ON AIR

Unplugged Nepali Songs

UP NEXT

नेपाली खबर

ताजा अपडेट :

राष्ट्रिय समाचार

मकवानपुर कुखुरा व्यवसायीक संघको १० औँ साधारणसभा सम्पन्न

image not found
मकवानपुर,८ माघ /  मकवानपुर कुखुरा व्यवसायीक संघको १० औँ साधारणसभा सम्पन्न भएको छ । निमित्त क्षेत्रिय प्रशासक विश्व प्रसाद सुवेदीको प्रमुख आथित्यता तथा संघका अध्यक्ष राजु अधिकारीको सभाध्यक्षता भएको हो । 
सो साधारणसभामा  संस्थाका कोषध्यक्ष राजेन्द्र मैनालीले आर्थिक वर्ष २०७२ ÷ ०७३ आर्थिक प्रतिवेदन ,संस्थाका अध्यक्ष राजु अधिकारीले प्रगती तथा आगामी योजनाको बारेमा प्रस्तुत गर्नु भएको थियो । 
  मकवानपुर जिल्ला भरिका कुल ७ सय १० जना शेयर सदस्य रहेको उक्त संस्थाले आर्थिक वर्ष २०७२÷७३ मा कुल ३ लाख १० हजार ७७  सय ९ वचत गर्न सफल भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । 
सो कार्यक्रममा हेटौडा उपमहानगरपालिकाका शहरी विकास तथा वातावरण महासाखा प्रमुख विके महर्जन,पशु क्वारेन्टिन कार्यालय काठमाण्डौका डाक्टर परसराम भुसाल,नेपाल पोल्ट्रि महासंघका सचिव शिवराम केसि,अण्डा उत्पादन संघका विनोद पोखरेल,पसुसेवा कार्यालय मकवानपुरका प्रमुख राम प्रसाद प्रधान,दाना वितरक संघका अध्यक्ष तेज नारायण पाण्डे,माछा मासु व्यवसायी संघका अध्यक्ष नारायण राजथला लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।