ON AIR

प्रभात वाणी

UP NEXT

वाणी बहस

ताजा अपडेट :

स्थानिय समाचार

हेटौंडा २२ मा सहिद स्मृति प्रतिक्षालय उद्घाटन

कातिक १३,हेटौंडा / नेकपा (माओवादी  केन्द्र) हेटौंडा उपमहानगरपालिका अन्तर्गत वडा नम्बर २२ मा शुभ दीपावलीको अवसरमा चियापन तथा सहिद बद्री र कृष्ण स्मृति प्रतिक्षालय उद्घाटन  भएको छ । शनिबार भएको कार्यक्रममा सहिद बद्री सञ्जेलको पत्नी सीता सञ्जेल र सहिद कृष्ण अर्यालको पत्नी कविता अर्याललाई नगदसहित सम्मानसमेत गरिएको छ । माओवादी पोलिट्ब्यूरो सदस्य तथा मकवानपुर जिल्ला ईन्चार्ज कुमारी मोक्तानले सहिद परिवारलाई नगद २/२ हजारसहित दोसल्ला ओढाएर सम्मान गरिएको हो । बुद्धि स्मृति प्रतिक्षालय समिति अध्यक्ष शंकर राउतको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी केन्द्रीय सदस्य एवम् मकवानपुर जिल्ला संयोजक प्रेमबहादुर पुलामी, भीम पाख्रिन, सर्केश घलान, नगर ईन्चार्ज प्रकाश पाण्डे, नगर संयोजक कमान सिं पाख्रिन ‘पृथक’, सहसंयोजक विवेक राई, कौशल पाण्डे, सम्राट तुम्बाहाफे, महिलाको केन्द्रीय सदस्य लक्ष्मी पाख्रिन,वाइसिएल संयोजक जीवन गोले, नेकपा एमालेका लोकनाथ चौंलागाई, नेपाली कांग्रेसका रामकृष्ण कोइराला, राप्रपा नेपालका मकुन्द रेग्मीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।