ON AIR

UP NEXT

कन्चन धून

ताजा अपडेट :

राष्ट्रिय समाचार

सिटौला समूह चुनाव लड्ने, पौडेल सहमतिको पक्षमा

image not found

२८ कात्तिक, । पोखरामा चलिरहेको नेपाल तरुण दलको महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास भइरहेको नेताहरुले बताएका छन् ।

कांग्रेसको युवा संगठनका रुपमा रहेको तरुण दलको महाधिवेशनमा बन्दसत्र आज पोखरा सभागृहमा हुँदैछ । तर, नेतादेखि महाधिवेशन प्रतिनिधिसम्म नेतृत्वको बहसमा सक्रिय देखिएका छन् ।

महाधिवेशन उद्घाटन गर्न पोखरा पुगेका कांग्रेस पार्टी सभापति शेरहादुर देउवा त्यहीँ छन् र भेटघाटमा व्यस्त छन् । देउवासँगै रामचन्द्र पौडेल र कृष्ण सिटौला समूहका पनि धेरै केन्द्रीय नेताहरु अहिले पोखरामै छन् ।

सभापति देउवाले जीतजङ्ग बस्नेतलाई सभापति प्रस्ताव गरेका छन् र उनको नेतत्वमा सहमति खोज्न प्रस्ताव गरेका छन् । र, रामचन्द्र पौडेल समूह पनि सहमतिको पक्षमा देखिएको छ ।

जीतजङ्ग नेपाल विद्यार्थी संघका अध्यक्षका दाबेदार थिए । तर, नयनसिंह महरलाई सभापति बनाउने क्रममा देउवाले उनलाई तरुण दलको नेतृत्व दिलाउने आश्वासन दिएका थिए ।

जीतजङ्गलाई नेतृत्व दिएको अवस्थामा डडेलधुरा सभापति कर्णबहादुर मल्ललाई कुन जिम्मेवारी दिने भन्ने अन्योल छ । उनी देउवा समूहकै हुन् र तरुण दलका अध्यक्षका दाबेदार हुन् ।