ON AIR

Unplugged Nepali Songs

UP NEXT

नेपाली खबर

ताजा अपडेट :

राष्ट्रिय समाचार

भारतीय राष्ट्रपति नेपाल आउँदो सार्वजनिक विदा

कार्तिक,११ काठमाडौ—सरकारले भारतका राष्ट्रपति प्रणव मुखर्जी नेपाल भ्रमणमा आउने दिन   सार्वजनिक विदा दिने भएको छ । आज बसेको मन्त्रिपरिषदको नियमित बैठकले चीन र भारतका राष्ट्रपति नेपाल भ्रमणमा आउने दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो । भारतीय राष्ट्रपति मुखर्जी भाइटिकाको भोलिपल्ट यहाी कार्तिक १७ गते नेपालको भ्रमणमा आउँदैहुनुहुन्छ । तर चिनका राष्ट्रपति को भने भ्रमणको कुनै टुङ्गो लागन सकेको छैन । सरकारले भ्रमण तालिकामा नभए पनि चिनियाँ राष्ट्रपति आउने दिन पनि सार्वजनिक विदा दिने जनाएको छ । यसका साथै आजको मन्त्रिपरिषद बैठकले घरेलु तथा साना उद्योग विकास सञ्चालक समितिमा सिन्धुली झाँगाझोलीका उर्गेन्द्र आचार्यलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रबक्ता सूचना तथा सञ्चारमन्त्री राम कार्कीएले जानकारी दिनुभयो । बैठकले थानकोट–चित्लाङ गणेशमान मार्गको स्तरोन्नती गर्ने निर्णय पनि गरेको उहाले जानकारी दिनुभयो ।