ON AIR

सदावहार हिन्दी नेपाली

UP NEXT

National Song - प्रशारण समाप्त

ताजा अपडेट :

स्थानिय समाचार

टिस्टुङमा स्वास्थ्य चौकी हस्तान्तरण

image not found


टिस्टुङ, मकवानपुर
विराट नेपाल मेडिकल ट्रस्ट(विएनएमटी)ले अमेरिकियर्स सस्थाको सहयोगमा मकवानपुरको उत्तरी टिस्टुङमा निर्माण भएको स्वास्थ्य चौकी हस्तान्तरण गरिएको छ । 
आज एक कार्यक्रमको आयोजना गरि स्वास्थ्य चौकि हस्तान्तरण गरिएको हो । कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर सनेन्द्रराज उप्रेतीले गाउँगाउँमा यस्ता सुविधायुक्त स्वास्थ्य चौकिहरु निर्माण हुनु स्थानीय नागरिकको लागि राम्रो रहेको बताउँदै उनले स्वास्थ्य सस्था निर्माण गरेर मात्र नहुने बताउँदै स्वास्थ्य सस्थामा क्रियाशिल कर्मचारीहरुले पनि सेवाग्रेहीको ध्यान दिनुपर्ने बताए । 
७७ लाख लागतमा निर्माण भएको १२ कोठे स्वास्थ्य चौकिमा फर्निचर सहित ५ लाख बराबरको अन्य मेडिकल सामग्री समेत सहयोग गरिएको सस्थाले जनाएको छ । 
जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख रामचन्द्र पाठकको अध्यक्षतामा भएको कार्यक्रममा विएनउमटीका एडभाइजर सुनिल खड्का लगाएतको सहभागिता रहेको थियो ।

सा : खबर ब्रेक