ON AIR

UP NEXT

कन्चन धून

ताजा अपडेट :

राष्ट्रिय समाचार

भिमफेदीमा कार दुर्घटना, दुईजनाको मृत्यु

मंसिर,४ मकवानपुर— मकवानपरको भिमफेदी कुलेखानी सडकखण्ड अन्र्तगत भिमफेदी –२ जुरीखेतमा कार दुर्घटना  भएको छ । काठमाडौंबाट हेटौँडातर्फ आउँदै गरेको बा ३ च ९२८९ नम्बरको टोएटा कार दुर्घटना भएको हो । दुर्घटनामा एक महिला र एक पुरुषको मृत्यु भएको छ । मृतकको सनाखत हुन बाँकि रहेको इलाका प्रहरी कार्यालय भिमफेदीका प्रहरी प्रमुख वासुदेव थापाले जानकारी दिनुभएको छ । घाइते तिन जनाको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । कारमा ५ जना सवार रहेका थिए । तिव्र गतीका कारण दुर्घटना भएको प्रहरीले बताएको छ । कार सडकबाट ५ सय मिटर तल खसेको छ ।