ON AIR

प्रभात वाणी

UP NEXT

वाणी बहस

ताजा अपडेट :

राष्ट्रिय समाचार

मकवानपुरको भिमफेदीमा सुमो दुर्घटना

image not found

हेटौँडा १४ मंसिर

मकवानपुरको भिमफेदीमा सुमो दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । हेटौँडाबाट काठमाण्डौ जाँदै गरेको सुविधा सुमो सेवा प्रा।लिको ना १ ज २९५८ नम्बरको सुमो दुर्घटना हुँदा १ जनाको ज्यान गएको हो । मृत्यु हुनेमा शिखरपुर, मकवानपुरका उक्तरकुमार मोक्तान रहेका छन् । सडकबाट २५ मिटर तल खसेको सुमोको दुर्घटनामा परि  ९ जना घाइते भएका छन् । घाइतेहरुलाइ उपचारको निम्ति काठमाण्डौ पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक बामदेब गौतमले बताउनुभयो ।