ON AIR

Unplugged Nepali Songs

UP NEXT

नेपाली खबर

ताजा अपडेट :

राष्ट्रिय समाचार

१५ दिन भित्र संंरचना खालि गर्न आदेश ।

image not found
 
पुस १८/ मकवानपुर
१५ दिनभित्र २५ मिटरको सम्पूर्ण संरचना खाली गर्न सूचना जारी गरेको छ । मकवानपुर उद्योग वाणिज्य संघले २५ मिटरको विषयमा ज्ञापनपत्र दिएको भोलिपल्टै आज डिभिजन सडक कार्यालय हेटौँडाले १५ दिने सूचना जारी गरेको हो । 
सडक डिभिजनले पटक पटक सूचना जारी गर्दा समेत अटेर गरेको भन्दै १५ दिन भित्र २५ मिटर क्षेत्रको घर टहरा नहटाए आवश्यक कारवाही गर्ने समेत सूचनामा उल्लेख गरेको छ । 
 
राजमार्गलाई २५ मिटर वनाउने अभियान स्वरुप हेटौँडामा बुधबारबाट भएको सडक फराकिलो पार्ने अभियान अन्र्तगत अब नीजि घर तथा भौतिक संरचना हटाउने काम पनि सुरु गर्न लागिएको हो । गत पौष १३ गतेबाट हेटौँडा उपमहानगरपालिका अन्र्तगत २५ मिटर क्षेत्रमा रहेको १४ सरकारी संरचनामा डोजर लगाईएको थियो । उता २५ मिटरको अभियानको विषयमा कुरा गर्दै मध्यमाञ्चल क्षेत्रीय प्रशसक विनोद केसीले सडक फराकिलो पार्ने काम कुनै बाहानामा नरोकिने प्रतिक्रिया दिएका छन् । राज्यले नै यो अभियानलाई उच्च प्राथमिकतामा पारेको भन्दै अभियान रोकिने कुनै कारणनै नभएको बताए । उनले भने ःबरु जनताहरुलाई घर सर्नको लागि उहाहरुसँग आवश्यक छलफल तथा परामर्स गर्न सकिन्छ, तर २५ मिटरको संरचना भत्काउने काम रोकिन्न । राज्यले कानुन बमोजिम क्षतिपूर्तिको लागि योग्य घरहरुलाई उचित क्षतिपूर्ति दिने बताउँदै उनले २५ मिटर फराकिलो बनाउने अभियानमा सहयोग गर्न मकवानपुरका सबै ब्यवसायी तथा राजनीतिक दललाई आग्रह गरेका छन् ।  सडक फराकिलो हुँदा सहर अझ विकसित हुने बताउँदै उनले यो अभियानलाई यो या त्यो बाहानामा रोक्न नसकिने स्पष्ठ पारे । आफुले संवन्धीत सबै अंगहरुसँग छलफल गरेरनै अभियान सुरु गरेको बताउँदै उनले सहज वातावरण निर्माणको लागि सबैलाई आग्रश समेत गरेका छन् ।  
सडक डिभिजन कायौलयले पनि आफुहरुको कामले निरन्तरता पाउने बताएको छ । सडक फराकिलो पारेपछि ब्यवस्थित बनाउनको लागी राज्यले आवश्यक बजेट समेत पठाईसकेको बताउँदै कार्यालयले अब काम नरोकिने जनाएको छ । 
गत मंसिर २८ गते डिभिजन सडक कार्यालय हेटौँडाले जिल्लाको हेटौँडा उमहानगरपालिका क्षेत्रभित्र पर्ने सबै १४ वटा सरकारी कार्यालयलाई २५ मिटरभित्र पर्ने आफ्ना सम्पूर्ण संरचना हटाउनको लागि पत्रचार गरेको थियो । १० दिनको समय दिएर गरिएको पत्राचार बमोजिम सरकारी कार्यालयले भवन तथा संरचना नभत्काएपछि पौष १३ गतेबाट डोजरको प्रयोग गरि भत्काउन थालिएको हो । कार्यालयले हालसम्म हेवि इकुमेन्ट, जिल्ला प्रहरी कार्यालय, हेटौँडा अस्पताल, नेपाल टेलिकम, जिल्ला हुलाक कार्यालय, रक्त सञ्चार केन्द्र, नेपाल ट्रस्ट, बनविज्ञान अध्ययन सस्थानको भवन तथा अन्य संरचना भत्काईसकिएको छ ।