ON AIR

Fresh Talk

UP NEXT

राष्ट्रिय खबर

ताजा अपडेट :

स्थानिय समाचार

प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना जिल्ला अभिमुखीकरण कार्यक्रम सम्पन्न

मकवानपुर,१४ पौष / प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना जिल्ला अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । जिल्ला कृषि विकास कार्यालय मकवानपुरको आयोजनामा भएको कार्यक्रममा मकवानपुर जिल्लाको लागि प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना अन्र्तगत १ करोट ९६ लाख विनियोजन भएको जिल्ला विकास कार्यालय मकवानपुर प्रमुख निर्मल गदालले बताउनु भयो ।
जिल्लाका विभिन्न क्षेत्रलाई कृषि प्राविधिकको सल्लाह अनुसार सो क्षेत्रमा अनुगमन पश्चात सो रकम वितरण गर्ने जनाएको छ । जसमा मकवानपुरको हकमा २ वटा ब्लव र पकेट क्षेत्रको लागि स्थानिय रुपमा जिल्ला कृषि विकास कार्यलयले क्षेत्रगत  रुपमा उत्पादन हुने कृषि जन्य वस्तुमा क्षेत्र छुट्याई लागु गर्ने जनाएको छ ।
सो कार्यक्रममा सहभागिहरुले परियोजनाले आंसिक रुपमा फाइदा भएता पनि र्दिगकालिन रुपमा बजारीकरणको व्यावस्था भए मात्र कृषकलले यस परियोजनाबाट लाभ लिन सक्ने बताएका थिए । सो अनुरुप नभएको खण्डमा कृषकको मेहनत वालुवामा पानी खन्याएको सहर हुने बताएका थिए ।  वजारीकरणको लागि पहिलो प्राथमिकता दिनको लागि सहभागिहरुले सुझाव समेत दिएका थिए ।