ON AIR

स्मृतीमा एउटा कथा (repeat)

UP NEXT

राष्ट्रिय खबर

ताजा अपडेट :

स्थानिय समाचार

२५३ औँ साहित्य सन्ध्या सम्पन्न, अग्रज कवि चौलागाई सम्मानित

image not found

१३ कातिक, हेटौडा /  १०८ औँ महाकवि देवकोटा जयन्ती विशेषका रुपमा साहित्य सङ्गम मकवानपुरले आफ्नो २५३ औँ साहित्य सन्ध्या  शनिवार साहित्य सङगम मकवानपुरको सभाहलमा सम्पन्न भएको छ । सङ्गम अध्यक्ष सुवास खनालको अध्यक्षता र मातृभूमी पत्रिकाका सम्पादक ,प्रकाशक देवराज खरेलको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा अप्सरा तिमल्सिना, अनिता न्यौपाने , सानुबाबु खनाल , सानुभाई विश्वकर्मा , रमेश विवश बन्जारा ,गणेश कुमार पौडेल,विष्णु गौतम लगायतले रचना वाचन गरेका थिए ।
साथै आइतबार बिहान ७:३० बजे सङ्गम र युग प्रकाश क्लब नवलपुरले त्रिभुवन उच्च माविको प्राङ्गणमा रहेको महाकवि लक्ष्मीप्रसाद देवकोटाको सालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको छ । स्मारक गेटबाट बिहान ७ बजे सुरु हुने प्रभातफेरी त्रिभुवन उच्च माविमा पुगी समापन हुने र त्यहाँ हुने माल्यार्पण तथा श्रष्टा सम्मान कार्यक्रममा मकवानपुरका अग्रज कवि आर.आर. चौलागाईलाई सम्मान गरिने युग प्रकाश क्लब अध्यक्ष दीपक शिवाकोटीले जानकारी गराए ।