ON AIR

प्रभात वाणी

UP NEXT

वाणी बहस

ताजा अपडेट :

स्थानिय समाचार

साहारा ग्यासलाई कारबाही नभएकोमा आश्चार्य ब्यक्त

image not found

हेटौँडा,६ मंसिर
गत कात्तिक १० गते हेटौँडामा रहेको नापी कार्यालयमा भएको आगलागीको घटनामा दोषि रहेको भएपनि साहारा ग्यास बिरुद्ध स्थानीय प्रशासन मौन रहनु आश्चार्यजनक रहको भन्दै मकवानपुरमा क्रियाशिल राजनीतिक दलका युवा संघठनहरुले प्रेस विज्ञप्ति जारी गरेका छन् । 
आज एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल तरुण दल मकवानपुरका अध्यक्ष इश्वर पाठक, युवा संघ मकवानपुरका अध्यक्ष सन्तोष चौलागाँई, प्रगतिशिल युवा संघ मकवानपुरका अध्यक्ष विशाल महत, राष्ट्रिय युवा अभियानका अध्यक्ष सुबोध रिमाल, राष्ट्रि युवा जनस्वयमसेवकका अध्यक्ष सुरेन्द्र घलान  तथा राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका नगर अध्यक्ष भृगु कार्कीले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै साहारा ग्यासको कमजोर सिलिण्डर पड्किएर ५० भन्दा धेरै घाइते हुनेगरि भएको घटनालाई स्थानीय प्रशासन तथा प्रहरीले गुपचुप राख्न खोज्दु शंकाको विषय भएको बताएका छन् । 

उनीहरुले घटनाको छिटोभन्दा छिटो अनुसन्धान गरि दोषिलाई कारबाही तथा पीडितलाई क्षतिपुर्तिसहितको न्याय दिनको लागि समेत आग्रह गरेका छन्