ON AIR

सदावहार हिन्दी नेपाली

UP NEXT

National Song - प्रशारण समाप्त

ताजा अपडेट :

स्थानिय समाचार

नेकपा माओवादी केन्द्र मकवानपुरको राजनीतिक बैचारिक प्रशिक्षण कार्यक्रम

image not found

मकवानपुर, ९ पौष / नेकपा माओवादी केन्द्र मकवानपुर ४ नम्वर क्षेत्रीय कमिटिको आयोजनामा  राजनीतिक बैचारिक प्रशिक्षण कार्यक्रम जिल्ला पार्टी कार्यलयमा सम्पन्न भएको छ ।  गाउँ, नगर, घरघर जाउँ,माओवादी केन्द्रलाई विजयी बनाउँ भन्ने मूल नाराका साथ कार्यक्रम भएको माओवादी केन्द्रका हेटौंडा उपमहानगरपालिका पार्टी कमिटि संयोजक कमानसिंह पाख्रिन ‘पृथक’ ले जानकारी दिए । ४ नम्वर क्षेत्रीय संयोजक प्रदिप घलानको सभाध्यक्षतामा भएको कार्यक्रममा पार्टीका पोलिटव्यूरो सदस्य वलराम तिमल्सिनाको प्रमुख आतिथ्यता रहेको थियो । माओवादी पाटी  केन्द्रले संगठन सुदृढ र मजबुत बनाउन निर्देशित गरिएको ३ महिने अभियान सफल पार्न एकताबद्ध भएर लाग्न कार्यक्रममा उपस्थित कार्यकर्ताहरुलाई निर्देशन दिईएको थियो । कार्यक्रममा पार्टी पोलिटव्यूरो सदस्य एवम् मकवानपुर जिल्ला ईन्चार्ज कुमारी मोक्तान, जिल्ला संयोजक प्रेमबहादुर पुलामी ‘छिन्तु’, हेटौडा उपमहानगरपालिका ईन्चार्ज प्रकाश पाण्डे लगायतकाको आतिथ्यता रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य रामहरी सुबेदी र कार्यक्रम सञ्चालन बालकुमार मल्लले गरेका थिए ।