ON AIR

Unplugged Nepali Songs

UP NEXT

नेपाली खबर

ताजा अपडेट :

राष्ट्रिय समाचार

आज विश्व विज्ञान दिवस

कार्तिक,२५ मकवानपुर—“विज्ञान केन्द्र र विज्ञान संग्राहलयको उत्सव मनाऔं”भन्ने नारा का साथ आज विश्व विज्ञान दिवस मनाइदैँ छ । दिवसको अवसरमा विज्ञान शिक्षा, अनुसन्धान र विकासलाई जनस्तरसम्म र्पुयाउनुपर्नेमा जोड दिइएको छ । कृषिप्रधान देशमा अझै पनि खाद्यान्न आयात बढिरहेको अवस्थामा उत्पादन बढाउने गरी खेतीमा वैज्ञानिकीकरण आवश्यक रहेको  छ । अहिले पनि धेरै वैज्ञानिक विदेश पलायन भैरहेकाले उनीहरुको कामको सम्मान र अवसरमा जोड दिनुपर्ने सरोकारवालाहरुले बताएका छन् । यसैविच विश्व विज्ञान दिवसका अवसरमा सम्प्ूर्ण नेपालीहरुमा प्रधानमन्त्री पुष्पकमल दाहालले शुभकामना व्यक्त गर्नुभएको छ ।  साथै नेपाल सरकारको तर्फकाट पनि विज्ञान केन्द्रको निर्माण गर्ने प्रतिबद्धताका साथ दिवस भव्य रुपमा मनाउन नेपालका वैज्ञानिकहरु र प्राविधिकहरुलाई आह्वान गर्दै उदेश्य प्राप्तिको सफलताको लागि शुभकामना दिुनभएको छ ।