ON AIR

UP NEXT

कन्चन धून

ताजा अपडेट :

राष्ट्रिय समाचार

मकवानपुरको मनहरीमा आमा प्रोजेक्टको सिलान्यास सम्पन्न

image not found

मनहरी, ११ मसिंर / मकवानपुरको पश्चिमक्षेत्र मनहरीमा अन्ततः एक भव्य समारोहकाविच आमा प्रोजेक्टको सिलान्यास पिसपार्क मनहरीको अध्यक्ष नारायण उप्रेतिको सभापतित्वमा सम्पन्न भएको छ। कार्यक्रममा प्रमृख अतिथि १०७ बर्षकी बृद्धआमा कृष्णकुमारी घिमिरेज्यूलाई सम्मान गरिएको थियो साथे आमाको हस्तकमलले आमा प्रोजेक्टको सिलान्यासले सबैलाई उत्साहित तुल्याएको थियो।
एक सुन्दर,सुविधा सम्पन्न एवम् मनोरञ्जनपूर्ण पिसपार्क,पोखरी,पुस्तकालय,वालउद्यान तथा थुप्रै कुराहरुको सेवा उपलव्ध गराउने पवित्रभावले जिल्ला बन कार्यालय, सिमपानी देवकोट सयुक्त बन उपभोक्ता समिति तथा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र हेटौडाको सयुक्त प्रयासमा निर्माण कार्य शुभारम्भ थालिएको छ। मनोहरी पिस पार्कको जमिनसँग जोडिएको सेवा केन्द्रको आफ्नो जमिनमा आमा प्रोजेक्टको सिलान्यास गरिएको छ।
आफ्नो जीवनलाई सात्विक जीवनशैलिमा रहन चाहने, ईश्वरीय दिनचर्यामा आफ्नो बाकिँ जीवनलाई समाहित गर्न ईच्छुक, स्वतन्त्रपूर्वक रहन चाहने आमाहरुलाई सहजता पूर्वक रहने वातावरण निर्माण गर्ने पवित्र भावले आमाहरुलाई बस्ने घरको निर्माण गरिनेछ। स्थानिय महानुभावहरुको प्रत्यक्ष सहयोगमा सञ्चालित आमा प्रोजेक्टलाई बर्षदिनभरीमा सुविधासम्पन्न भवन निर्माण भइसक्ने छ। हाललाई ५०जना आमाहरु रहने, क्रमशः सय जनासम्मका लागि व्यवस्थापन गरिनेछ।
हाल एकतला भवन निर्माणका लागि पटना ९भारत निवासी अनिता सिंहज्यूले लगानी गरीदिने प्रतिवद्धता जनाएकी छिन। मनहरी निवासी पवित्रा उप्रेतिज्यूले आमा प्रोजेक्टका लागि जमिन उपलव्ध गराउनुभएको हो। कार्य शुभारम्भका लागि समाजसेवी सरस्वति सुवेदी,हाल बेःिनयममा कार्यरत हुनुहुन्छ, ले रु ५१,१००, समाजसेवी पशुपति बर्तोलाज्यूले ५१,१०० एवम् समाजसेवी तेजराज उप्रेतिले पनि ५१,१०० उक्त कार्यका लागि सहयोगको हात बढाउनुभएको छ।
 कार्यक्रममा जिल्ला स्तरिय राजनैतिक पाटीका प्रमुखहरु मुनु सिग्देल, रघुरमण न्यौपाने, प्रेमबहादुर पुलामी छिन्तु, विभिन्न संघसंस्थाका प्रमुख,प्रतिनिधी एवम् बरिष्ठ पत्रकार प्रताप विष्ठलगायत ब्रह्माकुमारी राजयोग सेवाकेन्द्र हेटौडाका मुख्य संचालिका शुशिला दिदी लगायत थुप्रै स्थानियबासीहरुको उपस्थिति रहयो।