ON AIR

प्रभात वाणी

UP NEXT

वाणी बहस

ताजा अपडेट :

स्थानिय समाचार

लोकमानको विषयमा सत्ता साझेदारीसँग छलफल भएको थिएन -मन्त्री जोशी

image not found

हेटौँडा, कार्तिक
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा उद्योग मन्त्री नविन्द्रराज  जोशीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिहं कार्कीबारे जनचाहना अनुसार कांग्रेस अघि बढ्ने बताएका छन्   महाअभियोग लगाउने विषयमा माओवादी केन्द्रले आफुहरुसँग कुनैपनि छलफलनै नगरेको बताएका छन् ।
प्रधानमन्त्री  र उनका मन्त्रीले आफुहरुलाई कुनैपनि जानकारी नदिइ लोकमानको विषयमा महाअभियोको प्रक्रिया अघि बढाएको बताउँदै यस विषयमा नेपाली कांग्रेसले चाँडै निर्णय गर्ने समेत बताए ।
आइतबार साँझ प्रेस युनियन मकवानपुरले हेटौँडामा गरेको पक्रकार सम्मेलनमा बोल्दै मन्त्री जोशीले नेपाली कांग्रेसले जनताको चाहाना वमोजिमको निर्णय गर्ने बताए । छलफल गरेर महाअभियोग प्रस्ताव लगेको भए राम्रो हुने धारणा ब्यक्त गर्दै जोशीले  पार्टीको बैधानिक निकायबाट निर्णय गरेर यसबारे धारणा बनाईने बताए ।
पत्रकार सम्मेलनमा बोल्दै मन्त्री जोशीले नेपाल अहिले संविधान कार्यन्वयनको पथमा अघि बढेको र संविधान संसोधनको लागि ब्यापक तयारी गरिरहेको बताए । अबको एक वर्षमा ३ वटा निर्वाचन सम्पन्न गरिसक्नुपर्ने बताउँदै उनले सरकार गम्भिर भएर लाग्नुपर्ने बताए । 
अवको नेपाल आर्थिक समृद्धितर्फ उन्मुख हुनुपर्ने बताउँदै उनले नेपाललाई आर्थिक सुधार गर्नको लागि उद्योगनै सबैभन्दा उत्तम रहेको बताए । उद्योगमा अब मालीक र मजदुरको विषय नरहेको बताउँदै अब साझेदारी अवधारणामा उद्योग ब्यवसाय सञ्चालमा ल्याउनुपर्ने बताए । 
प्रेस युनियनका अध्यक्ष रुपेश दुलालको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा उद्योग सचिव शंकरप्रसाद कोइराला, नेपाली कांग्रेस मकवानपुरका कार्यबहाक सभापति विष्णु लामिछाने, निवर्तमान सभापति रघुरमण न्यौपाने, मन्त्रीका प्रेस सल्लाहकार प्रदिप चापागाईं, युनियनका मध्यमाञ्चल संयोजक राममणी दाहाल लगाएतको आतिथ्यता रहेको थियो ।