ON AIR

सदावहार हिन्दी नेपाली

UP NEXT

National Song - प्रशारण समाप्त

ताजा अपडेट :

स्थानिय समाचार

मेलामा हेटौंडेली झुम्दै....

image not found
हेटौँडा,  मंसिर
सुमन भोम्जन स्मृती खेलकुद प्रतिष्ठान र ओद्योगिक शान्ति नेपालकको संयुक्त आयोजनामा हेटौँडा–१० टिसिएन स्थित भुटनदेवी पार्कमा जारी राष्ट्रिय खेलकुद तथा वृहत व्यापार महोत्सव–२०७३ को ११ औँ दिन आईतबार महोत्सव हेर्न आउने दर्शकको भिँड राम्रो रहेको थियो । महोत्सवमा लोकप्रिय गायक रोज मोत्तान, चर्चित ब्याण्ड ‘देव राना’ ब्याण्ड, श्रुती सिंह,गायक रमेश श्रेष्ठ ‘मेलोडी’, स्थानीय गायक अन्जन दाहाल लगायतको प्रस्तुतीले महोत्सव अवलोकन गर्न आउने दर्शकहरुलाई बढी मनोरञ्जन प्रदान गरेको प्रतिष्ठानका अध्यक्ष भेष खड्कीले बताए । 
मकवानपुरको खेलकुद र पत्रकारितालाई अगाडी बढाउने उद्धेश्यले आयोजना गरिएको मेलामा सोमबार  नेपालको प्रथम ¥यापर गिरिश खतिवडा, गायक विश्व नेपाली, अतिस लामा, महेश मुखिया, हाँस्य कलाकार प्रदिप पाठक‘नक्कली प्रचण्ड’ लगायतका कलाकारहरुको प्रस्तुती रहने अध्यक्ष खड्कीले बताए ।  मंसिर १३ गते सम्म सञ्चालन हुने भनिएको मेला दर्शकको चापको कारणले २ दिन थप गरी मंसिर १५ गते सम्म सञ्चालन हुनेछ ।
फोटो सा.खबर ब्रेक