ON AIR

Unplugged Nepali Songs

UP NEXT

नेपाली खबर

ताजा अपडेट :

राष्ट्रिय समाचार

कंग्रेस जिल्ला प्रतिनिधिहरुको भेला सम्पन्न , सल्लाहकारमा रिता खनाल

मंसिर,५ मकवानपुर— नेपाली कंग्रेस मकवानपुरको आयोजनमा जिल्ला प्रतिनिधिहरुको भेला सम्पन्न भएको छ । पार्टीको संगठन सुदृढिकरण अभियान अन्तरगत जिल्ला प्रतिनिधिहरुको भेला भएको हो । कार्यक्रममा बोल्दै जिल्ला सभापति इन्द्रबहादुर बानियाँले नेपाली काँग्रेसलाई पहिलो पार्टी बनाउन प्रतिनिधिहरुको भूमिका महत्वपूर्ण रहने भन्दै गाउँ तहमा पार्टी एवं भातृ संगठनको परिचालन र स्थानीय क्षेत्रको विकासमा प्रतिनिधिहरुले काम गर्नुपर्नेमा जोड दिए । काँग्रेसलाई जनताको सुख, दुःखको पार्टी बनाउन सबै नेता कार्यकर्ता जुट्नुपर्ने बताउँदै उनले जनताको सेवा गरेमात्रै राजनीति गरेको अर्थ हुनेतर्फ सचेत रहन आग्रह गरे । 
कार्यक्रममा प्रमुख सल्लाहकार माईकल रामचन्द्र अर्याल, सल्लाहकार अशोक शाक्य, सचिव बुद्ध लामा र आनन्द कठायत, कोषाध्यक्ष गोपिलाल विक, प्रवक्ता प्रदिप कोइरालालगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा जिल्ला सदस्य, भातृ संगठन एवं शुभेच्छुक संगठन प्रमुख, जिल्ला प्रतिनिधिलगायतले पार्टीका गतिविधिबारे अवगत गराएका थिए ।
यसैबिच,
नेपाली काँग्रेस मकवानपुरको सल्लाहकारमा रिता खनाललाई मनोनयन भएकी छिन् । जिल्ला सभापति ईन्द्रबहादुर बानियाँले खनाललाई पार्टीको सल्लाहकार मनोनयन गरेका हुन् । पार्टी संगठन परिचालनमा उनको महत्वपूर्ण भुमिका रहनेमा बानियाँले अपेक्षा समेत गरेका छन् ।