ON AIR

सदावहार हिन्दी नेपाली

UP NEXT

National Song - प्रशारण समाप्त

ताजा अपडेट :

स्थानिय समाचार

पालुङ जेसिजको सप्ताहब्यापी कार्यक्रम सम्पन्न,

image not found
थाहानगर ४ मंसिर ÷ शिप मुलक तालिम आजको आवश्यक रहेको एक कार्यक्रममा सहभागीहरुले औल्याएका छन । पालुङ जेसिजद्धारा आयोजित शासन व्याक्तिको होइन विधिको हुनु पर्छ भन्ने मुल नाराको साथ सम्पन्न सप्ताहब्यापी कार्यक्रम जेसीज सप्ताह २०१६ समापन समारोहमा बक्ताहरुले सो कुरा उल्लेख गरेका हुन । 
कार्यक्रममा प्रमुख अतिथि थाहा नगरपालिकाका कार्याकारी अधिकृत भिम परियारले पछिल्लो समय यूवाहरु कुलत तथा दुव्र्यासनीको लागिरहेको बताउदै त्यस कार्यलाई न्यूनिकरण गर्नको लागि पालुङ जेसिजले अभियान थाल्नु पर्नेमा जोड दिनु भयो । उहाँले “जेसीजको आस्थामा रहेको शासन ब्यक्ती होइन, बिधीको हुनुपर्छ भन्ने कथन सबै यूवा वगहर्रु तथा आम नेपालीको भावना हो, त्यसैले यो चाहाना अनुरुप सबैले मनन गर्नु पर्नेमा जोड दिदै  अबका दिनमा यूवाका लागि शिप मुलक तालिम आजको आवश्यकता रहेकोले सीपमुलक तालिम प्रदान गर्नको लागि आग्रह समेत गर्नु भयो । यूवालाई समेट्ने खालका विभिन्न कार्यक्रम गर्दै समापन गर्नु सकरात्मक रहेको समेत बताउनु भयो ।
संस्थापक अध्यक्ष पुरुषोत्तम् ढकालले विगतका जस्तो हालका दिनहरुमा जेसिज सञ्चालन गर्नको लागि असहजता नभएको बताउदै सबै यूवाहरु भनेको देशको खम्वा भएको बताउदै यस संस्थामा यूवाहरुलाई समेट्नु पर्नेमा जोड दिनु भएको थियो । र यस्ता खाले कार्याक्रम निरन्तर गर्नु पर्नेमा जोड दिनु भयो । 
कार्यक्रमका उद्योग वाणिज्य संघका सभापति कविराज खत्री, एमाले थाहा नगरका अध्यक्ष अच्यूतम प्रसाद ढकाल, राप्ररा नेपाल थाहानगर अध्यक्ष हरेराम कार्की, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष लक्ष्मण विष्ट, पालुङ बहुमुखि क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष इश्वारनाथ ढकाल लगायतले जेसिजले समय सान्द्रभिक कार्यक्रम राखेर हप्ताभरी कार्यक्रम गरेकोमा सरह्रानिय भएको भन्दै आगामी दिनमा १८ देखि ४० बर्षका युुवाको संस्था जेसीजमा युवाहरुको आक्रषर्ण बढाउनको लागि नेतृत्वसँग सम्बन्धीत तालिम तथा कार्यक्रम गरीरहन आग्रह गरेका थिए  । जेसीजमा युवाहरुको संख्यासँगै गुणस्तर पनि बढाउनु पर्नेमा जोड दिएका थिए । 
पालुङ जेसिज वर्ष २०१६ का अध्यक्ष जेसि शिबकुमार खत्रीको सभाध्यक्ष, वर्ष २०१५ का महासचिव विजय श्याम अमात्यले सञ्चालन गर्नु भएको कार्यक्रममा विभिन्न विधामा विजयी भएकाहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरीएको वर्ष २०१६ का अध्यक्ष रुपक कालिराजले जानकारी दिनु भयो । 
 
साथै कार्यक्रममा लोक गीत संगीत क्षेत्रमा योगदान पु¥याएको भन्दै सञ्चार कर्मी तथा लोक गायक मुक्तिनाथ उप्रेती, दोस्रो थाहा आईडल तर्फ एकल गाएनमा प्रथम हुन सफल देमन्त गोपाली , एकल नृत्यमा प्रथम भएका एलिना राणा मगर र गायक राजु लामालाई मायाको चिनो सहित दोसल्ला ओडाइ सम्मान गरीएको थियो ।