ON AIR

सदावहार हिन्दी नेपाली

UP NEXT

National Song - प्रशारण समाप्त

ताजा अपडेट :

स्थानिय समाचार

गोगने गाविस पूर्ण खोपयुक्त घोषणा गरिने

image not found
गोगने,२१ मंसिर ÷मकवानपुरको गोगने गाविसलाई भोलि बुधवार एक कार्यक्रमका विच पूर्ण खोपयुक्त गाविस घोषणा गरिने भएको छ ।  गाविसमा रहेका बालवालिकाहरुलाई सवै प्रकारको खोप दिइसकेकाले पूर्ण खोपयुक्त गाविस घोषणा गर्न लागिएको हो ।
 
गोगने गाउँ विकास समतिले साँस्कृतिक कार्यक्रम समेत आयोजना गरि गाविसलाई पूर्ण खोपयुक्त गाविस घोषणा गर्न लागिएको सामाजिक परिचालक कमल लामाले जानकारी दिनुभयो ।
 
कार्यक्रममा राष्ट्रिय कलाकार तथा स्थानिय कलाकारहरुद्धारा साँङगीतिक प्रस्तुतिबाट  जनचेतनामुलक सन्देश प्रवाह गर्र्नेे लामाले जानकारी दिनु भयो । सो कार्यक्रममा राष्ट्रिय कलाकार शान्ता परियार,बाबुकृष्ण परियार तथा स्थानिय कलाकार रजनी लामा र सिम्पल सुमनले दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गर्नेछन । 
 
गोगने २ मा रहेका  स्वास्थ्य चौकीको प्राङगानमा हुने कार्यक्रममा भोलि बुधबार विहान ११ बजेदेखि शुरु हुनेछ  । 
 
गाविसलाई पुर्ण खोप युक्त गाविस घोषणा गर्न बालबालिकाहरुलाई बि.सि.जि, डि.पि.टि,हेपटाईटिस बी, पोलियो, दादुरा र टि.टि खोप लिईएको हुनुपर्ने हुन्छ ।