ON AIR

स्मृतीमा एउटा कथा (repeat)

UP NEXT

राष्ट्रिय खबर

ताजा अपडेट :

स्थानिय समाचार

जिल्ला वचत तथा ऋण सहकारी संस्था मकवानपुरको अध्यक्षमा पूनः सिन्तान

image not found
हेटौडा,२८ कार्तिक ÷ जिल्ला वचत तथा ऋण सहकारी संस्था मकवानपुरको १० औँ साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष राधा सिन्तानको सभाध्यक्ष तथा जिल्ला सहकारी संघका अध्यक्ष तथा  राष्ट्रिय सहकारी संघका सञ्चालक वद्रि प्रसाद लम्सालको प्रमुख आथित्यतामा भएको हो ।
प्रमुख अथिति समेत रहेका लम्सालले प्रतिस्पर्धाले गर्दा सहकारी अभियान डरलाग्दो र विकृतिको अवस्थामा पुगेको बताउनु भयो । शेयर सदस्य बढाउनको लागि सहकारीले विभिन्न लोप देखाई बढाउने काम गरिरहेले यस्ता प्रविधि अन्य गर्नु पर्ने बताउदै सहकारीले आर्थिक समृद्धिको बाटोमा लम्कनु आजको आवश्यकता रहेको बताउनु भयो । विशिष्ट अथिति रहनु भएका केन्द्रिय दुग्ध उत्पादक सहकारी संघका  अध्यक्ष नारायण प्रसाद देवकोटले संस्थाले सहकारीको माध्यमबाट आर्थिक पक्षलाई वलिलो बनाउदै गएको बताउनु भयो । यस सहकारी अभिभावक रहेको बताउदै सहकारीको माध्यमबाट देशलाई आमुल परिवर्तन गर्न यस  सहकारीले अहम भुमिका खेलिरहेको बताउनु भयो ।
 सो साधारण सभामा सहकारी अभियान कर्मी कुमारी श्रेष्ठ,धनराम महर्जन,उत्कृष्ट सहकारी कर्मचारीहरु उमा रुम्बा,प्रल्हाद आचार्य,उत्कृष्ट महिला सहकारी महिला जागृति साकोस भिमफेदि, हेटौडा ५ मा रहेको उत्कृष्ट मिश्रित सहकारी संजिवनी साकोस, उत्कृष्ट वचत कर्ता हेटौडा १३ पदमपोखरीमा रहेको महिला सेवा साकोस,उत्कृष्ट शेयर खरिद कर्ता महिला एकता साकोस भैँसे र उत्कृष्ट ऋण परिचालन मनहरी ३ मा रहेको मनहरी साकोस लाई सम्मान समेत गरेको थियो । 
यस्तै साधारण सभाले राधा सिन्तानको अध्यक्षमा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्ष मञ्जु थिङ, सचिव कल्पना क्षेष्ठ, सह सचिव मिना चौरेल, कोषध्यक्ष विजय बहादुर वस्नेत चयन भएका हुन । समितिको सदस्यहरुमा पार्वती राना,विष्णु लामा,वेद प्रसाद न्यौपाने,विमला गोपाली,राम केदार वस्नेत लगायत रहेका छन ।  समितिको लेखा समिति संयोजकमा पूर्ण बहादुर खनाल, सदस्यहरु विष्णु प्रसाद अधिकारी, उमा लामा लगायत रहेका छन ।