ON AIR

Unplugged Nepali Songs

UP NEXT

नेपाली खबर

ताजा अपडेट :

राष्ट्रिय समाचार

ईन्द्र बानियाँँ राज्य मन्त्री बन्ने ठुलो सम्भाबना

image not found
हेटौँडा,१० मंसिर
 मकवानपुर क्षेत्र नम्बर १ का सांसद एवम् नेपाली कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँ राज्य मन्त्री बन्ने करिव निश्चित ,निश्चित नै भईसकेको कांग्रेस श्रोतले जनाएको छ । बानियाँसहित ७ जना कांग्रेसले राज्यमन्त्री बनाउन लागेको हो । 
 
सत्तारुढ नेपाली कांग्रेसले पार्टीबाट मन्त्रिपरिषदमा थप ७ जना राज्यमन्त्री पठाउने भएको छ । सभापति शेरबहादुर देउवाले नेताहरु रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला र खुमबहादुर खड्कासँग राज्यमन्त्रीमा नियुक्त गर्नेहरुको अन्तिम नामावली सङ्कलन गरिसक्नु भएको बताइएको छ ।सिटौला र खड्कालाई १–१ र पौडेललाई २ राज्यमन्त्रीको नाम सिफारिस गर्न देउवाले भन्नु भएको थियो । सोही अनुसार सिटौलाले संखुवासभाका तारामान गुरुङ्ग र खड्काले मकवानपुरका इन्द्र बानियाँलाई सिफारिश गरेका हुन् ।
 
त्यस्तै सभापति देउवाले रुकुमकी मिठु मल्ल, गुल्मीका स्वर्ण जुहारचन , कैलालीका दीर्घराज भाट र पौडेलले संखुवासभा दीपक खड्का र कास्कीका जीवन परियारको नाम सिफारिश गर्नुभएको छ ।  सरकार गठन भएको झण्डै ४ महिनापछि चौथोपटक मन्त्रिमण्डल बिस्तार हुन लागेको हो । मन्त्री परीषदमा हाल कंग्रेसबाट १४ जना मन्त्री छन् ।