ON AIR

पुराना लोक भाका

UP NEXT

प्रवचन

ताजा अपडेट :

राष्ट्रिय समाचार

राजमार्गलाई २५ मिटर वनाउने अभियान जारी

image not found
 मकवानपुर,१४ पौष / राजमार्गलाई २५ मिटर वनाउने अभियान स्वरुप हेटौँडामा बुधबारबाट शुरु भएको अभियान अन्र्तगत आज पनि हेटौँडाका विभिन्न सरकारी कार्यालयको संरचना भत्काईएको छ । बुधबार बिहानबाट शुरु भएको अभियानमा अन्र्तगत आज हेटौँडा अस्पतालको ब्यवसायीक भवनमा डोजर लगाईएको छ । आजै हेटौँडाको रानी दरबार परिषरमा रहेको वन विज्ञान अध्ययन सस्थान तथा नेपाल ट्रस्टले अतिक्रमण गरेको संरचना समेत भत्काइएको छ । 
पटक पटक भवन खाली गर्न पत्राचार गरेको भएपनि ब्यवसायीहरुले अटेर गरेपछि वाध्य भएर भवनमा डोजर लगाएको जनाएको छ । क्षेत्रीय प्रशासकको निर्देशनमा ब्यवसायिक भवन भत्काईएको भन्दै मकवानपुर उद्योग वाणिज्य संघले गम्भिर आपत्ती भएको जनाएको छ ।  संघका अध्यक्ष राजकुमार न्यौपानेले ब्यवसायिले केहि समय माग्दा समेत क्षेत्रीय प्रशासकले समय नदिएको भन्दै उहाँ बिरुद्ध आन्दोलनमा जाने बताउनु भयो । प्रशासनले निजि घरमा डोजर हुल्न खोज्यो भने हेटौँडा रक्ताम्य हुने चेतवानी समेत दिनु भयो । सडक डिभिजनले संरचना खाली गर्न दिएको १० दिनको समय सकिदा समेत भवन खाली नगरिएपछि आज प्रहरीको बाक्लो उपस्थितीमा भवन भत्काइएको हो ।