ON AIR

स्मृतीमा एउटा कथा (repeat)

UP NEXT

राष्ट्रिय खबर

ताजा अपडेट :

राष्ट्रिय समाचार

हेटौडा खानोपानी व्यवस्थापन बोर्डले प्रथम चौमासिक प्रगती प्रतिवेदन विवरण सार्वजानिक

image not found
मकवानपुर, ६ पौष / हेटौडा खानोपानी व्यवस्थापन बोर्डले प्रथम चौमासिक प्रगती प्रतिवेदन विवरण सार्वजानिक गरेको छ । 
आज पत्रकार सम्मेलनको आयोजना गरि निर्वतमान कार्यकारी निर्देशक सुर्दशन ढकालले हेटौडा उपमहानगरपालिका क्षेत्रको खानेपानी विगत र वर्तमानको अवस्था,प्रथम चौमासिक अवधिको आय व्याव विवरण र प्रथम चौमासिक अवधिमा भएका प्रगति तथा वाँकी कार्यहरु प्रस्तुत गर्नु भएको थियो ।
हेटौडा खानोपानी व्यावस्थापन बोर्डका अध्यक्ष प्रत्ताव विष्टले हाल सम्ममा १२ हजा ४ सय १० वटा धारा संङख्या रहेको बताउदै ८० हजार जनसङख्यलले खानेपानी पिइरहेको बताउनु भयो । सो प्रत्रकार सम्मेलनमा संस्थाका पदाधिकारी,सञ्चारकर्मी लगायतको उपस्थित रहेको थियो । 
यस्तै खानेपानीको ठुलो समस्या रहेको पुर्वि मकवानपुर स्थित हेटौँडा उपमहानगरपालिका वडा नं २३,२४,२५ हर्नामाडी  क्षेत्रका वासिन्दाले अव केहि समय पछि यो समस्याबाट मुक्ति पाउने भएका छन् । पानीको लागि आधारातबाट धारोमा लाइन बस्नुपर्ने वाध्यता, लाईन बस्दा समेत पानी सुकेर रित्तो गार्गी सहित घर फर्कनुपर्ने वाध्यताको निराकरण हुने भएको  हो ।  खानेपानी समस्या समधान गर्नको लागि सरकारले सुरु गरेको २७ करोडको दुई ठुला योजनाको काम अन्तिम चरणमा पुगेको कारण हर्नामाडी क्षेत्रमा पानीको समस्या समधान हुने भएको हो । २१ करोडको लागतमा निर्माण कार्य सुरु भएको हर्नामाडी सह लगानी खानेपानी परियोजना तथा ६ करोड ३१ लाख मा निर्माणधिन बुधुने खानेपानी आयोजनाको काम तिब्र गतिमा भएसँगै स्थानीयहरु हर्षित बनेका छन् । 
आयोजनाको विषयमा जानकारी दिँदै बुदुने खानेपाली आयोजनाका सचिव योगराज खतिवडाले आयोजनाको  ८० प्रतिशत काम पुरा भएको बताए । खानेपानीको समस्याले ग्रसित फुर्केचौरका स्थानीयहरुले समेत उत्साहपूर्वक श्रम लगानी गरेको कारण कामले तिब्रता लिएको उनले बताए । मकवानपुर गढी गाविस वडा नंबर २ को बुदुने खोलाबाट ७ किलोमिटर पाईपको माध्यमले हर्नामाडीमा पानी ल्याउने काम भैसकेको बताउँदै उनले अब घरघरमा धारो जडान हुने काम सुरु भएको बताए । ५ सय घरधुरीलाई पानीको सुविधा दिने योजना रहेको आयोजनाले १ लाख २५ हजार लिटर तथा ५० हजारको गरि १ लाख ७५ हजारको दुइ वटा ट्यान्की  निर्माण  गरेको जनाएको छ । खानेपालीको चरम समस्या भोग्दै आएको उक्त क्षेत्रमा साविकको हर्नामाडी गविसको सम्पूर्ण क्षेत्रफललाई ओगटने उदेश्यले २१ करोडको लागतमा हर्नामाडी खानेपानी सहआयोजनाको काम पनि सुरु भैसकेको छ । आयोजनाको विषयमा जानकारी दिँदै आयोजना निर्माण समितिका अध्यक्ष केशब पण्डितले आयोजनाको काम दु्रत गतिमा सुरु भएको बताए । सरकारको ७० प्रतिशत तथा स्थानीयको ३० प्रतिशत श्रम लगानी रहने योजनाको हाल बोरिङ गर्ने कमम भैरहेको बताउँदै आउँदो १ वर्ष्भित्र योजना सम्पन्न गरि सम्पूर्ण हर्नामाडी क्षेत्रमा पानीको सुविधा पुर्याउने लक्ष्य राखेको उनको भनाई रहेको थियो । दुई आयोजना सम्पन्न भएपछि हर्नामाडी क्षेत्रका करिब २ हजार परिवारलाई खानीपानी समस्याबाट मुक्ति मिल्ने जनाईएको छ । पानीको अभावमा घर सञ्चालन गर्न समस्या भोग्दै आएका गृहणीहरु, ब्यवसाय सञ्चालनमा समस्या भोग्दै आएका ब्यवसायीहरु यो आयोजना निर्माणले निकै हर्षित भएको स्थानीय  फुर्केचौरकी सुनिता दाहालले बताइन् । उनले भनीन् ः एक  गार्गो पानीको लागि पुरै बिहान विताउने समस्या समधान हुने भएकोमा खुसी लागेको छ ।