ON AIR

राष्ट्रिय खबर

UP NEXT

आकाशगंगा खबर

ताजा अपडेट :

राष्ट्रिय समाचार

२५ मिटर कुनैपनि हालतमा भत्किन्छ–के.सी

image not found
पुस १८/ मकवानपुर
मध्यमाञ्चल क्षेत्रीय प्रशासक विनोद केसीले २५ मिटर फराकिलो पार्ने अभियान अब कुनैपनि हालतमा नरोकिने बताएका छन् । राज्यले नै यो अभियानलाई उच्च प्राथमिकतामा पारेको भन्दै अभियान रोकिने कुनै कारणनै नभएको बताए ।
२५ मिटरको विषयमा उद्योग वाणिज्य संघले बुझाएको ज्ञापनपत्र बुझदै केसीले भने ः बरु जनताहरुलाई घर सर्नको लागि केहि समय थप गर्न सकिन्छ, तर २५ मिटरको संरचना भत्काउने काम रोकिन्न । राज्यले कानुन बमोजिमका सबै घरहरुलाई उचित क्षतिपूर्ति दिने बताउँदै उनले २५ मिटर फराकिलो बनाउने अभियानमा सहयोग गर्न मकवानपुरका सबै ब्यवसायी तथा राजनीतिक दललाई आगह गरेका छन् । 
सडक फराकिलो हुँदा सहर अझ विकसित हुने बताउँदै उनले यो अभियानलाई यो या त्यो बाहानामा रोक्न नसकिने स्पष्ठ पारे । आफुले संवन्धीत सबै अंगहरुसँग छलफल गरेरनै अभियान सुरु गरेको बताउँदै उनले सहज वातावरण निर्माणको लागि सबैलाई आग्रश समेत गरेका छन् । 
गत मंसिर २८ गते डिभिजन सडक कार्यालय हेटौँडाले जिल्लाको हेटौँडा उमहानगरपालिका क्षेत्रभित्र पर्ने सबै १४ वटा सरकारी कार्यालयलाई २५ मिटरभित्र पर्ने आफ्ना सम्पूर्ण संरचना हटाउनको लागि पत्रचार गरेको थियो । १० दिनको समय दिएर गरिएको पत्राचार बमोजिम सरकारी कार्यालयले भवन तथा संरचना नभत्काएपछि पौष १३ गतेबाट डोजरको प्रयोग गरि भत्काउन थालिएको हो । कार्यालयले हालसम्म हेवि इकुमेन्ट, जिल्ला प्रहरी कार्यालय, हेटौँडा अस्पताल, नेपाल टेलिकम, जिल्ला हुलाक कार्यालय, रक्त सञ्चार केन्द्र, नेपाल ट्रस्ट, बनविज्ञान अध्ययन सस्थानको भवन तथा अन्य संरचना भत्काईसकिएको छ ।