ON AIR

प्रभात वाणी

UP NEXT

वाणी बहस

ताजा अपडेट :

स्थानिय समाचार

बिन्दाबासिनी टोल बिकास संस्थाको अधिवेशन सम्पन्न

हेटौडा,२४ कात्तिक /
हेटौडा–१ चौकीटोलमा रहेको बिन्दाबासिनी टोल बिकास संस्थाको १६ औँ अधिवेशन बुधबार सम्पन्न भएको छ । संस्थाकी अध्यक्ष बेगम बरालको अध्यक्षता तथा हेटौडा उपमहानगरपालिका समाज कल्याण शाखा प्रमुख भीम प्रसाद पौडेलको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा संस्थाकी कोषाध्यक्ष शान्ती कार्कीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको हो । कुल ९१ बचत सदस्य रहेको उक्त संस्थाको दस लाख अठतीस हजार दुई सय पचास कुल बचत तथा पाँच लाख चौरानब्बे हजार एक सय लगानी रहेको संस्थाकी अध्यक्ष बरालले जानकारी दिनुभयो । 
उक्त कार्यक्रममा ॐ बृद्धाश्रमका अध्यक्ष बुद्धि प्रसाद पौडेल, हेटौडा नगर समन्वय समिति सदस्य जुना मल्ल, १ नं. वडा नागरिक मञ्चकी सह–संयोजक गीता लामा, वडा समन्वय समितिका अध्यक्ष सुदर्शन पौडेल, वडा परिचालनकी सीता दङ्गाल, शान्तीदिप टोल बिकास संस्थाकी अध्यक्ष बिमला पौडेल लगायतको आतिथ्यता रहेको थियो । सोहि कार्यक्रममा ०.५ प्रतिशत मुनाफा वितरण गरिनुको साथै ११ सदस्यीय नयाँ कार्यसमिति समेत चयन भएको छ । 
सोही अवसरमा जेष्ठ सदस्यलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो भने एस.एल.सी. परिक्षामा उत्कृष्ठ तीन विद्यार्थी तथा साझाकुरा र टिम टेलिभिजनका १/१ जना पत्राकारलाई नगदसहित सम्मान गरिएको थियो ।