ON AIR

पुराना लोक भाका

UP NEXT

प्रवचन

ताजा अपडेट :

राष्ट्रिय समाचार

राप्रपा र राप्रपा नेपाल विच केन्द्र एकिकरण पछि पहिलो पटक हेटौँडामा कार्यकर्ता भेला

image not found
मकवानपुर,१६ मंसिर ÷  राप्रपाका केन्द्रिय अध्यक्ष कमल थापाले राप्रपा र राप्रपा नेपालको एकिकरणले नेपालको सम्पूर्ण राष्ट्रवादी शक्ति एक भएको बताउनु भएको छ ।  राप्रपा र राप्रपा नेपाल विच केन्द्र एकिकरण पछि पहिलो पटक हेटौँडामा भएको कार्यकर्ता भेलामा बोल्दै थापाले राजनितिक दल प्रति बितृष्णा जागिरहेको बेला नेपाली जनताले एक बैकल्पिक शक्ति खोजेको र जनताले खोजेजस्तो नेपालको बैकल्पिक राष्ट्रवादी शक्ति राप्रपा नै भएको दाबी गर्नु भयो । 
यसै क्रममा थापाले संविधान कार्यन्वयनको निमित्त स्थानिय,प्रदेश र प्रतिनिधि सभाको चुनाव आगामी २०७४ साल माघ भित्र सम्म नभए संविधान कार्यन्वयमा अवरोध खडा हुने उहाँको भनाई रहेको थियो । उहाँले आगामी चैत भित्र स्थनयि निकायको चुनाव घोषणा गर्नको लागि राप्रपाले चाहेको बताउदै पटक पटक सरकार समक्ष आग्रह गरिरहेको र यस कार्यमा राष्ट्रिय प्रजातन्त्र पाटि नेपालले सहयोग गर्ने बताउनु भयो । 
 
 त्यस्तै राष्ट्रिय प्रजातान्त्र पार्टीका राष्ट्रिय अध्यक्ष पशुपति शम्शेर जबराले मुलुकलाई हिन्दु राष्ट्र बनाउने एकिकृत राप्रपाको प्रमुख लक्ष्य भएको बताउनु भएको छ । कार्यक्रममा बोल्दै राप्रपाका वरिष्ठ नेता डाक्टर प्रकाशचन्द्र लोहनीले सरकारले दर्ता गराएको संविधान संंसोधनको प्रस्ताव आफुहरुको पार्टीलाई मान्य नहुने बताउनु भयो । सरकारले संविधान संसोधनको औचित्य पुष्टि नगरि पहाड र तराई टुक्राउन खोजेको भन्दै उहाँले संसोधन प्रस्तावले मुलकलाई हित नगर्ने बताउनु भयो । कार्यक्रममा राप्रपा नेता तथा भुमिसुधार व्यवस्था मन्त्री बिक्रम पाण्डे, नेता बुद्धिमान तामाङ लगाएतले मन्तब्य ब्यक्त गर्नु भएको थियो । कार्यक्रममा राप्रपाका नेताहरु दिपक सिंह, गणेश थापा, मधु अधिकारी लगाएतको आतिथ्यता रहेको थियो ।