ON AIR

Fresh Talk

UP NEXT

राष्ट्रिय खबर

ताजा अपडेट :

राष्ट्रिय समाचार

हेटौंडा गोल्डकप फुटबल प्रतियोगितामा घरेलु टिम विजय यूथ क्लवले विजय यात्रा सुरुवात

image not found
मकवानपुर,१४ पौष ÷सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ष्ठानको आयोजनामा आजबाट हेटौंडामा दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण हेटौंडा गोल्डकप फुटबल प्रतियोगितामा घरेलु टिम विजय यूथ क्लवले विजय यात्रा सुरुवात गरेको छ ।
हेटौडाका वन विज्ञान अध्ययन संस्थानको खेल मैदानमा आज भएको उद्घाटन खेलमा काठमाण्डौंको सरस्वती क्लवलाई टाइब्रेकर मार्फत ३–१ गोल अन्तरले पराजित गर्दै विजय यूथले विजययात्रा सुरु गरेको हो ।  
सो खेलको उद्घाटन सस्कृति, पर्यटन तथा नागरिक उड्यन राज्यमन्त्री इन्द्रबहादुर बाँनीया गर्नु भएको थियो । प्रतिष्ठानका अध्यक्ष भेष खड्गीको सभाध्यक्षतामा भएको हो ।
 
पौष २३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा शनिबार नेपाल पुलिस र पोखराको साहारा क्लवको बीचमा खेल हुन आयोजकलले जनाएको छ ।
२ विदेशी सहित १० टिमको सहभागिता रहेको प्रतियोगितामा विजेता तथा उपविजेता टोलीले क्रमश ः नगद ५ लाख र ३ लाख रुपियाँ प्राप्त गर्नेछन् ।