ON AIR

स्मृतीमा एउटा कथा (repeat)

UP NEXT

राष्ट्रिय खबर

ताजा अपडेट :

राष्ट्रिय समाचार

सडक खाना महोत्सव एवम् साँस्कृतिक कार्यक्रम पौष १५ गते देखि

image not found
मकवानपुर,६ पौष  /  मकवानपुर होटेल एसोसियसनले यसवर्ष पनि सडक खाना महोत्सव एवम् सास्कृतिक कार्यक्रम गर्ने भएको छ । आज हेटौडामा पत्रकार सम्मेलनको आयोजना गरि यहि मंसिर १५ गते देखि १६ गते सम्म सञ्चालन गर्न लागेको मुल कार्यक्रम संयोजक भागिरथ शर्माले बताउनु भयो ।
 हाम्रो सेवा पर्यटनलाई टेवा भन्ने उद्देश्य लिदै “सडकमा जाऊ,सडकमै खाँउ सडकमै रमाउँ” भन्ने नाराका साथ मनाउन लागेको शर्माले बताउन ुभयो । 
विगत वर्ष भन्दा यस वर्ष महोत्सवमा केहि भिन्नता प्रस्तुत गर्ने लक्ष्य लिएको बताउदै शाकाहारी र मांसाहारी गरी ४४ वटा स्टलहरु रहने र सफा र पारर्दशीको समेत हुने बताउदै शाकाहारी र मांसाहारको लागि फरक फरक स्थानमा राखिने महासचिव शंकर लाल क्षेष्ठले बताउनु भयो । 
सो महोत्सवमा  स्थानीय कलाकारहरुको मनोरञ्जानत्मक प्रस्तुती समेत रहने सो महोत्सव करिब २ लाखले अवलोकन गर्ने उद्धेश्य लिएको शर्माले बताउनु भयो ।