ON AIR

राष्ट्रिय खबर

UP NEXT

आकाशगंगा खबर

ताजा अपडेट :

स्थानिय समाचार

मकवानपुरको मत गणना साढे १२ बजे शुरु हुने

मकवानपुरको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको मतगणनाको तयारी अन्तिम चरणमा पुगेको छ ।  आज साढे १२ बजे मतगणना  हुने भएको छ । आज बसेको  सबै निर्वाचन क्षेत्रको सर्वदलीय बैठकले मतगणना साढे १२ बजे गर्ने सहमती गरेको हो । सबै मतपेटी मतगणना स्थल मकवानपुर बहुमुखी क्याम्पसमा ल्याइसकिएको प्रमुख निर्वाचन अधिकृतको कार्यालय हेटौँडाले जनाएको छ । मकवानपुरमा दुई वटा प्रतिनिधिसभा तथा ४ वटा प्रदेशसभाको लागि ६८ जना उम्मेद्वारहरु प्रतिस्पर्धामा उत्रिएका छन् ।