रणाली कार्यान्वयन तथा वेरुजु संपरिक्षण सम्बन्धि दुई दिने क्षेत्रीय गोष्ठि आज हेटौँडामा सम्पन्न भएको छ । कारागार ब्यवस्थापन बिभागको आयोजनामा भएको गोष्ठिमा मध्यक्षेत्रका जिल्ला कारागार प्रमुखहरुको सहभागिता रहेको थियो । गोष्ठिमा बिभागका महादिर्नेशक हिमनाथ दवाडी र निर्देशक देवी प्रसाद सुवेदीले सहजिकरण गर्नुभएको थियो ।

पदमपोखरीमा नयाँ शक्ति नेपालको अन्तरिम वडा परिषद् गठन

हेटौडा ,५ मकवानपुरको हेटौडा १४ पदमपोखरीमा नयाँ शक्ति नेपालको अन्तरिम वडा परिषद् गठन गरिएको छ  । नयाँ शक्ति नेपालका केन्द्रिय परिषद् सदस्य एवम् जिल्ला संयोजक प्रलाद लामिछानेको प्रमुख आथित्यतामा भएको भेलाले सुर्य छामिको संयोजकत्वमा २१ सदस्य अन्तरिम वडा परिषद् गठन गरिएको छ । कमिटिमा दुर्गा बहाुदर वाइवा,जित बहादुर घलान,बद्रि प्रसाद रुपाखेति लगायत चयन भएका छन

गढी गाउँ इकाई कमिटी पुर्नगठन,अध्यक्षमा रुम्बा चयन

हेटौडा, शनिवार भएको एक भेलाबाट संघीय समाजवादी फोरम नेपालको गढी गाउँ इकाई कमिटी पुर्नगठन गरेको छ । भेलाले बुद्धिलाल रुम्बाको नेतृत्वमा १५ सदस्यीय नयाँ कमिटी चयन गरिएको हो । कमिटीको उपाध्यक्षमा निशा थापा क्षेत्री, सचिव अञ्जु घिमिरे, कोषाध्यक्ष अनिता घलान चयन भएका छन् । सदस्यहरुमा मुना बल, अशोक योञ्जन, विमल स्याङतान, सुस्मा ठकुरी लगायत पन्ध्र सदस्यीय रहेको छ । हाल यस

रेडियो आकाशगंगा द्धारा मामाघरका भान्जालाई खाना तथा खाजा खुवाइयो

रेडियो आकाशगंगा द्धारा मामाघरका भान्जालाई खाना तथा खाजा खुवाइयो

हेटौँडा, वैशाख/४. मामाघर नेपाल मकवानपुरलाई रेडियो आकास गंगा ८८‍‍‍.५ मेगाहर्जले विहानको खाजा र खाना खुवाएको छ  । हेटौँडा—४ कान्तिराजपथ स्थित सडकबालकहरुको व्यवस्थापन गर्दै आईरहेको मामा घर नेपाललाई केहि सहयोग पुगोस भने हेतुले विहानको खाजा र खाना सहयोग गरेको रेडियो आकाश गंगाका प्रवन्ध निर्देशक गंगा प्रसाद पौडलेले बताउनु भयो । नयाँ वर्ष २०७३ को अवसरमा रेडियोले सो सहयोग गरेको र आगामी दिनमा पनि सँधैव

२३ औँ पारिजात स्मृति सम्मान कार्यक्रम सम्पन्न

हेटौडा, आँचल साहित्य कला पुञ्ज र बुहारी बचत तथा ऋण समुहको आयोजनामा २३ औँ पारिजात स्मृति सम्मान सम्पन्न भएको छ । कार्यक्रममा अनिता न्यौपाने, शान्ति प्रियवन्दना, मनु आशा, बगेकी गंगा निर्मला अर्याल अम्बिका बिहानी ,अतिथि रहेको कार्यक्रममा सरस्वती मैनाली,शुभ थापा रिना श्रेष्ठ, विद्या दाहाल रोमी श्रेष्ठ लगाएका व्यक्तिहरुले उदघोषण तालिम लिएका थिए भने कार्यक्रममा पारिजात

चट्याँङ लागेर ठिंगन–९ का ५२ वर्षीय महिला घाइते

चट्याँङ लागेर ठिंगन–९ का ५२ वर्षीय महिला घाइते

हेटौडा, पूर्वी मकवानपुरको ठिंगन–९ बस्ने ५२ वर्षीय फूलमाया स्याङ्तान आज दिउँसो करिब चार बजे परेको चट्याँङ लागेर घाईते भएका छन् । चट्याङ लागेर स्याङ्तानको हात खुट्टा नचल्ने भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । गाउँमै प्राथमिक उपचार गरिएकी उनलाई थप उपचारको लागि हेटौँडा ल्याउन एम्बुलेन्स पठाईएको मकवानपुर प्रहरीले जनाएको छ

