ON AIR

प्रभात वाणी

UP NEXT

वाणी बहस

ताजा अपडेट :

राष्ट्रिय समाचार

अनलाईन मिडिया सञ्जाल मकवानपर गठन

image not found
मकवानपुर, २१ मंसिर ÷ मकवानपुरबाट सञ्चालनमा आएका अनलाईन मिडियाहरुको सञ्जालको रुपमा ‘अनलाईन मिडिया सञ्जाल मकवानपर’ गठन भएको छ । मंगलबार हेटौँडामा भएको अनलाई मिडियाकर्मीको भेलाले खबरब्रेक डटकमका सम्पादक धर्मेन्द्र दाहालको संयोजकत्वमा ९ सदस्यीय अनलाईन मिडिया सञ्जाल मकवानपुरको तदर्थ समिति गठन गरेको हो । सञ्जालको सदस्यहरुमा विकास खबर डटकमका सम्पादक सुरजकुमार भुजेल, डेस्क सम्पादक रामकुमार कार्की, प्रष्ट खबरका रुपेश दुलाल, भिमसेन पौडेल, हेटौँडा खबरका मनोज देबकोटा, रविन्द्र गौतम, दामन पोष्टका रुपक कालिाराज तथा खबरब्रेकका उज्जवल अधिकारीलाई चयन गरेको छ । भेलाले २०७४ साल बैशाख महिनामा मकवानपुरको अनलाईन मिडिया सम्मेलन गर्ने निर्णय समेत गरेको छ । अनलाईन मिडिया सञ्जाल मकवानपुरलाई आधिकारितकता प्रदान गर्न दर्ता प्रक्रिया गर्नुपर्ने भएकोले रुपेश दुलालको संयोकत्वमा ५ सदस्यीय विधान निर्माण समिति समेत निर्माण गरेको छ ।