ON AIR

स्मृतीमा एउटा कथा (repeat)

UP NEXT

राष्ट्रिय खबर

ताजा अपडेट :

स्थानिय समाचार

कांग्रेसको गण बनाउन मेरो भरपुर प्रयास रहनेछ-सांसद बानियाँ

image not found

कात्तिक ७ ,हेटौँडा

नेपाली कांग्रेस कमकवानपुर क्षेत्र न.१ का निर्वाचित सांसद तथा पाटी सभापति इन्द्र बानियाँले मेरो प्रयास मकवानपुर जिल्लालाई विकास गर्दै कांग्रेसको गण बनाउन भरपुर प्रयास रहने बताएका छन् ।

इतिहासमा नै मकवानपुर जिल्लामा अहिलेसम्म कांग्रेस विजयी गर्ने नसक्दा पनि दोस्रो संविधानसभाको चुनावमा तपाईंको सहयोगले मलाई विजयी गराउनुभयो त्यसकारण म यहि जिल्लाको विकासमा निरन्तर लाग्ने पनि सांसद बानियाँले प्रतिबद्धता जानएका थिए।सो कुरा सांसद बानियाँले क्षेत्र न.२ अन्तर्गत शनिबार नामटार गाविसको निबुवाटारमा दिपावली तथा छटको शुभकामना आदानप्रदान कार्यक्रममा बताएका हुन् ।

साथै बानियाँले दिपावली पछि मकवानपुर जिल्लाको प्रत्येक नगर,वडा र गाविसको विभिन्न ठाउमा गएर संगठन निर्माण गर्ने अग्रसर भएर लाग्ने समेत बताए ।देश लोकमान प्रकरणले राजनितीमा  तरंग उत्पन्न भएपनि अब सबै दल एक हुदै देश निमार्णमा लाग्नुपर्ने सांसद बानियाँको भनाइ थियो ।राजनिती लुछतानि भन्दा पनि दीर्घकालीन योजनाको खाका कोरेर अगाडि बढ्नुपर्ने बानियाँले बताए ।नामटार गाविसका सभापति संदिप श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेस मकवानपुर जिल्लाका निवर्तमान सभापति रधुरमण न्यौपाने,सचिव  आनन्द कठायत तरूण दल मकवानपुरका जिल्ला सदस्य समीर कठायत लगाएतले बोलेका थिए।