मंगलबार झण्डै ४ करोडको कारोबार

मंगलबार झण्डै  ४ करोडको कारोबार

    मकवानपुर उद्योग बाणिज्य संघको आयोजनामा फागुन २० गते विहीबारदेखि जारी राष्ट्रिय औद्योगिक ब्यापार मेलाको छैटौें दिन आज मंगलबार ३ करोड ९८ लाख २५ हजारको कारोबार भएको मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष तथा मेला संयोजक राजकुमार न्यौपानेले बताउनुभएको छ ।        पाँचौंदिन मंगलबार ३९ हजार ५ सय दर्शकले मेला अवलोकन गरेको अध्यक्ष तथा मेला संयोजक न्यौपानेले बताउनुभएको हो

चन्द्रोदयमा भुतपुर्व बिद्यार्थिको संगठन

चन्द्रोदय उच्चमावि हेटौँडा ८ कमानेका पुर्व बिद्यार्थीहरुको भेलाले भुतपुर्व विद्यार्थि संगठनको तदर्थ समिति गठन गरेको छ । हेमप्रसाद अधिकारीको अध्यक्षतामा गठीत तदर्थ समितिको उपाध्यक्षमा गंगा प्रसाद पौडेल,सचिबमा रमेश थापा,कोषाध्क्षमा प्रतीमा श्रेष्ठ रहनुभएको छ । तदर्थ समितिका  सदस्यहरुमा राजन दाहाल, जनकमान डंगोल उमेश थापा, किरणप्रसाद अर्याल र भुवन घिमीरे रहनुभएको

राष्ट्रिय औद्योगिक ब्यापार मेलामा डाईनोसर आँखै अगाडि

राष्ट्रिय औद्योगिक ब्यापार मेलामा डाईनोसर आँखै अगाडि

          हेटौंडा / मकवानपुर उद्योग बाणिज्य संघको आयोजनामा जारी राष्ट्रिय औद्योगिक ब्यापार मेलामा करोडौं वर्ष पहिला पृथ्विबाट लोप भएको डाईनोसर प्रदर्शनीमा राखिएको छ ।     मेलाको तेस्रो दिन आज शनिबार डाईनोसर राखिएको भन्ने प्रचारप्रसार गरेको सुनेर सिधै डाईनोसर राखिएको स्थानमा टिकट काटेर गएका शारदा उच्च माध्यमिक विद्यालय आमभञ्ज्याङमा कक्षा १० मा अध्ययनरत प्रशान्त पौडेलले अचम्मित

कर प्रशाशन व्यवसायी मैत्री वनाउनुपर्छः जिवन घिमीरे

 हेटौँडा २२ फागुन आन्तरीक राजश्व कार्यालयका प्रमुख जिवन घिमीरेले कर प्रशाशन व्यवसायीमैत्री वनाउनुपर्ने बताउनुभएको छ । प्रविधिमैत्री राजश्व निती निर्माणकै चरणमा रहेको बताउदै घिमीरेले कर प्रशाशन संग सम्बन्धीत नितिगत सुझावका लागि व्यवसायीहरुसंग आग्रह समेत गर्नुभयो । आज हेटौँडामा निर्माण सामाग्री व्यवसायी संघको छैठौँ साधारणसभाको उदुघाटन गर्दै घिमीरेले

नया शक्तिनिकट पत्रकार संगठनको संयोजकमा बर्तौला

नया शक्तिनिकट पत्रकार संगठनको संयोजकमा बर्तौला

हेटौँडा २२ फागुन/ नयाँ शक्ति नेपाल निकट पत्रकारहरुको भेलाले परमेश्वर बर्तौलाको संयोजकत्वमा १५ सदस्यीय जिल्ला भेला आयोजक समिति गठन गरेको छ । आज बिहान हेटौँडामा भएको भेलाले एक महीनाभित्र जिल्ला समिति गठन गर्ने निर्णय गर्दै बर्तौलालाई संयोजक तोकेको हो । रेडियो आकाशगंगा हेटौँडाका स्टेशन को अर्डिनेटर रहेका पत्रकार बर्तौला २०६३ सालदेखी पत्रकारीतामा क्रियाशिल हुनहुन्छ । भेलामा मकवानपुरमा रहेर

मकवानपुरको बजेट ३ अर्ब १७ करोड

मकवानपुरको बजेट ३ अर्ब १७ करोड

  हेटौँडा २० फागुन/ जिल्ला विकास समितीको २६ औँ जिल्ला परिषदले मकवानपुरको कुल बजेट ३ अर्ब १७ करोड ४६ लाख ४७ हजार सार्वजनिक गरेको  छ । हेटौँडामा भएको २६ औँ परिषदमा स्थानीय विकास अधिकारी लक्ष्मणविक्रम थापाले जिल्लाको बजेट सार्वजनिक गरेका हुन् ।  यो वर्ष मकवानपुरमा सार्वजनिक गरिएको बजेटमा पनि भौतिक पूर्वाधार निर्माणमा धेरै रकम विनियोजन गरिएको छ । विकासको महत्वपूर्ण आधारको रुपमा रहेको सडक

