ON AIR

Fresh Talk

UP NEXT

राष्ट्रिय खबर

ताजा अपडेट :

स्थानिय समाचार

म्यादी प्रहरी चढेको ट्रिपर दुर्घटना हुँदा चालक सहित ३ को मृत्यु

थाहा नगरपालिकाबाट हेटौडा आउँदै गरेको म्यादी प्रहरी चढेको ट्रिपर चुनियाँमा दुर्घटना  हुँदा ३ जनाको घटनास्थलमा नै ज्यान गएको छ । भिमफेदी गाउँपालिका २ चुनियाँमा ना ३ ख ५९१८ नंको ट्रिपर दुर्घटना भएको हो । दुर्घटनामा चालक सहित २ जना महिला म्यादी प्रहरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मृतकको सनाखत हुन बाँकि रहेको छ । दुर्घटनामा एक जना म्यादी सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।