ON AIR

सदावहार हिन्दी नेपाली

UP NEXT

National Song - प्रशारण समाप्त

ताजा अपडेट :

राष्ट्रिय समाचार

सजितलाई घर पत्ता लगाउन मुस्किल

image not found
मकवानपुर,१५ मंसिर /  साउदीबाट फर्किएका सजित कुमार नेपाली घर जान सकेका छैनन् । सोमबार राती नेपाल फर्किएका सजितको मानसिक सन्तुलन गुमेका कारण घर जान नसकेका हुन् ।
उनलाई प्रवासी नेपाली समन्वय समिती ९पिएनसिसी०को सेल्टरमा राखिएको छ । सजितसँग नेपाली दूतावास साउदीले बनाएको ट्राभल डकुमेन्ट बाहेक कुनैपनि कागजात छैनन् । ट्राभल डकुमेन्टमा उनको घर पथरी ३ मोरङ लेखिएको छ ।
यो ठेगानामा उनलाई पत्ता लगाउने प्रयास भैरहेको प्रवासी नेपाली समन्वय समितिका कार्यक्रम अधिकृत सिता पन्तले जानकारी दिनुभयो ।पिएनसिसीले साउदी स्थित नेपाली दूतावासमा सम्पर्क गरेर उनको परिवार पत्ता लगाउने प्रयास गरिरहेको छ । तर अहिले सम्म आफन्त सम्पर्कमा आएका छैनन् । आफ्नो ठेगाना र आफन्तको बारेमा नबताउने सजितले बारम्बार ‘झोला हरायो’ मात्रै भन्छन् । 
साभार: उज्यालोअनलाइन