ON AIR

स्मृतीमा एउटा कथा (repeat)

UP NEXT

राष्ट्रिय खबर

ताजा अपडेट :

स्थानिय समाचार

एकादशीका दिनमा लाग्ने प्रशिद्ध धार्मिक त्रिखण्डी मेला कात्तिक २५ गते

हेटौंडा, २१ कात्तिक / हरिबोधनी (ठूलो) एकादशीका दिनमा लाग्ने यसक्षेत्रकै प्रशिद्ध धार्मिक त्रिखण्डी मेला यही आउँदो कात्तिक २५ गते विहीबार लाग्ने भएको छ । मेलाका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको मन्दिर सेवक लक्ष्मण दाहालले जानकारी दिए । हेटौंडा र आसपासका गाविस तथा उत्तरी क्षेत्रका गाविसदेखि भक्तजनहरुको उल्लेखनिय उपस्थिती हुने त्रिखण्डी मेलामा यसवर्ष पनि मादक पदार्थ विक्रीवितरण पूर्णरुपमा निषेध गरिएको छ । मादक पदार्थ सेवन गरेर पवित्र धार्मिक स्थलमा होहल्ला, झैझगडा गर्ने तथा मानविय दुर्घटनाको संख्या बृद्धि हुने भन्दै मकवानपुर प्रशासनले मादक पदार्थ विक्रीवितरण रोक लगाउने भएको हो । त्रिखण्डी मेलाको अवसरमा मादक पदार्थ विक्रीमा रोक लगाउनुपर्ने माग गर्दै आएका हेटौंडा–२ का लक्ष्मण दाहालले पनि प्रशासनलाई पनि मेला सभ्य र भव्य बनाउन मादक पदार्थमा निषेध गर्न अनुरोध गरेका थिए । उनको अनुरोधलाई प्रशासनले सकारात्मक रुपमा लिएको बताइएको छ । नेपालीहरुको सांस्कृतिक र परम्परागत मनाइने मेला तयारीस्वरुप मन्दिरको रंगरोगनको काम सकिएको छ । खोलापारी मन्दिर जाने पुल निर्माण तीब्ररुपमा भइरहेको छ । हेटौंडा सिमेन्ट उद्योगको डोजर सहयोगमा पुल निर्माण काम भइरहेको छ । त्रिखण्डी मेलामा सहभागी हुने भक्तजनहरुको मनोकांक्ष पूरा हुने जनविश्वास र आस्था रहेको छ ।