ON AIR

सदावहार हिन्दी नेपाली

UP NEXT

National Song - प्रशारण समाप्त

ताजा अपडेट :

राष्ट्रिय समाचार

सांसद बाँनियाले मारे छलाङ्ग

image not found
 
हेटौंडा १४ मंसिर, । मकवानपुर क्षेत्र नम्बर १ का सांसद एवम् नेपाली काँग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री जिम्मेवारी पाउने भएका छन् । 
मंगलबार बानियाँसहित काँग्रेसको तर्फबाट राज्यमन्त्री बन्नेहरूको मन्त्रालय टुंगो लागेको हो । 
पुष्पकमल दाहाल नेतृत्वको सरकारमा थप १० राज्यमन्त्री नेपाली कांग्रेसले सिफारिस गरेको छ । 
 
योसँगै दाहालको मन्त्रीमण्डलको संख्या ४१ पुगेको छ । यस अघि ४ राज्य मन्त्रीसहित ३१ सदस्यीय मन्त्रीमण्डल थियो । कांग्रेसले आफूले नेतृत्व गरेको १० मन्त्रालयमा १० राज्यमन्त्रीलाई पठाउन लागेको हो । 
 
स्रोतका अनुसार कांग्रेस सभापति शेरबहादुर देउवाले उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधीमार्फत पार्टीको तर्फबाट १० जना राज्यमन्त्रीको नाम पठाएका हुन् ।
 
निधीले राज्यमन्त्रीहरूको लिस्टलाई प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाइसकेका छन् । थप भएका कांग्रेसका राज्यमन्त्रीहरूमा दीर्घसिंह भाट भौतिक पूर्वाधार तथा यातायात, सिताराम मेहता वन, तारामान गुरूङ स्वास्थ्य, सुरेन्द्र आचार्य सिचाई, सुवर्ण ज्वारचन शहरी विकास, इन्द्र बाँनिया पर्यटन, दिलिप गच्छदार श्रम, दीपक खड्का खानेपानी, कञ्चन बादे उद्योग र मिठु मल्ल वाणिज्य छन् । 
 
स्रोतका अनुसार सम्पूर्ण राज्यमन्त्रीहरूलाई भोलि सपथ खुवाउने गरी तयारी थालिएको छ ।