थाहा नगरपालिकाको पर्यटकिय क्षेत्र कोटथुम्कीमा मोटरबाटो पुग्ने

 पालुङ फागुन १८ थाहा नगरपालिकाको पर्यटकिय क्षेत्र कोटथुम्कीमा मोटरबाटो पुग्ने भएको छ । पर्यटन व्यवसायलाई मध्यनजर गर्दै थाहा १ कुटीप्वाकलमा पर्यटकिय मोटरबाटो उपभोक्ता समिति समेत गठन गरिएको छ । वडा नागरिक मञ्चको संयोजक रणुका प्रधानको सयौजकत्वमा खानीगाउँ कोटथुम्की पर्यटकिय मोटरबाटो उपभोक्ता समितिको आज गठन गरिएको हो । समितिको अध्यक्षमा रचेन्द्र तामाङ

हेटौंडा आईडल छनौट गरिने

हेटौंडा आईडल छनौट गरिने

फागुन १७  हेटौंडा मकवानपुर उद्योग वाणिज्य संघको मुख्य आयोजनामा २०७२ फागुन २० देखि ३० गतेसम्म हेटौंडाको लोकतान्त्रिक हुप्र चौरमा हुने राष्ट्रिय औद्योगिक व्यापार मेला २०७२ मा गायन प्रतियोगिता मार्फत चौथो हेटौंडा आईडल छनौट गरिने भएको छ । मकवानपुर उद्योग वाणिज्य संघले यस अघि आयोजना गरेको तीन ओटा मेलाबाट तीनजना हेटौंडा आईडल छनौट गरिसकेको छ । मेला अवलोकनकर्ताहरुले खरिद गर्ने प्रवेश टिकटमा अंकित आईडल छनौट

सोनाम ल्होछारको अवसरमा विशेष सांस्कृतिक कार्यक्रम

सोनाम ल्होछारको अवसरमा  विशेष सांस्कृतिक कार्यक्रम

सोनाम ल्होछारको अवसरमा विभिन्न स्थानमा मंगलबार विशेष सांस्कृतिक कार्यक्रमहरु गरिएको छ । यसै अवसरमा हेटौंडा–७ रातोमाटेमा भएको ल्होछार विशेष सांस्कृतिक कार्यक्रममा चलचित्र निर्माता तथा कलाकार विकू थोकरले आफ्नो विशेष प्रस्तुतीहरु राख्दै रातोमाटेबासीलाई भरपुर मनोरञ्जन प्रदान गरेका छन् । कार्यक्रममा तामाङ चलचित्रका चर्चित खलनायक थोकरले आफु अभिनित थुप्रै चलचित्रहरुको संवाद सुनाउदै सहभागीहरुलाई भरपुर

नेपाल तामाङ घेदुङ मकवानपुरले हेटौंडा अस्पतालका विरामीहरुलाई फलफूल वितरण

हेटौडा- २५ नेपाल तामाङ घेदुङ मकवानपुरले हेटौंडा अस्पतालमा उपचार गरिरहेका विरामीहरुलाई फलफूल वितरण गरेको छ । मञ्जुश्री सम्बत २८५२ टे÷माकर सोनाम ल्होछारको अवसरमा आयोजित साताव्यापी कार्यक्रम अन्तर्गत छैठौं दिन सोमबार अस्पतालमा रहेका विरामीहरुलाई फलफूल वितरण गरेको हो । फलफूल वितरण कार्यक्रममा नेपाल तामाङ घेदुङ मकवानपुरका अध्यक्ष लिलाकुमार घलानले घेदुङ केन्द्रीय

नेपाली कांग्रेसको मकवानपुर जील्ला सभापतिमा क्षेत्र नं १ का ईन्द्र बहादुर बानीया विजयी

हेटौडा २५ नेपाली कांग्रेसको १३ औं महाधिवेशनअन्तर्गत आज मकवानपुरमा पनी नेतृत्वको चयन गर्दैछ ।  केहि बेरमै मतपरीणाम सार्वजनिक हुने मतगणना स्थलमा रहनुभएका हाम्रा सहकर्मिले जानकारी दिनुभएको छ । जारी  मतगणनामा मकवानपुर क्षेत्र नं १,२ र ३ को मतगणना सकिएको छ । सभापतिका लागि ईन्द्र बहादुर बानीया, प्रभात कुमार दाहाल र वर्तमान सभापति रघुरमण न्यौपाने चुनावि मैदानमा

नेपाली कांग्रेसको १३ औं महाधिवेशनअन्तर्गत मकवानपुरमा पनी नेतृत्व चयन गर्दै

 हेटौडा -२५ नेपाली कांग्रेसको १३ औं महाधिवेशनअन्तर्गत आज मकवानपुर जिल्लामा  पनी नेतृत्वको चयन गर्दैछ । आज भैरहेको चुनावि प्रतीस्पर्धाका लागि सभापतिमा तीन जनाले उम्मेद्वारी दर्ता गराएका छन् । सभापतिका लागि ईन्द्र बहादुर बानीया, प्रभात कुमार दाहाल र वर्तमान सभापति रघुरमण न्यौपाने चुनावि मैदानमा छन् । नेपाली काँगे्रसको आज भैरहेको मकवानपुर जिल्लाको अधिवेशनका लागि