ON AIR

प्रभात वाणी

UP NEXT

वाणी बहस

ताजा अपडेट :

स्थानिय समाचार

वस्तीपुर जेसीजको सप्ताह कार्तिक २४ देखि सुरु

image not found

कात्तिक २१,हेटौँडा

वस्तीपुर जेसीजको वर्ष २०१६को जेसीज सप्ताह कार्यक्रमहरु कात्तिक २४ गते देखि कात्तिक २७ गते सम्म हुने भएको छ । आइतबार हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गर्दै वस्तीपुर जेसीजले जनाएको हो ।

कार्यक्रममा बोल्दै वस्तीपुर जेसीजका अध्यक्ष जेसी विनोद कुमार वर्तौलाले विगतका वर्षहरुका सप्ताह कार्यक्रमहरुभन्दा यस वर्षको कार्यक्रमहरु अझ बढी उपलब्धिमुलक रहेको बताए । सप्ताहव्यापी कार्यक्रम अन्तर्गत सप्ताहको पहिलो दिन २४ गते वस्तीपुर जेसीज र लायन्स क्लब बिच मैत्रीपुर्ण फुटबल प्रतियोगीता  साथै हेटौँडा–५ स्थित असहाय बालगृहलाई खाद्यन्न हस्तान्तरण गरिने जेसीजका महासचिव जेसी प्रकाश अर्यालले बताए । त्यस्तै  २५ गते हाँडिखोला स्थित सिर्जनशिल वौद्ध अनाथ प्राविमा पुस्तक तथा स्टेस्नरी सामग्री वितरण  र ‘ओरिएण्टेसन एण्ड मोटिभेसन ट्रेनिङ’ , २६ गते प्रहरीसँग जनचेतना कार्यक्रम र मावि स्तरीय हाजिरीजवाफ प्रतियोगिता रहेको अर्यालले बताए । सप्ताहको अन्तिम दिन २७ गते वस्तीपुर जेसीजको सचिवालयमा सप्ताह कार्यक्रम समापन गरिने ,

सो सप्ताहव्यापी कार्यक्रमको मुल संयोजन जेसी सुनिल अधिकारी रहनुभएको

अर्यालले बताए ।