ON AIR

प्रभात वाणी

UP NEXT

वाणी बहस

ताजा अपडेट :

स्थानिय समाचार

मकवानपुरको हैटौंडास्थित नापी कार्यालयमा आगालागी, आगालागीमा परि ४०जना घाईते

image not found
मकवानपुर, १० कार्तिक / मकवानपुरको हेटौडा– ५ कान्तिराजपथमा रहेको नापी कार्यालयको भवनमा बुधबार दिउँसो भएको आगलागी ४० जना घाइते भएका छन् । नापी कार्यालयमा आगो लागेपछि दुई तीन तला माथिबाट हामफाल्दा घाइते हुनेको संख्या ४० पुगेको छ । घाइते मध्ये २० जनालाई हेटौडा अस्पतालमा, १४ जनालाई अर्थोपेडिक अस्पतालमा, ५ जनाको चुरेहिल अस्पतालमा र गम्भीर घाइते एक जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको मकवानपुरका प्रहरी नायब उपरीक्षक बामदेब गौतमले बताउनुभयो ।  ग्यास सिलिण्डर लिक भएर आगलागी भएको प्रहरीले आशंका गरेको छ । भुँईतलाको पसलमा रहेका दुईवटा ग्यास सिलिण्डर पड्किएका कारण सिलिण्डरबाटै आगो लागेको आशंका गरेपनि एकिन नभएको मकवानपुरका प्रहरी उपरीक्षक मिरा चौधरीले बताउनुभयो । 
आगलागीका कारण नापी कार्यालय बसेको दोस्रो तला, भुँईतलाको हार्डवयर पसल, होटल र ट्रयाक्टर शोरुममा क्षति भएको प्रहरीले जनाएको छ । आगलागी सम्पूर्ण विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।