ON AIR

स्मृतीमा एउटा कथा (repeat)

UP NEXT

राष्ट्रिय खबर

ताजा अपडेट :

स्थानिय समाचार

आग्रा थाहामा नगाभ्न पनि आन्दोलन

image not found
आग्रा,४ मंसिर / राज्य पुर्नसंरचना गर्दा मकवानपुरको आग्रा गाउँ विकास समितिलाई छिमेकी थाहा नगरपालिकामा गाभ्न प्रस्ताव गरेको विरोधमा आग्राको डाँडाबासमा आज शनिवार नाराजुलुस गरेका छन । 
आज मकवानपुरको आग्रामा बर्थिङ सेन्टर उद्घाटन गर्न गएका सांसद तथा सरकारी र गैर सरकारी संस्थाका प्रतिनिधिहरुलाई आग्रा,गोगने डाडार्खकका संघर्ष समितिले अवरोध गरेका हुन । 
मोरियामा प्लान इन्टरनेशनलको सहयोगमा निर्माण भएको बर्थिङ सेन्टरको आज एक भव्य कार्यक्रमको आयोजना गरि उद्घाटन गर्न लागिएको कार्यक्रममा त्यस तर्फ प्रस्तान गरेका सांसदहरलाई आग्रा ५ डाडावासमा संघर्ष समितिले आग्रा गोगने र डाडाखर्क गाविस एक गाँउ पालिका घोषण गर ,दुई चार जनाको पाराले दुख पाए साराले ,संकलित सुझाव कार्यान्वय गर,संयूक्त संर्घस समिति जिन्दवाद लगायतका नारा लगाउदै वाटोे अवरोध गरेको हाम्रो सहकर्मी सुरज थिङले जानकारी दिनु भयो । कालिटार नामटार टाढा भएको भन्दै सो ¥यारीमा कालो झण्डा समेत देखाएको थिङले बताउनु भयो ।